Tuesday, December 15, 2009

नेपाली युनिकोड अक्षर डाउनलोड गर्ने सरल उपाय

सरद डायरि । मंगलबार, मंसिर ३०, २०६६
हाल प्रचलित नेपाली युनिकोड अक्षर अत्यन्तै सरल तरिकाले डाउनलोड गरि आफ्नो कम्युटरमा सेभ् गर्न सकिन्छ । साथै सजिलैसंग नेपाली अक्षरमा टाईप पनि गर्न सकिने हुनाले उत्त उपायको लागि निम्न लिखित बमोजिम अगाडि बढ्नुहोला ।

(१) सबभन्दा पहिला यो लिङ्कमा क्लिक गरेर डाउनलोड गर्नुहोला ।
(२) रोमानाईज जिप फाईललाई अनजिप गर्नुहोला ।
(३) रोमनाईज नेपाली युनिकोड फोल्डर भित्रको सेटअप फाईललाई डबल क्लिक् गर्नुहोला ।


(४) कन्ट्रोल पानेल भित्र जानुहोला ।


(५) रिजिनल एण्ड ल्यान्ग्वोज् अप्सन खोल्नुहोला ।


(६) ल्यान्ग्वोज् त्यावको डितेल्सलाई क्लिक् गर्नुहोला ।


(७) अंग्रेजी भाषालाई छानेर किबोर्डको दायाको एड् बटन क्लिक् गर्नुहोला ।


(८) किबोर्ड लेआउट् मा चेक मार्क लगाउनुहोला ।


(९) नेपाली रोमानाईज लाई छान्नुहोला र ओके बटन क्लिक् गर्नुहोला ।



(१०) टाक्सबारको किबोर्डमा नेपाली युनिकोड रोमानाईज लेआउटलाई छान्नुहोला ।


(१२) प्रक्रिया पुरा भयो । जुनसुकै एप्लिकेसनमा पनि नेपाली अक्षरमा टाईप गर्नसक्नुहुनेछ ।

Friday, December 4, 2009

आखिर जीबन के हो त ?

सरद डायरि । शुक्रबार, मंसिर १९, २०६६
जीवनलाई तपाईले के भनेर परिभाषित गर्नुहुन्छ ? दार्शनिक, कवि, विद्धान तथा अन्य ब्यत्तिहरुले जीवनलाई धेरै प्रकारले परिभाषित गरेका छन । जीवनको परिभाषा हामी जसरि पनि दिन सक्छौं । जसरि परिभाषा दिएपनि जीवनमा त्यसरि नै केहि न केहि त गर्नै पर्ने हुन्छ । यस बारेमा निम्न प्रसंगले हामिलाई केहिन न केहि सोच्न र गर्न प्रेरित गर्दछ ।
१) जीवन चुनौंती हो :- Life is a Challenge
(क) सामना गर-Face it (ख)जीवन बिषाद हो-Life is Sorrow (ग)विजय गर-Overcome it
२) जीवन बियोगान्त हो :- Life is a Tragedy
(क)धैर्य गर-Patience it (ख)जीवन यात्रा हो-Life is a Journey (ग)पुर्ण गर-Complete it
३) जीवन संघर्ष हो :- Life is a Struggle
(क)स्विकार गर-Accept it (ख)जीवन कर्तब्य हो-Life is a Duty (ग)पालन गर-Perform it
४) जीवन रहस्य हो :- Life is a Mystery
(क)उदघाट्न गर-Inaugurate it (ख)जीवन प्रतिग्या हो-Life is a Promise (ग)पालन गर-Fulfill it
५) जीवन बरदान हो :- Life is a Blessing
(क)आस्वादन गर-Taste it (ख)जीवन संगित हो-Life is a Music (ग)प्रशंसा गर-Admire it
६) जीवन सौन्दर्य हो :- Life is a Beauty
(क)बयान गर-Describe it (ख)जीवन सपना हो-Life is Dream (ग)उपभोग गर-Enjoy it
७) जीवन नरक हो :- Life is a Hell
(क)निन्दा गर-Dawn it (ख)जीवन सपना हो-Life is a Dream (ग)साकार गर-Bring it

श्रोत - क्यामज्जा

Saturday, November 21, 2009

युत्युवको भिडियो डाटाको डाउनलोड गर्ने तरिका

सरद डायरि । शुक्रबार, मंसिर ५, २०६६
युत्युवको आगमन पछि ईन्टरनेट संसारमै तहल्कै मंच्चायो । आबिस्कारक पनि रातारात नै अरबौं डलरको दाबेदार बन्न पुगे भने हामि प्रयोगकर्ता पनि घरमै बसिबसि संसारभरिकै जानाकारि पाउन सफल भयौं । हो आज यहि युत्युवको भिडियो डाटाहरुलाई डाउनलोड गर्न सकिने सरल तरिकाको जानाकारि गराउदै छु । तलको प्रक्रिया अनुसार अगाडि बढ्नुहोला ।


(१) युत्युवको भिडियो डाटा रोज्नुहोस् ।


(२) यहा क्लिक गर्नुहोस् ।


(३) युआरयल ठेगाना कपि गर्नुहोस् ।


(४) यो युआरयल http://www.saveid.com खोल्नुहोस् ।




(५) युआरयल पेस्ट गरि डाउनलोड् शुरु गर्नुहोस् ।
(६) क्लिक गरेर सेभ् गर्नुहोस् ।
श्रोत : क्यामज्जा

Monday, October 19, 2009

ईफेक्ट सहितको फोटोहरु बनाउन सकिने रमाईलो प्रोग्राम

सरद डायरि । आईतबार, कार्त्तिक १, २०६६
ईन्टरनेट संसारमा के पो असंम्भव ? व्लाउज गर्दै जादा एउटा अनौंठो साईट भेट्टाए । तपाईले यो पृष्ठ खोल्न बित्तिकै ईफेक्टका बिभिन्न फोटोहरु देख्नुहुनेछ । उत्त ईफेक्टमा तपाईलाई मन परेको तपाईको फोटो अपलड गर्न बित्तिकै उत्त ईफेक्टमा तपाईको फोटो बसिसकेको हुनेछ ।

अझ बिस्तृत रुपमा तलको जानाकारि हेर्नुहोला ।

(१) एड्रेस बारमा http://www.photofunia.com/ टाईप गर्नुहोस । माथि देखीएको ईफेक्टलाई छानेर क्लिक गर्नुहोस ।

(२) फोटोको लोकेशन दिनुहोस ।


(३) एकैछिन पर्खनुहोस ।


(४) ईफेक्ट सहितको फोटो तयार भयो । तपाईले चाहेको ठाउमा सेभ् वा पठाउन सक्नुहुनेछ ।

श्रोत: क्यामज्जा

Sunday, September 13, 2009

नौंलो सर्च ईन्जिन (याहु,बिन्ग र गुगल)


सरद डायरि । शनिबार, भाद्र २७, २०६६

घरैमा बसिबसि सर्च ईन्जिनको सहायताले स्वदेश तथा बिदेशका सबैखाले आवश्यक जानाकारि सजिलै लिन सकिन्छ । साधारणतय चलनचल्तिमा आएका सर्च ईन्जिन अनुशार याहु,एमएसएन,गुगल,आदि आदि । तर यि सर्च ईन्जिनहरु एकएक गरि खोलेर खोज गर्नुपर्ने र कुनै सर्च ईन्जिनले अगाडि, कुनैले पछिल्लो पृष्टमा जानाकारि दिने हुनाले सजिलै खोज्न नसकिने र गाह्रो हुने गर्दछ । उत्त समस्या सामाधान गर्ने नया सर्च ईन्जिन, जुन तपाईले http://www.yahbingoo.com/ खोल्नु हुन्छ तब गुगल,याहु र बिन्ग सर्च ईन्जिन एकैचोटि देखापर्ने छ र आवश्यक खोजको नतिजा एकैचोटि सजिलै पाउनुहुनेछ । यो सर्च ईन्जिन को सहयोगले गर्दा समयको बचतको साथै खोजकर्तालाई सुबिधाजनक र सरलता अपनाईएको छ ।

Monday, August 17, 2009

टोक्योमा १५ औं आदिबासी दिबस भब्यताका साथ सम्पन्न

सरद डायरि । आईतबार, साउन ३२, २०६६
निकै लामो समय अघी देखी १५औं बिश्व आदिबासी दिबस मनाउन मेरो नेतृत्वमा मुल समिति तयारि गरि आज यो कार्यक्रम सम्पन्न गर्न पाउदा अत्यन्तै खुशी लागेको छ । केहि कमोकमिजोरि नभएका त होईनन् तर सबै साथिहरुको पुर्ण सहयोगले समस्तिगत रुपमा भन्नुपर्दा कार्यक्रम निकै उत्साहपुर्ण रुपले सम्पन्न भएको कुरामा दुईमत नहोला । पुन एक पटक मेरो टिमका सबै साथीहरुलाई धन्यबाद दिदै उत्त कार्यक्रमको बिषयमा प्रकाशन भएको समाचार जस्ताको तस्तै .....
आज टोकियोमा एक समारोहको आयोजना गरी वरिष्ठ जनाजाती नेताहरुको उपस्थितिमा विविध कार्यक्रहरुकासाथ १५ औं आदिबासी दिवस मनाईयो ।
नेपाली आदिबासी जनजाती महासँघ जापानको आयोजनामा भएको उक्त आदिबासी दिवस समारोह जापानका लागि नेपाली राजदूत डा. गणेश योञ्जन तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । समारोहका अन्य बिशेष अतिथिहरुमा सभासदसमेत रहनुभएका नेपाली आदिबासी जनजाती महासँघका केन्द्रीय अध्यक्ष पासाङ शेर्पा, राष्ट्रिय जनमुक्ति मोर्चाका अध्यक्ष एवं सभासद एमएस थापा मगर, पूर्व मन्त्री तथा जनजाती आन्दोलनका अगुवा गोरेबहादुर खपाङी र एनआरएन आईसीसीका उपाध्यक्ष देवमान हिराचन रहनुभएको थियो भने अन्य अतिथिहरुमा जापानका बिभिन्न सँघसँस्थाका प्रतिनिधिहरु रहनुभएको थियो ।
आयोजक सँस्थाका अध्यक्ष ओम गुरुङको सभापतित्वमा भएको सो आदिबासी दिवस समारोहमा प्रवत्ता सुकमानथिङ तामाङको स्वागत मन्तब्य रहेको थियो ।
आदिबासी दिवस समारोहमा बिभिन्न अतिथि महानुभावहरुले शुभकामना मन्तब्य दिनुभएको थियो । शुभकामना मन्तब्य दिनुहुनेहरुमा तमू धीं जापानका अध्यक्ष दिनेश गुरुङ, थसेस जापानका अध्यक्ष ध्रुब भट्टचन, नेपाल तामाङ मैत्री समाजका अध्यक्ष रेखब्लोन तामाङ, नेपाल मगर सेवा समितिका अध्यक्ष गमप्रसाद जुग्जाली मगर, नेपाली जनप्रगतिशील मोर्चा जापानका उपाध्यक्ष बेलु थापा, नेकपा एमाले जापान प्रवास कमिटीका सचिव सूर्य पाठक, नेवा जागरण मंचक अध्यक्ष सुनिल शाक्य, आयोजक संस्थाका सल्लाहकार सुवन बज्राचार्य, एनआरएन जापानका अध्यक्ष भवन भट्ट, पूर्व मन्त्री तथा जनजाती आन्दोलनका अगुवा गोरेबहादुर खपाङी, एनआरएन केन्द्रका उपाध्यक्ष देवमान हिराचन, सभासद समेत रहनुभएका जनजाती आन्दोलनका अग्रज एवं इतिहासबिद तथा राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष एमएस थापा मगर लगायतका हुनुहुन्थ्यो ।
शुभकामना मन्तब्यकाक्रममा जनजाती नेताहरुले संबिधान कस्तो बन्नुपर्छ भन्ने भन्दा पनि सरकार कसको बन्नुपर्छ भन्ने मुद्दाले प्राथमिकता पाएकोमा चिन्ता ब्यक्त गर्दै ठूला राजनैतिक दलहरुका कारण संबिधान लेख्ने काम ओझेलमा परेको औल्याएका थिए ।
बिशेष अतिथिको आसनबाट बोल्दै नेपाली आदिबासी जनजाती महासँघका केन्द्रीय अध्यक्ष पासाङ शेर्पाले १९९५ देखि अगष्ट ९ का दिनलाई आदिबासी दिवसकोरुपमा मनाईदै आएको कुरा उल्लेख गर्दै यसलाई आन्दोलनकै रुपमा मनाईनुपर्नेमा जोड दिनुभयो । उहाँले पृथ्वीनारायण शाहले नेपालको एकिकरण गर्दा सिमानाको मात्र एकीकरण गरेको तर भावनाको एकीकरण पनि हुनुपर्नेमा त्यो हुन नसकेकोले आदिबासी जनजातीहरु पछाडि पर्दै आएको बिचार ब्यक्त गर्नुभयो । उहाँले गैरआवासिय नेपालीहरुको प्रसंग कोट्याउदैं समावेशी र समानुपाति भनेको फरक फरक कुराहरु हुन, एनआरएनमा समावेशी छ, समानुपातिक छैन, त्यो आवश्यक छ । अन्यथा मुलुकमा लगानी भित्र्याउने सवालमा समस्या उत्पन्न हुनसक्छ ।
यसैगरी प्रमुख अतिथिको आसनबाट बोल्दै राजदूत डा. गणेश योञ्जन तामाङले राज्यको पुनसँरचनाको चर्चा सबैतिरबाट उठ्दै आएको भएपनि यसको मोडल कस्तो हुने भन्ने कतैबाट प्रष्ट पारिएको छैन । यो समस्याको बिषय हो । यसैगरी एक अर्को प्रसंगमा राजदूत डा. तामाङले जापानमा नेताहरु धेरै आउनुभयो यहाँका नेपालीहरुले भोग्दै आएका समस्याहरुका सम्बन्धमा जानकारी गराउदा आश्वाशन दिएर मख्ख पारेर फर्किनुहुन्छ तर नेपाल पुगेपछि सबै चटक्कै बिर्सनुहुन्छ । यो बिडम्बनाको कुरा हो । यसैगरी एक अर्को प्रसंगमा राजदूत डा. तामाङले आमा नेपाली भई भारतिय बाबूबाट जन्मेका सन्तानका नागरिकताको समस्याका बारेमा चर्चा गर्दै यो समस्या समाधानमा सहयोग गर्न माननीय सभासदहरुको ध्यानाकर्षण गराउनुभयो । यसैगरी उहाँले मातृभूमिमाथि आईलागेका चुनौतीप्रति हामी सबै नेपाली एक भएर सामना गदैं जानुपर्ने धारणा ब्यक्त गर्नुभयो ।
कार्यक्रमको अन्तमा, आयोजक सँस्थाका महासचिव डा. दिनेश मानन्धरले कार्यक्रम सफल पार्न बिभिन्न ढंगले सहयोग गर्ने सम्बन्धित सबैलाई हार्दिक धन्यबाद ज्ञापन गर्नुभएको थियो भने समारोहका सभापतित्व गरिरहेका महासँघका अध्यक्ष ओम गुरुङले आदिबासी जनाजातीहरुका हक, हित र अधिकारका लागि अझ संगठित हुँदै जानुपर्नेमा जोड दिदैं आदिबासी दिवस समारोहको समापन गर्नुभएको थियो ।
तत्पश्चात नेपालबाट आमन्त्रित चर्चित कलाकारहरु राजु परियार, मञ्जु महत, रञ्जना शर्मा र सामसुङ तामाङको साँगीतिक प्रस्तुति रहेको रमाईलो साँस्कृतिक कार्यक्रम रहेको थियो ।
औपचारिक र साँगीतिक गरी दुइ चरणमा बिभक्त कार्यक्रमको क्रमशः आयोजक संस्थाका उपाध्यक्ष शरदकुमार गौचन र सदस्य जोन छन्त्यालले सञ्चालन गरेका थिए ।

Monday, August 3, 2009

थसेस जापानको बार्बेक्यु (बनभोज) कार्यक्रम सानदारका साथ सम्पन्न

खर्बुजा फोर्ने खेलको एक झलक
बिन्गो खेल संचालन गर्दै एस.के
आमन्त्रित पाहुनाहरु आ‍-आफ्नै संसारमा


सरद डायरि । आईतबार, साउन १८, २०६६
टोकियो स्थित फुतागोतामागावा नामक खोलाको किनारमा थकाली सेवा समिति (थसेस) जापानको बार्षिक कार्यक्रम मध्येको एक, बनभोज कार्यक्रम (समर बार्बेक्यु कार्यक्रम) जापानबासी नेपालीहरु र जापानी बिच आईतबार शानदारका साथ सम्पन्न भएको छ ।
असारे महिनाको सिमसिमे झरि झै पानी परेर बिहानैदेखि मौसमले त्यति साथ नदिएपनि आमन्त्रित पाहुनाहरु भने उक्त झरिको केहि वास्तै नगरी रुझ्दै भिज्दै खुल्ला मैदानमा बिछ्याईएको सिट् र पाल टांगिएको स्थल भित्र खचाखचले खुट्टा टेक्ने ठाउं थिएन ।
करिब डेढ सय भन्दा बढिको संख्यामा उपस्थित महानुभावहरुलाई महासचिब अनिल भट्टचनले स्वागत गर्दै कार्यक्रम शुरुआत गर्नुभएको थियो । कार्यक्रममा खेलाईएका आकर्षित खेलहरु मध्ये खर्बुजा फोर्ने खेल र बिन्गो खेल राखिएको थियो । खर्बुजा फोर्ने खेलमा जापानी र नेपालीहरुले सामूहिकरुपमा भाग लिनुहुदै महिला तर्फ ५ जना र पुरुष तर्फ ११ जनाले सहभागि जनाउनु भएको थियो । जसमा महिला तर्फ सिनो जी(जापानी महिला) ले खर्बुजा फोर्न सफल भई प्रथम स्थान प्राप्त गर्नुभएको थियो भने पुरुषतर्फ पनि जापानी नागरिक यामादाजीले खर्बुजा फोरि प्रथम स्थान हासिल गर्नुभएको थियो । जम्मा १७ जना प्रस्तिस्पर्धी खेलाडि दर्ता मध्ये जापानी प्रस्तिस्पर्धी ३ जना मात्र भएता पनि दुबै बिजयी जापानी खेलाडिहरुले हात पार्न सफल हुनुभएको थियो । त्यसलगत्तै खेलाईएको बिन्गो खेलमा भने फुल हाउस जित गौचन, कुईक फाईभमा महेन्द्र शेरचन, सेकेन्ड कोलममा भगबती गौचन, फोर्थ कोलम बुद्धिमान शेरचन र फोर कर्नरमा सुजन लालचनले जित हात पार्न सफल हुनुभएको थियो ।
उत्त खेलको संयोजन बडो कुशलताका साथ क्रमश: सचिब महेश शेरचन, सह-कोषाध्यक्ष लोकेश गौचन@र दिपक गौचनले गर्नुभएको थियो ।
जापानकै ए कलासको मासुको परिकार सहित बिभिन्न स्वादिष्ठ खानाहरु र बियरको चुस्की लिनुभईरहेका आमन्त्रित पाहुनालाई डिजे राजु शेरचनको संगितले नचाउनुसम्म नचाएको थियो । वरपरका जापानीहरुसहित ठूलो समुहमा जमेको उक्त कार्यक्रमलाई अन्तमा समाजका अध्यक्ष ध्रुब भट्टचनले बिभिन्न क्षेत्रबाट सहयोग गर्नुहुने सबै महानुभावलाई धन्यबाद दिदै कार्यक्रम समापन गर्नुभएको थियो ।
कार्यक्रममा परिवारसहित जापानका लागि नेपाली राजदुत डा. गणेश योञ्जन तामाङ, एनआरएन आईसीसीका सदस्य डा. कुमार बस्नेत, नेपाल आदिबासी जनजाति महासंघ जापानका अध्यक्ष ओम गुरुङ, तमू धीं जापानका अध्यक्ष दिनेश गुरुङ, शेर्पा संघका अध्यक्ष ङवाङशेरे शेर्पा, चितवन कल्याण समाजका अध्यक्ष लोकनाथ वस्ती र उई लभ नेपालका प्रधानसम्पादक सोनाम शेर्पा लगायतका बिशिष्ट ब्यत्तित्वहरुको पनि उपस्थिति थियो । औंपचारिकता कार्यक्रमभन्दा पनि बिबिध रमाईलो कार्यक्रम र खेलकुदमा केन्द्रित उत्त सबै कार्यक्रमको संचालन थसेसका सल्लाहकार शरदकुमार गौचनले गर्नुभएको थियो ।

Monday, July 6, 2009

म्यागेजिन कभरमा मन परेको फोटो प्रकाशन गर्न मिल्ने वेबसाईटहरु

सरद डायरि । आईतबार, अषाढ २१, २०६६
के आज आफ्नो फोटो कुनै चर्चित म्यागेजिनमा प्रकाशित गरेर हेर्ने कि ? तल दिईएका वेबसाईटमा आफुलाई मन परेको फोटो अपलोड गरेर मन परेको म्यागेजिनको कभर टेम्पेल्ट फाईल छाने मात्र तुरुन्तै बिना झन्झन नै तपाईकै आफ्नै ईच्छा अनुसार म्यागेजिनको कभर बनाउन सक्नुहुनेछ ।
तर साबधान कुनै साईट चाहि पैसा तिर्नुपर्ने हुन्छ है ।
(1) Paparazzied
(2) Write On It
(3) Mag My Pic
(4) My Cover Pics
(5) Big Huge Labs
(6) Fake Magazines
(7) Front Page You
(8) On Cover Page
(9) Mock Magazine
(10) My Picture on Magazine

Saturday, June 27, 2009

बिश्व पप सम्राट माईकल ज्याक्सनको निधन

सरद डायरि । शनिवार, असार १३, २०६६

बिश्वकै पप सम्राटका रुपमा चिनिने अमेरिकन नागरिक माईकल ज्याक्सनको जुन २५ तारिख,बिहिवार बेलुका लसएन्जेलसको एक हस्पिटलमा हृदयघाटका कारण निधन भएको समाचारले जापानको मेडियामा पनि निकै चर्चा पाएको छ ।
१९५८ मा जन्मिएका ज्याक्सनले १९८२ सालमा थ्रिरलर एल्बम निकाली १० करोड को संख्यामा बिश्व बजारमा बिक्रि गरि पहिलो रेकर्ड राख्न सफल भएका थिए । त्यसपछी पनि थु्प्रै थुप्रै हिट एल्बम निकालेर २०सौं शताब्दीका पप सम्राटका रुपमा चर्चित बिश्व ईतिहासमा नाम छपाउन सफल ब्यत्तित्व भएपनि बिभिन्न बिवादमा मुछिएका कारण लामो समय देखी सांगीतिक क्षेत्रबाट टाढा रहेका थिए । सिएनएन बाट प्रसारित उनको निधनको बारेमा ब्रेकिङ्ग न्युज (भिडियो) क्लिक गरेर बिस्तृत रुपमा हेर्नसक्नुहुनेछ ।

Thursday, June 25, 2009

टोक्योको हिबिया पार्कमा नेपालीहरुको धँमाका ।


सरद डायरि । बुधबार, अषाढ १०, २०६६
प्रत्येक बर्ष भब्य रुपले मनाईने नेपाली फेस्टिवल, यस बर्ष पनी हिबिया पार्कमा २ दिन धुमधामकासाथ मनाउने कुरा सार्बजनिक भएको छ । अगष्ठ को ८,९ तारिखमा गरिने उत्त कार्यक्रममा बिशेष गरेर जापानिहरुलाई नेपालको परिचय गराउने उदेश्य रहेको आयोजक समितिको भनाई छ ।
यस बर्षमा पचास हजार भन्दा बढि जापानिहरुलाई कार्यक्रममा उपस्थिति गराउने आयोजक समितिको लक्ष्य रहेको जानाकारिमा आएको छ । बिस्तृत जानाकारिको लागि तलको युआरयलमा क्लिक् गरेर हेर्न सक्नुहुनेछ । http://www.nepalfestival.jp/

Tuesday, June 2, 2009

सुन्नुहोस, डाउनलोड गर्नुहोस्, अरुणा लामाका पुराना गितहरु

सरद डायरि । सोमबार, जेष्ठ १८, २०६६

आफ्नो जन्मभुमि छोडेर सात समुन्द्र पार हुदा मात्र बिशेष याद आउदो रहेछ आफ्नो संस्कृति, अनि तिनै उकाली ओरालि, चौतारी भन्ज्याङ्ग र साथि संगिनिहरुको ।

यहाहरुलाई पनि अबश्य नै त्यस्तो तिर्खाई लागेको होला त्यसकारण आउनुहोस आज पनि नेपाली पुराना नेपाली गितहरु सुनेर केहि मात्रामा भएपनि धिंत मारौं । अरुणा लामाका यि पुराना गितहरु ब्यत्तिगत प्रयोगको लागि सुन्न डाउनलोड गर्न सक्नुहुनेछ । त्यस बाहेकको प्रयोजनको लागि भने बिशेष निषेध छ हैं । आफुलाई मन परेको गितमा क्लिक गरेर सिधै सुन्न सक्नुहुनेछ । डाउनलोड गर्न भने दाहिने माउसमा क्लिक गरि सेव तार्गेट एज् गर्नुहोला ।

ए कान्छा
आँखाहरुले
फुललाई सोधें
यि ओठ तिम्रा
हिमाल सरि म
हेरन हेर कान्छा
सधै जस्तो फेरि
यो मायालाई भर
हाँगा हाँगा बनभरि
फुल फुल फुल्यो रे
स्वप्निल आँखा भरि
बास खोज्दै थाकीसकें
बिरहले रोएको रातमा
भेट्नु छुट्नु त के हो र
आँखामा मेरो छाईरहेको
उदास मेरो जिवन कथा
चौतारिमा बसेर रुन पाउ
म जिउछु त जिउनलाई
पोहोर साल खुशी फाट्यो
लहरे बर घुमाउने चौतारि
जोवनमा जोगिएर बस है
मनमा तिम्रो झुल्कि दिन्छु
सानो माया मेरो मायालाई
जिबनका हरेक मोडहरुमा
मलाई आँखामा बसाउनु पर्दैन
म आँखैमा राख्न कहा योग्य छु
सबैले भन्थे मायालु फुलबारिमा
नेपाली गौरव गर्छौ आफ्नो पनमा

Friday, May 29, 2009

मैले सधै खाने लन्चका केहि झलकहरु ।

ठेट नेपाली परिकार(कुखुराको झोल,पुरि र अण्डाको सेठ)

फ्रान्स खानाको सेठ (बुटा सोठे)

जापानी फ्राई सेठ (ईका र मेन्चु खाचू टेईस्योकु)

जापानी फ्राई गरेको चाउचाउ(याकिसोबा)

ईन्डियन चिकन करि र नान
जापानी फ्राई सेठ (कोरेक्को टेईस्योकु)

जापानी मासु र भातको सेठ(याकिनिकु डोन टेईस्योकु)
जापानी रेम माछा र अण्डाको सेठ (उनागि डोन टेईस्योकु)

ईटालीको माछा र चिकनको परिकार

जापानी सुगुरको मासु र चिकन फ्राई (स्यागायाकि र खरागे टेईस्योकु)

जापानी बेन्टो बक्स


सरद डायरि । शुक्रबार, जेठ १५, २०६६अस्ति भरखर शुरु गरेजस्तो लागेपनि जापानको जागिरेदार भएको पनि डेढ दशक पुग्न लागिसकेको रहेछ । काम भएको दिनमा सधै लन्च, अफिसकै छेउछाउको रेष्टुरेन्टमा पालैपालो बिभिन्न परिकारको खाना खाने गरिन्छ । सायद अफिसको छेउछाउको रेष्टुरेन्ट भित्र नपसेको ठाउ त कहि पनि छैन होला । त्यति मात्र हो र तिनै रेष्टुरेन्टमा प्रत्येक हप्ता रिपिट गर्दै खाने भएकोले पनि होला रेष्टुरेन्टका स्टाफहरुसंग पनि राम्रो परिचित छु अधिकांस रेष्टुरेन्टका स्टाफहरुले राईसको मात्रा , कफि वा चिया तातो कि चिसो साथै दुध,चिनि कतिवटा प्रयोग गर्छु भन्ने समेत सबैलाई राम्रो जानाकारि छ, मैले अर्डर गर्नु अगाडि नै उहाहरुले नै भनिदिनुहुन्छ । आज, गत हप्ता र यो हप्ता खाएको केहि लन्चहरुको झलक पोष्ट गर्न मनलाग्यो । हेर्नुस त मैले लिने प्रत्येक हप्ताको लन्चका केहि झलकहरु ।

Sunday, May 24, 2009

बल्ल बल्ल हात पर्यो आईफोन ।

आठ गिगा बाईट र सोह्र गिगा बाईटको आईफोन (हातेफोन)


सरद डायरि । शनिबार, जेठ ९, २०६६
आई फोन नामक हातेफोनको बारेमा अमेरिकामा छडा झलाक्क झुलुक टेलीभिजनमा गुनगान सुनेको थिए । आईप्याड नामक अडियो सुन्ने र भिडियो हेर्न मिल्ने अत्यन्तै सानो (कम्याक्ट) मेसिन निकालेर बिश्व बजारमै एप्पल कंम्पनिले आफ्नो नाम गहिरो छाप बसालेको केहि बर्ष पछि नै आई फोन नामक हातेफोन निकालेर फेरि बिश्वबजार भरि नै ठुलै हल्ला फैलाएको रहेछ अहिले ।
जापानमा पनि गत बर्षको गर्मि बिदामा उत्त हातेफोन बजारमा बिक्रि शुरु गर्दा २,३ दिन अघि देखि नै लाईन बस्नु पर्ने स्थिति श्रीजना गरेको रहेछ । त्यतिमात्र नभई जापानि ऐन ७०,८० हजार पर्ने महंगो रकम हुदा पनि किन्न चाहेर पनि हात पर्न नसकेको उत्त आई फोन ले जापानमा पनि ठुलै तहल्कै मच्याएको रहेछ ।
आज उत्त फोन मेरो अफिसको नजिकै बिशेष (क्याम्पेन) सहुलियतमा बेच्न राखिएकोले यहि हो मौका भनि २ सेठ आटिहाले ८ गिगा बाईट र १६ गिगा बाईटको आईफोन ।

Wednesday, May 20, 2009

प्रेसिडेन्टसंग लन्च लिदाको अनुभव ।

म लगायतको सामुहिक फोटो
मैले लिएको लन्च सेठ्को झलक
सेक्रटरि र प्रेसिडेन्टको फोटो
नेपाली चिकन म:म


सरद डायरि । मंगलबार, जेठ ५, २०६६
अचानक मलाई हाम्रो कंम्पनिको प्रेसिडेन्टले आफ्नो अफिसियल कोठामा (स्याच्यो सिचु) बोलाएकोले झंसङ्ग झंस्किए । तर कुरो के रहेछ भने उहाको रुमको नजिकै नया नेपाली तथा ईन्डियन रेष्टुरेन्टको ओपन गरिएको कुरा थाहा रहेछ । अत उहाले मलाई संम्झेर, उत्त रेष्टुरेन्टमा म संग नेपाली खाना खानको लागि जाने कार्यक्रम तय गरेर बोलाउनु भएको कुरा पत्तो पाए ।
बिहानको ११:३० मा बोलाईएकोले म समयमै पुगेपछि, उहाले आफ्नो सेक्रटरि सहित म लगायत तिन जना उत्त नेपाली रेष्टुरेन्ट तिर लन्चको लागि लागियो । नेपाली रेष्टुरेन्ट भने पनि अधिकांस त ईन्डियन खाना त हो , मलाई जे मन परेको जति अर्डर गर्न जिम्मा दिईयो । मैले डेजार्ट सहितको तन्डुरि सेठ मगाए पनि उहाहरुले भने सागको करि र नान राईस अर्डर गरे । र हामि नेपालीको बिशेष खाना भनेर म:म पनि मगाएर खान बसियो । प्रेसिडेन्ट त निकै उमेर ढल्केको र त्यति पिरो अमिलो पनि मन नपराउनुहुनेहुनाले त्यति खानुभएन साथसाथै मैले र सेक्रटरि ले पनि त्यति खान पाएनौ, किनकि गफगाफमै मस्त र अलिकति नर्मस भएको महशुस गरेकोले होला जस्तो लाग्यो । किनभने हाम्रो कंम्पनिको प्रेसिडेन्ट कहिले पनि स्टाफ संग खान र पिउन संगै जाने गरेको मलाई थाहा छैन । मेरो डेपार्ट का साथिहरु पनि किन बोलाएको होला भनि डंङ्ग परेका थिए ।
जेहोस लन्च खाईवोरि सकिएपछि उत्त रेष्टुरेन्टमा बिक्रिमा राखिएको नेपाली चिया पट्टि समेत किनेर गिफ्ट सहित मलाईदिनु भएको र मेरो आफ्नो ब्यत्तिगत बिषयमा पनि निकै चासो लिएर कुराकानि गर्न पाएकोले अति नै हर्षित भए ।

Monday, May 18, 2009

स्वाईन फ्लु संक्रमणकाल जापानमा पनि आगमन ।

स्वाईन फ्लु संक्रमित देशको चार्ट
हेर्दै कस्तो डरलाग्दो यो स्वाईन फ्लुका किटाणुहरु


सरद डायरि । सोमबार, जेठ ४, २०६६
आज सोमवार भएपनि तलबि छु्ट्टिको (फुरिकाएक्यु) दिन परेको हुनाले ढिला सम्म निदाएछु । आँखा मिच्दै उठेर घडि हेरेको त १० बजिसकेको रहेछ । टेलिभिजन खोलेर समाचार के हेरेको थिए, स्वाईन फ्लु (सिन्गाता ईन्फुरुयन्जा) को समाचारले जापानको टेलिभिजनमा निकै ठुलो महत्व पाएको रहेछ । एकैछिन टेलिभिजन हेरेपछि पो थाहा पाए गाठि कुरो ।
मेक्सिकोबाट शुरुआत भएको स्वाईन फ्लु (सिन्गाता ईन्फुरुयन्जा) ले हाल विश्वभरि नै तहल्का मच्याएको छ । २६ वटा राष्ट्रमा ३,४४१ जनालाई यो रोगले समातिसकेको छ भने ४६ जनाको ज्यान लिईसकेको छ । तर जापानमा भने हिजो सम्म एकजनालाई पनि उत्त रोगले छुन नसकेको भएपनि आज अचानक बिहानको १० बजे टोक्योको पश्चिम क्षेत्रमा पर्ने जापानको दोस्रो ठुलो शहर ओसाका र ह्योगो प्रिफेक्चरमा एकैचोटि १२१ जनालाई स्वाईन फ्लुको रोगले छोएपछी जापानमा ठुलै भुईचालो नै आएको जस्तो भान परेको छ । जुनै टेलिभिजन च्यानलमा पनि सोहि समाचारको बिषयमा चर्चा परिचर्चा गर्नुको साथै सर्तक हुन पनि बिशेष आग्रह गरिएको थियो ।

Friday, May 15, 2009

जापान सरकारले एको पोईन्ट बितरण गर्ने समाचार सार्बजनिक गर्यो ।

सरद डायरि । शुक्रबार, जेठ १, २०६६
जापान सरकारले आज देखी लागुहुने गरि ईलोक्ट्रिक सरसामान(टेलिभिजन,रेफ्रिजेरेटर र एअर कन्डिसन) खरिद गर्ने जोकोहिलाई एको पोईन्ट भनेर बोनस दिने कार्यक्रम सार्बजनिक गरेको छ । एको मार्क भएको उत्त ईलोक्ट्रिक सामान खरिद गरिसकेपछि खरिदकर्ताले त्यसको बिल र वारेन्टि पेपर बुझाउनुपर्ने छ । सरकारि सम्बन्धित निकायमा उत्त कागजात पेश गरीसकेपछि सो बापत सरकारले १ पोईन्ट बराबर १ ऐन दिने कुरा जनाएको छ ।
जसअनुसार तल उल्लेखित बमोजिम पोईन्ट पाईने छ ।

टेलोभीजन :- साईज अनुसार


१) २६ भोल्ट (२६ सेन्टिमिटर भन्दा तलको साईज) भन्दा तल - ७,००० पोईन्ट
२) २६ देखी ३२ भोल्ट (२६ देखी ३२ सेन्टिमिटरको साईज) लाई - १२,००० पोईन्ट
३) ३७ भोल्ट (३७ सेन्टिमिटरको साईज) लाई - १७,००० पोईन्ट
४) ४० देखी ४२ भोल्ट (४० देखी ४२ सेन्टिमिटरको साईज) लाई - २३,००० पोईन्ट
५) ४६ भोल्ट (४६ सेन्टिमिटर भन्दा माथीको साईज) भन्दा माथी - ३६,००० पोईन्ट


रेफ्रिजेरेटर :- लिटर अनुसार

१) २५० लिटर भन्दा तल - ३,००० पोईन्ट
२) २५१ देखी ४०० लिटर - ६,००० पोईन्ट
३) ४०१ देखी ५०० लिटर - ९,००० पोईन्ट
४) ५०१ भन्दा माथी - १०,००० पोईन्ट

एअरकन्डिसन :- वाट अनुसार

१) २.२ वाट भन्दा तल - ६,००० पोईन्ट
२) २.५ वाट देखी २.८ वाट सम्म - ७,००० पोईन्ट
३) ३.६ वाट भन्दा माथी - ९,००० पोईन्ट
बलियो अर्थतन्त्र र चरम बिकाशको सिमा पार गरिसकेको जापान हाल प्रदुशन मुत्त स्वच्छ बातावरण बनाउन उन्मुख भएको देखिन्छ । सोहि उदेश्य अनुसारको एक योजना भएको जापान सरकारले घोषित गरेको छ ।

Tuesday, May 12, 2009

नया कामदारि(सिन्युस्याईन) संग लन्चमा रमाउदै ।

सिन्युस्याईन (महिला) संग लन्च लिदै
मैले अर्डर गरेको मेरो लन्च
मित्रहरु लन्च लिदै गर्दाको झलक


सरद डायरि । मंगलबार, बैशाख २९, २०६६

मेरो अफिस बिल्डिङ्गमा हाम्रो कंम्पनिको यस बर्षमा नया भर्ना भएका कामदारि(सिन्युसेई)हरुको दोर्स्रो प्रार्टिकल अभ्यास (केन्स्यु) भएकोले अन्य ब्रान्चबाट पनि बिहान देखी नै जम्मा भएका थिए । आर्थिक मन्धीको कारणले होला प्रत्येक बर्षको अप्रैल महिनामा भर्ना गर्ने संख्या भन्दा ड्याम्मै संख्या घटाएर करिब १५,२० जना मात्र भएकोले २,३ बर्ष पहिला देखी हाम्रै अफिस बिल्डिङ्गमा प्राटिकल अभ्यास (केन्स्युकाई)गर्ने गरेको छ । जेहोस मेरो डेपार्टमा काम लागेकी महिलासंग लन्च संगै खान जाने मौका परेकोले आज संगै लन्च खान लागियो अन्य साथीहरुसंगै नजिकैको नेपाली मित्रको ईन्डियन रेष्टुरेन्ट तिर । नान र पेय पदार्थ जति थपेपनि हुने लन्च समयमा नान २,२ वटा अर्डर गरेपनि एउटा र आधा मात्र बलबल खाईयो । जेहोस ईन्डियन करि र नान संग रमाउदै सबै मित्रहरुसंग म पनि ।