Saturday, June 27, 2009

बिश्व पप सम्राट माईकल ज्याक्सनको निधन

सरद डायरि । शनिवार, असार १३, २०६६

बिश्वकै पप सम्राटका रुपमा चिनिने अमेरिकन नागरिक माईकल ज्याक्सनको जुन २५ तारिख,बिहिवार बेलुका लसएन्जेलसको एक हस्पिटलमा हृदयघाटका कारण निधन भएको समाचारले जापानको मेडियामा पनि निकै चर्चा पाएको छ ।
१९५८ मा जन्मिएका ज्याक्सनले १९८२ सालमा थ्रिरलर एल्बम निकाली १० करोड को संख्यामा बिश्व बजारमा बिक्रि गरि पहिलो रेकर्ड राख्न सफल भएका थिए । त्यसपछी पनि थु्प्रै थुप्रै हिट एल्बम निकालेर २०सौं शताब्दीका पप सम्राटका रुपमा चर्चित बिश्व ईतिहासमा नाम छपाउन सफल ब्यत्तित्व भएपनि बिभिन्न बिवादमा मुछिएका कारण लामो समय देखी सांगीतिक क्षेत्रबाट टाढा रहेका थिए । सिएनएन बाट प्रसारित उनको निधनको बारेमा ब्रेकिङ्ग न्युज (भिडियो) क्लिक गरेर बिस्तृत रुपमा हेर्नसक्नुहुनेछ ।

Thursday, June 25, 2009

टोक्योको हिबिया पार्कमा नेपालीहरुको धँमाका ।


सरद डायरि । बुधबार, अषाढ १०, २०६६
प्रत्येक बर्ष भब्य रुपले मनाईने नेपाली फेस्टिवल, यस बर्ष पनी हिबिया पार्कमा २ दिन धुमधामकासाथ मनाउने कुरा सार्बजनिक भएको छ । अगष्ठ को ८,९ तारिखमा गरिने उत्त कार्यक्रममा बिशेष गरेर जापानिहरुलाई नेपालको परिचय गराउने उदेश्य रहेको आयोजक समितिको भनाई छ ।
यस बर्षमा पचास हजार भन्दा बढि जापानिहरुलाई कार्यक्रममा उपस्थिति गराउने आयोजक समितिको लक्ष्य रहेको जानाकारिमा आएको छ । बिस्तृत जानाकारिको लागि तलको युआरयलमा क्लिक् गरेर हेर्न सक्नुहुनेछ । http://www.nepalfestival.jp/

Tuesday, June 2, 2009

सुन्नुहोस, डाउनलोड गर्नुहोस्, अरुणा लामाका पुराना गितहरु

सरद डायरि । सोमबार, जेष्ठ १८, २०६६

आफ्नो जन्मभुमि छोडेर सात समुन्द्र पार हुदा मात्र बिशेष याद आउदो रहेछ आफ्नो संस्कृति, अनि तिनै उकाली ओरालि, चौतारी भन्ज्याङ्ग र साथि संगिनिहरुको ।

यहाहरुलाई पनि अबश्य नै त्यस्तो तिर्खाई लागेको होला त्यसकारण आउनुहोस आज पनि नेपाली पुराना नेपाली गितहरु सुनेर केहि मात्रामा भएपनि धिंत मारौं । अरुणा लामाका यि पुराना गितहरु ब्यत्तिगत प्रयोगको लागि सुन्न डाउनलोड गर्न सक्नुहुनेछ । त्यस बाहेकको प्रयोजनको लागि भने बिशेष निषेध छ हैं । आफुलाई मन परेको गितमा क्लिक गरेर सिधै सुन्न सक्नुहुनेछ । डाउनलोड गर्न भने दाहिने माउसमा क्लिक गरि सेव तार्गेट एज् गर्नुहोला ।

ए कान्छा
आँखाहरुले
फुललाई सोधें
यि ओठ तिम्रा
हिमाल सरि म
हेरन हेर कान्छा
सधै जस्तो फेरि
यो मायालाई भर
हाँगा हाँगा बनभरि
फुल फुल फुल्यो रे
स्वप्निल आँखा भरि
बास खोज्दै थाकीसकें
बिरहले रोएको रातमा
भेट्नु छुट्नु त के हो र
आँखामा मेरो छाईरहेको
उदास मेरो जिवन कथा
चौतारिमा बसेर रुन पाउ
म जिउछु त जिउनलाई
पोहोर साल खुशी फाट्यो
लहरे बर घुमाउने चौतारि
जोवनमा जोगिएर बस है
मनमा तिम्रो झुल्कि दिन्छु
सानो माया मेरो मायालाई
जिबनका हरेक मोडहरुमा
मलाई आँखामा बसाउनु पर्दैन
म आँखैमा राख्न कहा योग्य छु
सबैले भन्थे मायालु फुलबारिमा
नेपाली गौरव गर्छौ आफ्नो पनमा