Monday, September 29, 2008

My new roommate

सरद डायरी । आईतबार, असोज १२, २०६५

म अमेरिका आएदेखी नै नेपालीसंगै बस्ने मनस्थिति बनाएको हुनाले बलबल एकजना नेपाली परिवार खोजेर २ बेडरुमको कोठामा सरेको करिब ४ महिना नहुदै नेपाली मित्रहरु अर्कै ठाउमा सर्नुपर्ने बाध्यताबश आज भन्दा १ महिना अघी नै मुभ हुनुभयो । त्यसपछी यत्रो ठुलो २ बेडरुमको कोठामा म एक्लै बस्दै आएको थिए ।
तर अस्ति मात्र म ३ दिनको टुर सकेर(लसभेगस र ग्रेन्ड क्यानियोन) डेरामा फर्किएर भित्र छिर्ने बेलैमा मित्रको फ़ोन आयो । उहाले मेरो लागि रूममेट को ब्यबस्था मिलाईसक्नु भएको रहेछ । आजै मेरो डेरा मा नया रूम मेट ले सबै सामान १० मिनेट पछि नै लिएर आउदै हुनुहुन्छ भन्ने जानकारी गराउनु भयो । मैले थिकै छ आईपुगेपछी सम्पर्क गर्नुहोला भनी फ़ोन राखे । अनी मैले सोच्न लागे , कस्तो मान्छे होला ? अप्थ्यारो सजिलो, संगै बस्न केही बाधा उत्पन्न त हुने होइन । भन्ने केही कुरा मन मनमा खेलाए । मित्रले १० मिनेट भनेपनी, आधा घंटा पछि मात्र मेरो नया रूम मेट लाई लिएर आउनुभयो । भेटघाट गरी कुराकानि गरेपछी थाहा भयो कि,उहाहरुको परिवार पनी युनिक रहेछ । लोग्ने अमेरिकन (३ पुस्ता अघी मेक्सिकन) स्वास्नि चाहि जापानिज र एकजना ४ महिनाको छोरि रहेछ । लोग्ने को नाम माईकल जो यहि अमेरिकामै जन्म (अमेरिकन सिटिजन) भएकोले होला नेगेटिभ अमेरिकनकै लय मा कुरा गर्ने र निकै हसिला रहेछन । स्वास्नी चाहि जापानिज भएर होला अलि लजालु र धेरै नबोल्ने स्वभाब का रहेछन । जे होस मेरो अमेरिका आगमन पछी पहिलो पटक म बिदेशीसंग रुम सेयर गरेर बस्दै छु ।
हुन त हामिहरुको रुम सेयर भनेता पनी बेडरुम, तोईलेट र बाथरुम चाहि छुट्टाछुट्टै सेपेरेट नै छ मेरो र उहाहरुको । मात्र किचन,डाईनिन्ग र लिबिन्ग सेयर हो।
जे होस हेरौ, अमेरिकाको रुम सेयर सिस्टम,बिदेशी संगको बसाईका केहि तिटा मिठा अनुभबहरु........

Sunday, September 28, 2008

Photo Album of Los Vegas

सरद डायरी ।  शनिबार, असोज ११, २०६५

तल रखिएका फोटो एल्बम लॉस भेगास र ग्रान्ड क्यानियोंन को ३ दिने टूर को हो । मेरो ऑफिस को साथिहरु संग गएको उक्त टूर अत्यन्तै रमाइलो र नया अनुभब हरु बतुल्न पाए ।
हेर्नुहोस उत्त क्षेणका केहि झलकहरु ।

You can click on the following URL, if you are intrested in seeing our LAS VEGAS tour photo's.
http://www.slide.com/r/rhyMGry35T_ypuCpZL1G0UAkTeeLCB_Q?previous_view=mscd_embedded_url&view=original

Saturday, September 27, 2008

Los Vegas Tour - 3

हामी बसेको रिभिएरा होटल को रातिको एक झलक
होटल एमजी एम् ग्रान्डमा मित्रसंग सामूहिक फोटो
न्युयोर्क, न्युयोर्क अगाडी मित्रसंग


सरद डायरी ।  शुक्रबार, असोज १०, २०६५

आज हाम्रो टुरको अन्तिम दिन त्यसमाथि पनी फर्किने दिन भएकोले छुट्टै महशुस भएको थियो मलाई । अनी आज क्यान्दी ले मात्र ९ बजेको समय दिएकी थिइन बस मा फर्किने समय ।
जे होस आज भने मज्जा संग सुतियो २ दिनको धित मर्ने गरी । पौने ९ बजे सबै साथिहरु जम्मा भई लगियो बस तीर । करीब ९ बजेर ५ मिनेट जादा बस लाग्यौ लॉस बेगास को बजार छिचोल्दै लॉस एन्जेलस तीर । बिच बाटोमा लॉस भेगास मा बाकि रहेको केही ठाउमा घुमाउने प्लान रहेछ । करीब २० मिनेट बस कुदेपछि झरियो लॉस भेगासको सबभन्दा ठुलो होटल एमजी एम् ग्रान्ड होटल मा । यो होटल मा ५००० हजार भन्दा बढ़ी बिभिन्न खाले रूम छ रे ।
यो होटल को अर्को साईद मा चाही न्युयोर्क न्युयोर्क भन्ने ठाउ । न्युयोर्क को जस्तै गरी बनेका बिल्डिंग अनी लिबिट्री को मूर्ति । यो ठाउमा ओरालेर हामीलाई घुम्न को लागी १ घन्ताको समय दीइयो । हामीहरु घूमघाम र फोटो खिच्ने कार्य सकेर फेरी फ़र्कियौ क्यान्दी ले दिएको समय मा ।
अनी बस लाग्यौ हाम्रो अन्तिम गन्त्यब्य लॉस अन्जेलस तीर ।


Treasure Island_Video clip4 (ट्रेसयर आइलैंन्ड भन्ने ठाउमा भएको केही शो)

Los Vegas Tour - 2

लॉस भेगासको सिटीमा महिला मित्रहरुको फोटो
लॉस भेगासको सिटीमा मित्रहरुसंगको झलक
रातमा ब्युझने लॉस भेगास को एक झलक
मित्रहरु डिनर मा रमाउदै
सरद डायरी ।  शुक्रबार, असोज १०, २०६५

हाम्रो आज बेलुकाको लॉस भेगास को घुमाई अन्तिम भएकोले राम्रो होटेलको रेस्टुरेंट मा डिनर खाने प्रबन्ध मिलाईएको थियो । बरु हामीलाई होटल खोज्न पो निकै मुस्किल पर्यो । जेहोस जसोतसो रेस्टुरेंट भेत्ताएपछी भित्र पस्न पनी निकै लामो लाइन बस्नु पर्यौ करीब १५ मिनेट जती लाइन बसेपछि सर्वर ड्रिंक के लिने भनी सोधिन । हमीहरूले आफुलाई मनपर्ने ड्रिक मगायौ । खाना भने बफे भएकोले खाना लिना गएको त आखाले हेर्दा पनी नब्याउने गरी राखिएको लाइन देख्दा त हामी दंग पर्यौ । जापानी, इटली,फ्रांस र अमेरिकन खानको लाइन त्यसमाथि पनी एपिताइजर देखि सलाद,ब्रेड ,फलफूल,केक, सबै कुरा छूटता छुट्टै काउंटर मा राखिएको थियो । हामीले आफुलाई मन परेको जती झिकेर खूब मिठो गरी खायौ । सबै मित्रहरु आजको डिनर को खूब प्रसम्सा गर्दै रमाउनुभयो । पेट भरेपछि आज को बिशेस सो हरु हेर्न को लागी निक्ल्यौ रातमा ब्युझने लॉस भेगास को बजार तीर ।

Bellagio_Video clip2 (भेल्लाजियो भन्ने ठाउमा पानीको फोराको झलक)


Diner Restaurent_Video clip3 (डिनर लिएको रेस्टुरेंट लगायतका केही झलक)

Friday, September 26, 2008

Grand Canyon - 2

स्काई वाल्क मा इंडियन संग खिचेको फोटो
ग्रेन्द कयानियोंनमा घुमे पछी दिने सर्तिफिकेट
ग्रेन्द क्यानियोंन को उत्तरी भाग
स्काई वाल्क को ओर्जिनल फोटो एल्बम (भित्र पसेकोलाई फोटो खिचेर दिने)
ग्रेन्द क्यानियोंन को दक्षिण भाग
ग्रेन्द क्यानियोंन सम्बन्धी छोटो जानकारी


सरद डायरी ।  बिहीबार, असोज ९, २०६५

ग्रेन्द क्यानियोंन अमेरीकाको आरिजोना स्टेट को उत्तर क्षेत्रमा पर्दो रहेछ । यसको पुरा नाम ग्रान्ड क्यानियोंन नेशनल पार्क हो । यो पार्क लाई १९१९ फेब्रवरी २ तारीख मा अन्तररास्त्रिय पार्कको रुपमा प्रचलित गरिएको रहेछ भने १९७२ मा अन्तररास्त्रिय सम्पतिमा घोषित भएको रहेछ । ग्रेन्द क्यानियोंन दक्षिण बाट पश्चिम हुदै ४५० किलो मीटर भन्दा लामो दुरिमा पहाडै पहाड़ को लाइनले बनेको छ । यो पहाड़ झट्ट हेर्दा सबै कुरा बिर्साउदै अर्कै संसार मा पुगेको जस्तो भान हुदो रहेछ । मान्छेले नै बनाएको जस्तो देखिने यो पहाड़ प्राकृतिक ले अमेरिका लाई दिएको बिशेस सम्पति जस्तो लाग्यौ । अमेरीकाको घुम्ने ठाउ मध्ये यो प्रमुख स्थल भएको र लॉस भेगास देखि करीब ३,४ घन्ताको बाटो पर्ने हुनाले अमेरीका आयको बेलामा यो ठाउ चाही नछुटाउनुहोला ।

Grand Canyon - 1

एस.के एक्सन लिदै महिला मित्र संग सामूहिक फोटो एस.के मित्रहरु संग सामूहिक फोटो मित्रहरु संग सामूहिक फोटो


सरद डायरी ।  बिहीबार, असोज ९, २०६५

बिहान को ६ बजे नै बस ग्रेन्ड क्यानियोंन तीर जाने भएकोले हामी ५ बजे नै उठने अलराम लगाएर सुतेको भएपनि घंटी बज्नु अगाडी नै मोर्निंग कल आयो । मैले फ़ोन उठाएको त महिलाको मिठो स्वोरले मोर्निंग कल भन्ने जवाफ आयो । मैले थ्यान क्यु भन्दै फ़ोन राखे । फेरी २ मिनेट पछी हाम्रो बस गाईद क्यान्दी ले फ़ोन गरेर ६ बजे बस हिदने हुनाले ढीला नगरी आउन भनी आर्डर आयो ।
आज को हाम्रो यो दिन प्रमुख घुमाई भएकोले होला उहाहरूले बिशेस ध्यान दिनु भएको होला जस्तो लाग्यो । हिजो ढीलो सम्म रातमा ब्युझने सिटी लॉस भेगास मा रमाएको हुनाले थकाई र निंद्रा को वास्तै नभएको भएपनि आज बिहान भने थकाई र निंद्रा खूब लागेको थियो । तर जसोतसो उठेर म पहिला बाथरुममा पसे । हामी दुइजनाको लागी एउटा कोठा भएकोले हामीलाई तेती समय नलागे पनी महिला मित्रहरु भने एउटा कोठामा ४ जना भएकोले निकै समय लाग्ने कुरा बताउनु भएको थियो । होटल एकदमै राम्रो र पूर्ण ब्याबस्थित थियो । बेद अत्यन्तै लक्जरी खालको,दिनदिनै सबै कपडा नया फेरिदिने अनी बाथरूम मा टावोल देखि स्याम्पो सबोन हरु पनी नयानया फेरिदिने एकदमै राम्रो सर्विस थियो ।
जे होस हामीहरूले नुहाई धुआइ सकेर ब्रेकफास्ट खाएर सक्दा ठीक ६ बज्न १० मिनेट बाकि थियो । अनी सबै भेटेर लागीयो बस स्टप तीर । सबै जना आईसकेको हुनाले हाम्रो पुर्ब निर्धारित बमोजिम समय अनुसार नै बस अगाडी बध्यों ।
क्यान्दी पनी निकै खुसिका साथ बातो को ठाउंठाउमा खूब तोजतोड़ का बिस्तृत बिबरणहरु (त्यों ठाउको इतिहास लगायतका कुरा) बताउदै थीईन । तर हाम्रो मेम्बर भने सबै जना मजा संग बस मा निदाएका थियौ । करीब २ घंटा पछी होपर डंप भन्ने ठाउमा पुग्यौ । यो ठाउमा म यो भन्दा पहिला पनी मित्रहरु संग आयको हुनाले म चाही बस मै बसे । तर मित्रहरु भने करीब १५ मिनेट को समयमा सबै घूमी वोरी फोटो पनी खीच्न भ्याउनु भएछ ।
यहाबाट हामीले अर्को बस फेरेर जाने कुरा क्यान्दी ले पहीले नै बताएकी थीइन । सोही अनुरूप क्यान्दिले हामीलाई अर्को बसमा चढाएर हामी संग बिदाबाजी भईन । यो बस पनी करीब २ घंटा कुदेपछी अर्को स्ट्पमा रोकेर , फेरी त्यहाबाट पनी अर्को स्यातल जस्तो बस मा चध्यौ ।
यो बस भने ऑफ़ रोड जस्तो बाटोमा हिदने बस रहेछ । उकालो,ओरालो,घुम्ती, अन्कंन्तार मरुभूमि ,सबै कच्ची बाटो (ढलान नभएको) भएकोले बिस्तारै धुलो उदाउदै ग्रेन्द क्यानियोंन मा पुग्दो रहेछ । यो बाटोमा हिड्दा त मलाई मेरो नेपालको कुनै कच्ची रोड तीर मोटर गुदेको त होइन की भन्ने भान गराउथ्यो । जे होस दिउसो को पौने बाह्र तीर अन्तिम बस स्ट्पमा पुग्यौ । यहाबाट भने बिसेस खालको बस ग्रेन्ड क्यानियोंन एरिया मा मात्र घुमाउने बसमा चढीयो ।
पहिलो स्ट्पमा मा स्काई वाल्क भन्ने ठाउ रहेछ । स्काई वाल्क भनेको नाम मा उल्लेख भएजस्तै पहाड़ माथि ग्लास को घुम्ती बाटोमा हिडेर ग्रान्ड क्यानियोंन लाई तल, माथि, दाया, बाया सबै हेर्न मिल्दो रहेछ । सिसाको बाटोमा टेक्न बितिक्कै यस्तो डर लाग्दो रहेछ की भनी साद्य छैन । नलागुस पनी किन ,सिसाको तलको भाग ५००० हजार फिट भन्दा बढ़ी छरे । त्यसपछी दोस्रो,तेस्रो स्ट्प हुदै पहिलाकै ठाउमा फर्काउदों रहेछ । जे होस यो एरिया म प्रत्येक १५ मिनेट म बस छुटने हुनाले जुनमा चढेपनि हुदो रहेछ । प्रत्येक स्ट्प मा खाना खाने रेस्तुरेंट,इंडियन हरुको सो देखि सबै कुरो को ब्यबस्था रहेछ । जे होस, फिल्म र पत्र पत्रिका,पोस्ट कार्ड मा मात्र देखेको ग्रान्ड क्यानियोंन आफ्नै आखा अगाडी देख्दा अजीब खुसी का साथै अचम्म पनी लाग्यो । साथै मौसमले पनी अति साथ दिएको हुनाले हाम्रो घुमाई अत्यन्तै सफल भयो ।


Grand Canyon_Video clip (ग्रेन्ड क्यानियोंन को भिडियो क्लिप)

Thursday, September 25, 2008

Los Vegas Tour - 1

हामीहरुले प्रयोग गरेको बसको एक झलक हामिहरुको बस गाईद क्यान्दीसंग को एक झलक मित्रहरु बस मा चढेर एक्सन गर्दै
मित्रहरु बस मा चढेर एक्सन गर्दै

सरद डायरी । बुधबार, असोज ८, २०६५

आज हामिहरुको बस टुर कम्पनिको अफिसबाट साधे आठ बजे बस छुटने भएकोले ७ बजे नै जम्मा भएर जाने सल्लाह भएबमोजिम मैले ६ बजेको आलाराम राखेपनी कहा हुदो हो पाचै बजे निन्द्राले छोड्यो । १ घण्टा अगाडि भएपनी फेरि सुतेभने भुसुक्कै निदाईयला भन्ने डरले आँखा मिच्दै उठे । बिस्तारै दात माझ्दै,दाह्रि खौरेर सावर रुममा पसे । नुहाईधुहाई सकेर कफी र ब्रेकफास्ट खादा सम्म पनी जम्मा साधे ६ मात्र भएकोले जापानमा मिसेस लाई फोन गरि एकैछीन कुराकानि गरे । यसो घडि हेरेको त पौने ७ भएको हुनाले बिस्तारै कपडा फेरि लागे मित्रहरुलाई भेट्न । मेरो डेराबाट २ मिनेटको बाटोमा भेटन सल्लाह भएको हुनाले एकैछिनमा पुगेपनी केहि मित्रहरु आउन बाकि भएकोले सबैजना ७ बजे जम्मा भई लागियो टुर अफिस तिर ।
टुर अफीसमा पुग्न पनि आज ट्राफिक नभएकोले करिब पौने घण्टामा पुगेपछी त्यहापनि करिब १ घण्टा कुरियो । साधे ८ बजे बस छुटने भनेपनी हामि त्यहाबाट हिडदा त सवा नौ भएको थियोहोला ।
जेहोस बसले हामि ६ जना लगायत अन्य गरि करिब ६० जना जतिलाई डोर्यायो लस भेगसको टुर तिर । आजको बस गाईड गर्ने महिला भने निकै युनिककि रहिछिन । अलिकति उमेर ढल्केको भएपनी कपडा देखी सबै कुरो पिन्क खुब मन पराउने रहिछिन ,सबै पिन्क कलरमा मिलाएकि थिईन तलदेखि माथिसम्म उनले र नाम रहिछ उनको क्यान्डी । त्यतिमात्र होईन बोलिचालि पनी राम्रो, अत्यन्तै हसिलि र २,३ वटा भाषा बोल्ने निकै एक्टिभ रहिछीन ।
बसमा बसेपछी पहिला सबैको गन्तिगरि हाम्रो ३ दिनको सबै टुरको बारेमा बिस्तृत बिषयबस्तुहरु बताईन् । बस गुडेको करिब साधे २ घण्टापछी आउटलेट(सस्तो सप्पिन्ग सेन्टर) नामक ठाउमा बस रोकि ठिक १ घण्टा पछी बसमै सबैलाई आउन अनुरोध गरिन । यहा बिभिन्न किसिमको ब्रान्डहरुको सामानहरु धेरै सस्तो रकममा बेचिने र हामिसबैलाई भिआईपी नामक स्तिकर बाडदै उत्त स्तिकरले करिब ३० देखी ५० प्रशेन्त सस्तोमा किन्न पाईने कुरा जनाईन ।
अधिकांश मानिसहरुले खुबै धेरै सामान रमाउदै किने । पछी पो थाहा भयो कि कतिपय मानिसहरु त यहि सप्पिन्ग को लागि पनि टुरमा आउदा रहेछन ।
जेहोस गाडिले करिब ४ बजेतिर लसभेगस रिभेरा नामक हाम्रो होटेलमा पुर्यायो । होटेल को चेक ईन गरि एकैछिन आराम गरेर सावर लिई ५ बजे बाट बाहिर निक्लने कुरा भयो हामि सबैको।
५ बजे जम्मा भई सिटि बस बाट लसभेगसको बेलुकाको घुमाई गर्ने मित्रहरुले मनसाय बनाएको हुनाले बस स्टपमा गईयो । हाम्रो होटलकै अगाडी रहेछ र ५ डलरको टिकटले भोलिको ५ बजे सम्म प्रयोग गर्न मिल्ने रहेछ । त्यहि बस टिकट किनेर फेरि लागियो लसभेगस प्रिमिनियम आउटलेटमा । यो ठाउ लसभेगसको सप्पिन्ग कम्प्रेल्क मध्ये १ नंम्बरमा पर्दो रहेछ । केहि सप्पिन्ग गरेपछी डिनरको लागि पसियो एउटा रेष्टुरेन्टमा । उत्त ठाउमा ६,७ देशको खाना बेच्दो रहेछन । आफुलाई जहाको मन पर्छ त्यहिको किनेर एकै ठाउमा खाने ठुलो हल पुर्ण ब्यबस्थित रहेछ । हामिले आ-आफुलाई मन परेको खाने कुरा किनेर त्यहि हलमा खाईयो ।
अनि हामि आजको बिशेष सो हेर्नेको लागि फेरि अर्को बस चढेर लागियो दाउनटाउनको बिशेष सो हेर्नकोलागि ।
डाउनटाउनको फ्रिमोन्ट स्ट्रेटमा ४५० मिटरको लम्बाईको आर्केट र त्यसको उचाई ३० मिटर रहेछ त्यो आर्केटमा (माथिको दलिनको भागमा) १० बजे देखी सम्पुर्ण सिटि नै झल्किने गरि बिजुलिको कलरिन्ग र बिभिन्न सो देखाईदो रहेछ । हामिले नन स्तप उत्त सो हेर्यो । यति राम्रो र साउनिन्ग सिस्तम राम्रो भएकोले होला यति रमाईलो भयो कि भनि साध्य छैन ।
यो सो हेरेर सक्दा त ११ बजिसकेको र मित्रहरु थाकेको हुनाले लागियो होटेल तिर ।

FREMONT ST_Video clip1 (फ्रेमोन्ट स्ट्रेट को अर्केट मा देखाईने लाइटिंगको एक झलक)

Wednesday, September 24, 2008

Alpha for ESOL-2nd

पास्टर जिम संग मित्रहरु फोटो खिचाउदै
बफे डिनरको लाइनमा एस.के मित्रहरुसंग
एस.के जापानी मित्र हिफुमिसंग
जापानी मित्र कावरी र खाना

Photo: Mr.Jim

सरद डायरी । मंगलबार, असोज ७, २०६५

भोलीदेखी मेरो काम ३ दिन छुट्टि भएको र मेरो अफीसका केहि साथीहरुले लस भेगस,ग्रेन्ड क्यानियोन,स्काई वर्कस घुम्न जाने योजना बनाएको हुनाले मैले पनी सामेल हुने जानाकारि गराएको थिए ।
लस भेगस त यो भन्दा पहिला अमेरिका घुम्न आएको बेलामा मेरी मिसेस संग सगै घुम्न गएको भएपनी ग्रेन्ड क्यानियोन भने यो मेरो पहिलो घुमाई भएकोले मलाई कहिले जाउ जस्तो मनमा खुब खुलदुलि लागेको थिए । नलागुस पनि किन ? मित्रहरुले यसको बारेमा बारम्बार तारिफ गर्नु भएको र अमेरिकाको घुम्ने ठाउ मध्ये यो ठाउ बिशेष चर्चित नाम हो ।
आज दिनको १ बजेदेखी यस घुमाईमा सामेल हुने मित्रहरु म लगायत हाम्रो ६ जनाको ग्रुपमा ४ जना महिला र २ जना पुरुषहरुको जमघट हुने सल्लाह भएको थियो । कहा, कसरि के के र भोली कतिबजे कहा भेटेर हिडने भन्ने सल्लाह रहेछ ।
सबै मित्रहरु पुर्ब निर्धारित समय बमोजिम भेटघाट गरि करिब २ घण्टा कुराकानि गरियो ।
भोलि बिहानको ७ बजे भेटने र बसको ३ दिनको ग्रुप टुर भएको हुनाले बस्ने ठाउ देखी,घुम्ने ठाउ,खाने ठाउ को समय लगायतका सबै बिषयसुचीहरुको ब्यबस्थापन भईसकेको रहेछ । हामिलाई सबै कुराको जानाकारि र केहि लिखित कागजात बाडनुका साथै रकम भुत्तानी सहित गर्न लगाईयो ।
रकम केहि महंङ्गो भएपनी करिब ४० प्रतिशत अफीसले बेहोर्ने भएकोले हामिले भने ६० प्रतिशत रकम बुझाएर भोली बिहान भेटने बाचा गर्दै आजलाई बिदाबाजि भईयो ।
बेलुका चाहि मेरो पुर्ब निर्धारित बमोजिम रोजे ड्राईभमा ईएसएल कलास ७ बजेदेखी ९ बजेसम्म हुने भएकोले आज भने एकजना मित्रसंग जाने सल्लाह बमोजिम पौने ७ बजे हिडियो । सधै झै सबैसंग भेटघाट गरि ढोकामा नाम दर्ता गराएर मलाई गत हप्तामा जस्तै नेम कार्ड घाटीमा झुन्ड्याएर १ नंम्बरको टेबलमा बस्न लगाईयो । डिनर खान सुरु गरेपछी कलास करिब १ घण्टा लिएर मित्रसंगै डेरामा फर्किएर हतार हतार भोलि देखी ३ दिनको लागि जाने टुरको तयारिमा जुटे ।

Tuesday, September 23, 2008

State of California DMV

दिएमभीको साईंनं बोर्ड
फ़ुल्लेर्तोनको दिएमभीको एक झलक


सरद डायरी । सोमबार, असोज ६, २०६५

म मेरो आफ्नै ब्यत्तिगत बिबिध कारणले गर्दा दुई महिना पछी क्यालिफोर्निया छोड्ने बिचार गरेको छु । मैले आज भन्दा ३ महिना अगाडि नै डिएमभी (डेपार्टमेन्ट अफ मोटोर भेईकल) को रिटर्न टेष्ट (सवारि लिखित परिछ्या) पास गरिसकेको, ड्राईभिन्ग टेष्ट मात्र दिन बाकि भएको हुनाले मैले यहा बस्ने बेलैमै क्यालिफोर्नियाको लाईसेन्स लिने बिचार गरेको हो । हुन त म संग अन्तराष्ट्रिय ड्राईभिन्ग लाईसेन्स पनि भएको र १ बर्षको अबधीभर उत्त लाईसेन्सले सवारि साधन चलाउन पाउने भएपनी अमेरिकाकै लाईसेन्स लिन ईच्छुक थिए । फेरि अमेरिकाको लाईसेन्स लिन पहिला लिखीत परिछ्या (३६ वटा प्रश्नमा २८ वटा मिलाए हुने) र पास गरेपछी ड्राईभिन्ग परिछ्या (१५ मिनेट ईन्सटंक्चर संगै मोटोर बाटोमा कुदाउने‌) पनि त्यति गाह्रो पनि नभएको कुरा मित्रहरुले सुनाउनु भएकोले एकचोटि अनुभब गर्ने पनी बिचार थियो मेरो ।
ड्राईबिन्ग टेष्टको लागि अनलाईन अपोईमेन्ट लिन सकिने प्राबधान छ भनेता पनि अहिले केहि समयको लागि अनलाईन बाट काम नहुने जानाकारि पाए । टेलिफोन गरेको त करिब १ महिना पछाडि मात्र खालि भएको जानाकारि गराएको हुनाले म एकचोटी डिएमभि मै जाने बिचार गरे ।
ठ्याकै अर्को मित्रको पनि नाम मिलाउनु पर्ने र रिटर्न टेष्ट (सवारि लिखित परिछ्या) को लागि जाने कुरा जनाएको हुनाले आज संगै जाने सल्लाह भयो । बिहानको ९ बजे भेटेर जाने सल्लाह भएबमोजिम मित्र संग भेट गरि लागियो डिएमभि तिर । केहि समय मै पुगेपछी हामि दर्ता गर्ने लाईनमा उभियौ । मेरो पालो आएपछी मलाई १ नंम्बरको काउन्टरमा जान अनुरोध गरियो । म मित्रलाई १ नंम्बरको काउन्टरमा जादै छु भन्ने कुरा सुनाएर म लागे १ नंम्बरको काउन्टरमा । ५ मिनेट मै मेरो २ हप्तापछीको अपोईटमेन्ट लिने काम सकियो । बास्तव मा यदि मेरो समय मिलेको भए अर्को हप्ता पनि खालि थियो । मेरो अफीसको समय मिलाउनु पर्ने भएकोले २ हप्ता पछिको मिलाए । जेहोस सिधै डिएमभि अफिसमा आएको पनी कामै लाग्यो । किनभने टेलिफोन मा त १ महिना अगाडि त खालि नै छैन भनेका थिए ।
मेरो काम ५ मिनेटमै सकिएपनी मित्रको काम भने ३ घण्टा नै लाग्यो । उहाको यो भन्दा पहिला नाम दर्ता गर्दा एउटा स्पेलिन्ग फरक परेको रहेछ । उत्त कुरा सच्याउन मात्र २ पटक फोटो खिच्नु पर्ने , आईडी को लागि दर्ता, अनि अन्तमा रिर्टन टेष्ट (सवारि लिखित परिछ्या) दिदा त ठ्याक्कै ३ घण्टा लागेछ ।
सबभन्दा खुशिको कुरा त मित्रले पनी एकैचोटिमा रिर्टन टेष्ट पास गर्नुभएछ । सबै काम सकिओरि फर्किदा त साधे १२ बजे बजिसकेको रहेछ ।

Monday, September 22, 2008

Driving lessons

मित्रको गाड़ी को अगाडीको भाग
गाड़ी कुदाउदै एस.के हामीले लन्च लिएको रेस्टुरेंटको बहिरको भाग ड्राविंग गर्दाको एक झलक
मित्रसंग लन्च लिदाको एक झलक



सरद डायरी । आईतबार, असोज ५, २०६५

मेरो जापानिज मित्र चिका होकाजाकि ज्यु संग भेटेर गाडि चलाउने (प्राक्टिस गर्ने) भन्ने सल्लाह भएकोले म निकै खुशीको साथै मनमा खुलदुलि पनी लागेको थियो ।
पुर्ब निर्धारित बमोजिम मेरै डेरामा मित्र १२ बजे आउने र संगै लन्च खाईओरि गाडि चलाउने कार्यक्रम बनाएका थियौ ।
मित्रले १२ बजे फोन गरि बाटो बिराएकोले केहि ढिला हुने कुरा टेलीफोन मार्फत जानाकारि गराउदै माफी माग्दै थिए । जापानिज यस्तो सभ्य हुन्छन कि कुरा बमोजिम काम भएन भने सबै कारण,बिबरण बताएर माफी माग्दै फेरि यस्तो कुरा नदोर्याउने प्रतिग्या जनाउछन ।
जे होस मित्र १५ मिनेट ढिला गरि मेरो डेरामा आईपुग्नुभयो र संगै कफी र पाउरोटी बनाएर खादै एकैछिन गफगाफ गर्यो । करिब पौने एक बजेतिर दुबैजना गाडी चढी लागियो क्यालस्टेटको पार्किन्ग लट तिर ।
सधै खालि हुने पार्किन्ग लट आज भने निकै गाडि पार्किन्ग गरिएको भएपनी मैले गाडि चलाउन शुरु गरे। मित्रको गाडि निकै ठुलो र अग्लो भएकोले निकै गाह्रो होला जस्तो लागेता पनी गाडीको कन्डिसन भने धेरै राम्रो भएकोले होला महिले ड्राईभिन्ग सिटमा बसेर गाडि हाकेको के थिए ,अत्यन्तै हल्का र चलाउन खुबै सजिलो लाग्यो । मित्र साईडको सिटमा बसेर सबै ब्रिफीन्ग गर्दै मैले चाहि मित्रको ब्रिफिन्ग अनुसार गाडी करिब १ घन्टा चलाए । मित्रले तपाईको गाडि चलाई धेरै राम्रो छ तर तर्निन्गहरुमा छिटै साईड बाल्ने,लेन चेन्ज गर्दा दाया बाया चेक गर्ने र स्पिड लिमिटहरुको बिशेष ख्याल र ध्यान दिन जरूरि छ भन्ने कुरा सल्लाह दिनु भयो ।
अनि लागियो जापानिज योसिनोया नामक रेष्टुरेन्टमा लन्च खानको लागी ।
फास्टफुड टाईपको जापानिज रेष्टुरेन्ट साथै सस्तो,छिटो र मिठो हुने भएकोले हामिले धेरै पटक यो भन्दा पहिला पनी खाने गर्थ्यो । महिले चिकेनडोन्ग (चिकनबोल) र मित्रले बिफडोन्ग (बिफबोल) साथमा पेय पदार्थ मगाएर खायौ । कारिब ३०,३५ मिनेट बसेपछी लागियो फेरि कफी पिउन स्टारबक्सतिर । एकएक गिलास कफी पिउदै करिब आधा घण्टा बिताएपछि मैले मुल बाटोमै गाडी चलाउने प्रस्ताब राखेको त मित्रले हुन्छ तर धेरै कुराको ध्यान दिन जरुरि हुने कुरा बताउनुभयो ।
मलाई केहि डर लागेपनी मुल बाटोमा नचलाए त ड्राईबिन्ग परिच्या पास गर्न गाह्रो हुने कुरा थाहा भएकोले आट गरेर ड्राईबिन्ग सिटमा बसे । आज आईतबारको दिन भएकोले मुल बाटोमा त्यति धेरै मोटोर नकुदेको भएपनी अरु मोटोरहरु संग मिलाएर कुदाउन पर्ने,बिभिन्न सिग्नलहरुको ख्याल गर्नुपर्ने,अनि निकै हाईस्पिडमा चलाउनु पर्ने हुनाले पार्किन्ग लट र धेरै फरक को साथै धेरै गाह्रो हुने कुरा महशुष भयो ।
जसोतसो करिब पौने घन्टा जस्तो मुल सडक मा गाडी चलाएपछि फेरि क्यालस्टेट कै पार्किन्ग लट मै फर्कियौ । त्यहा करिब आधा घन्टा चलाएपछी आजलाई यत्ति नै गरौ भन्ने मेरो प्रस्ताबलाई मित्रले स्विकार्दै बिदाबाजि भईयो फेरि पछि भेटने बाचा कबुल गर्दै ।

Sunday, September 21, 2008

Happy Birthday!

पार्टी को बेलामा टागिएको टूल
केताकेटिहरुको सामूहिक फोटो बाबु आमा लगायत जन्म दिन पार्टी हुने बालिकाको फोटो
एक अर्कामा रमाइलो गर्दाको क्षेण


सरद डायरी । शनिबार, असोज ४, २०६५

म यहि अमेरिकामा आएर चिनजान भएको मित्रको छोरिको जन्मदिनको पार्टिको लागि निमन्त्रणा छ भनि अर्को मित्रले फोन गरि जानाकारि गराउनुभयो । आजको आजै भएपनि मेरो बिशेष कार्यक्रम केहि नभएकोले उहाको पार्टिमा जाने निधो गरे । मलाई तेलिफोन गरेर जानाकारि गराउने मित्रपनी यहि अमेरिमा आएर चिनजान भएको र उहा भने मेरो डेराको नजिकै को अर्को अपार्तमेन्ट कम्प्रेल्कसमा बस्नुहुन्छ । उहाले नै मलाई संगै लिएर जाने र बेलुकाको साधे पाच बजे तिर फोन गर्छु तयार हुनुहोला भन्नुभयो ।
म क्यालस्टेट युनिभर्सिटीको पुस्तकालयमा भएपनि तुरुन्तै फर्केर आएर नुहाई,धुआई गरि तयार भए । उहाहरुले करिब ६ बजेतिर फोन गरि बाहिर आउन भन्नुभयो ।
अनि लागियो सप्पिन्ग मल (वालमट) तिर । मित्रहरुले पनि केहि नकिन्नु भएको रहेछ त्यहि गएर केहि गिफ्ट किन्ने निधो गर्यो । वालमट पसेर बर्थडे हुने नानिको लागी महिले कपडाको तलमाथिको सेट(स्कट र टिसर्ट) किने । अनि मित्रले चाहि कपडाकै सेट सहित बुट किन्नु भएछ ।
सप्पिंग भ्याईसकेपछि ५७ नर्थ फ्रिओई समातेर करिब २५ मिनेट गाडि कुडाएपछी गन्तब्यस्थलमा पुगियो ।
मित्रको घरमा रंगीचंगी सहित कोठाहरू निकै ब्यबस्थितका साथ देकुरेशन गरिएको रहेछ । हामी पुग्दा केही मित्रहरु आइसकेर पनि नर्शिंग त्वाक लगाउन सुरु गरिसक्नु भएको रहेछ । हामीहरुलाई पनि ड्रिंक सहित एपिताईजर लीन अनुरोध आयो । मैले कोक र एपिताईजर लिदै सबै मित्रहरु संग चिनजान गरे । समय बित्दै गयो मित्रहरु कोही आउने र फर्किने क्रम जारी रह्यो । करीब ११ बजेतिर बर्थडे केक काट्नेँ,पटेंका पद्काउने,रंगीन एस्प्रे ले होली मा झै एक अर्का मा छेप्ने गर्दा निकै रमाइलो भयो । त्यसपछि गीत बाट अंन्तराक्षि खेल्ने कुरा भएअनुसार पुरुस र महिला बिच निकै जम्नु जम्यो । प्राय अधिकतम हिन्दी गीत थियो भने केही नेपाली गीत पनि गाईएको थियो । अमेरिका मा २,४ जना जम्मा भयो की रमाइलो गर्ने भन्ने माध्यम रहेछ गीत बाट अंन्तराक्षि खेल्ने । जे होस निकै रमाइलो संग ४,५ घंटा बितेको पत्तो नै पाईएनछ ।
अन्तमा डिनर खाई मित्रले जाऊ घर तीर भनेपछि यसो घड़ी हेरेको पो त पौने बाह्र बजिसकेको रहेछ । अनी लागीयो फेरी फ्री वय तीर गाड़ी कुदाउदै डेरा तर्फ़ ।

Saturday, September 20, 2008

Barbekyu Party in Kraemer Memorial Park

मेरो आफ्नो दिपार्तको मित्रहरु संग
मित्रहरु बास्केट बल खेल्दैको एक दृश्य
थाई र महिले हम्बर्ग, ससेज पोल्दै को एक झलक
मेरो आफ्नो देपार्तको साथिहरु संग को एक झलक
मित्रहरू संग सामूहिक फोटो
सुपर लार्ज साइज़को पिज्जाको झलक



सरद डायरी । शुक्रबार, असोज ३, २०६५

आज शुक्रबारको दिनको साथै मेरो अफिस अर्को हप्तामा ३ दिन बिदा हुने भएकोले आज बिशेष कार्यक्रम राखिएको थियो क्रिमर नामक पार्कमा । यो स्थलमा यो भन्दा पहिला पनि हाम्रै अफिसको बार्बेक्यु पार्टिमा म उपस्थिती जनाईसकेको थिए ।
यो पार्कमा सबै कुरा को पुर्ण ब्यबस्थितका साथै हाम्रो अफिसबाट अत्यन्तै नजिक पर्ने हुनाले प्राय यहि पार्कमा जमघट हुने रहेछन । फुटबल ग्राउन्ड,भलिबल ग्राउन्ड,बास्केटबल ग्राउन्ड,बच्चा केटाकेटीलाई खेल्ने ठाउ,बार्बेक्यु पोल्ने ठाउ,पानी,बिजुली,गार्बेज फाल्ने ठाउ र बस्ने टेबल कुर्ची सहितको घर पनि यो पार्कमा उपलब्ध छ ।
म सधै झै मेरो डेराबाट साईकल चढी अफिस सम्म गए । सबै मित्रहरु जम्मा भईसकेको र कोहि पुर्ब तयारि भएकोले पार्कतिर लागि सक्नु भएको रहेछ । बाकि साथिहरु सहित हामिहरु पनि लाग्यौ पार्कतिर ।
पार्कमा पुग्दा करिब ११ बजिसकेको र केहि साथिहरुले बार्बेक्युको लागि तयारि गर्दै हुनुहुदो रहेछ । बार्बेक्यु भनेपनी मासु पोलेर खाने नभईकन हम्बर्ग र ससेज पोलेर खाने पार्टी थियो । आज उपस्थित करिब ८० जनालाई पुग्ने हम्बर्ग पोल्ने काम म लगायत २,३ जना मित्रको भागमा परेकोले हामिले पोल्न सुरु गर्यो । आज भने अलि ब्यबस्थितका साथ हामिहरुले हम्बर्ग पोल्ने बिचार गरेकोले पोल्ने ठाउको जालिमाथि होईल दच्छ्याएर त्यो माथि हम्बर्ग र ससेज पोल्ने बिचार गर्यो । ससेज र हम्बर्ग तयार भएपछि हम्बर्ग र हट डग सबैलाई बितरण गरिसकेपछि हामिले पनि संगै खायौ । त्यसपछी मैले अमेरिकामा पहिलो चोटि देखेको सुपर लार्ज साईजको २ वटा पिज्जा हाम्रो मेनेजरले किनेर ल्याउनु भएको रहेछ त्यो पनि खान सुरु गरियो । करिब ७० देखी ८० जना जति उपस्थित भएको आजको कार्यक्रम अत्यन्तै सौहार्द पुर्ण रुपले खुब रमाईलो संग ५ घण्टा बितेको पत्तो नै पाईएनछ । अन्तमा सबैजना आआफुलाई खेल्न मन लागेको खेल (फुटबल,बास्केटबल,भलिबल) खेलेर करिब ४ बजेतिर सबै संग बिदाबाजि भएर लागियो आ-आफ्नो डेरातिर ।

Thursday, September 18, 2008

Come to Alpha Basics

आजको यस कार्यक्रमको पम्प्लेट
हलभित्र एकअर्कामा भलाकुसारि गर्दाको झलक
भिडियो सलाईड सो को एक झलक
लाईभ गितको एक झलक
मलाई परेको दोस्रो पुरस्कार गिफ्ट कार्ड

सरद डायरी । बुधबार, असोज १, २०६५

मलाई आज पनि रोजे ड्राईभमा डिनर र गोष्ठिको लागि बोबि (अमेरिकन महिला मित्र) ज्युले निमन्त्रणा दिनुभएकोले बेलुकाको साधे छ बजे पुग्नु पर्ने थियो ।
बेलुकाको साधे छ बजे देखी साधे आठ बजे सम्म हुने उत्त कार्यक्रममा पहिला चिट्टा खोल्ने , डिनर सर्भिस, भिडियो सलाईड,लाईभ गीत र अन्तमा डिस्कसन गरेर कार्यक्रम समापन हुने कार्य तालिका रहेछ ।
म डेराबाट मेरो साईकल लिएर पौने छ बजेतिर लागे । म ठिक सवा छ बजेतिर गन्त्यब्य स्थलमा पुगेपछी कार्यक्रम हुने ढोकामा नाम रजिष्टर गरे । त्यसपछी मेरो नेम प्लेट मेरो छाटिमा टासिदिईनुको साथै एउटा नंम्बर लेखेको कुपन दिदै १ नंम्बरको टेबलमा बस्न अनुरोध गरिन एकजना महिलाले । छवटा टेबलमा करिब ७,८ जनाको दरले सबै टेबल भरिएको भएपनि म बाहेक सबै अमेरिकन थिए आज सबै टेबलमा । मलाई केहि अप्ठ्यारो महशुष भएपनि सबै जना संग चिनापर्ची गर्दै मैले मेरो आफ्नो परिचय दिए सबैलाई ।
एकैछीन पछि सबै टेबलमा मिक्स सलाड र मिक्स सुप (डिनर) सबैलाई बाढदै आउनु भयो सर्भरले । अनि टेबलमा सुप संग खाने चिप्सहरु लगायत चिसो र तातो पेय पदार्थ,स्पुन पोर्क,नाईफको सेठहरु पहिल्यै तयारिका साथ सेट गरिएको थियो । मैले मेरो टेबलमा अरुले जस्तो गर्छन त्यस्तै नक्कल गर्दै सबैजना संग संगै खान लागे। आज भने ठेत अमेरिकन खाना भएकोले निकै छुट्टै टेस्ट थियो । अरुले जस्तै गरि मैले पनी फेरि एकचोटि थपेर खाए पेटभरि।
अनि कार्यक्रम एम सिले सुरु गर्नुभयो र सबभन्दा पहिला चिट्टा खोल्ने कार्यक्रमबाट । सबैलाई ढोकामा नाम दर्ता गरेपछी दिईएको नंम्बरको आधारमा पहिलो र दोस्रो पुरस्कार रहेछ । कस्तो लक्कि, म बसेको १ नंम्बरको टेबलको मलाई दोस्रो र मेरै साईडमा बसेका अर्का अमेरिकन मित्र जोनलाई पहिलो पुरस्कार पर्यो । मलाई परेको दोस्रो पुरस्कार गिफ्ट कार्ड रहेछ सप्पिन्ग मलको । मलाई ज्यादै खुशी लाग्यो ।
त्यसपछी लगातार अर्को कार्यक्रम भिडियो सलाईड सुरु भयो । ब्रितिसका नागरिकले दिएको मन्त्यब्य भाषण करिब आदिघण्टा हेरेपछी लाईभ गित १ महिला र १ पुरुषले गाउनु भयो र अन्तमा आफुलाई लागेको बिषयमा एक अर्कासंग छलफल गर्दै कुकिज र कफी पिईयो ।
अनि ठीक्क साधे आठ बजेपछी त एम सिले आजको कार्यक्रमको समय सकिएको र फेरि अर्को हप्ता भेटने बाचा गर्दै कार्यक्रम समापन गरिन । अनि लागे म पनि सबैलाई बिदाबाजि गर्दै कुनै दिन भेटौला भन्दै ।

Wednesday, September 17, 2008

Alpha for ESOL

सबैजना जम्मा हुदै गर्दाको एक झलक
सेमिनारमा भाग लिदाको झलक डिनर लिदै गर्दाको एक झलक



सरद डायरी ।  मंगलबार, भाद्र ३१, २०६५

आज मेरो पुर्ब निर्धारित बमोजिम रोजे द्राईभ मा बिशेष ईएसएलको कलास लिनको लागि जाने पहिलो दिन भएकोले म अफिस बाट छिटै फर्केर आएको थिए ।
अफिसबाट ४ बजे तिर फर्केर आएपछी एकैछिन टिबि हेरेर पल्टेको त भुसुक्क निदाएछु । करिब ५ बजेतिर बोस्तनबाट मामाको तेलिफोनले उठाएपछी मात्र म सावर लिएर जुस पिईओरि तयारि मा जुटे ।
मेरो डेरादेखी रोजे द्राईभ सम्म साईकलबाट करिब २० मिनेटको बाटो भएको हुनाले म साईकल चढी लागे । बिच बाटोबाट मामालाई फोन गरि अघीको बाकि कुरा सकाउने बिचारले कुरा थालेको त निकै लामो कुरा गरिएछ । अनि रोजे द्राईभमा पुग्न २० मिनेट बाटो भएपनि कुरा गर्दै गएकोले करिब ३० मिनेट लागेछ ।
हलमा पुगेपछी कोठामा छिरेको त निकै धेरै मैले चिनेको मान्छेहरु पनि आउदा रहेछन यो कलास लिन। यो ठाउमा पहिला म धेरै पटक आएपनि यो कलास भने मेरो पहिलो भएको हुनाले मेरो नाम दर्ता गरे पछि मलाई मेरो नेम होल्डर घाटिमा झुन्ड्याईदिईन र १ नंम्बरको टेबलमा बस्न भनिन ढोकामा बसेको महिलाले ।
यहा बिशेष गरेर बाईबल सम्बन्धि पास्टर जि ले सबै कुरा सुनाउने र केहि दकुमेन्टहरु पढेर त्यस सम्बन्धि आफुलाई लागेका कुरा एकआपसमा सेयर र डिस्कसन जस्तो गर्ने सेमिनार जस्तो हुदो रहेछ ।
अनि अर्को बिशेष आकर्षण भनेको बिभिन्न देशको खानेकुरा (डिनर),पेय पदार्थ,फलफुल,चिया कफीको पनि फ्रिमा ब्यबस्था गरिएको हुदो रहेछ उपस्थित सबैको लागि । म लगाएय केहि आज पहिलो दिन उपस्थिती भएका ब्यत्तिलाई पहिला डिनर झिक्न लगाईयो । मैले अलि अलि गरि झिकेको पनी प्लेट टन्न भरिएछ ।
चाईनिज,जापानिज,कोरियन देखि अमेरिकन खाना समेत को लस्कर भएकोले मैले दुई पटक थपेर खाए ।
डिनरको अन्तमा केक,फलफुल र कफी लिईसकेपछी आजको सेमिनार सुरु भयो ।
प्रत्येस मंगलबार बेलुकाको ७ बजेदेखी ९ बजे सम्म र करिब ३ महिना सम्म हुने यो कलास निकै रमाईलो र फलदायि लाग्यो । सकेसम्म अर्को हप्ता पनी जाने बिचार गरेको छू । हेरौ समयले साथ दिएमा ।