Tuesday, July 27, 2010

नेपाल महोत्सव २०१०


सरद डायरि । आईतबार, ९ साउन, २०६७
घुम्दै फिर्दै नेपाल महोत्सव २०१० टोक्योको मुटु हिबिया पार्कमा यो बर्ष पनि आयोजना हुन गईरहेको छ । नेपाल महोत्वस नेपालीहरु द्धारा आयोजित जापानमै सबभन्दा ठुलो कार्यक्रम मानिन्छ ।
अत सम्पुर्ण नेपालीहरु फुटेर होईन जुटेर बिबाद होईन बहस गरेर प्रत्येक नेपालीले नेपाललाई चिनाउने यो सुभ अबसरको उपयोग गर्नु पर्ने देखिन्छ ।
उत्त कार्यक्रमको आयोजक समितिको संयोजक ज्यु बाट थसेस जापानको नाममा मलाई निम्तो पत्र प्राप्त भयो । म स्वयम यस कार्यक्रमको आयोजक समितिको सदस्यमा रहेपनि थसेसको नाताले उत्त पत्र प्राप्त भएकोमा उहालाई धन्यबाद दिन चाहान्छु । साथै हाम्रो संस्थाका सम्पुर्ण सदस्यहरु लगायत जापानी मित्रहरु र अन्य बिदेशीहरुलाई पनि सक्दो उपस्थितिको लागि पहल गरेको छु ।

Sunday, July 25, 2010

नेपाली फिल्म हेर्ने होईन त .....





















सरद डायरि । शनिबार, ८ साउन, २०६७

नेपाली फिल्म हेरेर हाम्रै नेपाली कला,संस्कृति, संस्कारलाई संरक्षण र संबद्धन गरौं साथै कलाकार देशको गहना हुन भन्ने उपदेशलाई सार्थक बनाउन हाम्रा नेपाली कलाकारहरुलाई प्रोत्साहन र आदर गर्नको लागि लौ त नेपाली फिल्म हेर्ने होईन । युत्युवमा पनि उपलब्ध यि फिल्महरु यहा भने सबै एकै ठाउमा समेटेर राखिएको छ ।
श्रोत: क्यामज्जा

Wednesday, July 14, 2010

प्रकाशित बार्बेक्युको एड ।

सरद डायरि । बुधबार, ३० आषाढ, २०६७
हिजो आधा राति अबेर सम्म पनि प्रकाशन नभएको एड आज एकाबिहानै साइटमा हेर्दा त प्रकाशित भईसकेको रहेछ । सम्बन्धित मित्रलाई २ शब्द धन्यबादको मेल लेखि यो ब्लगमा पनि अभिलेख सहित जानाकारिको लागि अपडेट गर्दैछु ।

हेर्नुस थसेसको बार्बेक्यु कार्यक्रमको बिज्ञापनको बिस्तृत बिवरण........

लिन्कको लागि यतातिर क्लिक गर्नुहोस् ।
http://www.samudrapari.com/adv.php?article_id=200000316&cat_id=1

Tuesday, July 13, 2010

जम्ने भो फेरि जापानमा थकालीहरुको बार्बेक्यु कार्यक्रम

सरद डायरि । मंगलबार, २९ आषाढ, २०६७
आउदो अगष्ट ८ तारिख आईतवारमा हुन गईरहेको थकाली सेवा समिति जापानको समर बार्वेक्यु कार्यक्रम (बनभोज)को बिज्ञापन आज नेपालजापान डटकम मा प्रकाशित भएको छ ।
अस्तिको आईतबारका दिनमा गरिएको अन्तिम निर्णय पश्चात सोमबार बिहान प्रकाशन अनुरोध गरेको थिए ।
तर समुद्रपारि डटकमले ले भने अझै प्रकाशित गरेको छैन । जेहोस छिटै प्रकाशित हुने आशा लिदै हेर्नुस उत्त कार्यक्रमको बिज्ञापन बिवरणहरु.......
लिन्कको लागि यहातिर क्लिक गर्नुहोस् ।
http://www.nepaljapan.com/ads/2010/july/japan/summer-barbeque-2010/

Friday, July 9, 2010

नेपालको राष्ट्रिय गित ।।।

सरद डायरि । शुक्रबार, आषाढ २५, २०६७
स्वदेशमा हुदा त दिनरात र प्रत्येक दिन जस्तो सुन्न सकिने राष्ट्रिय गीत बिदेशमा त त्यो संम्भावना नै हुने भएन । कहिले काहि ईन्टरनेट,एफएम वा सिडि बाट सुन्दा त धेरै नौलोपन नै हुदो रहेछ र फेरि हाम्रै आफ्नै राष्ट्रिय गीत सुन्न,जान्न र बुझ्नु पर्ने कुरा त राष्ट्र प्रतिको दायित्व पनि त हुन आउछ । ल त भाका मिलाउने हैन त.... राष्ट्रिय गीतको पुरा हरफहरु......
नेपालको राष्ट्रिय गीत

सयौं थुँगा फुलका हामी एउटै माला नेपाली
सार्वभौंम भई फैलिएका मेची-महाकाली ।

प्रकृतिका कोटीकोटी संम्पदाको आँचल
वीरहरुको रगतले स्वतन्त्र र अटल ।।

ज्ञानभुमि शान्तभुमि तराई पहाड हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभुमि नेपाल ।।।

बहुल जाति भाषा धर्म संस्कृति छन् बिशाल
अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल ।।।।

लौं सुन्ने होईन त हाम्रो नेपालको राष्ट्रिय गीत (सुन्न र डाउनलोड गर्नको लागि)

Thursday, July 8, 2010

हार्दिक श्रद्धाञ्जलि : स्वर्गिय डा. प्रकाश तुलाचन

सरद डायरि । बुधबार, २३ अषाढ, २०६७
म संग सम्बन्धित रहेको थसेस जापानका सक्रिय सदस्य सादगी तुलाचनको ठुलो बुवा डा. प्रकाश तुलाचनको ८२ बर्षको उमेरमा असमायिक निधन भएको खबरले अत्यन्तै मर्माहित भएका छौं ।
दिंवगत आत्माको चिर शान्ति र सोकाकुल परिवारलाई धैर्य धारणा गर्ने शत्ति प्रदान गरुन भन्दै हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछौं ।


शरद कुमार गौचन
दिना गौचन
समिप गौचन
टोक्यो, जापान

Monday, July 5, 2010

एनआरएन जापानको चौंठो अधिवेशनको निम्तो पत्र ।


सरद डायरि । आईतबार, २० आषाढ, २०६७
एनआरएन जापानले ६ महिना ढिलै गरेर भएपनि चौंठो अधिवेशन गर्न गएको सुचना सार्बजनिक गरेको छ । तेस्रो अधिवेशनको कुरा गर्ने हो भने, जापानमै पहिलो पटक नेपालीहरुको यत्रो ठुलो संख्यामा जमघट भएको थियो । लाग्थ्यो नेपालको कुनै ठुलै जात्रा वा चुनावको केन्द्र बनेको थियो मेगुरो कुमिन काईकान । त्यसअर्थमा यो माहोलले जापानमा ठुलै चर्चा परिचर्चा साथीभाई बिच गफ गर्ने बातावरण बनाएको थियो ।

जेहोस, आज चौंठो अधिवेशनको निम्तो पत्र मलाई पनि प्राप्त भएको छ आउदो जुलाई १८ तारिखको लागि ।

हेरौं कस्तो रुप लिन्छ चौंठो अधिवेशनले र नया बागडोर सम्हाल्न तंम्सेका नया अनुहारको । यो त समयले नै बताउने छ ।

Friday, July 2, 2010

विश्वको लाईभ टिभि ।

सरद डायरि । विहिबार, आषाढ १७, २०६७
अनलाईन को सहायताले विश्व भरि कै टेलिभिजन च्यानल हेर्न सक्नुहुनेछ । करिब ८० देशको हजारौ च्यानल उत्त देश र भाषा रोजेर हेर्न सक्नुहुनेछ । अपसोच नेपाली च्यानल भने राखिएको रहनेछ । सायद छिटै आउने आशा राख्दै निराशा भने नभौं ।