Saturday, October 25, 2008

बोस्तनको प्रिनियम आउटलेटको किनमेल

सपिन्ग अगाडी मित्रहरुसंगको सामुहिक फोटो


सरद डायरी । शुक्रबार, कात्तिक ८, २०६५


आज मेरो कलासको मित्रहरुसंग प्रिनियम आउटलेटमा सरसामान किन्न जाने सल्लाह भएको थियो । बोस्तनको डाउनटाउनबाट ड्राईभमा करिब २ घण्टाको बाटो र रिनटम भिलेज नामक ठाउमा पर्ने उत्त आउटलेट अत्यन्तै प्रचलित ठाउ रहेछ यहा । बिश्वकै ब्राण्ड, नया मोडेलका सर-सामानहरु अति नै सुलभ, सस्तो मुल्यमा पाईने हुनाले बिशेष गरेर शनिबार र आईतबार त खुट्टा तेक्ने ठाउ हुदो रहेनछ । तर हामिहरु शुक्रबारमा गएको हुनाले हामिले भने बिस्तारै र भिडभाड बिहिनमा किनमेल गर्न पाईयो । मेरो श्रीमतिको लागि अमेरिकन ब्राण्डको कोचीको ब्याग किन्न मनसाय बनायर यसो के हेरेको थिए । बाहिरको मुल्य भन्दा आधा नै सस्तो र डेजाईन पनी धेरै प्रकारको भएको हुनाले मलाई रोज्न पनी निकै गारो भयो । जेहोस हेन्द ब्याग,पर्ज गरि ३ वटा सेठ किने । अन्य मित्रहरुले पनी निकै सरसामान किन्नुभयो । बेलुकाको डिनर पनी सोहि आउटलेटमा खाएर डेरामा फर्कदा त रातिको १० बजिसकेको पो रहेछ ।

Tuesday, October 21, 2008

मेरो पहिलो एमबिए कलास

एस. के मित्रहरुसंग
मित्रहरुसंगको एक झलक



सरद डायरी । सोमबार, कार्त्तिक ०४, २०६५
बोस्तन बिश्वबिध्यालयमा एमबिएको कलास शुरु हुने पहिलो दिन भएको हुनाले होला बिहानको ६ बजे नै मेरो आंखा खुल्यो ।
दुईवटा ट्रेन र एउटा बस पार गरि कलास एटेन्ड गरे । कलासमा बिभिन्न देशबाट अध्ययन गर्न आएका मित्रहरुसंगको चिनजानि र धेरै बर्षको अन्तरालमा पुन अध्ययन शुरु गरेको हुनाले अनौठो खालको अनुभव भएको थियो नै । आजको लन्च पनि मित्रहरु संगै खानेतय भएको हुनाले कलेजकै रेष्टुरेन्टमा दिउसै फ्रान्सेली टेष्टको खाना खान बसियो । खाना निकै मिठो र देजार्ट सम्म उपलब्ध भएको सेठ भएपनी पैसा भने जम्मा ६ डलर मात्रै तिरियो ।

Friday, October 17, 2008

बाई बाई बोस्तन स्पोर्ट क्लब, क्याम्ब्रिज

बोस्तन स्पोर्ट क्लबको झलक
कपडा फेर्ने लक्कडमासिन जिम
प्राईभेट लक्कड

सरद डायरी । शुक्रबार, कार्तिक १, २०६५

अमेरिका आगमन पछी म निकै मोटाएको कारणले जसरि भएपनी मेरो आफ्नो शरिर त कन्ट्रोल गर्नुपर्ने नै आवश्यक ठानको थिए । के गर्नु जहा पनि बिग साईजको खानेकुरा,जंन्कफुड त्यसमाथि पनी बढी चिजहरुको प्रयोग गर्ने हुनाले खानेकुरामा जति ध्यान पुरयापनी आपसेआप नै जिउ लाग्दो रहेछ ।
आज बोस्तन आएको दोस्रो दिन मेरो डेराको नजिकै बोस्तन स्पोर्ट सेन्टर नामक स्पोर्ट क्लब भएको हुदा त्यहि क्लबमा भर्ना हुने मनसाय बनाएर लागे । अमेरिकैमा निकै नाम चलेको स्पोर्ट क्लब, सबभन्दा बढी च्यनतेन भएको, मित्रहरुले पनी भरपर्दो क्लब र सर्भिस पनी राम्रो छ भन्नु भएकोले अलिकति महंङगो भएपनि त्यहि नै भर्ना हुने मनसाय बनाएको थिए । हुन त मेरो युनिभर्सिटिमा पनी स्पोर्ट क्लब नभएको त होईन तर समय लिमिट र धेरै कुरा असुबिधा भएकोले प्राईभेट क्लब मै जाने निधो गरि सोधपुछ गरे ।
आजबाट १० दिन ट्राएल गर्नुस र त्यसपछि यदि तपाईलाई उचित लागेमा त्यसपछि मात्र भर्ना हुने प्रकिया र महिनावारि फि ७० डलर तिर्नुपर्ने कुरा बताए ।
मलाई पनि ठिकै लाग्यो र हुन्छ भनि बताए । त्यसपछि त उनले एउटा फर्म भर्न लगाए । साथै महिनावारि फि भुत्तानि भने क्रेजित कार्ड बाट गर्नुपर्ने भएकोले कार्डको नंम्वर पनि दिनुस भनेकोले सबै बुझाए ।
तर मेरो ट्राएल डे २ दिन मात्र के भएको थियो उनले त मेरो क्रेडित कार्डबाट १ महिनाको फी लगाएत अन्य गरि २०० डलर चार्ज गरेका रहेछन । पहिले नै बदमासि गर्ने मनसाय भएकोले होला क्रेडित कार्डको नंम्वर मागेको कुरा थाहा पाए । तुरुन्तै पर्सि पल्ट गएर कुरा गरेको त कहिले के कहिले के भन्दै तार्दै गर्न लाग्यो । मैले चौठो दिनमा गएर सबै कुरा बताएपछी पनि कहिले मेनेजर संग कुरा गर्नुस भन्छ भने कहिले एकाउन्टेनको मिस्टेक भएको हो भनी टार्न लागेपछी मलाई पनी संका लागेर मेनेजर संग कुरा गर्छु भन्दा पनी कहिल्यै मेनेजर संग भेटन सकिन ।
केहि उपाय नलागेपछी पाचौ दिनमा म गएर सबै मेम्बर क्यान्सिल गरे त्यसपछि लगातार ५,७ वटा मेल निकै कडा साथ लेखि उजुर हाल्ने धम्कि समेत दिएपछी मात्र मेनेजर बाट रिप्लाई मेल प्राप्त भयो ।
हाम्रो गल्ति भएकोमा माफि गर्नुहोला १ महिना पछि पैसा फिर्ता गर्ने कुरा लेखिएको थियो ।
अनि कहाको १ महिनामा हुनु नि पैसा फिर्ता ? २ महिना पछि त्यहिपनि यति गाह्रो भयो कि भनि साध्य छैन ।
त्यसकारण तपाई पनी साबधान हुनुहोला जे कुराको कारोबार गर्दा पनी अमेरिकामा ।।

Cafe Of India

क्यासियर र बारको दृष्य कफे अफ ईन्डियाको बाहिरको भाग
दिउसोको बफेट लन्चको सेठमुल ढोका

सरद डायरी । बिहिबार, असोज ३०, २०६५

म आज बोस्तनको आगमन पछी पहिलो पटक कफे अफ ईन्डियन नामक ईन्डियन रेष्टुरेन्टमा पार्ट टाईम काम गर्न जादै छु । अत्यन्तै सेन्टर ठाउ र पुरानो रेष्टुरेन्ट भएकोले साह्रै बिजि हुन्छ रे । बिशेष गरेर शुक्रबार, शनिबार र आईतबार त मारमार कस्टमर आउछन रे बाहिरको बाटो सम्म लाईन नै लाग्छ रे ।
हुन त म जापानमा धेरै बर्ष पहिला शुरुको केहि समय ईन्डियन रेष्टुरेन्टको काम गरेको अनुभब र ईन्डियन खानाको बिषयमा हामि नेपालीलाई साधारण ग्यान हुने भएकोले मलाई मेनुको बिषयमा त्यति गाह्रो नहोला भन्ने लागेपनी बिगत ८,९ बर्ष मैले डेस्कटपको (अफिसियल) काम गरेको हुनाले ८,१० घण्टा उभिएर काम गर्न भने धेरै गाह्रो हुने होकि जस्तो मनमा लागेको थियो ।
मेरो आफ्नै मामाले ठिक्क पारिदिनुभएको काम र डेरामा पनि के गरेर बस्ने दिनभरि, यहि काम भएपनी गर्दै गर्नुस अन्य उचित काम या कलेज शुरु भएपछी सोच्नुहोला भन्नु भएकोले मलाई उत्त कुरा ठिक लागेको हुनाले स्विकार गर्दै आजदेखि काम गर्ने कुरा मनसाय बनाएको थिए ।
मामा यस रेष्टुरेन्टको मेनेजर भएको र कम्पनिको साहुले सबै कुरा बिश्वास गर्ने भएकोले उहालाई नै सबै जिम्मा दिएको रहेछ । पैसाको कारोबार देखी लिएर, कामदारि लाई राख्ने, तलबको रकम किटान गर्ने, कामदारिको समय स्केज्युल मिलाउने,रेष्टुरेन्टको सरसामानको अर्डर दिने देखी सम्पुर्ण कुरा उहाले नै प्रबन्ध मिलाउनुहुदो रहेछ ।
आज मेरो पहिलो दिन भएकोले ११ बज्नु १० मिनेट अगाडि पुगि कपडा फेरि काम गर्न लागियो । दिनमा बफेट सिस्टम र बेलुका चाही अराकारुत सिस्टत(मेनुबाट अर्डर)रहेछ ।
कस्तरम आएपछी हाई हेल्लो भन्दै बस्ने ठाउसम्म पुर्यापछी पानी राखीदिनुपर्दो रहेछ । अर्डर गर्ने तरिका भने, कम्युटरको मोनिटरमा टर्चिन्ग सिस्टम रहेछ । उत्त मोनिटरमा आफ्नो नंम्बर, टेबल नंम्बर,कस्टमर संख्या र खानाको परिकार ईन्ट्रिगरेपछि सम्बन्धित ठाउमा सर्कुलर भएर प्रिन्ट हुने र सोहि अनुरुप किचनबाट खाना निकाल्ने र क्यासिएरमा बिल पनी जाने सिस्टम हुने भएकोले यो सिस्टम भने धेरै सरल, मिस नहुने र भएपनी तुरुन्तै सच्याउन मिल्ने राम्रो सिस्टम राखेको रहेछ ।

Thursday, October 16, 2008

Arrived in Boston

सरसामानको रकम (डलर) भुत्तानिको लागी क्यासियरमा
मार्केट बास्केट अगाडी सपिन्ग गरेर निक्लदै
आफन्तको हलाल पसल(बम्बई मार्केट)
साईनबोर्ड

सरद डायरी ।  बुधबार, असोज २९, २०६५

बोस्तन आगमन पछीको मेरो आज दोस्रो दिन र मेरो आफन्तहरुले पनि बिदा लिनु भएको हुनाले सबैको लन्डरि गर्ने कार्य देखी एक हप्ता सम्मको लागि सरसामानको किनमेल अनि ईष्टमित्र संगको भेटघाट गर्ने कार्यक्रम थियो आज । सोहि अनुरुप बिहान करिब ११ बजे तिर उठि चिया पिईओरि लागियो एक थैलो कपडा बोकि पब्लिक लन्डरि सर्भिस मा । दुईवटा मेशिनमा टन्न भरेर लन्डरिमा अटो ओन गरेर, बैङ्क अफ अमेरिकामा पैसा निकाल्ने,चेक साट्ने र मेरो आफन्तले एकाउन्ट खोल्न को लागि लागियो । सबै काम सकेर फर्किदा ठिक्क लन्डरि पनी सकिएको हुनाले ड्राईमेसिनमा हालियो । ड्राईको लागि पनी करिब ३०,३५ मिनेट समय लाग्ने हुनाले लन्डरिको बाहिर पट्टिको कुर्चिमा एकै छिन गफगाफ गर्दै बस्यौ । लन्डरि सर्भिसको हलमा सबै कुराको जानाकारि गराईने सुचना बोर्ड राखिएको रहेछ । यसो आँखा लगाएको त नजिकै पुस्तकालय भएको कुरा लगायत बिभिन्न कुराको जानाकारि रहेछ । म एकैछिन पुस्तकालयमा जाने निधो गरि लागे । त्यहा गएर कुरा बुझेको त मेम्बर सिस्तम भएको र मेम्बर बन्नको लागि निश्चित ठेगाना को प्रुफ गर्ने कागजात लगेपछी मात्र मेम्बर बन्न पाईने रहेछ । म २ दिन अघि मात्र बोस्तनमा आएको हुनाले त्यस्तो कागजात त मेरो हुने कुरै भएन त्यसकारण म पछि आउछु भन्दै लागे । जेहोस मेम्बर बनेपछी त्यहा धेरै कुराको सर्भिसहरु प्रयोग गर्न पाउने, जस्तै कम्युटर कलास देखी ईएसएल कलास अन्य धेरै कुरा निशुल्क मा सर्भिस पाउने जानाकारि गराईन् । अनि म लन्डरिमा फर्किएको त ड्राई पनी सकिएको हुनाले कपडा झिकेर ठिक्क पार्नु भएको रहेछ । कपडा सबै थैलोमा कोचि लागियो डेरा तिर । डेरामा पुग्नासाथ लन्च पनी तयार भएको हुनाले लन्च खादै एकैछिन गफगाफ गरियो । त्यसपछी कोहि नुहाई धुआई, कोहि कपाल काटने र कोहि कपाल मा रङ लगाउने कार्य सकि लागियो मार्केट बास्केट सेन्टरमा(सस्तो सुपर मार्केट) किनमेलको लागि । करिब १ हप्ताको लागि सामान किनि,नजिकै हाम्रै एकजना आफन्तले पसल लिनु चलाउनु भएकोले आफन्तलाई पनी एकैछीन भेटघाट गरि नेपाल टेलिफोन गर्ने कार्ड किनि लागियो डेरातिर । करिब आठ बजेतिर डेरामा पुगेपछी माछाको झोल संग खाना खाने कुरा भएअनुरुप पहिला जातेको मासुको भुटन संग बियर र उईस्किको चुस्कि लिदै गफगाफमा मख्ख परियो । साथै नेपाल तिर पनी सम्पर्क गर्दै अमेरिकाको हालखबरको बेलिबिस्तार बताउदा १० बजेको पत्तो नै पाईएनछ । अनि अन्तमा डिनर खाएपछी लागियो बिस्तारामा छिटै सुत्नको लागि किनकि भोलिदेखी मेरो अमेरिकामा पहिलो पटकको ईन्डियन रेष्टुरेन्टमा काम गर्नुछ ।।

Salt Lake City International Airport

साल्ट लेक सिटी को रमणीय दृश्य साल्ट लेक सिटीको अन्तरास्त्रिय एइर्पोर्टको साईंनंबोर्ड
साल्ट लेक सिटीको डांडामा हिउ परेको रमणीय दृश्य


सरद डायरी ।  मंगलबार, असोज २८, २०६५

सान्ताआना एअरपोर्टबाट साल्टलेक सिटि एअरपोर्ट उड्ने जहाज पुर्बनिर्धारित समय बमोजिम १२ बजेर ५५ मिनेट जादा नै उड्यो । अमेरिकाको दोमेस्टिक लामो दुरिको उडान भएपनी खाने कुराको सर्भिस भने केहि पनि हुदैन यो देशमा । तर आजको डेल्टाले भने एक गिलास ड्रिन्क र एउटा सानो पोकाको चिप्स दियो । करिब साधे एक घण्टा लगाएर साल्टलेक एअरपोर्टमा जहाज ल्याडिन्ग गर्यो । यो साल्टलेक सिटि, क्यालिफोर्निया भन्दा धेरै जाडो र जहाज बाट पनि पहाड भरि सेतै देखीने हिउ पनि पर्दो रहेछ साथै यहाको समय पनी सवा एक घण्टा छिटो भएको हुनाले म पुग्दा चार बज्न लागिसकेको थियो ।
साल्टलेक सिटि एअरपोर्टबाट बोस्तन जाने जहाज भने सवा पाच बजे उड्ने र मेरो करिब सवा घण्टाको ग्याप हुने हुनाले लन्च खाने बिचार गरे । किनभने साल्टलेक बाट बोस्तन सम्म त करिब पाच घण्टा बढिको फलाईट र मलाई भोक पनि लागेकोले एउटा रेष्टुरेन्टमा पसेर सेठ खाना टेक आउट गरे । मेरो जहाज छुटने गेटको नजिकको कुर्चिमा बसेर लन्च खान लागेको त सलादको ड्रेसिन्ग नै नराखेको रहेछ । सेठ किन्दा भने कुन ड्रेसिन्ग लिने भन्दै सोधेको थियो ,तर टेक आउट सेठमा भने ड्रेसिन्ग नै नभएको र लिन जान पनि किनेको ठाउ टाढा भएकोले लन्चको सेठ र बिना ड्रेसिन्गको सलाड खाए । लन्च खाएर सक्दा ठिक पाच बजेको र सवा पाच बजे बोस्तन उडने मेरो सोच भएपनी करिब पाच बजेर पाच मिनेट जादा पो माईकबाट एलाउन्स गर्दै हवाईजहाजमा केहि समस्या उत्पन्न भएकोले आधि घण्टा डिले हुने कुरा जनाए । समय क्रम बित्दै जान्छ प्लेन उडने समय पनी पछि परेको एलाउन्स गरिराखेको छ । मेकानिकले रिपेयर गर्दै छ भन्दै गर्दा त छ बजे मात्र प्लेन उडने र बोस्तनमा बिहानको एकबजे पुग्ने जनाएको छ । तर अझै प्लेन उड्ने फिक्स भएको छैन , मैले यो ब्लग लेख्दा सम्म प्लेन उड्ने पत्तो भएको छैन । मेन्टेनन्स भन्दै कस्तमरलाई गरेको ब्यबहार देख्दा त सर्बसम्पन्न बिकशीत अमेरिकाको देश भएपनी यि यस्ता सर्भिस लगायत अन्य बिबिध कुरामा भने जापान भन्दा धेरै पछी परेको महशुष गरे ।
तर पैसाको मामला भने एकसुको नछोड्ने पाएमा बढि नै चार्ज गर्ने एक हिसाबले लुटुवा देश जस्तो महशुष हुन्छ यहाको ब्यबहार देख्दा ।
डेल्टा एयरलाइन्स, डिले भएपछि कस्टमरले कुरा बुज्दै
फलाईट समय पछी सार्दै गर्दाको इलोक्त्रिक बोर्ड
फलाईट समय पछी सार्दै गर्दाको इलोक्त्रिक बोर्ड -१

Wednesday, October 15, 2008

Departures from Santa Ana

मित्रले आफ्नो श्रीमती लाई दसैको टिका लागाईदिदैपचास डलर, सामानको एक्स्ट्रा पैसा तिरेको रसीद
सान्ताआनाबाटको फलाईट स्केज़ुलहरु मोनितरमा
सान्ताआना एईर्पोर्तको स्तारबक्स (मैले कफी पिएको ठाऊ)
सान्ताआना एईर्पोर्तको म्याक्दोनल्ड (मैले मोर्निंग सेट खाएको ठाऊ)


सरद डायरी ।  मंगलबार, असोज २८, २०६५

मेरो आज दिउसोको पौने एक बजे लसएन्जेलसको सान्ताआना एअरपोर्टबाट साल्टलेक हुदै बोस्तन प्रस्थान गर्ने फलाईट थियो । बेलुकाको सवा एघार बजे बोस्तनको लोगन ईन्टरनेशनल एअरपोर्टमा पुग्ने योजना भएपनी मेरो डेरादेखी सान्ताआना सम्म जाने बस वा ट्रेनको बिशेष ब्यबस्था केहि नभएकोले बोस्तन प्रस्थानको प्लेन समात्नको लागी मेरो मित्रलाई अनुरोध गरेको थिए । उहाको पनि मंगलबारको दिन अत्यन्तै समय टाईट भएकोले बिहानको ६ बजे नै एअरपोर्ट पुर्याउने जानाकारि गराउनु भएको थियो । मित्रले सोमबारको बेलुकि नै मलाई उहाको घरमा लग्ने र बेलुका त्यहि बसि मंगलबार बिहानै छबजे तिर नै एअरपोर्ट पुर्याउने प्रबन्ध मिलाउनु भएकोहुनाले सोहि अनुरुप हिजो बेलुका मित्रको घरमा डिनर लिईओरी बिहानको साधे पाच बजे उहाको घरबाट हिडने योजना बनायौ । बिहान मलाई त समय मै निन्द्राले छोडेपनी मित्रलाई भने मैले उठाए । हाम्रो पुर्ब योजना बमोजिम नै एअरपोर्ट समय मै आईपुगि मित्रलाई धन्यबाद दिदै बिदाबाजि भयौ ।
मेरो डेल्टा एअरलाईन भएकोले काउन्टरमा गएको त सात बजे मात्र तपाईको चेकईन हुने अहिले मेरो भन्दा अगाडिको फलाईटको मात्र चेकईन भएको जानाकारि गराईन ।
म्याकडोनल्डमा मोर्निङ् सेट र कफी पिउदै एकघण्टा पछी फेरि डेल्टा एअरलाईनको काउण्टरमा गएर लगेज को लागि अनुरोध गरेको त मेरो सामान ओभर भएको र एक्स्ट्रा पचास डलर लाग्ने कुरा बताईन । केहि अनुरोध गरेपनी उनिहरुको नियम अनुसार एउटा ह्यान्डब्याग , निश्चित लम्बाई चौधाई र बढिमा १५,२० पौन जति को मिल्ने र लगेजको लागि भने पचास पौन भन्दा तलको एउटा मात्र मिल्ने कुरा बताईन ।
पचास डलर मेरो लागि निकै मंहगो भएकोले सित्तैमा तिर्न मनखात लागेको हुनाले, सामान मिलाउने वा अन्य केहि उपाय सोध्दा पनि उनि निकै कठोर स्बभाब कि रहिछन हुदैन मिल्दै मिल्दैन । कि सामान फिर्ता गर्नुस कि पैसा तिर्नुस भनिन ।
केहि उपाय नलागे पछि पचास डलर तिरेर सामान चेकईन गरे । भित्र पसेपछि मेरो निकै धेरै समय भएकोले स्टारबक्समा कफि पिउदै,घरमा (नेपालमा मुवालाई)फोन गरेर कुरा कानि पनी गरे । ३,४ घण्टै भएकोले यो ब्लग लेख्ने कार्य लगायत क्यालिफोर्नियाको अन्तिम फोटोहरु पनी खिच्न भ्याए ।

Saturday, October 11, 2008

Bye,Bye ! California !!

मेरो अफिसको बहिरको साइडको भाग
महिले जहिले सुकै प्रयोग गरेको रेस्टरूम
मेरो अफिसको २ तलाको भाग मेरो अफिसको रेस्टरूम र हात धुनें ठाऊ
अफिसको अगाडीको भाग
हाम्रो अफिसको पार्किंग लट


सरद डायरी । शुक्रबार, असोज २४, २०६५

आज मलाई छुट्टै फिलिन्ग भएको छ , किनभने मेरो अफिसको अन्तिम दिन । यो अफिसको ६ महिनाको अबधीमा मैले टिटा,मिठा,रमाईला,नरमाईला धेरै कुराहरुका अनुभबहरु बटुल्न पाए । ति मेरा बिभिन्न छेत्रमा सहयोग गर्नुभएका मित्रहरुलाई मिस गर्दैछू । अधिकतम मित्रहरुले मलाई धेरै कुरामा जिउ ज्यान लगायरै सहयोग गर्नुभएको थियो ।
यो अफीसमा लामो बस्ने मनसाय बनाएर आएको भएपनी बिबिध कारणले गर्दा ६ महिना पछी छोडदै छु । जे होस अब म जान लागेको मासास्च्युत स्टेटको बोस्तन पनि मेरो चिरपरिचित ठाउ हो । यो भन्दा पहिला म २,३ पटक गईसकेको र मेरो धेरै ईष्टमित्रहरु भएको ठाउ हुनाले म ढुक्क भएर हिडदै छु । मेरो अहिलेको अफिस भएको क्यालिफोर्निया पश्चिम हो भने यहा देखी ठ्याक्कै पुर्बको कुनामा बोस्तन भन्ने ठाउ पर्दछ । समयकै कुरा गर्ने हो भनेपनी यहा भन्दा बोस्तन ३ घण्टा (छिटो) फरक पर्दछ । मौसम को कुरा गर्ने हो भने यहा न जाडो न गर्मि,पानी कम मात्रामा पर्ने, अत्यन्तै राम्रो ठाउ थियो । तर बोस्तनमा भने जिउनै कठ्याग्रिने जाडो हुन्छ रे । जेहोस हेरौ अमेरिकाको पुर्ब र पश्चिमका फरकपन केके र कस्ता कस्ता हुदो रहेछ ? अबस्य समयले नै बताउला ।।।

Friday, October 10, 2008

Trouble with roommate

सरद डायरी । बुधबार, असोज २४, २०६५

हिजो बेलुका मेरो सधै झै रोजे ड्राईभको ईएसएल कलास र डिनर सहित लिएर डेरामा फर्किदा ढिलो भएको थियो । सधै मलाई राईड दिने मित्रले अर्को काम परेकोले मैले तपाईलाई राईड दिन सक्दिन सरि भनेर टेक्स मेल ५ बजे तिर पठाउनुभयो । त्यसकारण मेरो अमेरिकन मित्र जिम संग रोजे ड्राईभमा जाने ब्यबस्था मिलाएको थिए । फर्किने बेलामा मैले आज ड्राईभिन्ग टेष्ट पास गरेको कुरा मित्र जिमलाई सुनाएपछी उहाले कार चलाउनुस भनेर चापि दिनुभयो । मलाई अलिकति डर लागेपनी चलाऊछू भनि चापी लिए । उहाको गाडि पाजेरो जस्तो र निकै ठुलो भएपनी मलाई चलाउन भने त्यति गारो भएन् । उहा साईडको सिटमा बसेर मलाई सबै कुरा सिकाउदै प्रार्क्टिस गर्ने भन्दै बिभिन्न बाटोतिर घुमाउनुभएकोले डेरा मा फर्किदा ढीलो भएछ ।
म डेरामा फर्किदा मेरो रुम मेट माईकल पनी डाईनिन्ग टेबलमा बस्नु भएको थियो । उहा संग मेरो त्यति भेट पनि नहुने र उहाले प्राय टेक आउट गरेर खाना खाने हुनाले एउटै कोठा भएपनि हाईहेल्लो भन्दा हुदैन मेरो । आज भने निकै बेर सम्म म संग कुरा गर्दै उहाले संगै घुम्ने जाने प्रस्ताब पनी राख्नुभयो । महिले समय मिलेमा जाउला भनि सुत्न लागियो आ-आफ्नो कोठामा ।
तर करिब बिहानको साढे एकबजेतिर त मेरो कोठामा रक्सि लागेको झोकमा पट्टै नपाई आउनु भएको रहेछ । मैले कसरि थाहा पाए मलाई थाहा भएन, तर मेरो आंखा खोल्दा म चिच्याएर किक पनी हानेछु क्याहो उहालाई । उहाले सरि,सरि भन्दै आफ्नो कोठामा फर्किनु भयो । त्यसपछी मलाई निन्द्रा नलागेपनि बिस्तारामा भने पल्टिराखे ।
भोली पल्ट उहासंग कुरो बुझ्दा उहाले धेरै ड्रिन्क गरेको र केहि पत्तो नपाएको कुरा बताउनुभयो । यो भन्दा पहिला पनी यस्तो भएको कुरा (राती उठेर हिडने) जनाउदै, आफुलाई मेन्तल्लि समस्या, पारिवारिक समस्या,आर्थिक समस्याको टेन्सनले गर्दा त्यस्तो भएको होला भन्दै बिगतका नानाभातिका कुराको पुराण सुनाउनुभयो ।
जेहोस मलाई माफी माग्दै, आफ्नो ठुलो गल्ति भएको स्विकार गर्दै अब उप्रान्त यस्तो नालायक काम नगर्ने र ड्रिन्क पनी नगर्ने कुरा बताउदै रुनुभयो ।
मैले ठिक छ भनि उहालाई माफी दिए । हेर्दै जाउ अमेरिकाको अनुभबहरु आउदा दिनमा अझै के के हुने हो ।।।

HAPPY BIJAYA DASHAMI-2065

बिजया दशमी २०६५ को पावन अवसरमा स्वदेश तथा बिदेशमा रहनु हुने समस्त नेपाली दाजुभाई
तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।

टिका होस निधारमा ।
जमरा होस कानमा ।।
शुख होस परिवारमा ।
शान्ति छाओस देशमा ।।
पुरा हुन सबै मनकामना ।
यही छ बिजया दशमी २०६५ को शुभकामना ।।

एस.के.गौचन परिवार
हाल क्यालिफोर्निया,अमेरिका

Thursday, October 9, 2008

I Passed DMV Driving test at Fullerton

फ़ुलेर्तोन को दिएमभी अफिस
फ़ुलेर्तोन को दिएमभी अफिसको साईंन बोर्ड
ट्राईल टेष्टको प्रश्नहरु ( म पास भएकोचेक लिस्टको कागज हो यो )
यो हो मेरो अस्थायी लाईसेन्स


सरद डायरी ।  मंगलबार, असोज २१, २०६५

आज अक्टोबर ७ तारिख मंगलबारको दिन बिहानको पौने नौ बजे मेरो पुर्बनिर्धारित बमोजिम डिएमभी (डिपार्मेन्ट अफ मोटोर भेईकल) मा ट्राईल टेष्टको बिशेष दिन थियो । मैले मेरो अफिसको जापानिज मित्र ताईचि ओता ज्युलाई गाडिको लागि अनुरोध गरेको थिए । उहा मेरो डेरामा बिहानको साधे ७ बजे आउने कुरा भएको थियो ।
अमेरिकाको ड्राईभिन्ग लाईसेन्सको बितरण गर्ने तरिका अचम्मको छ,यो देशै फ्रिडम भएर होला,बिकशीत देशको जुनै पनी ठाउको एउटै सिष्टम हुन्छ । जस अनुरुप पहिला स्कुलमा गएर निश्चित रकम भुत्तानि गरि, निश्चित अबधिभर कच्या लिई, लिखीत परिच्या, ट्राईल परिच्या दिएर पास गरेपछि मात्र लाईसेन्स दिने प्रचलन छ । तर अमेरिकाको सिस्टम भने कच्या लिएपनि अथवा आफैले जुनैरुपबाट गाडि चलाउन सिकेपनी जुनैपनि समयमा जुनैपनि ठाउको डिएमभीमा पहिला लिखित परिच्या दिई पास गरेपछी दर्तावाला गाडि आफैले लगेर करिब १५ देखी २० मिनेटसम्म सार्बजनिक बाटोमा इन्टक्चर संगै बसेर ट्राईल दिनुपर्ने सिस्टम छ । उत्त ट्राईल दिने बेलामा गाडिका आधारभुत कुरा को मौखीक प्रश्न र हाते सिग्नल गरि १० देखी १२ वटा प्रश्न र अन्य प्रश्नहरु गरि करिब जम्मा ६० वटा प्रश्नहरुमा १५ वटा सम्म गल्ति भएपनी पास गर्दो रहेछ । तर त्यो भन्दा बढी एरर भएमा फेल हुदो रहेछ ।
तर मेरो आजको डिएमभी (डिपार्मेन्ट अफ मोटोर भेईकल) को ट्राईल टेष्टको परिच्यामा जम्मा ३ वटा मात्र एरर भएको रहेछ । मलाई चेक लिस्टको पास भएको कागज दिदै बढाई छ भन्दै , अस्थायी लाईसेन्सको लागि ३५ नंम्बरको ढोकामा जान भनिन् । मेरो क्यालिफोर्नियाको ओरिजिनल लाईसेन्स भने २ महिना पछी मेरो आफ्नो ठेगानामा पठाउने जानाकारि दिईन । मलाई अत्यन्तै खुशि लाग्यो किनभने सबै साथिहरुले १ चोटिमा पास गर्न धेरै गारो हुने कुरा बताउनु भएको थियो । त्यसमाथि पनी महिले परिच्या दिएको ठाउ फुलर्टनको डिएमभी भन्ने ठाउ धेरै कडा छ भनेर मित्रहरुले फुलर्टन बाहेकको डिएमभिमा परिच्या दिनु भएको थियो । मेरो आफ्नो गाडि नभएको र मेरो डेरा देखी फुलर्टन को डिएमभी सबभन्दा नजिक पर्ने हुनाले त्यहा बाहेक मलाई अरु ठाउको बिकल्प थिएन । जे होस अमेरिकामा सबै मित्रहरुको सहयोग ले गर्दा १ डलर पनि खर्च नगरिकन लाईसेन्स हात पार्न सफल भए । मुरिमुरि धन्यबाद छ सबै मित्रहरुलाई मेरो तर्फबाट ।।।

Monday, October 6, 2008

Photo Album of 2008 Miramar Air Show

सरद डायरी । आईतबार, असोज १९ , २०६५



अमेरिकाको सान्डियगो नामक ठाउमा बिश्वकै सबभन्दा ठुलो एअर सो (आकाश मा उड्ने देखी लिएर जमिनमा गुड्ने सम्म) अक्टुबरको ३,४,५ तारीख का दिन लगातार ३ दिन भएको थियो । उत्त सो का केही झलक हरु ।
You can click on the following URL, if you are intrested in seeing 2008 MCAS Miramar Air Show "World's Best Military Air Show" photo's.

http://www.slide.com/r/wKt5-ZxjkD_ocS0a2TNwqoXBIu2RMPEi?previous_view=mscd_embedded_url&view=original

2008 MCAS Miramar Air Show (World's Best Military Air Show)

४ वोटा फाइटर प्लेन लाइन लगाएर उड़दै गर्दाको एक झलक
एस.के. फाइटर प्लेन को अगाड़ी
मित्र संग फाइटर हेलीकप्टरको अगाडी फोटो खिचाउदै
मित्र संग फाइटर प्लेनको अगाडी फोटो खिचाउदै
मित्रहरुसंग टिकट काटेर भित्र सो हेर्दाको एक झलक


सरद डायरी ।  शनिबार, असोज १८, २०६५

मेरो अफिसको जापानिज महिला मित्रले केही दिन अगाडी, सान्डियगोमा अमेरिकाको मिलिटरिहरु द्वारा एअर सो अक्टुबरको ३,४,५ तारिख हुने कुरा जानाकारि गराएकि थिईन् । यो एअर सो प्रत्येक बर्ष अक्टुबर महिनामा लगातार ३ दिन गरिने,बिश्वकै सबभन्दा ठुलो र यहा एअर सो मात्र नभई आकाश मा उड्ने देखी लिएर जमिनमा गुड्ने सम्मको सबै कुराको जानाकारि गराईने ठुलो ईभेन्ट हुनेकुरा बताएकि थिईन । यो सो हेर्न अमेरिकिन मात्र नभई बिश्वभरिबाटै हेर्न आउछन रे ।
मेरा मित्रहरु यो सो हेर्न आज शनिबार जाने योजना बनाएकोर र मलाई पनि संगै जाऊ भन्ने प्रस्ताब राखेकि थिईन । महिले यस्तो अनौठो एअर सो छुटाउने त कुरै भएन त्यसकारण उहाहरुसंगै जाने तर्जुमा मिलाएको थिए ।
पहिलो दिन शुक्रबार र अन्तिम दिन आईतबार भने दिउसोको सो (बिहानको ९ देखी बेलुका ४ बजे सम्म) मात्र हुदो रहेछ। तर बिचको दिन शनिबार भने बिहान ९ बजे देखी बेलुकाको ९ बजे सम्म (बेलुका झन बिशेष सो) देखाईदो रहेछ । हामिहरु बस्ने क्यालिफोर्नियाको ओरेन्जि काउन्टीको फुलर्टोन भन्ने ठाऊ हो र यहाबाट दछिन पश्चित करिब ३ घण्टा मोटोर कुदाएपछी मात्र सान्डिएगोमा पुगिन्छ । निकै टाढा र ट्राफिक पनी निकै हुने हुनाले करिब ४ घण्टा बढी लाग्ने सोचका साथ हामिहरु बिहानै हिडेर दिउसो पुगि राति अन्तिम सम्मको सो हेर्ने सोच बनाएका थियौ । सोही अनुरूप बिहानै भेटी म लगायत ४ जना लाग्यौ सान्दीएगो तीर ।
हामीहरुको सोच अनुरूप नै ट्राफिक मा पर्दा करीब ४ घंटा लाग्योँहोला सान्दीएगो पुग्नलाई । करीब दिउसोको साढ़े ३ तीर पुगेका थियौ होला । फेरी गाड़ी पार्किंग को लागी पनी लाइन मै बस्नु पर्ने र सेक्युरुटी चेक अनी सो हुने ठाउ सम्म हिदेर जादा जम्मा जम्मी करीब डेड़ घंटा बढ़ी त लागिहाल्यो । हामी बाटो मै लाइन म छदै बिभिन्न सो हरु आकाशमा भएको देखिन्थ्यो । कतिखेर पुगिएला भन्दै हामीहरु कुरा गर्दै खूब हतार मा थियौ । करीब ५ बजे तीर पश्चिम भागको एयर शो हुने ठाउमा पुगियो । करीब २५ मिनेट जती त्यहीँ ठाउमा सो गर्न राखिएका बिभिन्न खाले हवाईजहाज,फ्याईटर जहाज,हेलीकप्टर, एयर फोर्स, ल्यांड फोर्स, ओसियन फोर्स का हातहतियार र अन्य स्यैन्य दस्ताबेज हरुको अबलोकन गरियो ।
एयर सो को लागी त्यहीँ बाहिरको भागबाट पनी राम्रै संग देखिएता पनी टिकेट काटेर भित्र पस्यो भने चाही बिसेस हेर्नको लागी ब्यबस्था गरिएको रहेछ । टिकेट पनी बिभिन्न खालको (क्यात्गरी) भएपनि हामीले मीडियम खालको (सस्तो मा १० डलर देखि मंहगोमा २८० डलर सम्म) बक्स सिट को टिकेट लिएर भित्र पस्यौ । बक्स सिट भनेको ९,१० वोटा चीएर राखेको बक्स जस्तो रूम बनाईएको हुदोरहेछ । तर हामीहरुको बक्स सिट मा भने अंत सम्मै हामीहरु ४ जना मात्र भयौ । करीब साढ़े ५ बाट सो सुरु भएपनि डेड़ घंटा पछि हल्का पानी पर्न सुरु गर्यौ रुझ्दै हामिहरूले अन्तसम्म एयर शो देखि जेट इंजिन को ट्रक सो, फायर सो सबै हेर्न भ्यायौ ।
जे होस, टिभी अथवा भिडियो मा मात्र सिमित रूपले हेरेको यस्ता सो आफ्नै आखा अगाडी हेर्दा छुट्टै र धेरै फरकपन को अनुभब भयो ।


Fireworks_Video clip1 (एयर सो सकिएपछी पटेका पट्काउने सो भएको केही झलक)


Airshow1_Video clip2 (एयर सो का केही झलक-१)


Airshow2_Video clip3 (एयर सो का केही झलक-२)


Airshow3_Video clip4 (एयर सो का केही झलक-३)


Airshow4_Video clip5 (एयर सो का केही झलक-४)

Saturday, October 4, 2008

Mexican Grill & Trouble Day

मित्रहरु मेक्सिकन खाना संग रमाउदै
पन्चद भएको साईकल को झलक

मित्रसंग एस.के मेक्सिकन खाना लिदै



सरद डायरी । शुक्रबार, असोज १७, २०६५

मैले मेरो हिजो भएको कहानि बताएपछी एकजना मेरो मित्रले साईकल मलाई प्रयोग गर्नुस भनिदिनु भयो । मलाई अति नै खुशि लाग्यो र उहालाई धन्यबाद दिदै साईकल लिएपनी कन्डिसन भने राम्रो रहेनछ। सित्तैमा प्रयोग गर्न पाएको साईकल भएकोले उहालाई धन्यबाद दिनु भन्दा मेरो अर्को केहि बिकल्प भने त थिएन । तर कुरो के पर्यो भने आज साईकल लिएकै दिनमा फेरि अर्को दुख पाए ।
हिजो हराएको मेरो साईकलको लागि आज गएर बुझ्नु पर्यो , भेट्टाएको पो छ की भन्ने आसा गर्दै अफिसको काम सकेर मित्रले प्रयोग गर्न दिनु भएको साईकल लिएर एडुकेशनिन्ग कन्टिन्यु सेन्टर तिर लागे । आज भने मज्जासंग साईकल स्टेन्डमा २,३ चोटी घुमाएर लक गरेर, मेरो हराएको साईकलको बारेमा बुझ्न गए अफिस तिर । कहि केहि अत्तोपत्तो नभएको जानाकारि भयो । अनि एकैछिन ईमेल चेक गर्न कम्युटर ल्याब तिर पसे । करिब ६ बजेतिर फर्किन पर्यो भनेर साईकल स्टयान्डमा आएको त मित्रको साईकल त पछाडीको टायरै पन्चड भएको छ बा,चढेर आउदा सम्म त थिकै थियो । आजै लिएको साईकल पन्चड हुदा त मलाई एककिसिमको घाडो भयो । फेरि साईकल डोर्याउदै लागे डेरातिर । त्यतिबेला नै अर्को नेपाली मित्रको तेलिफोन आयो र उहाले भेटौ भन्ने कुरा राख्नुभयो । महिले मेरो सबै कुरा बताए उहालाई । उहाले बाटो एउटै पर्ने भएकोले बिस्तारै आउनुस पर्खिन्छू भन्नुभएकोले उहाको अफिस सम्म साईकल डोर्याएर गए । उहाको अफिसमा पुग्दा त पौने नौ बजिसकेको रहेछ । एकैछिन गफगाफ गरि लागियो उहाकै कारमा डिनरको लागि मेक्सिकन ग्रिल भन्ने रेस्टुरेन्टमा मेक्सिकन खाना खानको लागि ।
महिले यो भन्दा पहिला ३,४ पटक मेक्सिकन खाना खाएको भएपनि यो पटक को मेक्सिकन खाना भने निकै फरक थियो । फास्टफुड टाईपको, आफुलाई मन परेको टपिन्ग हेरेर अर्डर गर्न मिल्दो रहेछ । ठुलो (करिब १५ सेन्टिमिटर) पातलो २ पत्री रोटि मा राईस देखी दालको गेडागुडी,भेजिटेबल,चिज अरु बिभिन्न कुरो आफुलाई मन परेको जति अर्डर गरेर एकै ठाउमा राखेर बटारेर दिने रहेछ ।
हामि ३ जनाले एउटै मेनु अर्डर गरेर खायौ । निकै पिरो र भोलुम भने निकै धेरै थियो ।
मित्रहरु यहा निकै खाने गर्नुभएकोले उहाहरुले सबै खानसक्नु भएपनी महिले भने बाकि राखे ।
रेष्टुरेन्ट मा हामि अलि ढिलो पुगेको हुनाले हामिले खान भ्याउन बित्तिकै सर्भरले रेष्टुरेन्ट बन्द हुने जानाकारि गराए । त्यसपछि निक्लिएर मलाई डेरासम्म छोडिदिनुभयो मित्रले ।

Friday, October 3, 2008

My new BICYCLE was Stolen

चोरी भएको साईकल राखिएको ठाउको झलक
साईकल चोरेर लक् मात्र राखिएको झलक एडुकेशनिन्ग कन्टिन्यु सेन्टर
मेरो चोरी भएको नया साईकल

सरद डायरी । बिहिबार, असोज १६, २०६५

आज मलाई पहिलो पटक अमेरिका प्रति अत्यन्तै घृणा र आजै अमेरिका छोडौ जस्तो मनमा लाग्यो ।
प्राय म मेरो अफिसको काम सकेर बेलुका अमेरिकाको भाषा (ईएसएल) सिकाउने एडुकेशनिन्ग कन्टिन्यु सेन्टर नामक ठाउमा हप्तामा १,२ पटक जान्थे । यो कलास पैसा पनी नलाग्ने र अमेरिका सम्बन्धि बिभिन्न कुराको पनि ग्यान हुने साथै म बेलुका फ्रि हुने हुनाले काम सकिएपछी सक्दो यो कलासमा एटेन्ड हुन्थे ।
मेरो डेरा देखी साईकल बाट करिब ३०,३५ मिनेट बाटो भएको र यो बाटोमा बसको रुट भएपनी बस बाट (बस पर्खिने समय जोडदा) जादा २ घण्टा बढी लाग्ने हुनाले म साईकल नै प्रयोग गर्दथे ।
आज लामो गर्मि बिदाको पछिको नया कलास र नया बिल्डिङमा सर्ने कुरा जानाकारि भएकोले जान पर्यो भनि लागे ।
सधै झै ५ बजे अगाडी नै पुगि साईकल स्टेन्डमा साईकल राखी नया बिल्डिङको अबलोकन गरे। नया बिल्डिङ भएकोले होला आज बिध्यार्थिहरु निकै धेरै देखिन्थे,कम्युटर ल्याब,पुस्तकालय लगायत,कोठाहरुमा पनि नया फर्निचर,नया टिबि,प्रोजेक्टर लगायत बिभिन्न कुराको ब्यबस्थित गरिएको रहेछ यो नया बिल्डिङमा । मेरो कलास बेलुकाको ७ बजे सकेर यसो नया कम्युटर ल्याब मा छिरौ कि भनि यसो ईमेल चेक गर्दा र नेपालको गतिबिधि हेर्दैमा करिब ९ बजिसकेको रहेछ । डेरातिर लाग्नु पर्यो भनि बाहिर साईकल स्ट्यान्डमा गएको त साईकल लक चाहि त्यहि राखेको तर साईकल चाही छैन, एकैछिन त डंङ्ग परे । अनि बिल्डिङको अफीसमा गएर रिपोर्ट गरेको त मन नलाई नलाई अर्को बिल्डिङमा रिपोट् गर्न भनिन, त्यहा गएको फेरि अर्को बिल्डिङमा भने। ३,४ ठाउमा गएपछी बल्ल बिल्डिङ सेक्युरिटी भन्ने ठाउमा रिपोर्ट बुझाए । यत्रो ठुलो एसोसिएसनको पनी कस्तो नराम्रो ब्यबस्था, बोलिचालि देखी सबैकुरा मलाई जापानको याद आयो ।
अनि यसो घडी हेरेको त १० बजिसकेको रहेछ । डेरामा फर्किन बसको को सम्भावना नै थिएन, हिडन सुरु गरेको (निकै छीटो पाईला चाल्दै) डेरासम्म आउनलाई ठ्याक्कै डेढ घण्टा लागेछ । अनि बिशेष समस्या चाहि भोलीदेखि कसरि आवतजावत गर्ने होला भन्ने कुरा लाग्यो । मैले ३ महिना अघी मात्र किनेको यो नया साईकल म जहा जादा पनी यो हितैसी २ पान्ग्रे मित्र संगै जाने गरेको । सबभन्दा त मलाई साईकल हराएको पीर भन्दा पनी हराएको रिपोर्ट गर्दा गरेको तितो अनुभब,दिडदा दुख पाएको कुरा सम्झिदा अमेरिका प्रति आज मलाई नरमाईलो छाप बस्यो ।
हेरौ आगामी दिनहरू । । ।