Monday, December 29, 2008

१३आौं लाङ्घालि सांझ

राष्ट्रिय गित गाउदै गर्दाको एक झलक

सरद डायरी । आईतबार, पौंष १३, २०६५

लाङ्गाली समाज जापानको सांस्कृतिक कार्यक्रमको निम्तो आएकोले लागे ईकेगामिखाईकान तिर आज । म पुग्दा फाट्टफुट्ट दर्शकहरुको आगमन भएको थियो । नेपालीको कार्यक्रम त हो १,२ घण्टा त पर्खाईहाल्छन नभन्दै करिब २ घण्टा पछि कार्यक्रम शुरु भयो । अनुभवको कमि र आयोजकको टालमेलको अभाबले होला कलाकार सानदारसाथ जमेपनि कार्यक्रम भने अलि अब्यस्थित जस्तो भान हुन्थ्यो ।
जे होस जापान आगमन पछिको पहिलो नेपालीहरुको कार्यक्रममा उपस्थित भएको र एक बर्ष पछिको मित्रहरुसंगको भेटघाट भएकोले होला खुबै रमाईलो भयो ।

Wednesday, December 24, 2008

क्रिसमस पार्टि

एस.के,क्रिसमस ट्रिको अगाडी मेरो डिपार्टको मित्रहरु
खानासंग रमाउदै मित्रहरू
बिहानको लन्च लिदै एस.के, मित्रसंग
डिनर पार्टिको एक झलक

सरद डायरी । मंगलबार, पुस ८, २०६५

बिगतको बर्ष झै यो बर्षको क्रिसमसमा पनी मेरो आफ्नै कंम्पनीको स्टाफहरुसंग मनाउने तर्जुमा भएको रहेछ । म कामकै (स्युच्यो च्यु) सिलसिलामा अमेरिकामा हुनेबेलामा जापानको मेरै कंम्पनीबाट ईमेल मार्फत जापानको कंम्पनीको जनवरि महिनामा जापान फर्किन पत्राचार गर्नुभयो साथै जापान फर्किने टिकट समेत जापानबाटै कंम्पनीले पठाईएको हुनाले सोहि अनुरुप नै फर्कनु नै पर्यो । के गर्ने अरुको नुन पानी खाएपछी ।
मेरो काम त २००९ को जनवरिबाट सुरु हुने भएपनी डिसेम्बरमा क्रिसमिस पार्टि स्टाफ संगै मनाउने तर्जुमा भएको रहेछ । मेरै कंम्पनीको सिईओको रिर्जट घर (बेस्सो) मा डिसेम्बर २२ तारिख मै जम्मा भईयो हाम्रो कंम्पनी को कामदारि लगायत अन्य सिईओको मित्रहरु गरि करिब ५० जना जति ।
सिईओको रिर्जट घर (बेस्सो) धेरै रिन्युवल भएको हुनाले होला धेरै फरक भएको देख्दा म दंग परे । गरेज पनी नया डिजाईनले बनाईएको रहेछ । घरभित्र पनी अत्यधिक पपुलर ब्रान्डका बिशेष खालका सामानहरु राखीएको थियो । सिईओको हबि को रुम जहा खेलौना कार र जापानको पुराना सरसामानको कोठा पनी ५,७ वटै बनाईएको रहेछ । त्यो रुम हेर्दा त कतैको म्युजियम तिर त होईन भन्ने भान पर्दथ्यो ।

जे होस यो घर र गरेजको बारेमा धेरै पटक टेलिभिजन, म्यागेजिनमा पनी प्रसारण भएको कुरा मित्रहरुले कुरा गरेको थाहा पाउदा पो अझै अचम्म लाग्यो ।
उत्त ठाउमा क्रिसमस पार्टि गर्न पाउदा मलाई म आफैले आफुलाई भाग्यमानि ठानेको छु ।

Saturday, December 13, 2008

जापानको उडान,अमेरिकाको हाईओयमा दशा ।।।

पंचड भएको टाएरको झलक
हाईओयमा मित्रले गाडि रोकेर ओर्लदै

एस.के.पन्चड भएको कारसंगै फोटो खिचाउदै


सरद डायरी । शनिबार, मंसिर २८, २०६५

गत बर्ष अमेरिकामा मेरो कंम्पनिले काम गर्न पठाएको काम (च्योंकि स्युच्यों) २ बर्षको कन्ट्याक भएपनि १ बर्ष नपुग्दै जापानमै फिर्ता बोलायो । हुन पनि अमेरिकामा काम गरेको ६ महिना पनि नहुदै दिन प्रति दिन काम घटेको थियो । हुदा हुदा त शुक्रबारमा त आधा दिन पनि काम नहुने र सोमबार देखी बिहिबारको वुईक डे को काम पनि सधैजसो २,३ घण्टै अगाडि काम सकिन्थ्यो । हालको विश्वभरि नै लागेको आर्थीक मन्दि को जरो नै अमेरिका हो भन्ने कुरो मेरो आफ्नै कामले पनि प्रष्टयाउथ्यो । तर मलाई भने ब्यत्तिगत रुपले भन्नु पर्दा अमेरिकामा घु्म्न आएको जस्तो भान भएको थियो । सधैजसो प्रत्येक हप्ताको शुक्रबार देखि आईतबार सम्मको ३ दिन नया नया ठाउमा घुम्न गईन्थ्यो भने वुईक डेमा पनि काम सकेर छेउछाउमा कुनै दिनै खालि नगरि कहि न कहि त गएकै थियौ ।
यसपाली लसबेगसमा मात्रै ३ पटक बढी गईयो । विश्वकै सवभन्दा ठुलो ओल्ड बेष्ट मिलिटरि सो (मिरामार एअर सो) हुने ठाउ सान्डियगो, ग्रेन्डक्यानियोन,हुपर ड्याम लगायत लसएन्जलसको डाउनटाउन,डलिउड,बेभरिहिल्ज,डिज्निल्यान्ड,युनिर्भल स्टुडियो,अमेरिकन बेसबल लिग,अमेरिकन बास्केटबल लिग,फुटबल लिग,सान्ताआना र छेउछाउको समु्न्द्रमा(हानिन्गतोन बिच, न्युपोर्ट बिच,सान्डिएगो बिच)त कति पटक गईयो लेखि साध्य छैन ।
जेहोस जसोतसो करिब १ बर्षको काम सकि आज मेरो आज जापान फर्किने दिन भएकोले होला बिहानै निन्द्राले छोड्यो, उठेर मनमा भने धेरै कुरा खेलाईरहेको थिए । कंम्पनिको मित्रले आज एअरपोर्ट सम्म छोडन जाने सल्लाह भएबमोजिम समय मै मित्र आईपुग्नुभयो ।अनि रेष्टुरेन्टमा खाना खाईओरि लागियो डोमेस्टिक एअरपोर्ट प्रोभिडेन्स तिर ।
कंम्पनिले नै हवाई टिकट प्रबन्ध मिलाएकोले सोहि अनुरुप डोमेस्टिक उडान ३ ठाउमा (साल्टलेक,सिकागो,सनफ्रान्सिस्को) ट्रान्जिट थियो आज । हुन पनि धेरै ट्रान्जिट भएमा आधा रकम नै टिकटको रकम फरक पर्दोरहेछ अमेरिकामा । मलाई धेरै ठाउमा ट्रान्जिट गर्नपर्ने भएकोले गाह्रो भएको महशुस भएपनि कंम्पनिको हितको लागि र मैले आफ्नो पैसा बचत गर्न पाउने भएकोले मन बुझाए । बोस्टन देखी गाडिमा २ घण्टा लगाएर फ्रिवय हुदै प्रोबिडेन्सको एअरपोर्टबाट साल्टलेक, सिकागो,सन्फ्रान्सिस्को हुदै आज लसएन्जलसमा बसेर भोलिमात्र लसएन्जेलस बाट नारिताको उडान थियो । अन्तराष्ट्रिय उडान भन्दा राष्ट्रिय उडान धेरै घण्टा भएको र म एक्लो भएकोले समय पास गर्न भने निकै गाह्रो होला भन्ने सोच्दै हाईओए मा मोटर डौडाई रहेको बेलामा अचानक गड्यांङ्ग गुड्युङ्ग आवाज आयो । हाईओय भएको र मोटर निकै स्पिडमा गुडिरहेको हुनाले मोटर रोकीन पनि ३,४ मिनेट त लागिहाल्यो । साईड लगाएर हेरेको त मित्रको गाडिको टायर नै पन्चड भएकोले ठुलो आवाज आएको रहेछ । खुशीको कुरा त कुनै घटना बिना हामि बच्न सफल भयौ । तर अपसोच,मित्रको गाडिको ईन्स्युरेन्स पनि १ हप्ता अघी मात्र सकिएको र हिजो मात्र नया टाएर फेरेको मित्रले जानाकारि गराउदै २,४ ठाउमा मित्रले टेलोफोन घुमाउनुभयो । एअरपोर्टको पुग्न २० मिनेटको बाटो भएपनि उडान समय भने नजिकिदै थियो । समयमा नभ्याएमा मेरो सबै स्केज्युल भटाभुङ्ग हुन्थ्यो र करिब हजार पन्ध्रसयको दशा लाग्ने थियो । भाग्यबश अन्तमा १ जना मित्रसंग सम्पर्क हुनपुग्यो र उहा तुरुन्तै मलाई पुर्याउन आउने जानाकारि गराउनुहुदै करिब आधीं घण्टामा आईपुग्नुभयो । उहाले समय मै मलाई लगेर प्लेनमा चढ्याउनुभयो । मैले त उहालाई भगवान सरह संम्झे ।