Sunday, May 16, 2010

शुभ अन्नप्राशनको निम्तो-उमंड्ग गौचन: मे १६ २०१०







शरद डायरि । आईबार, जेष्ठ २, २०६७
लामो समयको अन्तरालमा आफन्तजनको शुभ अन्नप्राशन कार्यक्रमको निमन्त्रणा पत्र प्राप्त भएको छ । थसेस जापानको एउटै टिममा बसेर काम गर्न सौभाग्य मिलेको र हस्तेमा हैसे गर्दै अति मिलनसार सहयोगी भाई उदय गौचनको पुत्र उमङ्ग गौचनको भात खुलाई कार्यक्रम १६ मे २०१० मा हुन गईरहेकोमा उहाहरुको परिवारलाई हार्दिक बधाई तथा शुभकामना दिदै नव बालक उमङ्ग गौचनको दिर्घायु,सु-स्वास्थ्य र उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना ब्यक्त गर्न चाहान्छु ।
भवदिय,
शरद कुमार गौचन
दिना गौचन
समिप गौचन
परिवार

Thursday, May 13, 2010

पेन्सिल स्केच फोटो बनाउने सजिलो उपाय ।


सरद डायरि । विहिबार, बैशाख ३०, २०६७
तपाईले कहिले आफ्नो फोटोको पेन्सिल स्केच बनाउनु भएको छ? यदि तपाई आर्ट गर्नुहुन्छ भने त अवश्य पनि बनाउनु भएको होला नै तर तपाईलाई आर्ट गर्न आउँदैन भने, पिर नलिनुहोस् अब यो पनि संम्भव छ । यसको लागि तपाईले कुनै आर्ट कलास लिनु जरुरि छैन । मात्र एउटा सफ्टवयर आफ्नो क्म्युटरमा ईन्सटल गर्नु पर्ने छ ।

यो फ्रि सफ्टवयरको मद्धतले आफ्नो फोटोको आफै सजिलै पेन्सिल स्केच बनाउनु सक्नु हुनेछ । यो एक आफैमा रमाईलो अनुभव हुनेछ कि तपाईले यो सफ्टवयर ईन्सटल गरि सकेपछि त्यहा ओपन ट्याव मा क्लिक गरेर आफ्नो फोटोको लोकेशन दिनुहोस् र कभर्ट ट्याव मा क्लिक गर्नुहोस बस काम सकियो । तपाईको आफ्नो फोटोको स्केच तयार हुनेछ । त्यहा अरु पनि केहि अप्सन हरु छन त्यस्को प्रयोग गरेर तपाईले आफ्नो स्केच अझ राम्रो बनाउन सक्नु हुनेछ । लौ त बनाउने हैन त आफ्नो फोटोको स्केच ???

उक्त सफ्टवयर डाउनलोड गर्नको लागि यहा क्लिक गर्नुहोस्

श्रोत : क्यामज्जा

Monday, May 10, 2010

नेपाल फेस्टिवल २०१० को घोषणा ।

सरद डायरि । सोमबार, बैशाख २७, २०६७

घुम्दैफिर्दै फेरि नेपाल फेस्टिवल तपाई हामि सामु आएको छ । सायद जापानमा यो नै नेपालकै प्रतिनिधित्व गर्ने सबभन्दा ठुलो पर्व र सम्पुर्ण नेपालीलाई समेट्नुका साथै जापानीलाई नेपाल चिनाउने महत्वपुर्ण मेला हो यो ।

हिबिया पार्कमा आयोजना गरिने यो बर्षको फेस्टिवलमा म सधै झैं यो वर्ष पनि आयोजक समितिको सदस्यमा सम्लग्न छु र साथै उपस्थिति जनाई मैले जिम्मा लिएको कार्यभार पनि संम्पन्न गर्ने योजना समेत बनाएको छु ।

आयोजना गरिने मिति, समय , स्थान र एक्सेस गर्ने तरिका
★स्थान :- हिबिया पार्क डाईफुन्सुईहिरोवा, ओन्गांकुकान्
★मिति :- ३१ जुलाई २०१० (शनिबार), १ अगष्ट २०१० (आईतबार)
★समय :- बिहान १०:०० देखी १९:३० (पहिलो दिन)
       बिहान १०:०० देखी १८:०० (दोस्रो दिन)
★प्रवेष शुल्क :- निशुल्क(फ्रि)
★एक्सेस :- टोक्यो मेतोरो हिबिया स्टेशन र कासुमिगासेकि स्टेशनबाट हिडेर २ मिनेट
तोएमिता हिबिया स्टेशनबाट हिडेर ३ मिनेट
जेआर युराकुच्यो स्टेशनबाट हिडेर ७ मिनेट
जेआर सिन्बासि स्टेशनबाट हिडेर १० मिनेट

बिस्तृत जानाकारिको लागि तलको लिन्कमा क्लिक गरेर हेर्नुहोला ।
http://www.nepalfestival.jp/index.html

Monday, May 3, 2010

शुभ-विवाहको निम्तो पत्र (खगेन्द्र पुन) : ३ मे २००९



शरद डायरि । सोमबार, बैशाख २०, २०६७
जापानको प्रत्येक बर्षको मे महिनाको पहिलो हप्तामा गोल्डेन वुईक पर्दछ । जुन परावुर्वकालदेखी नै अत्यन्तै ब्यस्त देश जापानमा पनि लामो छुट्टिको प्रचलन छ । यहि अवसरमा मेरो एक जना मित्र खगेन्द्र पुन जीको पनि दाम्पत्य जिवनको शुरुआत सहित शुभ साईतको दिन परेको रहेछ ।
मे ३ तारिख २००९ को साईत पारि सम्पन्न हुन गईरहेको उत्त शुभ विवाह पार्टिको निमन्त्रणा पत्र प्राप्त भएकोले पुर्व शुभकामना सहित हार्दिक बधाई ज्ञापन सहित दाम्पत्य जिबनको कामना गर्दछु ।
उत्त पार्टिमा उपस्थित जनाउने समेत मनसाय बनाएको छु ।
भवदिय,
शरद कुमार गौचन

Sunday, May 2, 2010

थकालीहरुले जापानमा तोरन्ल्ह मनाए ।

सरद डायरि । आईतबार, बैशाख १९, २०६७
थसेस जापानले टोक्योको हामामाच्यो स्थित मन्दिर रेष्टुरेन्टमा आफ्नो चार देवता एवं नरिझ्यवको पुजाआजा गरि भब्यरुपमा तोरन्ल्ह पर्व मनाएको छ । थकालीहरुको महान चाड तोरन्ल्ह ढिलै भएपनि सम्पन्न भएकोमा उपस्थित थकालीहरुमा प्रसन्नता छाएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा जापानका लागि नेपाली राजदुत डा.गणेश योञ्जन तांमाङ्गका साथै अतिथिद्धयमा एनआरएन जापानका अध्यक्ष भवन भट्टले थकालीहरुको महान चाडमा थकालीहरुलाई शुभकामना ब्यक्त गर्नुभएको थियो ।
थसेस जापानको अध्यक्ष शरद कुमार गौचनको सभापतित्वमा भएको उत्त कार्यक्रममा स्वागत भाषण सह-कोषाध्यक्ष दिपक गौचनले गर्नु भएको थियो भने अन्य बक्ताहरुमा थसेसका संरक्षक डा.योगेन तुलाचन, जनजातिका अध्यक्ष ध्रुब भट्टचन लगायत अन्य संघसंस्थाको प्रतिनिधिहरुले पनि मन्त्यब्य राख्नु भएको थियो ।
१९ औं शुभकामना सांझमा कलाकारिता प्रदशन गरि सहयोग गर्नुहुने महानुभावहरु सन्तोषि गौचन,दिपक गौचन,रेणु तुलाचन र सबिता शेरचन तथा थसेस जापानलाई योगदान गर्ने ब्यक्तित्व थसेसका संरक्षक डा. योगेन तुलाचन, जनजाति महासंघका अध्यक्ष एवं थसेसका पुर्व अध्यक्ष ध्रुब भट्टचन, थसेसका सल्लाहाकार शरद शेरचन र सदस्य लेनिन भट्टचनहरु लाई क्रमश प्रशंसा पत्र,सम्मान पत्र र खादा ओढाई प्रमुख अतिथिले बढाई ज्ञापन गर्नु भएको थियो ।
कार्यक्रममा थसेस जापानका नयाँ पदाधिकारिहरुलाई अध्यक्ष शरद कुमार गौचनले गोपनियताको सपथ ग्रहण गराउनुका साथै प्रमुख अतिथि राजदुत डा.तामाङ्गले एक एक जनालाई खादा ओढाई बढाई ज्ञापन गर्नु भएको थियो । कार्यक्रमका सभापति एवं थसेस जापानका अध्यक्ष शरद कुमार गौचनले उपस्थित सबैलाई शुभकामनाका साथै धन्यबाद दिदै कार्यक्रम समापन गर्नुभएको थियो ।
दुई चरणमा बिभाजित पहिलो चरणको औपचारिक कार्यक्रम र दोस्रो चरणको बिबिध सांस्कृतिक कार्यक्रम थसेस जापानका महा-सचिब अनिल भट्टचनले बढो कुशलताका साथ संञ्चालन गर्नु भएको थियो ।
थकाली नृत्य एवं नेपाली गीत संगीतमा भएको भब्य साँस्कृतिक कार्यक्रमका साथै आफ्नो परम्परागत परिकारहरु सेलरोटि,जिम्भु तरकारि र रात्रिभोज समेत सम्पन्न भएको थियो । अन्तमा थसेस जापानका प्रवक्ता एवं डिजेकार राजु शेरचनको म्युजिक धमाकाले नाच्नको लागि सबैजनालाई डान्स फ्लोरमा उतार्न सफल भएको थियो ।
फोटोको लागि तलको लिन्कमा क्लिक गरि हेर्न सक्नुहुनेछ ।
http://www.nepaljapan.com/galary.php?id=1272861897
फोटो : नेपालजापान डट कम