Monday, April 28, 2008

Sopping Mall in Anahaim

एस.के, सप्पिंग मल् अगाडी
जापानी मित्र केन्टो
खाना बनाउदाको एक झलक
लन्चको सेट लिदै (मंगोलियन खाना) जापानी मित्र
एस.के,लन्चको सेट लिदै (मंगोलियन खाना)

सरद डायरी । आइतबार, बैसाख १५, २०६५

आज एकजना जापानीज़ मित्र संग दाउनताउन जाने सल्लाह भएअनुसार १० बजे भेट भयौ । अनी ट्रेन स्टेशन तीर बस चढी लागियो । केही मिनट मै स्टेशन मा पुगेपनी दाउनताउन जाने ट्रेन को समय हेरेको त ढेड घंटा पछी मात्र अर्को ट्रेन आउने रहेछ । एकैछिन सोचेर दाउनताउन नजाने सल्लाह भयो किनभने फर्किदा त राती हुने जस्तो लाग्यौ ।
अनी फेरी बस चढेर फ़र्कियौ आनाहेमको सप्पिंग मल् जानको लागी । म्याप हेर्दै लागियो फेरी अर्को बस चढेर सप्पिंग मल तीर ।
करिब पौने घंतामा पुगियो र एकैछिन घूमघाम गरी भोक लागेको ले खाना खाने कुरा भयो तर कुन खाना खाने भन्ने कुरा सोच्न निकै समय लाग्यो , ३,४ राउन्ड लगाएपछि एउटा रमाइलो रेस्टुरेंट मा पस्यौ । जून मग्गोलियन रेस्टुरेंट रहेछ । पहिलेनै पेमेंट गरेपछि खाली भादो दिनेरहेछन । अनी सागसब्जी,मासु, अनी नून, खुरसानी, सस् हरु पनि आफैले अडकेलेर झिकेर दिएपछि हाम्रै अगाड़ी पकायर तयार गरी दिने रहेछन । खाना पाकेपछि खान लागियो । अली अली झिक्दा पनि निकै धेरै भयको रहेछ । जे होस जसो तसो खाइसकेपछि फर्कियो देरातिर ।

Sunday, April 27, 2008

Let`s Talk USA!

मकै,सोडा र चिप्स हरु खादै गफ्गाफ़मा ब्यस्त
सामूहिक फोटो मित्रहरु संग एस.के
सरद डायरी । आइतबार, बैसाख १४, २०६५

आज सुक्रबार को दिन, भोली र पर्सी विकईन्द भएकोले एकजना अमेरिकन मित्र कहा जानेकुरा भयो ।
जसको नाम जिमी हो । उनी चर्ज धर्म संग सम्बन्धित रहेछन । उहाले प्रत्येक सुक्रबार संसार भरिकै मानीसहरुलाई जम्मा गरेर आफ्नै घरमा बोलाई गफगाफ गर्ने हल्का ड्रिंक र चिप्स हरुको पनी ब्यबस्था गर्नु हुदो रहेछ । उहाले यस किसिम को कार्यक्रम धेरै पहिला देखी सुरु गर्नु भएको र हालसम्म उहाले हजारौ बिदेशी हरु संग सम्पर्क राक्नु भएको रहेछ । उहाको यो प्रसनाल्ली सोचाई अनी बिदेशी नागरिकलाई सहयोग गर्ने भाबना अनुसार सुरु गर्नु भएको हो रे
सबभन्दा मुख्य कुरा चाही बिदेशी नागरिक लाई अग्रेजी भाषा,बोल्न सिकाउने, अमेरिका को रहन शहन र अमेरिकन हरुको बिचार हरु सुनाउने साथै बिदेशी हरुको संस्कार पनी अमेरिकन लाई सिकाउने गर्नु हुदो रहेछ ।
म गयको उक्त दिनमा पनी (जापान,कोरिया,ताइवान,थाई,ब्राजील,नेपाली,अमेरिकन) ७ देशको नागरिक करीब १२,१३ जना जम्मा भयाका थियौ । सबै जना ले आआफ्नो परिचय बाट बार्तालाव बाट शुरू गरी केहि समय खर्चियौ । त्यसपछी ४ ग्रुप मा बिभाजित भयौ, प्रतेक ग्रुप मा १ ,१ जना अमेरिकन लीडर जस्तो गरी त्यही अमेरिकन ले लीद गर्दै उहाले बिभिन्न प्र्श्न कुराकानी बिभिन्न बिषयमा कुराकानी शुरू गर्नु हुन्थ्यों ।
त्यसपछि सोही बिषयमा छलफल र पालैपालो आफ्ना कुरा हरु राख्न्ने क्रम जारी रह्यो ।
३ घंटा जति बार्तालाप गरी डेरा तीर लागियो ।

Wednesday, April 23, 2008

American's Concert

मित्रहरु संग (जापानी,कोरियन,ताइवानिज) एस.के स्टेज को एक झलक
एस.के,मित्रसंग

सरद डायरी । मंगलबार, बैसाख १०, २०६५

आज मित्र जिमले (अमेरिकन नागरिक) एउटा रमाईलो कन्सर्ट छ हेर्न जाने हो भनि प्रस्ताब राख्नुभयो । बिशेष काम केहि नभएकोले मैले तुरुन्तै जवाफ दिए म पनि जान्छु भनि । हुन त उहाले यस कार्यक्रम सम्बन्धी पहिला पनि जानकारि गराउनु भएको थियो । अनि काम सकिएपछी सबै जना भेटेर जाने सल्लाह भयो । सोहि अनुरुप सबै जना बेलुकाको ५ बजे तिर भेटघाट गरियो । अनि जिमले भन्न लाग्नु भयो कि आजको कन्सर्ट कस्तो हो भने, कलाकारहरुले एक्टिङ मात्र गर्छन तर शब्द भने केहि पनि निकाल्दैनन् र यस्को एउटा लामो कहानि जस्तो हुन्छ भनि सुनाउनुभयो । यस्तो किसिमको कन्सर्ट हेर्नुभएको छ भनि सोध्नुभयो ? हामि सबैलाई अचम्म लागेर हेरेको छैन भनि सोध्दा पो थाहा भयो, यो कन्सर्ट बिशेष गरेर कान नसुन्ने अपांङ्ग हरुको लागि उपयुत्त र भाषाको प्रयोग नगरिने र स्वदेशी बिदेशी जस्ले पनि एक्टिङ हेरेर मात्र बुझिने भएकोले हामिलाई झन कहिले हेरौ भनि उत्सुकता बध्यो । अनि झन खुशीको कुरा चाहि हामिलाई जिम मार्फत टिकट सबै निशुल्क मा मिलाउनु भएको रहेछ । किनभने आजको कन्सर्ट जिमको हितैषी मित्रहरुको ग्रुप हरुले गर्न लाग्नु भएको रहेछ । हामि सबैजना ४ वटा कारमा बाडिएर गन्तब्य तिर लाग्यौ । सबभन्दा अगाडी जिमले कार गुडाउनु भयो किनभने कन्सर्ट हुने हल उहालाई भन्दा थाहा थिएन । म जिमको कारमा चढे अरु मित्रहरु हाम्रो पछाडी फलो गर्दै आउनु भयो । आदी घंण्टामै हलमा पुगियो । धेरै ठुलो हल र खुबै राम्रो ठाउमा थियो । ब्यवस्थित पार्किङ,भित्र पस्ने र बाहिर निक्लने ब्यवस्थित बाटो,सबै आगन्तुक हरुलाई बिभिन्न जानकारि गराउने भोलिन्टीएरहरु, सफा हल, पानी पिउने ब्यबस्था, चर्पीहरुको ब्यबस्था भनि नसक्नु अति नै ब्यबस्थित र रमणिय बातावरण थियो त्यो हलको । हामि हलमा पसेको केहि छिनमै ६ बजि हाल्यो अनि कार्यक्रम शुरु भयो भगवानको प्राथनाबाट। मलाई अचम्म लाग्यो कि यस्तो बिकशीत देशमा पनी भगवान प्रति आस्था राख्दो रहेछन् भनि । कार्यक्रम अधिकांश चुपचाप नबोलिकन गरिने नाटक जस्तो थियो तर बिचबिचमा केहि कलाकारहरुले गित गाउने र उत्त नाटकको बिषयमा एलाउन्सरले मिनिङ बताउने गर्नुहुन्थ्यो । करिब ९ बजेतिर कार्यक्रम समाप्त भएपछी हामिलाई जिमले स्टेजको पछाडी लग्नुभई सबै कलाकार हरु संग परिचित गराउनुभयो । अनि करिब साधे नौ बजेतिर लागियो डेरातिर।।।

Sunday, April 20, 2008

Baseball Game

एस.के,मित्रहरु संग हुटिंग गर्दै
एस.के,अमेरिकन र तर्किको मित्र संग
खेल हुन अघि मित्रहरुसंग (जापानी,कोरियन,टर्की) फोटो खिचाउदै

सरद डायरी । शनिबार, बैशाख ७, २०६५

आज अप्रैलको १९ गते शनिबारको दिन एबिएल (अमेरिकन बेसबल लिंग) को गेम हेनं जाने दीन भएकोले निकै खुशी छु । तर एउटा समस्या चाहि के पर्यो भने मेरो टिकट भने अझै हात परेको थिएन, त्यसकारण मेरो टिकट पाऊने नपाउने निश्चित नभएकोले अली पीर चाही लागीरहेको थीयो । किनभने, उक्त गेम हेर्नको लागि अरु साथीहरूले १ महीना अगाडी नै टिकट किन्नू भएको रहेछ, म त अप्रिल १० तारिखमा मात्र अमेरिका आएको हुनाले महिले किन्न सक्ने कुरै भएन । जे होस साथिहरूसंग भेट्घाट भयो, अनी एकैछीन पछि पो थाहा भयो २ वोटा टिकट एक्स्ट्रा रहेछ र म हेर्न जान पाउने निश्चीत भएपछी सबै साथीहरूले मलाई ढाब मानॅ आए । अनी लागीयो अमेरिकन मित्रको गादीमा लसएन्जंलस स्तदिएंमतिर, करीब २५ मिनट पछि नै बेसबल ग्रांउन्ड्मा पुगियो । लसएन्जंलस स्तदिएंम को नजिक पुगेका के थियौ त्यहाको बातावरर्ण नै फरक थियो । जे होस गाडी पार्किंग गर्यों । आज गेम चाही लस र सिआतल को थियो, अनी आ-आफ्नो सपोर्तको टीम को कपडा मा सजिएका मानीसहरु एकअर्का संग हाईट्च गर्दै चिच्याउदै स्तदियम तीर लाग्दै थिए सबै बेसबल फ्यानहरू जताटेतै देखिंन्थे कोही मुख भरी पोतेकाहरु (पेंटिंग) , कोही अनौठो किसिम का कपडा लगाएका अनी कोही गीत गाउदै हिदेका, साचैं त्यहाको दृश्य अनौठो र रमणीय थियो । स्तदिएंम भित्र पस्न निकै समय लाग्यो, किनभने स्तदिएंमको शुरक्षा ब्यबस्था र चेकिंग निकै कड़ा रहेछ, जे होस भित्र पसेपछी एकैछीन मा पहिला रास्त्रीय गीत एक चाचीँत गाएकले गाएंपछी गेम सुरु भयो । हामिहरू करीब डेढ दर्जन साथिहरू गएका हुनाले चिच्याउदा निकै ठुलै आवाज आउने भंएकोहुनाले वोरिपरीका मान्छेले हेरेता पनी हामि गेमको अन्तसम्म चिच्याउंन छोदेनौ । हाम्रा एकजना अमेरिकन महिला मित्र त यति हसीला की स्तदिएंम छीरेदेखी नन स्ट्प रामाइंलो गरिन् अनी १५ चोटी हामिबसेको एरियामा ओरोदोरो गरिन् होला , उनले गर्दा पनी ज्यादै रामाइंलो भयो । गेम त लस अन्जलास टिमले जित हात पार्न सफल भयो । अनी गेमको अन्तमा पटेका पत्काउदा त झन कम्ता त जमेंन भंनी साध्य छैन । । ।

गेमको केहि झलक (भिडियो क्लिपमा)

Monday, April 14, 2008

Indian`s Temple of California

मन्दिरको मूल द्वारमा भएको साइनबोर्ड
मन्दिर भित्र भएको मूर्ति को झलक
भगवानको मूर्ति
सजावोत गरी राखिएको भगवानको मूर्ति
सजावोत गरी राखिएको भगवानको अर्को मूर्ति


सरद डायरी । आइतबार, बैसाख १, २०६५

सधै झै आज पनी मेरो आखा ६ बजे नै खुल्यो। मेरो अमेरिकाको चौथो दिन आज त्यसैमाथि राम्रो मौसम आइतबारको दिनले गर्दा सबै साथिहरुको छुट्टी भएको कारनले गर्दा भलाकुसारी गर्न पाउने हुनाले हर्षित थिय ।
मित्रहरू पनी छिटै उठ्नु भयको हुनाले ब्रेकफास्ट गरी मन्दिर जाने कुरा भयो अमेरिकामा पनी मन्दिर भन्ने सब्द सुन्न साथ आसर्य लागेपनी अमेरिकामा पाठ,पूजा,आजा अनी मठ मन्दिर छरे भन्ने कुरा समाचार मा पढ़ने मौका पयकोहुनाले त्यती अचम्मा भने लागेन ।
उत्सुकताका साथ ९ बजेतिर लागीयो उक्त मन्दिर तीर । केही छिनमै मन्दिर मा पुगियो ।
ठुलो १ तले बिल्डिंग अगादिको मूल ढोकाको दाया बाया दुबैतिर फुलको बगैचा रहेको थियो ।
अलिकती भित्र पसेपछि मन्दिर भित्र पस्ने ढोकाको देब्रे तीर भत्तजनको लागी भतेर पकाउने ठाउ रहेछ भने दाहिने तीर चप्पल जुत्ताहरु राखने दराज ।
जुत्ता निकाली भित्र पस्ने बित्तिकै धुबको सुगन्धित बास्ना,देब्रेतिर ठुलाठुला देबताको मूर्ति अनी रंन्गिचंगी फूलमाला सरसजावत, दाहिनेतिर भक्तजनहरूले पुजाआजा गरेको दिर्स्य। अत्यन्तै लोभ लाग्दो दृश्य थियो त्यहाको । जे होस आधा घंटा जति बसी भगवानको दर्सन गरी केही जिग्यास्या राख्योऊ त्यहाका सम्बन्धित मानिससंग । उनले भने सनिबार र आइतबार बिषेस कार्यक्रम गरिने जस्मा दिनमा पुजाआजा क्रमस गरिने अनी बेलुकाको समयमा भजन क्रितन पनी गरिने र खानाको बेबस्था पनी गरिएको जानाकारी पाईयो । हामिलाई पनी बेलुका भजन सुन्न आउन अनुरोध गरीयो । समय मिलेमा आउने कुरा जानाकारी गराई फर्कियौ ।
यत्रो ठुलो मन्दिरको पूर्ण बेबस्था र लागत (आर्थिक दृस्थिले) हेर्दा र यहा रहदा नेपालकै कुनै ठुलै
मन्दिरमै भयजस्तो भान् हुने उक्त मन्दिर कही ठुलै कम्पनी को लगानी संचालित होकी जस्तो भयतापनी यो त हाम्रै मित्र रास्त्र भारतका मित्रहरुको सम्ल्गनतामा भारतीय नागरिक द्वारा संचालित रहेछ
यो मन्दिर हेरेर पनी सजीलै अनुमान गर्न सकिंन्छ की अमेरिकामा भारतीयहरुको पकड़ उनिहरुको एकता र उनिहरुको प्रगति यस प्रति हामि नेपालीहरूले पनी सोच्ने होकी .......

Saturday, April 12, 2008

3rd Day in USA

सरद डायरी । शनिबार, चैत्र ३०, २०६४

अझै बानी परिनसकेको कारणले गर्दा आज अमेरिकाको तेस्रो दिन पनी अँधाधुँदै मा थिए ।
बिहान्नै ६ बजे नै निन्द्रा ले छोड्यो । अनी साथिहरू पनी केही समय पश्चात् उठ्नु भयो । चिया बिस्कुट खाई वोरि मातृभूमि नेपालकै बिषयमा गहकिलो गफ्गाफ़ चल्यो । नचल्नु पनी किन नेपालमा पहिलो पटक सम्बिधान सभा भैरहेको र कसैले पनी नसोचेको माओवादीले धमाधम सबै सीट कब्जा गरेको समचारले गर्दा त हामी जस्ता देशप्रेमी लाई उत्सुकुताको बिषयत हुने नै भयो । जे होस बेलुका फेरी अर्को साथिको घरमा डिनर खाने प्रबंध भयो ।
स्पागेत्ति पार्टी थियो बेलुका को डिनर , पहिला सालाद खाएपछी शुरू भयो मेन दिसको, जून हाम्रा मित्रले मिहिनेत का साथ बनाउनु भएको थियो । वाईनको चुस्की लिदै मेंन दिस खादा लाग्थयो कुनै अमेरिकाको उच्च स्तरको रेस्तुरेंन्त्मा डिनर खादैको भान् .
देजांर्त ( आइसक्रीम ) खाईसकिएपछी फेरी कुरा त नेपालतिरै अघाधी बध्यो । नेपालको लाइव टीवी हेर्दै राजनितिक गफहाक्दा रातिको १२ बजेको पत्तोइ पाईएनछ एक्जना मित्रले जस्क्याए पछी पो याद भयो समयको अनी लगियो लुखुर लुखुर देरातिर ।

Friday, April 11, 2008

2nd Day in USA

I woke up at 6:00.
My friend was in the bed.
So I didn’t want to disturb with him.
I went morning on a walk outside on the road.
When I walked outside, I saw a gas station which name is 76.
I saw there was a public telephone in front of 76.
I thought it would be nice to contact my family.
However, I didn’t know how to call international telephone.
I asked the 76station staff about that.
He advised me that I have to buy some prepaid card.
So I bought a 5 dollar card with him.
And I contact my family in Nepal.
However, I heard my mom speak but she couldn’t hear me.
My mom said Hello, hello.. many time.
After 3minutes, I hung up the telephone.
And I called again but I couldn’t get through.
I was walking on Placentia Avenue again, and I found a Jack in the Box.
I want to have breakfast there, but I didn’t know the menu and how to order.
I think, I can order if I look at the pictures.
So I saw picture and ordered it.
They gave me a hamburger, fried potatos and an empty paper glass.
I was surprised why did she give me an empty paper glass.
Anyways, I took a seat and thought about the people like me.
Those people feel up their empty cup at the drink station by themselves.
So then I understood, I had to take get a drink there at the station.
I did it.

(Friday) April 11th, 2008

Thursday, April 10, 2008

1st Day in USA

I came to the US on April 10th 2008.
When I arrived at the Los Angeles International Airport, I felt very hot.
I took out some of my cloths in the restroom.
I was waiting to pass through the immigration line, but there were passengers from three airlines at the same time.
In the line there were people from many countries.
Almost everyone looked like students. There were so many Japanese people, and they were talking to each other in Japanese.
Finally, after one hour of waiting an immigration officer called me.
The immigration officer had seen my passport and documents, and he asked me to write my address and sign my name in more than 2 places.
He stamped my passport.
I passed from immigration and went to take my luggage.
There was a sign that indicated where to pickup baggage for each airlines and flight number.
Many people were waiting for their baggage there.
The baggage was rounding on the belt.
I found my bag easily, and I took the whole bag.
My friends were waiting for me outside.
When I went out, he call me my name. I was happy.
And he drove me to his home.
After 40minutes we arrived at home.
I was tied because I had a long time flight in the plane, and also the time was also totally opposite in USA.
My friend also advised me for take a rest.
So I took shower, had lunch and then I went to the bed.


Thursday, April 10, 2008

Tuesday, April 1, 2008

१७औं शुभकामना सांझमा आमन्त्रित कलाकारको बिदाई

सामुहिक नाच
गायक यश कुमार ले गित प्रस्तुत गर्दै
दोहोरो गायिका दुर्गा गुरुङ्ले गित गाउदै
नायिका रेखा थापाले आफ्नो मन्त्यब्य दिन क्रममा
सरद दायरि । मंगलबार, चैत्र १८, २०६४
अस्ति अप्रैल १ तारिख मंगलबार सांझ ताकादानोबाबा स्थित माया नामक नेपाली तथा ईन्डियन रेष्टुरेन्टमा एक बिधाई पार्टि सम्मन्न गरियो ।
थसेस जापानले थकालीहरुको ऐतिहासिक पर्ब तोरन्ल्ह(फागु पुर्णिमा)को उपलक्ष्यमा आयोजित शुभकामना सांझमा आमन्त्रित कलाकार यश कुमार,दुर्गा गुरुङ्ग र रेखा थापाको ठुलो नेपालीहरुको सहभागितामा रहेको एक भब्य बिदाई पार्टि सम्मन्न भएको छ ।
कार्यक्रमको संचालन सल्लाहाकार शरद कुमार गौचनले गर्नु हुदै नेपाली ब्यबासायी संघ जापानका अध्यक्ष भबन भट्टले चेस गरि कार्यक्रमको प्रारम्भ गर्नुभएको थियो । बिदाई भएर नेपाल फिर्न लाग्नु भएका गायक यश कुमार, दोहोरि लोक गायिका दुर्गा गुरुङ्ग र रेखा थापालाई अध्यक्ष ध्रुब भट्टचन र सदस्य यमा शेरचनले प्रशसा पत्र र खात ओढाएर बिदाई गर्नुभएको थियो ।
तिनैजना कलाकारद्धयहरुले मन्त्यव्य दिने क्रममा सबै नेपाली दाजुभाई तथा दिदिबहिनीहरुको जापान बसाई राम्रो होस भन्ने कामना राख्दै कार्यक्रमका आयोजक थसेस जापानले हामिहरुलाई जापानमा बोलाई धेरै गुण लगाउनु भएको छ साथै नेपाली कला,संस्कृतिलाई उत्थान,प्रतिभालाई प्रोत्साहन गर्ने अत्यन्तै गहन जिम्मेवारि पुर्ण काम गर्नू भएकोमा धन्यबाद टक्य्राउनु भएको थियो ।
शुभकामना सांझका संयोजक टंक शेरचनले कलाकारहरुसंगका अबिस्मरणिय संम्झनाहरु लगायत कलाकारको जापान आगमन सम्मका प्रक्रियाको बारेमा समेत बिस्तृत जानाकारि दिलाउनु भएको थियो ।
यसरि मन्त्यब्य प्रकट गर्नुहुनेहरुमा नेपाली ब्यबसायी संघ जापानका अध्यक्ष भबन भट्ट,थसेसका अध्यक्ष ध्रुब भट्टचन, सदस्य मनोज तुलाचन हुनुहुन्थ्यो ।
सबैजनाको आग्रहमा गायक यश कुमारले *देशलाई नभूलौ बोलको गित सुनाएय शुरुमै सबैजनालाई भावुक बनाउनु भएको थियो । यसैगरि अर्का नायिका रेखा थापाको नृत्य शुरु भएपछि दर्शकहरुले जोशिलो तालिले स्वागत र हुटिङ्ग दिन शुरु गरेका थिए । यसैगरि अर्का कलाकार गायिका दुर्गा गुरुङ्गले दोहोरि गित शुरु गरेपछी त सबैजनालाई उठेर नाच्न बाध्य बनाएको थियो ।
स्मरण रहोस आयोजक सुत्रका अनुसार नेपालदेखी आमन्त्रित यिनै तिनजना कलाकारको प्रस्तुतिमा मार्च ३० तारिखका दिन थसेस नागोया द्धारा पनि सांस्कृतिक सांझ २००८ भब्यताका साथ सम्पन्न भएको जानाकारिमा आएको छ ।