Wednesday, November 26, 2008

You can download nepali fonts

सरद डायरी । मंगलबार, मंसिर १०, २०६५

भोलि मेरो बोस्तन युनिभरर्सिटिमा एमबिय कलास सम्बन्धिकै बिषय मध्ये प्राटिंकल कक्षामा नेपालका ब्यबसायिक बिषयमा मैले सानो ब्रिफिग्न दिनुपर्ने सेमिनार थियो । उत्त बिषयको लागि महिले पावरपोईन्टमा सानो नेपाल सम्बन्धिको कार्यक्रम बनाए । तर नेपाली अक्षर लेख्दा मलाई बिभिन्न डेजाईनको लिपि लेख्न चाहाना हुदा हुदै पनि बिभिन्न साईटबाट लिनुपर्ने झन्झट र राम्रो लिपि खोज्न पनि समय लाग्नुको साथै निकै असुबिधा महशुस गरे । त्यसैकारण यहाहरुलाई यस्तो समस्या नआओस भनेर सजिलोपनको लागि नेपाली लिपी एकमुष्ठ तल राखेको छु । तर यो नेपाली लिपी महिले बनाएको प्रोग्राम भने होईन है , एक्सप्रोलर नेपाल डटकमबाट लिएको हो । तपाईहरुले सिधै तलको लिन्कबाट डाउनलोड गरि प्रयोग गर्न सक्नुहुनेछ ।

रितु
डिना
आग्रा
सिद्धी
प्रिति

पृतम
लक्ष्मी
गोल्छा
अर्जुन

गणेश
नेपाली
कन्चन

रुकमनि
अनुराधा
कान्तिपुर
डिना १
डिना ए
डिना बि
डिना सि
सगरमाथा
मर्कन्टाईल
नया डिना

माया ब्लक
हिन्दि संस्कृत
साधारण गौंरि
अमृत कुरुति
नया देवनागरि
बिबिसि नेपाली
मोटो अक्षर राजु
हिमाली मोटो अक्षर
देवनागरि मोटो अक्षर

श्रोत : एक्सप्रोलर नेपाल डटकम

Monday, November 10, 2008

ब्यत्तिगत प्रयोगको लागि डाउनलोड गर्नसक्नुहुनेछ (नारायण गोपालका लोकप्रिय गित भण्डार)

सरद डायरि । आईतबार, कार्तिक २४, २०६५
अमेरिका आएको पनि हेर्दाहेर्दै १ बर्ष हुन लागेछ । आज कलेज पनि छुट्टी र कुनै बिशेष काम पनि नभएकोले यसो ईन्टरनेट सर्फिन्ग गरेको थिए । मलाई मनपर्ने र नेपालको ईतिहास मै आफ्नो नाम कोर्न सफल स्वरका धनी स्वर्गिय गोपाल नारायणको लोकप्रिय गितहरु धित मर्ने गरि नै सुन्न पाए । सायद उहाको गित मन नपराउने नेपाली कमै होलान् । त्यसै कारण यहाहरुलाई पनि सुन्न र डाउन गर्न सजिलो होस भन्ने हेतुले यसै पेजमा तल राखेको छु । यहाहरुले ब्यत्तिगत प्रयोगको लागि सुन्न या डाउनलोड गर्न तलको लिन्कमा क्लिक गर्नसक्नुहुनेछ । तर ब्यबसायि वा अन्य बिबिध प्रयोगको लागि भने बिशेष निषेध छ है ।

Sunday, November 9, 2008

आईस स्केट खेल्ने योजना

आईस स्केट खेल्न पालो पर्खिदै गर्दा खिचेको झलक

क्रिसमस ट्रिको अगाडिको झलक

आ़ईस स्केट ग्राउण्ड अगाडी मित्रसंग



सरद डायरी । आईतबार, कार्त्तिक २४, २०६५

मेरो एमबिएको कलास फ्रेन्ड जर्मनी मित्र,क्यानिडियन मित्र र जापानि मित्र संग आज लन्च संगै खाएर आईस स्केट खेल्न जाने योजना बनाएका थियौ ।

किनभने आज देखी नै क्याम्व्रिज स्ट्रेटको द चाल्स् होटेलमा आईस स्केट ग्राउन्ड ओपन गर्ने साथमा बिभिन्न किसिमका ईबेन्ट र सर्भिस गराउने सुचनामा लेखिएको थियो ।

अपसोच तर आज भने बिहानै बाट निकै बाक्लो हिउ पर्नुका साथै र मौसम पनि निकै जाडो थियो । हामिहरुको भेटने समय भन्दा करिब १ घण्टा अगि जापानि र क्यानिडियन मित्रले टेलिफोन गरि आज हिउ परेको र नराम्रो मौसम भएकोले डेरामै बस्ने अबगत गराउदै नआउने जानाकारि गराए ।

अन्तमा म र जर्मनी मित्रमात्र भेट भयौ । क्याम्ब्रिज स्ट्रेटको इन्डियन रेष्टुरेन्टमा बफेट लन्च खाई द चाल्स होटेल तिर लाग्यौ । तर आइस स्केट ग्राउन्ड भने निकै सानो र मान्छे टनाटन भएको हुनाले अर्को ठाऊको स्केट ग्राउण्डमा जाउ भनि जर्मनि मित्रले प्रस्ताव राख्नु भएकोले रेड लाईन चढेर लागियो उत्त ठाउतिर ।

Wednesday, November 5, 2008

लक्ष्मि पुजा तथा भाई टिका


भगवानलाई ब्यवस्थितकासाथ पुजाआजा गर्दै
रमाईलो गरेपछि अन्तमा खाना खादै



सरद दायरि । बुधबार, कार्त्तिक २०, २०६५

आज लक्ष्मी पुजाको दिन तर बिदेशमा बसेपछि बिबिध ब्यस्थताले गर्दा हाम्रो चाडबाडको त के कुरा नेपालको दिन,मिति समेत थाहा हुदैन । आज त्यस्तै भयो, केहि महिना पहिले मात्र शुरु भएको मेरो बोस्तन बिश्वबिद्दालयमा एमबिए कलासको ब्यस्थताले गर्दा आजको जमघट मर्लकै भुलेछु । मामा र अन्य ईष्टमित्रहरु भने सबै जम्मा भएर हल्का नेपाली चाडको संम्झना गर्नुभएको रहेछ । म पनि ढिला गरि भएपनि सामेल त भए । उहाहरु भने दिउसै देखि जम्नु भएको रहेछ ।
जेहोस बिदेशको भुमिमा आफ्नो चाडबाड ईष्टमित्रहरुसंग बसेर मनाउन पाउदा छुट्टै मजा आउदो रहेछ ।