Thursday, July 31, 2008

Remove the apartment

सरद डायरी । बिहीबार, साउन १६, २०६५

मित्रको कोठा सर्ने दिन भएको र मलाई पुर्ब जानकारी सहित सहयोग को माग गर्नु भएकोले आज म बेलुकाको कोन्तिन्यु एजूकेशन सेंटर मा नजाने बिचार मा थिए । करिब बेलुकाको ६ बजेतिर मित्रले फ़ोन गरी एकैछीन मा देरामा आइपुग्ने र मलाई तयार हुन भन्नुभयो । सोही अनुरूप म तयार भई उहाको देरातिर लागे । अर्को मित्र पनी सहयोग गर्नको लागि आउनु भएको रहेछ । एकैछीन पछी मित्रले रेन्टल गरेर गाड़ी लिएर आइपुग्नु भयो अनी करीब सवा ६ बजे देखि सरसामान ओसानॅ सुरु गरियो । मित्र को पोका पन्तुरा हरु निकै रहेछ । मित्र केही समय अगाडी मात्र अमेरिका आएको र ३ परिवार भएकोले धेरै सामान नहोला भनेको त, गाड़ी ठुलै थियो हामीलाई २ पटक गरेर ओसानॅ पर्दा पो थाहा भयो सामान त निकै रहेछ भन्ने कुरा । जे होस सबै सामान साढ़े ९ बजे तीर सारेर सकियो । मित्रको देरामा सामान भित्र हुलेको मात्र भएकोले खाना पकायर खाने संभब थिएन त्यसकारण आज मेरै देरामा खाना खाने कुरा भयो त्यही अनुसार खाना खाईवोरी बिस्तारा जादा त साढ़े १२ भई सकेको रहेछ ।

76 (Gas Station)

मित्र महिला काम गर्दैको एक झलक
७६ ग्यास स्टेशन को एक झलक
मित्र महिला म संग गफ गर्दैको झलक हामी जम्मा हुने ७६ ग्यास स्टेशनको अगादिको भाग


सरद डायरी । बुधबार, साउन १५, २०६५

मेरो देराको नजिकै एकजना महिला बहिनीले ७६ नामक ग्यास स्तेशनमा पार्ट टाइम काम गर्नुहुन्छ । आज उहाको ग्यास स्टेशन को बारेमा केही लेखौ की भन्ने बिचारले क्यामेरा लियर फोटो खिचे । यो ग्यास स्टेशन मा तिनै बहिनीको श्रीमान र उहाले पहिला काम सुरु गर्नु भएको रहेछ । अहिले उहाको श्रीमान नेपाल फर्किनु भएकोले उहाले अर्का २ जना मित्रलाई काम लगायर संगै काम गर्नु हदों रहेछ । यो ग्यास स्टेशन को मालिक ईरानी भयपनि उहाहरू लाई काम बाहेक पनी ब्याक्तिगत रूपले पनी निकै सहयोग गर्नुहुदो रहेछ । मेरो उहाहरू सबै जना संग चिनजान र मेरो डेरा देखि नजिक भएकोले प्राय जसो समय भएमा बेलुका तीर त्यही ग्यास स्टेशन मा भेट भएर कुरा गर्ने गर्थ्यौ । उहाहरू को काम परेको बेलामा उहाहरू मात्र हुने र स्टेशन काम अति नै सजिलो भएकोले मजा संग काम गर्दै गफ़गाफ़ पनी गर्न भ्याउथ्योँ । उहाहरू तिन जना पालैपालो काम पर्ने भएकोले उहाहरूले पनी फ़ोन गरेर बोलाउनु हुन्थ्यो । आज बहिनी को काम परेकोले उहासंग गफ गर्ने मौका पाए । उहाले हाल अर्को ठाउमा पनी काम पाएको र उहाको बिसेस लाइन तिरकै कामको ऑफर आएकोले अब उप्रान्त भने धेरै काम नगर्ने बताउनु भयो । गफ गर्दागर्दै ९ बजेको पत्तो नै पाएनछु । बेलुकाको खाना खाने बेला भएकोले बहिनी संग बिदाबाजी गरी निक्ले ग्यास स्टेशन बाट मेरै आफ्नो देरातिर ।

Wednesday, July 30, 2008

Earthquake in California

सरद डायरी । मंगलबार, साउन १४, २०६५

म अमेरिका आएपछि पहिलो पटक निकै ठुलो भुइचालो को अनुभब गरे । जुलाई २९ तारीख मंगलबार बिहानको करीब साधे ११ बजेको थियोहोला । एकैचोटी ठुलो झड़का दियो भुइचालोले । अनी करीब ३५,४० सेकेण्ड दायाबाया गरी हल्लियो मेरो ऑफिस । म कुर्चिमा बसेको थिए, साथिहरु सबै कराउन लागे । कोही त ढोका खोलेर बाहिर भागे भने कोही कुर्चिमै बसी राम राम जप्न लागे । कसैको अमिलो अनुहार अनी कसैको रुन्चे अनुहार । साच्चै त्यहा एउटा नरसह्हार को रूप लिएको थिए । म पनी झंस्किदै अमेरिकामा नै बिलिन हुन लेखेको रहेछ भनी मेरो आफ्नो परिवार लाई संझे । अनी भाग्यबस भुइचालो को झदका बिस्तारै हराउदै गएपछि सबै को अनुहार हसिलो मा परिनत हुदै गयो । अनी हाम्रो मेनेजरले सबैलाई बाहिर निक्लन ख़बर गर्नु भयो । सोही अनुरूप सबै बाहिर निक्लियौ ।
बाहिर थुप्रै मान्छेहरुको भीड़ थियो । सबै जना एकअकांसन्ग भर्खरै गएको भुइचालो को बारेमा गन्थन गरेका थिए । जेनेरल मेनेजरले आज छुट्टी भन्ने सूचना प्रकाशित गरेपछि लक्की भन्ने बिचार लाग्यौ र फर्किए देरातिर अनी टीवी खोलेर न्यूज़ हेरेको त सबै च्यानल म भुइचालो सम्बंधिको न्यूज थियो । अनी मात्र थाहा भयोकी ५.४ को भुइचालो रहेछ ।

Saturday, July 26, 2008

About My Room in fullerton

एस.के, को अध्ययन गर्ने जग्गा (पढ़ी तोपलेको) स्नानं गर्ने जग्गा
अमेरिकाको अनावश्यक बस्तु फाल्ने ठाऊ
हितैसी दुईपाग्रे मित्र

हाईसन्चो गर्ने ठाऊ
पोका,पन्तुरी र टाइम पास गर्ने भादो
अनुहार तल्काउने जग्गा


सरद डायरी । शुक्रबार, श्रावण १०, २०६५

म हाल २ बेद रूम को अपार्मेन्ट लिएर अर्को एकजना नेपाली मित्र संग सेयर गरेर बसेको छु , यहा प्राय जसो १ बेद रुमको १००० डलर र कोठा चाहि एउटा सेपेरेट बेदरुम,किचन,डाईनिङ,लिबिन्ग र एउटा तोईलेट र एउटा बाथरुम हुदो रहेछ ।
त्यसैगरि २ बेद रुमको १५०० डलर र २ वटा सेपेरेट कोठामा बाथरुम तोईलेट एताच र किचन,डाईनिङ,लिबिन्ग चाहि सेयर गर्ने स्टाईलको हुदो रहेछ ।
म चाहि एक्लै एउटा बेद रूममा सेपेरत रूपमा प्रयोग गर्दछु र अर्को एक बेदरुमंमा मित्र को परिवार सहित (उहाको मिसेस र २ छोरी) बस्नुहुन्छ । उक्त २ बेद रुमको प्रति महिना १५०० सय डलर (बत्ति बाहेक) तिर्दछौ । हामीले पहिला अपार्ट कन्टयाक्ट गर्दा ६ महिना त बसियला नि भन्ने हिसाबले प्रति महिना १०० डलर कम हुने फ़ाइदा हेरेर ६ महिनाको कन्टयाक्ट गरियो तर हाल आयर रुम मेट मित्रलाई जसरि पनि सर्नु पर्ने परिस्थिति आईपर्दा उहालाई निकै सारो परेको छ । बस्ने मान्छे खोज्दा पनी भनेको बेलामा नपाउने र कोठा बिचैमा छोड़न पनी नमिल्ने ।
म पनी खाना संगै खाने गरेका थिए उहाहरुसंग , भाउज्युले मिठो खाना अनी प्राय जसो समय मै तयार बनाई राख्ने हुनाले मलाई धेरै सजिलो भएको भएको थियो । तर उहाहरु देरा छोड्ने जस्तो कुराले गर्दा मलाई पनी खानको लागि अप्ठयारो पर्ला जस्तो महशुष भएको छ । जे होस हेर्दै जाउ एउटा बाटो त लाग्ला नि ।।।।

Monday, July 21, 2008

LAX Internation Airport

सरद डायरी । आईतबार, साउन ५, २०६५

आज आइतबार छुट्टीको दिन भएपनि कही जाने र केही गर्ने मनासाय पनि नबनेकोले डेरामै बसी बिताए । दिउसोको लन्च पनि मित्रले ५ बजे तीर बनाउनु भै ख़बर गर्नु भएकोले ५ बजे तीर खाइयों । जे होस मेरै अर्पात को अर्को कोठामा बस्नु हुने अर्को मित्र आजै स्वदेश फर्किनु हुने भएकोले उहाले मलाई फ़ोन गर्नु भयो । अनि म आउछु भनी फ़ोन राखे । एकैछिन उहाको देरामा गई,चिया पनि बनाएर ल्याउनु भएकोले चिया पिउदै करीब १ घंटा गफ्गाफ़ गरियो । बेलुका समय मिलेमा एअरपोर्ट छोडन जाने कुरा बताए ।
बेलुका ९ बजेतिर फ़ोन गर्नु भयो । अनि म हतारहतार गरी खाना खाई मित्रलाई एअरपोर्ट पुर्र्याउन बाहिर नीक्ले । उहाहरु ३ जना गादिमा चढी मलाई पर्खिनु भएको रहेंछ । म पुगेपछि तुरुन्तै लागीयो । करीब पौने घंटा मा एलएएक्स इन्तरनेशनल एअरपोर्ट मा पूगी टिकेट चेक गरी लग्गेज हरु बुझाइयो । अनि मित्रलाई बिदाबाजी गरी देरामा फर्किदा त साढ़े बाह्र भैसकेको रहेंछ । अनि बेडमा पल्ते घुत्रुक्क ।।।

Sunday, July 20, 2008

DMV & My Friends

मित्रहरु सप्पिंग गर्दै
सप्पिंग मा बिजी हुदाको एक झलक
एस.के, फलफूल अगाड़ी फोटो खिचाउदै

सरद डायरी । शनिबार, साउन ४, २०६५

मेरो डेराको नजिकै बस्नु हुने मित्रको श्रीमतीले (बहिनी) ड्राईविंग लाईसेंन्सको लिखित परीक्षा दिन जाने कुरा गर्नु भएको थियो आज । तेस्रो हप्ताको शनिबार भएकोले दिएम्भी (लाईसेंन्स दिने ठाऊ) खुल्ला हुने र यदि आज समय भएमा संगै जाऊ भन्नु भयो । मलाई पनी गाडिको प्राक्टिस र परीक्षा रुट्को बारेमा पनी ज्ञान हुने भन्ने कुरा गर्नु भएको हुनाले मलाई पनी अत्यन्तै सान्दभिंक लाग्यो । मैले मित्रलाई म पनी संगै जाने कुरा जनाए । खाना खायर तयार हुने कुरा बताए । खाना खाईओरि , नुहाएर मित्रसंग लागीयो दिएम्भी तीर । ४ बजेतिर दिएम्भिमा पुगेको त आज बिहानको ८ बजे देखि १२ बजे सम्म मात्र खुल्दो रहेछ । हामी पुग्दा त बन्द भई सकेको रहेछ । हामीले राम्रो संग बुझेर आउनु पर्ने रहेछ भन्ने कुरा भयो । जे भयो ठीकै भयो भनी मलाई मित्रले गाडि चलाउन भन्नु भयो । अनी मेरो गाडि चलाउने प्राक्टिस सुरु भयो । मित्रले आफुले अनुभब गर्नु भएको परीक्षा को कोस र सबै जानकारी गराउनु हुदै परीक्षा हुने त्यही रूट मा गाडि चलाए । मित्र साइद मा बसेर सबै कुरा गाइड गर्नु भयो । करिब १ घंटा बढ़ी प्राक्टिस गरेपछि लागीयो सप्पिंग सेंटर तीर । जहा हामी प्राय किन्न जाने ठाऊ (सुपर किंग) हो । मित्रहरूले करिब १ हप्ताको सप्पिंग गर्नु भयो अनी मैले पनी फलफूल र केही बिस्कुट हरु कीने . अनी फेरी लागीयो अर्को सप्पिंग सेंटर तीर । त्यहा पुग्दा भोक लागिसकेको थियो । म्याक्दोनल्द मा हाम्बर्ग, न्यागेत,पोत्यातोचिप्स र जूस खायर लागीयो देरातिर । डेराको पुग्दा त ९ बजिसकेको रहेछ ।

Tuesday, July 15, 2008

Japanese Festivals 2008 in Torrance

मेन स्तेजमा हवाई डान्स गर्दै
मित्रहरु पईनापल खादै
मेन स्टेजका दर्सकहरुको एक झलक
क्युकिशिन करातेको काटा गर्दै एक खेलाडी
एस.के,मूल द्वारमा फोटो खिचाउदै

सरद डायरी । आइतबार, अषाढ २९, २०६५

हिजोको थकाईले म अली ढिलो सम्म सुतेछु । मित्र पनि ढीला सम्म सुत्नु भएछ । उहाले ९ बजेतिर फ़ोन गरि साढे नौ बजे तयार हुन भन्नुभयो । अनी उठी मुख धोई वोरी चिया खाए । अनी मित्र एकैछिन पछी आइपुग्नु भयो । किनभने आज हामी १० बजे देखि हुने जापानिज मेलामा जानु थियो । अर्को मित्रलाई लाई पनि जाऊ भनेपछि उहा पनि तयार हुनुभयो । जानु भन्दा अगाड़ी एकएक गिलास चिया खायर जाऊ भन्नु भयकोले फेरी मित्रको घरमा पनि चिया खाइयों । अनी हिदियो आजको गन्त्यब्य तीर । करीब १ घंटा पछी जापानिज मेला लाग्ने ठाउँ, लस एंन्जंलसको उत्तर क्षेत्रमा पर्ने तोर्रान्स भन्ने सहरमा पुगियो । मेला सुरु भैसकेको रहेछ भित्र पस्ने टिकेट प्रति ब्यक्ति ५ ड्लर तिरेर भित्र पसीयो । भित्र निकै रमाइलो थियो । अधिकान्स जापानिज थिए । केही अमेरिकन लगायत बिभिन्न देसका मान्छेहरू जस्ता देखिन्थे । खानेकुरा कुरा को स्टल देखि बजार, गेम, बिभिन्न सरसामानको प्रचार प्रसार अनि लाइव स्टेज त निकै जमेको थियो । हामी सबै ठाउं घूमीयो अनि केही पुरुस्कार हात पार्न पनी सफल भइयो ।
एकैछिन मा २,३ घंटा बितेको पत्तै पाइएनछ । अर्को मित्रले पेतमा मूसा दगुरेको कुरा सुनाएपछि मात्र पत्तो पाईयो की हामीले लन्च नै लिएका रहेनछौ अनी लाग्यौ भोजनको लागि मित्र रास्ट्र इंडियन को बजार भएंको ठाउँ, अर्तिजिया तीर । । ।

Sunday, July 13, 2008

PRABACHAN by Dr.Chintamani Yogi in Sandiego

खानाको लस्कर

सरद डायरी । शनिबार, अषाढ २८, २०६५

आज सान्डिएगोमा नेपाल देखी पाल्नु भएका योगी ज्यु बाट प्रबचन कार्यक्रम हुने भएकोले मित्रसंग जाने कुरा भएको थियो । सबेरै उठेर तयारि गरेको थिए, मित्र साडे नौं बजेतिर आईपुग्नुभयो । अनी लागियो सान्डिएगोतिर करिब २ घण्टाको बाटो रहेछ । बिच बाटोमा केहि फलफुल र जुसहरु किन्नको लागि ओलबट्ररसन नामक सपिन्ग सेन्टरमा ओर्लियौ । सरसामान किनी, रेष्टरुममा पनी पसेर फेरि बाटो ततायौ । केहि छिनमै गन्तब्य स्थलमा पुगियो । अधिकतम सान्डिएगो वरपरकै नेपाली थिए भने हामिलगायत केहि नेपालीहरु लसएन्जलस बाट गएका थियौ । करिब ४५,५० जना नेपालीहरुको जमघट भएको थियो । पहिला लन्च खाएर मात्र कार्यक्रम शुरु गर्ने कुरा आयोजक कर्ताले जानाकारि दिनुभयो । अनी लागियो खाना खानको लागी । सेलरोटि सहित निकै धेरै खानाको परिकारको तेबुलमा लस्कर लागेको थियो , अलीअली झिक्दा पनि प्लेट भरियो । खाना सबैले घरबाटै बनाएर लिएर आएकोहुनाले खुब मिठो थियो । म लगाएत सबैले २,३ पटक थपेर खाईयो । अनी शुरु भयो भजन क्रितनबाट प्रबचन कार्यक्रमको । योगि ज्यु ले नेपाली,अंग्रेजी र हिन्दी भाषामा प्रबचन र अन्तमा केहि योगा समेतको कलास लीनुभयो । उहाको प्रकाशन र केहि सीडीहरु पनी रहेछन, केहि द्वछीना दिएर मैले उत्त सिडी र पुस्तक लिएर डेरातिर मित्र र म लाग्यौ ।

कार्यक्रम को केहि झलक (भिडियो क्लिपमा)

Friday, July 11, 2008

Bye, Bye & Good Luck,, HOHRI Teacher !!!

मेरो गुरु मित्र संग फोटो खिचाउदै
महिला मित्रहरुको सामूहिक फोटो
बिभिन्न खाना मा रमाउदै सबै मित्रहरु
सामूहिक फोटो खिचाउदै मित्रहरु


सरद डायरी । बिहीबार, अषाढ २७, २०६५

आज मेरो कन्तिन्यु एडुकेशन कलेजको टीचर आफनै पारिवारिक समस्या ले पढाउने काम छोडदै हुनुहुन्छ । आज उहाको अन्तिम दिन भएकोले हामीले सानो बिदाई पार्टी गर्ने योज़ना बनाएका थियौ । उहा महिला टिचर हुनुहुन्छ र उहाले अत्यन्तै मिहिनेट का साथ, पढाउने सैली, हसिलो, सबै बिधार्थी ले मन पराउने टिचर हुनुहुन्थ्यौ । उहाको बिदाईको निमित्त सबैले आ-आफ्नै घरबाट केहि खानेकुरा बनाएर ल्याउने र कलास एकैछीन मात्र लीई पार्टी गर्ने सल्लाह भएको थियो । सोही अनुरूप सबैले खाने कुरा लिएर आउनु भएको थियो । मैले घरमा केहि नबनाउने भएकोले ग्रोसरी सप बाट केक र ड्रिंक किनेर लगेको थिए । अरु साथीहरूले प्राय घरबाटै खाने कुरा बनाएर ल्याउनु भएको थियो । रमाइलो कुरो त आज खानेकुरा मेक्स्सीकन, चाइनीज, कोरियन, भेतानामी, जापानीज,थाई र अमेरिकन खानाको लस्कर लागेको थियो । आज अन्तिम दिन भएकोले अग्रेजीमा पोइम लेखी सबैले सुनायौ । लाग्थ्यो हामीले हाम्रो होहरी टिचर लाई हाम्रो तर्फबाट्को कोसेली दिएका थियों ।

Tuesday, July 8, 2008

Chinese formula




सरद डायरी । सोमबार, अषाढ २४, २०६५

आज मेरो निकै फुर्सद भएको हुनाले नेटमा सर्विंग र मित्रहरुसंग च्याट गर्दै थिए,मेरो आखामा एउटा रमाइलो फर्मुला देखा पर्यो। हजुर, फर्मुला केको फर्मुला भन्नुहुन्छ भने ‘चाहेको सन्तान (छोरा या छोरी) जन्माउने प्राचीन चिनियाँ फर्मुला’ को जानकारी।
त्यो फर्मुला मैले सबैलाई देखाउनको लागी माथि जेपेग (फोटो) फाईल मा बनाएर राखेको छु । छोरा छोरीको सवालमा म त्यति चुजी पनि छैन। छोरा छोरी जे भए पनि मलाई त ठीकै छ। तर यदि तपाईहरु चुजी हुनुहुन्छ वा फर्मुला चाहिं हेरौं न त भन्नुहुन्छ भने माथिको फाईल लाई क्लिक अथवा डाउनलोड गर्न सक्नु हुनेछ र उक्त फर्मुला चार्टको फाईल प्राप्त गर्न सक्नुहुनेछ ।
म आफूले यो फर्मुलाको प्रयोग नगरेकोले यसको विश्वेसनीयताको ग्यारेण्टी चाहिं म दिन सक्दिन है साथी हो । त्यसैले कृपया आफ्नै जोखिममा यसको प्रयोग गर्नुहोला ।

Saturday, July 5, 2008

Independence Day

मित्र आफ्नो कार भित्र बसेर फोटो खिचाउदै

सरद डायरी । शुक्रबार, अषाढ २०, २०६५

आज शुक्रबार अमेरिका को स्वतन्त्र दिबसको दिन भएकोले मेरो अफ़ थियो । पुर्ब तयारी अनुरूप नै मेरो आज गाड़ी प्रक्टिस गर्ने योजना थियो । मित्रसंग साढ़े १ बजेतिर भेट गरी लागियो क्याल स्टेट फ़ुलेर्तोन यूनिवर्सिटीको पार्किंग स्पेस मा, मित्रले मलाई निकै मिहेनतका साथ करीब २ घंटा कलास लिनु भयो । उहाको भनाई अनुसार अझै केहि दिन प्रक्टिस गर्नुपर्ने सल्लाह दिनु भयो । अनी डेरा तीर लागेको त अर्को मित्र लाई भेट भयो । उहाहरू सरसमान किन्न को बहिर निक्लन लाग्नु भएको रहेछ संगै जाऊ भन्नु भयो अनी लागियो सपिंगको लागी सुपर किंग नामक सुपर मार्केट मा । त्यहा बिसेस गरेर सागसब्जीहरु धेरै सस्तो पाईदो रहेछ । करीब २ हप्तालाई पुग्ने सरसामान किनी फेरी अर्को मार्केट जून स्याम क़ल्ब भन्ने ठाउमा ब्लू तुथ किन्न लागियो । स्याम क्लब मा मेम्बर लाई मात्र किन्न मिल्ने भएको र उक्त मेम्बर काडॅ म संग भएकोले मलाई मित्र ले अनुरोध गर्नु भयो । अमेरिकामा जुलाई १ देखि ड्राईव गर्दै सेल फ़ोन समातेर कुरा गर्न नमिल्ने कानून बनेकोले उहालाई जसरी भएपनि ब्लू तुथ नकिनी नभएको रहेछ । अनी स्याम क्लब म सबै सरसमान किनी डेरा मा फर्किदा त साढ़े ७ बजिसकेको रहेछ ।