Saturday, January 31, 2009

नेपाली लोक गीत संकलन (डाउनलोड गर्नुहोस्)

सरद डायरि। शुक्रबार, माघ १७, २०६५

चर्चित नेपाली लोकगित सुन्न र डाउनलोड गर्न तलको लिन्कमा ल्किक गर्नसक्नुहुनेछ । तर ब्यत्तिगत प्रयोजनको लागि मात्र सिमित रहेको जानाकारि गराउन चाहान्छु ।

साभार : क्यामज्जा ब्लग

Wednesday, January 21, 2009

एस,के को फिर्ता स्वागत पार्टि (कान्गेईकाई)

मित्रहरु आ-आफ्नो एक्सनमामित्रहरुलाई पर्खीदै गर्दाको एक झलक
एस,के अर्को टेबलको मित्रहरुसंग सामुहिक फोटो खिचाउदै
मित्रहरुसंग एस,के


सरद डायरी । बुधबार, माघ ८, २०६५
मेरो अमेरिकाबाटको फिर्ता स्वागत पार्टि (कांन्गेईकाई) मेरो डेपार्ट (बुस्यो) ले राखेको थियो आज । मेरो डेपार्टको नजिकै रक्सि भट्टि (ईजागाया)मा पार्टि राखिएको थियो । छेउछाउको अरु डेपार्ट(बुस्यो)को स्टाफहरुलाई पनि ब्यबस्थापक (खान्जिसान)ले निम्ता गरेको हुनाले निकै ढिला होला जस्तो लागेपनि सबै जम्मा हुदा सात मात्र बजेको रहेछ । करिब ३० जना मिल्ने मित्रहरु सबै मेरो उमेर काहरुको मात्र थियौ उत्त जमघटमा । माथिल्लो तहका मान्छेलाई बोलायो भने,दिल खोलेर कुरा गर्न नमिल्ने साथै सिनियरसंग बार्तालाप गर्न पनि अप्यारो हुने कुरा पार्टि सुरु भएपछि ब्यबस्थापक मित्रले कुरा राख्नुभयो ।
जेहोस डेढ बर्षपछि मित्रहरुसंग भेटेर पिएको हुनालेहोला ४ घन्टा बितेको त पत्तो पाईएनछ । ब्यबस्थापकले बिदाबाजि गर्ने समय भनेर भनेपछि मात्र हतारिए घर फर्किन ।

Monday, January 19, 2009

राष्ट्रिय गित लगायत गिती संगालो ( डाउनलोड गर्नुहोस्)

सरद डायरी । बिहिबार, पुस २४, २०६५

राष्ट्र र राष्ट्रियता प्रतिको माया,ममता,चाहना र यस्को महत्वको बिषयमा सात समुन्द्रपार गरेपछि अझै बढी महशुष हुदोरहेछ । यसै सन्दर्भमा मैले अनुभव गरेको आधारमा यहाहरुलाई पनि अवश्य नै फाईदा जनक होला भन्ने आशा र बिश्वासका साथ केहि राष्ट्रिय गीत र गीती संगालोका लिष्ट सहित तलको लिन्कमा राखेको छु । तपाईहरुले सिधै कम्युटरमा डाउनलोड् गरि सुन्न सक्नुहुनेछ ।

आमा तिमिलाई

देशले रगत मागे

फाटेको दौंरा लाएर

शान्ति भए फर्किन्थे

करोड मुटुहरुको एउटै

लाग्छ मलाई रमाईलो

यो नेपाली शिर उचाली

जहां छन बुद्धका आँखा

बुद्धको शान्ति सन्देशले

हेर हाम्रो देश कती राम्रो

किसानका छोरा र छोरी

जाग लम्क है नौजवान हो

यो श्रीजनाको पाईला उचाली

कान थापेर सुनी देउ बहिनी

धरतिको छाती ज्योतिले पोती

हिमालको काखमा छ सानो गाँउ

बनेको छ पहराले यो छाती मेरो

म मरेपनी मलाई नेपालको माया छ

नेपाली हावामा जन्मेका नेपाली हामि

बिहान उठ्ने बित्तिकै हिमा देख्न पाईयोस

गाउछ गीत नेपाली ज्योतिको पंखा उचाली

फर्कि आउ शान्ती तिमी लाली गुरास भन्छन

Tuesday, January 13, 2009

आज देखि फेरि सुरु भयो मेरो जापानको जागिर ।

काममा ब्यस्त मित्रहरुको झलक
मेरो कंम्पनिको साईनबोर्ड(कान्बान)

एस.के आफ्नो डेस्कबाट एक्सन लिदै

हाम्रो भाडाको अफिस


सरद डायरी । मंगलबार, पुस २९, २०६५

करिब एक बर्ष पछि मेरो जापान कै अफीसमा फर्किएर आज देखी काम शुरु गर्दैछु । कंम्पनिले नै दुई बर्षको लागि अमेरिका पठाएको भएपनि एक बर्षमै फिर्ता बोलायो ।
जेहोस अमेरिका र जापानको बिबिधता, कंम्पनिको फरक ब्यबस्थापन,कामदारिको कार्यदक्षता,काम गराई र सोचाई लगायत बिबिधकुराहरु प्रतक्ष अनुभव गर्न पाउदा मलाई बिशेष खालको अनुभुति भएको छ । साथै मेरो लागि यो धेरै ठुलो उपलब्धि भएको कुरा मैले सोचेको छु ।
हाम्रो अफिस बिल्डिन्ग पनि भत्काएर नया बिल्डिन्ग बनाउने तर्जुमा भएको रहेछ । सोहि अनुरुप नया ठाउमा अफिस बिल्डिन्ग (कारि जिमुस्यो) भाडामा लिएका रहेछन यहि बर्षदेखी । त्यहि नै मेरो नया टेबल,कुर्चि ,टेलीफोन,प्रिन्टर,कम्युटर सेठ गरि राखिएको रहेछ । आज देखि यहि भाडाको नया बिल्डिन्गको नया टेबलमा बसेर काम गर्दै छु । तर २०१० सालको फेब्रवरि महिनामा भने हाम्रै कंम्पनीको आफ्नै नया बिल्डिन्ग तयार हुदै छ हेरौ कस्तो नया बिल्डिन्ग बन्ने हो ।

Friday, January 9, 2009

मेरो जापान फिर्ता पछी पहिलो पटक मेरो कंम्पनी भ्रमण

सरद डायरी । बिहिबार, पुस २४, २०६५

अमेरिकाबाट जापान फर्किएपछी पहिलो पटक मेरो आफ्नो कंम्पनीमा म आज जादै छू । बास्तवमा मेरो काम भने अर्को हप्ताको मंगलबार देखी शुरु हुदैछ ।

Friday, January 2, 2009

सन २००९ शुभारम्भ भएको उपलक्ष्यमा हार्दिक शुभकामना ।।।


A HAPPY NEW YEAR 2009!!!

謹賀新年

新年明けましておめでとうございます。
今年もどうぞよろしくお願い致します。

平成21年元旦

नया बर्ष सन २००९ शुभारम्भ भएको उपलक्ष्यमा स्वदेश तथा बिदेशमा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा सुख,समृद्दि,सु-स्वास्थ्य, एवं उत्तरोत्तरो प्रगतिको कामना गर्दछौं ।

एस.के.गौचन परिवार
नेरिमा,टोक्यो

Thursday, January 1, 2009

नया बर्षमा मेईजिज्युन्गु मन्दिरको दर्शन ।

हाराज्युकुको भिडमा तस्बिर खिचाउदै
डेपार्ट अगाडिको एक झलक

म्याकमा चियापान गरेपछि बाहिर फोटो खिचाउदै


मेईजिज्युन्गुमा दर्शन गर्न जानु अगाढि

सरद डायरी । बुधबार, पौंष १६, २०६५

भोली बिहानिको आगमण संगै नया बर्ष २००९ को सुभारम्भ हुने भएकोले हामिहरु प्रत्येक बर्ष झै आज पनि लागियो टोक्योको प्रसिद्ध मन्दिर हाराज्युकुको मेईजिज्युन्गुमाए नामक मन्दिरमा । यो मन्दिरमा बिशेष गरेर नया बर्षको आगमण संगै एक दिन पहिलाको बेलुकाबाटै दर्शन गर्नको लागि मान्छेहरुको भिड लाग्ने गर्छ । लाखौंको संख्यामा भिड लाग्ने यो मन्दिरमा नया बर्षको पहिलो दिनमै घरपरिवारको सु-स्वास्थ्य, प्रगति र आफ्नो मनोकामना पुरा होस भनेर बरदान माग्नेको साथै दर्शन गर्न जाने चलन छ ।
हामिहरु पनि हाराज्युकुमा छिटै पुगेको हुनाले एकैछिन बजार घुम्दै म्याक्डोनाल्डमा चियापान गरि मन्दिर तिर लागियो तर दर्शन गर्ने मान्छेको भिडले गर्दा लाईनको लम्बाई त बजार सम्म लागेको रहेछ । लाईन अत्यन्तै ढिलो सर्ने भएपनि त्यहा रमणिय बातावरण थियो । २००९ को काउन्ट डाउन पनि त्यहि लाईनमै बसेर गरियो । मन्दिरको दर्शन गर्ने बेलामा त बिहानको ३ बजिसकेको पो रहेछ । भिडमा जाडो भएको पत्तो नपाईएपनि बाहिर के निक्लिएका थियौं मुटु नै हल्लाउने बिहानि जाडो थियो जापानिज रक्सि,(निहोन्स्यु) ओमोचि सिरु, (नया बर्ष मा खाने जापानि परिकार) र याकिसोबाले जिउ तताएपछि लागियो डेरा तिर ।