Wednesday, May 28, 2008

Vietnam Restaurent in fullerton

एस,के, सहित मित्रहरुको सामुहिक फोटो
महिला मित्र आफ्नो भाग धेरै देखेर दंङ्ग पर्दै
मित्रहरुको लन्च लिदाको केहि झलक




सरद डायरी । मंगलबार, जेष्ठ १४ , २०६५


लन्चको लागि मित्रहरुले भेटनामि खाना मिठो छ भनि कुरा राख्नु भएकोले आज त्यहि खान जाने कुरा भयो ।
हाम्रो डेपार्टको साथीहरु म लगायत करिब ८ जना जति लाग्यौ साथिहरुको कारमा बाडीएर । ठाउ त्यति टाढा रहेनछ करिब १५ मिनेट मै गन्तब्यस्थलमा पुगेपछि सिटको लागि भने १५ मिनेट जति नै कुर्न पर्यो । जे होस ठाउ खालि भएपछी सर्भिस म्यानले सित देखाउदै बस्न संकेत गरिन ।
मलाई अमेरिका आएपछी पहिलो चोटीको भेटनाम रेष्टुरेन्ट भएकोले के मिठो हुने र कस्तो खाना भन्ने त्यति एकिन नभएपनि मित्रहरुको सहयोग र फोटो भएकोले सजिलै अर्डर गरे । सबै मित्रहरुले थुक्पा चाउमिन मिठो भनेता पनि मैले चाहि फ्राई नुडल अर्डर गरे । साथमा सबैले सेयर गर्ने तरिकाले केहि फ्राई ईस्प्रिन्ग रोल , भुटेको मम र केहि काचो सागपात पनि अर्डर गर्नुभयो मित्रहरुले।
खाना करिब चाईनिज खानासंग मिलेपनि टेष्ट भने केहि फरक पाए । तर मुल्य भने निकै सस्तो भएकोले यहा पनि निकै भिड हुदो रहेछ ।

Monday, May 26, 2008

Losangeles Downtown,Hollywood and Beverley hills

एस.के, हलिउद पछाड़ी पार्दै को फोटो
भाउज्यू हरुको फोटो
सामूहिक फोटो मित्रहरु संग
एस.के,एकल एक्सन गर्दै


सरद डायरी । आइतबार, जेठ १२, २०६५

आज मेरो मित्र को साथी उत्तर क्यालिफोर्निया देखि हामी भएको ठाउ सम्म घुम्न आउनु भएकोले हामीहरु आज हलिउड । बिबरिहिल्ज़ र लोसएन्जेलस घुम्न जाने कुरा भयो । खाना खाईवोरी हिदियो । ४ परिवार भएकोले हामीहरु ३ वोटा कारमा लागियो । ढेड घन्टामा हलिउड पुगियो । फोटो खिच्ने र केहि ठाउहरू घुम्ने काम सकियपछि
लागियो बिबरिहिल्ज़ तीर । तर एक परिवार चडेको कार भने बिचै को बातो मा हरायपछि उहालाई शिधै डेरामा फर्किन लगाई हामी २ वोटा कारका साथिहरु लाग्यौ बिबरिहिल्ज़ तीर । हामीलाई तेती मजा नआएनी एसो हेरेर फर्किने बिचैको बाटोमा बाहिर देखि घुम्न आउनु भएको साथी त्यहिबाट छुत्तिनु भयो । अनी हामीहरु लोसंएन्जेलस दाउनताउन तीर लाग्यों । एकैछिनमा लोसंएन्जेलस दाउनताउनमा पुगेपछि ओर्लिएर फोटो खिची लागियो डेरा तीर ।

Saturday, May 24, 2008

My aparment in fullornton.

मेरो कोठाको ढोकाको भाग
भेन्तिलेसन को भादो (सोडा,चिप्सहरू)

मेरो अपार्तको अगाड़ी भाग पोस्ट बक्स (चिठ्ठी आउने र पठाउने थलो)
केटाकेटीहरुको लागी खेल्ने स्थान
साईकल पार्किंग गर्ने थलो
फोहोर फाल्ने थलो
पार्किंग गर्ने जग्गा


देराको पछाडीको भाग
कोईंन लान्दरीको एक झलक

पछाडिको मूल द्वार र पार्कींङ गर्ने भाग


स्विमिंग पुल
बार्बेक्यू गर्ने स्पेस को एक झलक




सरद डायरी ।  शुक्रबार, जेस्ठ १०, २०६५

आज मेरो छुट्टिको दिन र कोहि साथिहरुसंग भेट्ने कार्यक्रम नभएकोले कोठामै बसी बिताए । यदि जापानमा भएको भए म अत्यन्तै बिजि हुने थिए । केहि न केहि काम वा साथीहरुसंगको भेटघाट् र केहि पनि नभएमा स्पोट् जिम मा जाने कुरा अथवा नेपालि रेष्टुरेन्टमा जाने कुरा त थिदै थियो ।
तर आज मैले म बस्ने ठाउको बारेमा केहि लेख्न मन लागेकोले मेरो देरामा भएको (बार्बेक्युस्पत,स्युमिन्ग पुल,कोईन लन्डरि) फोटो खिच्न निक्ले । फोटो खिचेर सकेपछी यो ब्लक लेख्न बसेको छू ।
म हाल अमेरिकाको क्यालिफोर्नियाको लसएन्जलस देखी साउथको अरेन्ज काउन्टी भन्ने ठाउमा बस्दछु । यो शहरलाई फुलोर्टोन भन्दा रहेछन । यहा नेपालिहरुको बस्ति नै छैन भन्दा पनि फरक नपर्ला , किनभने म यहा आएपछी जम्मा ३ परिवार नेपालि संग मात्र चिनजान भएको छु । यो ठाउ यस्तो रहेछ कि अलि पैसावालहरु अईस गरेर रिल्याक्स गरी बस्ने रिजर्ट जस्तो ठाउ रहेछ । ठुलो साईजको कोठा,छेउछाउमा घुम्ने ठाउ (दिज्निल्याण्ड,होलिउड,युनिभर्सियल स्टुडियो,लोस डाउनटाउन) भएको र कोठा भाडा महङ्गो , खानेकुरा पनि सारै महङ्गो रहेछ ।
अनि बिशेष गरेर यहा पब्लिक यातायातको त अत्यन्तै कठिनाई रहेछ । हामि जापान बसेर आएको मान्छेलाई त यस्तो गारो कि भनि साध्य छैन । किनभने बस,ट्रेनहरु एकदमै कम गुड्ने , प्रति घण्टामा एऊटा जस्तो छुटने र त्यसैमा पनि एकुरेट समयमा नहिडने भएकोले करिब ९९ सय प्रतिशत मानिस हरु प्राईभेट कार प्रयोग गर्दा रहेछन । तर यो ठाऊ धेरै सेफेटी भएकोले राति एक्लै पनि हिडन सकिने अनि प्राय जसो कुनै न कुनै घटना सुनिने यो अमेरिकामा हामि चाहि ढुक्क संग हिडन पाऊने कुरा भने ज्यादै फाईदाजनक छ ।
आफु त आउन बित्तिक्कै अनि कति बस्ने भन्ने केहि ठेगान नभएकोले कार पनि आट्न नसक्ने हुनाले साह्रै गाह्रो महशुष गरेको छू । जे होस एउटा साईकल किनेको हुनाले नजिकैको ठाउमा यसैको प्रयोग गर्ने गरेको छु भने टाढा जान पर्योँ भने मित्रहरुको सहयोग लिएको छु । जसोतसो दिन बितेको छ भन्नु पर्यो । हेरौ आउदा दिन कसरि बित्छ ।

Wednesday, May 21, 2008

Mexican food for lunch

मेक्सिकन रेस्टुरेंट को एक झलक
सबै मित्रहरूले लन्च लिदाको एक झलक
मेक्सिकन खाना को परिकारको एक झलक
मित्रहरु मेक्सिकन खाना संग रमाउदै को एक झलक
सरद डायरी । मंगलबार, जेष्ठ ७, २०६५

आज लन्चको लागि मेक्सिकन खाना खान जाने कुरा भएकोले मित्रहरुसंग संगै लागे । एउटा एल तारास्को नामक रेष्टुरेन्टमा पसियो । रेष्टुरेन्ट निकै भिड थियो मित्रको भनाई अनुसार बिशेष गरेर यो रेष्टुरेन्ट सस्तो र खाना मिठो भएकोले सधैजसो भिड हुने कुरा बताउनुभयो ।
तर भाग्यबस हामि ६ जना भएता पनि ४ जनाको एउटा मात्र सिट खाली रहेछ । जसोतसो मिलेर बस्छौ भनि उक्त सिट मा बसियो । हामिहरु त साना साईज भएकोले त्यति अप्थ्यारो भएको महशुष भएन तर हाम्रा एकजना मित्र अमेरिकनलाई भने ज्यादै कष्ट भएको कुरा पछी बताउनुभयो । किनभने उहा हामिहरुको करिब ३ गुना ठुलो हुनुहुन्छहोला ।
खाना सबैले अर्डर गर्नुभयो । मलाई भने कुन मेनु, के,कसरि अर्डर गर्ने अत्तोपत्तो भएन किनभने मेनु सबै मेक्सिकन र अंग्रेजि लेटर मात्रमा लेखेको तर फोटोहरु केहि थिएन । फेरि म अमेरिका आएपछी पहिलो पटक मेक्सिकन रेष्टुरेन्टमा पसेको हुनाले पनि, जे होस तसोतसो मित्रलाई सोधी एउटा सेठ मगाए ।
हामिले अर्डर गर्ने बित्तीकै पापड जस्तो तेलमा उतारेको रोटी र हाम्रो नेपाली गोलभेडाको अचार जस्तो सेठ पहिल्यै दिदो रहेछ । अनि खुशीको कुरा त्यो सेठ फ्रिमा जति थप्न पनि पाईदो रहेछ । अनि एउटा रोटी झिकि चत्निमा दोबेर खाएको त खुबै मिठो लाग्यो । अरु साथीहरुलाई पनि खुब मिठो लागेछ त्यसकारण हामिले यो सेठ ५ चोटी थपेर खाईयो ।
एकैछीन पछी मेरो मेन डिस आएपनि एर्पिटाईजरले नै पेट भरिएकोले मिठै भएपनि सबै खान सकिन । तर हामिलाई सर्भिस गर्ने वोईटेरेस ज्यादै हसिलि र राम्रो सर्भिस गर्दि रहिछिन ,त्यसकारण अमेरिकामा १० देखी १५ प्रर्सेन्ट तिप्स दिने चलन भएपनि हामिले २० प्रर्सेन्ट तिप्स दिन बाध्य भयै अनि रेष्टुरेन्टबाट निक्लियौ ।

Sunday, May 18, 2008

Fame 2008 Airshow

एस.के,मित्र जिम संग फोटो खिचाउदै
एस.के,मित्रहरु संग
प्लेन मा आफ्नो सो देखाउदै
एउटा पुरानो प्लेन फोटो
सरद डायरी । शनिबार, जेठ ४, २०६५

पुर्ब तयारी अनुसार आज हवाइंजहाज प्रदसन हेर्न जाने दिन भएकोले म छिटै उठेर तयारी गरिराखेको थिए । ब्रेकफास्ट खाइंवोरी तयार हुदा ९ त बजी हाल्यो । १० बजे म मेरो साथिहरू संग भेटेर जानु थियो । अनी अमेरिकन मित्र जिम फोन गर्नु भयो साढ़े नौ तीर । मलाई मेरो अपाटृ बाहिर ५ मिनेट भित्र आउन भन्नु भयो । आज धेरै भीड़ हुने भयकोले छिटै जाने कुरा भएको कुरा अबगत गराउनु भयो । दुइवोटा कारमा सबै आउनु भएको रहेछ । मित्र जिम को कारमा उहा र उहाको श्रीमती,रॉबर्ट र लिवा हुनुहुदो रहेछ अर्को जापानीज मित्रको कारमा खाली भयकोले उहको कारमा म चढेर लागीयो । जून एअर सो " प्लेन ओबू फेम २००८ एयर सो " नामक थियो । उक्त ठाउमा पुग्नलाई करिब पौने घंटामा पुगियो । सो हुने ठाउको नाजिक चाही कार को क्यू थियो । जीमले राम्रो टेक्निक अपनायर घुमॉउंरो बाटो थियो तर लाइन नै नबसी सीधैँ पुगिने बाटो लाग्यो र केही छिनमै पुग्न सफल भयौ ।
भित्र छिरेपछी गाड़ी पार्किंग गरियो । पार्किंग गर्ने ठाउ पनी आज को लागी मात्र (अस्थायी) भएकोले एउटा ठुलो खेत जस्तो ठाउमा ब्यबस्था गरिएको रहेछ तर पार्किंग ब्यबस्थित गर्ने मान्छेहरू भने त्यहा भएको हुनाले हामीलाई तुरुन्तै पार्किंग मिल्यौ । गाड़ी राखे पछी भित्र छिर्नको लागी सानो ट्रेन ले पाउनाहरुलाई ओसर पोसार गर्दो रहेछ । लाइन बसी ट्रेन चध्यौ ।
केही छिनमै मेन ठाउमा पूगेपछि फेरी राम्रो ठाउ रोज्नको लागी अगाडी बध्यौ । उपयुक्त ठाउमा पूगेपछि कुर्ची,छाता हरु सेठ गरी बस्यौ । जिम जी ले चिसो पनी लिएर आउनु भयो । पानि पिउदै गर्ने बेलामा करीब साढ़े एघार भैसकेको ले कार्यक्रम अमेरिकन रास्ट्रीय गीतबात सुरु भयो ।
अनी सुरु भयो हवाईजहाजको शो खुबै रमाइलो र अनौठो पनको सो पनी भएको थियो । आफुले त टीवी र पत्रपत्रिका मा भन्दा नदेखेको कुरो आफ्नै अगाड़ी देख्न पाउदा, मानौ मलाई त सपना हो की बिपना जस्तो लागेको महशुस पनी भएको थियो । जे होस साढ़े बार बजे सम्म हेरी फेरी लन्च तयार भयो खाने जाने भन्ने कुरा जिम जी ले भन्नु भयो । अनी लगियो लन्चको लागी ।
आजको लन्च खाने ठाऊ पनी अचम्म ठाऊ मा थियो कतै हाम्रो नेपालको गाउको गोठ जस्तो ठाऊ पनी तर खाना भने थेट अमेरिकन थियो ।
पहिला चिसो, चिप्स,बिस्कुट,चकलेट हरु राखिएको ले खान भन्नु भएकोले झिकेर खाइयों । एकैछिन पछी अमेरिकन मित्रहरु ले हम्बर्ग र ससेज़ पोल्न लागेपछी मात्र सुरु भयो लन्चको लागि । टेबल मा लस्कर पारेर ब्रेड,सलाद,फलफूल र चटनी हरु राखिएको थियो । सबै आफैले झिकेर खाने सेल्फ सर्विस थियो । महिले त भोक पनी लागेको र मिठो पनी भएकोले २ पटक थपेर खाए ।

एयर शो को केहि झलक (भिडियो क्लिपमा)

Saturday, May 17, 2008

Birthaday Party

जन्म दीनको सजिसजावोत (साइनबोर्ड)
मित्रहरुको परिवार जन्म दिन केकको क्यान्डल फुक्दै
सरद डायरी । शुक्रबार, जेठ ३, २०६५

अमेरिका आएपछि चिनजान भएको एकजना मेरो मित्रको छोराको जन्मदिनको उपलक्ष्यमा आज पार्टी थियो । मलाई जसरी भएपनि आउन निमान्त्रना आएकोले बेलुका ७ बजेतिर जाने कार्यक्रम थियो । साथै मलाई एउटा गिफ्ट पनी जसरी पनी लानु पर्ने थियो । तर मलाई कहा कसरी कस्तो सामान किन्ने भन्ने राम्रो जानकारी नभएकोले एउटा स्यमाश क्लब नामक सप्पिंग सेंटर मा गए । त्यहा सबैखालका सरसामान पाउदों रहेछ, यसो हेरेको राम्रै खालको एउटा सेट ड्रेस देखे । त्यहीँ सेट किन्ने मनसाय अनुसार सामान लगेर क्यासेरमा दीयको त उनले कार्ड छ भनी सोधिन ? मैले कार्ड छैन भनेको त मेम्बर कार्ड नभए किन्न नमिल्ने कुरा बताईंन् । अनी अचम्म लागेर सोधेको त सरसामानहरू धेरै सस्तो भएको तर मेम्बर बनेको मान्छेलाई मात्र बिक्री गर्ने स्यिस्तम रहेछ, तपाई पनी मेम्बर बन्न सक्नु हुन्छ तर मेम्बर फी ४० डलर लाग्ने कुरा बताईंन् । त्यसपछि यसो सोचे गिफ्ट त मलाई जसरी पनी लग्नु पर्ने भएकोले ४० डलर तिरेर मेम्बर बनी उक्त सामान कीने । अनी पैसा बुझाई सामान लिए । अनी यो गिफ्ट को लागी हो । सामान रयापिंग गर्न अनुरोध गरेको त । के को रयापिंग नि । सामान राखने झोला पनी नदीने स्यिस्तम रहेछ । अनी पर्यो अर्को फसाद । बर्थडे को गिफ्ट भएकोले मलाई जसरी भएपनि रयापिंग गर्नु थियो । तेहि दिनमा एकजना अमेरिकन मित्र जिम को घरमा जानू थियो । जीमलाई भने पछी कही उपाए लाग्ला भनी सोचेको थिए । जिमको घरमा जिम लाई भनेको त उहाले एकदमै राम्रो पलास्टिक मा र्याप गरीदिनु भयो । अनी लागे ६ बजेतिर जिमको घरबाट बर्थडे पार्टी हुने मित्रको घर तीर ।

नाचागानको केहि झलक (भिडियो क्लिपमा)

Monday, May 12, 2008

Barbekyu With Friends.

बारबेक्यू संग रमाउदै मित्रहरु
दुइजना मित्रहरु बारबेक्यू पोल्नमै ब्यस्त
मित्रहरु बारबेक्यू पोल्न ठाउमा फोटो खिचाउदै
मित्रहरु संग सामूहिक फोटोको एक झलक

सरद डायरी । आईतबार, बैसाख २९, २०६५

आज मे ११ तारीख आइतबार का दिन पुर्ब तयारी बमोजिम नै बार्बेक्युं जानको लागी जमघट भइयो । बिहानको १० बजे भेटने कुरा भयता पनी सबै जना जम्मा हुनलाई करीब ११ नै लाग्यो । अनी लागियो बार्बेक्युंको लागी चाहिने सरसामान किन्नलाई । ४ ग्रुप मा बिभाजित भई किनमेल गर्ने सरसामानहरुको लिस्ट बनाएर लाग्यौ बजार तीर ।
सबैले आ-आफ्नो जिम्मा को सामान् किनेपछि लागियो बार्बेक्युं स्पोट तीर ।
हामी जान लागेको स्पोट २५ माईल जति र निकै प्रचलित ठाऊ रहेछ ।
फ्री वय प्रयोग गरी आधा घंटा जति कुदेपछि ठुलो जंगल भित्र पुग्यो । त्यही जंगल को नजिकै बार्बेक्युं स्पोट रहेछ तर हामिलाई पत्ता लगाउंनलाई पर्र्यो फसाद । कार चलाउने जापानी मित्र पनी त्यती राम्रो बाटोको ज्ञान रहेंनछ । एउटै बाटो ५,६ चोटी घुमेर केहि उपाए नलागेपछि
अर्को मित्रलाई सोधेपछी मात्र थाहा भयो हामी त त्यही स्पोट को वोरिपरी घुमिरहेका रहेछौ ।
जेहोस जासोतसो भेट भयौ । बार्बेक्युं स्पोतमा गाड़ी पार्कको लागी ५ डलर लाग्दो रहेछ । पैसा तिरी भित्र पस्यो । ठाऊ अत्यन्तै रमणीय रहेछ नजिकै ठुलो पानीको ताल , भलीबल ,बास्केतबल,केताकेटीहरुलाई खेल्ने ठाऊ पनी रहेछ । बार्बेक्युं को लागी त झन पकाउने ठाऊ देखि लियर बस्ने ठाऊ, फोहोर फाल्ने ठाऊ, पानी ,बत्ती सबैको ब्यवष्था रहेछ ।
तर सबै फ्री मा प्रयोग गर्न पाउने ब्यवस्था गरिएको रहेछ । अमेरिका मा सबै फ्री देख्दा अचम्म त लाग्यो नै किनकी जेगर्दा पानी पैसाको कुरो आउछ यहा ।
सबै साथिहरू एक्सपार्ट भएकोले हामिलाई त्यती गारो भएन बार्बेक्युं तयार पार्नलाई । अनी लागियो खान तीर ।

Saturday, May 10, 2008

Festivals of PAMONA

स्टेज तीर कलाकारहरुले प्रदशन गरेको एक दृश्य
बिभिन्न बुथमा आगंतुक हरुको दृश्य
पानिको फोरा भएको ठाउमा बच्चाहरुको एक दृश्य

सरद डायरी । शुक्रबार, बैशाख २७, २०६५

मेरो आज बेलुकाको कलास कंटीन्यू एडुकेशन सेंटरको नजिकैको पार्कमा मेला लाग्ने भएकोले म एउटा मात्र कलास लियर मित्रहरु संग लागे त्यतातिर. त्यहा खूब रमाइलो भएको थियो । स्तेजमा गीत संगीत चलिरहेको थियो भने, बिभिन्न अमेरिकन खानाको रेस्टुरेंट पनी निकै धेरै नै लस्कर लागेको थियो । अनी मेन स्ट्रेट मा अमेरिकाको बिभिन्न ठाउमा उत्पादन भएको लत्ता कपडा, बिभिन्न खाने कुरा,फलफूल हरु फ़्रेश गरेर राखिएको थियो । अनी फलफूल र खानेकुरा को स्याम्पल पनी राखेको हुनाले मैले फलफूल को काउंटर मा मात्र १,१ चोटी लिएर खाएको त पेट नै निकै दाढियो । मैले अमेरिकन चेरी,स्याउ,स्तरबेर्री र सुन्तला निकै खाए । सबै ठाउमा मान्छे हरु घुइचो लागेको थियो । तर स्टेज तीर निकै रमाइलो भएको जस्तो लागेको हुनाले लगियो म्यूजिक सुन्नको लागी स्टेज तीर ।

Thursday, May 8, 2008

Chinese restaurent for lunch

जिम र अरु मित्रहरुसंग सामूहिक फोटो
मित्रहरु लन्च लिदै गर्दाको एक झलक
क्यामेरा तीर सबै मित्रले एक्सन लिदै


सरद डायरी । बुधबार, बैसाख २५, २०६५

भिष्ट्र नामक चाईनिज रेष्टुरेन्ट, योर्बालिन्डामा बिल्डिङमा बफे खाना खान पसियो आजको लन्चको लागि। बिशेष गरेर स्यानहाईको टेष्ट रहेछ यो रेष्टुरेन्टको । हामि आज निकै धेरै संख्या भएकोले एउटा टेबुलमा अटाउने कुरै भएन अत दुईवटा टेबलमा बसियो मा लगायत सबै मित्रहरु ।
पानी र न्यापकिन राख्दै सर्भरले आफै झिकेर खाने सेल्फ सर्भिस हो भन्दै खानाको लस्कर तिर देखाईन अनि केहि ड्रिङ्क चाहिने हो कि भनि सोधिन, हामिले ड्रिङ्क चाहिदैन पानी भए हुन्छ भन्यै ।
चिकन,पोर्क र भेजितेबल साथमा होवाईट राईस,फ्राईस राईस अनि केहि डम्पिलिङ र फ्रुट,डेर्जाट समेत खानाको लाईन लागेको थियो लस्करमा । जति झिकेर खाएपनि जम्मा ८ डलर मात्र रहेछ । झिक्नु भन्दा पहिला खुब खाने बिचार भएपनि अलि अलि झिक्दा नै २ वटा प्लेट नै भरियो । अनि खान बसेको त कहा त्यो २ प्लेट पनि सबै सक्न खुब मुस्किल पर्यो ।
कोहि मित्रहरु त ३,४ चोटी थप्ने मित्रहरु पनि हुनुहुन्थ्यो भने म बाहेक सबैले २ पटक त सबैले थप्नुभयो। मलाई लाग्यो कि अमेरिकनको जिउले नै दिएकोले खान सक्ने हुन जस्तो लाग्यो, जे होस महिले चाहि एकैचोटी डेर्जाट तिर लागे । डेर्जाट (फलफुल,दुधको परिकार, पुरिन) भने मैले २ चोटी थपेर खाए ।

Monday, May 5, 2008

Rose Drive Friends Church

एस.के, अमेरीकन मित्र जेन ज्यू उहाको श्रीमती संग
पास्टर जिम ज्यू ले उपस्थित महानुभाबहरुलाई बक्त्यब्य दिनुहुदै
उपस्थित महानुभाबहरु
बालबालिकाले आफ्नो कला प्रदसन गर्दै
कार्यक्रम को सुरुआत को एक दृश्य
सरद डायरी । आइतबार, बैषाख २२, २०६५

आज मे ४ तारिख आईतबारका दिन अमेरिकन मित्र जेन ले मलाई बोलाउनु भएको थियो । हामिहरुको सल्लाह अनुसार नै बिहानको ८ बजे कमिन्युति सेन्ट्रर अगाडी भेटघाट गरियो । अनी गाडीमा चढी लागियो गन्त्यब्यतिर । गाडीमा उहाले जानाकारि दिनुभयो कि हामिहरु चर्ज मा जान लागेको र त्यहा धर्म पनि गर्न पाईने , अंग्रेजी भाषाको पनी अभ्यास हुने , अमेरिकन हरुको भाषा, संष्क्रिति र रहनसहन चालचलनको बारेमा जानाकारि पाईने भएकोले म खुशी थीए ।
केहि समय मै हामिहरु उक्त स्थलमा (रोज ड्राईभ फ्रेन्ड चर्ज) पुगियो ।
त्यहाको चहलपहल नै फरक थियो। सुकिला कपडा लगाएका गोरा गोरी मात्र,अत्यन्तै ब्यबस्थित हल, भित्र पोस्न बित्तिक्कै सबैलाई सत्कार गर्ने मान्छेहरु, अती सम्मानका साथ आजको सम्पुर्ण कार्यक्रमको जानकारि दीने मान्छेहरु, र सबै हसिला र एकअर्कामा धाप मार्दै रमाईरहेको द्रिश्य पनि अति रोचक थियो । म क्यालिफोर्नियामा आएको करिब १ महिना भएपनि आज को दिन जस्तो धेरै अमेरिकन संग भेटेको र बल्ल मलाई अमेरिका आएको हो की जस्तो भान भएको थियो ।
मलाई पनि जेनले धेरै मित्रहरुलाई चिनाउनुभयो ,सबैसंग चिनापर्ची गरि उहाहरुकै नक्कल गरे, सबै ले मलाई खुबै स्वागत गर्नुभयो । केहि मित्रहरु त केहि समय अगाडी नेपाल जानु भएको कुरा पनि जानकारि गराउनु भयो ।
केहि समय पछी कार्यक्रम शुरुभयो। शुरुमा ग्रुपिंङ गितबाट शुरु भएको कार्यक्रम अधिकांश को समय १ जना पास्टर (गुरु) ले प्रबचन दिनुहुने रहेछ र बिचबिचको समयमा सामुहिक बालबालीकाको गित र नाच पनि हुदो रहेछ । अत्यन्तै सौहार्द पुर्ण रुपले १ घण्टा बितेको पत्तो नै पाईएनछ । जेनले कफी खान जाउ भनेपछी मात्र म झस्के ।
बाहिर केक,बिस्कुट,मिठाई,चकलेट् र कफी,चिया,ज्युस टेबुलमा लस्करै लाईनमा राखीएको थियो। आफैले झीकेर खानुपर्ने रहेछ,तर जेनको स्रिमतिले मलाई सोधी मेरो अर्डर बमोजिम सबै झिकेर ल्याईदिनुभयो । मैले पैसा दिनुपर्नेहोकि भनि सोधेको त सबै फ्रीमा हो भन्नु भयो मलाई अचम्म लाग्यो यो चर्ज कसरि संचालन गरेको होला भनि ..........