Tuesday, July 2, 2002

२००२ जापानमा आयोजित बिश्वकप प्रतियोगिता

सरद डायरि । ई.सं : जुलाई २००२  - बि.सं:- आषाढ २०५९ साल
जापान र दक्षिण कोरियाले सयुक्त रुपले आयोजना गरेको २००२ सालको कुम्भमेला विश्वकप फुटबल प्रतियोगितामा ५,६ वटा खेल हेर्ने मौका मिलेको थियो । मेरो कंम्पनिको पहलमा म मार्फत टिकट हात परेकोले प्रिय मित्रहरु डा. विनोद तिवारि(हाल क्यालिफोर्निया) , डा.कुमार बस्नेत (योकोहामा,जापान)  र डा. गोविन्दराज पाण्डे (हाल अष्ट्रेलिया) संगै योकोहामा अन्तराष्ट्रिय स्टडिय (जापानको सबभन्दा ठुलो) मा खेल हेर्न गएका थियौं । हामिहरु नेपाली झण्डा र टोपिमा सजिएर अति नै रोचक खेल संगै रमाउदै गर्दा हामिलाई टिबि च्यानलले पनि हाईलाईट गरेको अरु मित्रहरुले पनि देखेको कुरा पछि थाहा पाईयो, जेहोस त्यसबखतका अबिस्मरणिय क्षणहरुका केहि झलकहरु..