Sunday, March 23, 2008

१७औं शुभकामना सांझ सम्पन्न

गायक यश कुमार र नायिका रेखा थापा नृत्य प्रदशन गर्दै
नायिका रेखा थापाको एकल नृत्य
रेबिना गौचनले नृत्य गर्दै
जापानी कलाकारहरुले तामाङ्गसेलोमा नाच्दै
दोहोरि गायिका दर्गा गुरुङ्ग
नायिका रेखा थापा एकल नृत्यमा जम्दै
बिकल शेरचनले हिपहप नृत्य प्रदशन गर्दै
सन्तोषी गौचनको नृत्यको एक झलक
राष्ट्रिय गित गाउदै कलाकारहरु
राजदुत डा.गणेश योञ्जन तामाङ्ग ज्यु ले उटघाटन गर्दै

सरद दायरि । आईतबार, चैत्र १०, २०६४
थकालीहरुको महान चाड तोरन्ल्हको समयमा पारि थकाली सेवा समिती जापानद्धारा आयोजित शुभकामना सांझ, विशाल नेपालीहरुको बिच हिजो टोक्योको मेगुरो कुमिन हलमा सानदारसाथ सम्पन्न भएको छ ।
जापानका लागि महामहिम राजदुत डा.गणेश योञ्जन तामाङ्गको प्रमुख आतिथ्यत्यतामा सम्पन्न पहिलो चरणको कार्यक्रममा सम्पुर्ण राजदुतावास परिवार,एनआरएन परिवार,बिभिन्न संघसंस्थाका पदाधिकारिहरु,प्रतिनिधिहरु,समुन्द्रपारि डटकमका सम्पादक बेलु थापा र नेपाल जापान डटकमका प्रधान सम्पादक डा.कुमार बस्नेत अतिथि रहनु भएको थियो ।
प्रमुख अतिथि राजदुत डा.गणेश योञ्जन तामाङ्गज्युले दियोमा बत्ति बाली उदघाटन गर्नुभएको उत्त कार्यक्रममा थकालीहरुको चार देवता र नरिझ्यबलाई फुल र खाताले माल्यार्पण संघकै संरक्षक डा.योगेन तुलाचनले गर्नु भएको थियो ।
नेपाल देखी आमन्त्रित कलाकारहरु र कलाकारहरुको जापान आगमनमा बिशेष सहयोग गर्नुहुने डा.ईतो युकि ज्युलाई क्रमश संघका संरक्षक डा. योगेन तुलाचन र अध्यक्ष ध्रुब भट्टचनले दोसल्ला र पुष्प गु्च्छाले स्वागत र सम्मान गर्नुभएको थियो भने संघका सल्लाहाकार कृष्ण गौचनले स्वागत मन्त्यब्य र शुभकामना ब्यत्त गर्नु भएको थियो ।
दोस्रो चरणको बिबिध शुभकामना सांझलाई अगाडि बढाउदैं सञ्चालक शरद कुमार गौचनले नेपालबाट आमन्त्रित चर्चित ख्यातिप्राप्त गायक-गायिका र नायिका कलाकारद्धयहरु यश कुमार,दुर्गा गुरुङ्ग र रेखा थापालाई रंगमञ्चमा प्रस्तुत गर्दा दर्शकदिर्घाबाट हलनै गुञ्जायमान हुने गरि तालिको गडगडाहटले कलाकारहरुको हार्दिक स्वागत गरिएको थियो । कलाकार गायक यश कुमार र दोहोरि गायिका दुर्गा गुरुङ्गले थसेस जापानले आफुहरुलाई निम्त्याएर आम जापानबासी नेपालीहरुलाई भेटन पाउदा र नेपाली संस्कृतिलाई जापानमा प्रचार प्रसार गर्न पाउदा ज्यादै खुशी लागेको बताउनुहुदै बहुचर्चित गितहरु प्रस्तुत गर्नुभएको थियो ।
जापानबासि कलाकार द्धारा सामुहिक राष्ट्रिय गितबाट शुरु गरिएको उत्त कार्यक्रममा बिशेष रोचक चाहि नायिका रेखा थापा र गायक यश कुमारको नृत्य *ड्राईभरदाई मनपर्यो मलाई बोलको गित चाहि जम्नु जमेको थियो । त्यसैगरि लोक दोहोरि गायिका दुर्गा गुरुङ्गको बिदेशको दुख र पिडाहरुलाई समेटेर बनाईएको गित *सुन्ने भयो सारा गाम्बेसि, *तिमि बिना वाच्न गारो भो, *घर संम्झेर फर्क प्रदेशी ले अत्यन्तै भावुक बनाएको थियो ।
गायक यश कुमारको प्रस्तुति *पानी चल्दैन, *मनको बाघले खायो, *सलल हावाले मनै उचाल्यो जस्ता पुराना, नया गितहरु करब आधा दर्जन र रेखा थापाको आफ्नो एकल नृत्य प्रस्तुति *पोईला जान पाम, *म प्यार बेचिदिन्छु ले दर्शक तथा श्रोताहरुलाई मनग्गे मनोरञ्जन प्रदान गरिएको थियो भने कार्यक्रमको अन्तमा लोक दोहोरे गायिका दुर्गा गुरुङ्ग र स्थानिय कलाकारहरु *बिच जापान टोकियो, मैले चिठि पठाको थिए नि, कता रोकियो भन्ने लयमा गाईएको घमासान दोहोरिको भिडन्तले कार्यक्रमलाई थप रौनकता प्रदान गर्दै अरु मनोरञ्जनपुर्ण तुल्याएको थियो ।
स्थानिय कलाकारहरु क्रमश टंक शेरचन,सन्तोषी गौचन,रेबिना गौचन,बिकल शेरचन,यमा शेरचन,अशोक शेरचन,सञ्जिब गौचन,भरत तुलाचन जापानी कलाकारहरु तानाका कोहेई(राम बहादुर तुलाचन)साकुरा,चिएको,आचुको,मामि को सांगितीक पस्तुति समेत रहेको उत्त कार्यक्रममा उत्साहाजनक नेपाली,जापानी र अन्य मुलुकका सहभागिहरुको उपस्थिति रहेको थियो ।
माया रेस्टुरेन्ट ताकादानोबाबाको ब्यबस्थापनमा सेलरोटि तथा अन्य स्वादिला परिकारहरु रहेको जलपानको पनि ब्यबस्था गरिएको थियो ।
सल्लाहाकार शरद कुमार गौचनले सञ्चालन गर्नु भएको सम्पुर्ण कार्यक्रमको अन्तमा अध्यक्ष ध्रुब भट्टचनले सहभागिहरु सबैलाई हार्दिक धन्यबाद सहित कार्यक्रम समापन गर्नु भएको थियो ।