Monday, October 19, 2009

ईफेक्ट सहितको फोटोहरु बनाउन सकिने रमाईलो प्रोग्राम

सरद डायरि । आईतबार, कार्त्तिक १, २०६६
ईन्टरनेट संसारमा के पो असंम्भव ? व्लाउज गर्दै जादा एउटा अनौंठो साईट भेट्टाए । तपाईले यो पृष्ठ खोल्न बित्तिकै ईफेक्टका बिभिन्न फोटोहरु देख्नुहुनेछ । उत्त ईफेक्टमा तपाईलाई मन परेको तपाईको फोटो अपलड गर्न बित्तिकै उत्त ईफेक्टमा तपाईको फोटो बसिसकेको हुनेछ ।

अझ बिस्तृत रुपमा तलको जानाकारि हेर्नुहोला ।

(१) एड्रेस बारमा http://www.photofunia.com/ टाईप गर्नुहोस । माथि देखीएको ईफेक्टलाई छानेर क्लिक गर्नुहोस ।

(२) फोटोको लोकेशन दिनुहोस ।


(३) एकैछिन पर्खनुहोस ।


(४) ईफेक्ट सहितको फोटो तयार भयो । तपाईले चाहेको ठाउमा सेभ् वा पठाउन सक्नुहुनेछ ।

श्रोत: क्यामज्जा