Wednesday, November 24, 2010

शुभ-अन्न प्राशन कार्यक्रम : नव बालिका एबा गुरुङ्ग


नव बालिका एबा गुरुङ्गको एक झलक

सरद डायरि । सोमबार, मंसिर ६, २०६७
अस्ति एक मित्र जो, मिन बहादुर गुरुङ्ग ज्युको पहिलो सुपुत्रीको तोकोसिगिन्जा स्थित एक रेष्टुरेन्टमा शुभ-अन्न प्राशन कार्यक्रममा राखिएको रहेछ । उत्त कार्यक्रमको निमन्त्रणा पत्र मलाई पनि प्राप्त भएकोले साथीहरु सहित लागे ।
जाडो महिना पनि शुरु भई ज्याकेट नभइ बाहिर हिड्न नसक्ने हालको जाडो मौसमको अबस्थामा पनि उत्त हल भित्र भने गर्मिले बस्न नसक्नु भएको थियो । ३ तलामा २ वटा एअर कुलर ले पनि काम नगरेकोले ३,४ वटा फ्यान समेत घुमाएता पनि तापक्रम भने घट्नुको सट्टा बढदो थियो ।
बिशेष गरेर ३ तलामा नव बालिकालाई आर्शीरर्बाद दिने ठाउ, पाहुनाको लागि सत्कार गर्ने , खान खुवाउन र मनोरञ्जनको लागि छुट्याईएको भएपनि, नेपालीहरुको अनिश्चित उपस्थिति समय, संख्या ले गर्दा पनि आयोजकलाई कठिन भएको सहजै बुझ्न सकिन्थ्यो ।
जेहोस, नव बालिका एबा गुरुङ्ग , अभिभावक मित्र मिन ज्यु र निरा ज्यु लाई बधाई दिदै बिदाबाजी भई बेलुकाको ९ बजे तिर लागे आफ्नो बासस्थान तिर ।

प्राप्त निमन्त्रणा पत्र

Monday, November 22, 2010

२० औं शुभकामना सांझको तयारि बैठक - १


सरद डायरि । आईतबार, मंसिर ५, २०६७
हिजो आईतबार नोभेम्वर २१ का दिन थसेस जापानको २० औं शुभकामना सांझ सम्पन्न गर्नको लागि राखिएको पहिलो बैठक भएपनि साथीहरुको उपस्थीति भने कमै रह्यो । थोरै संख्यामा उपस्थिति भएपनि बैठकको छलफल भने गरमागरम नै भयो ।
केहि अग्रज ब्यत्तित्व भनाउदाहरुको (आफैले भन्ने) एकल ढिंपि, सबै कुरो आफ्नै ठिक, आफु जस्तो जानेको बुझेको र जे पनि आफुले बाहेक कसैले गर्न सक्दैन भन्ने घमण्ड र एकल अहमताको कारण चुप्प बस्नै सकिन । समितिबाट सबै निर्णय भई सकेको कुरालाई २ घन्टा ढिलो उपस्थिति जनाई गर्दै नगर भन्नु कहा सम्मको एकाधिकार जमाउन खोजेको हो ? बिना तथ्य फन्टुसखालको बिगतको उदाहरण दिदै मैले एक्लै यो गरे त्यो गरे र म जस्तो जापानमा कोहि पनि ब्यस्थ छैन हप्तामा दिनमा ४,५ वटा निम्तो आउछ भनेर वाईकाड् गफ छोड्दै (जो एउटा कार्यक्रममा पनि देखिदैन) मुखैमा झुन्डेको त्यो शब्द कति हो कति सुन्दा सुन्दै वाक्क दिक्क भएपनि फेरि त्यहि कुरो दोहोर्याको सुन्दा झन कन्चडको रौं पनि नतात्ने कुरै भएन ।
अझै भएन भनेर एउटा ईमेल समेत चेक गर्न नजान्नेले, कसैगरि लाजैले मेल लेख्न परेपनि अरुलाई लेख्न लगाई आफैले लेखेजस्तै गरि गफ हाक्दै हावाको भरमा ईमेल आयो आएन र मेल ठेगाना संम्लग्न भएको नभएको हाँस्यास्पद गफ लगाउदै ईमेलको कारणले यो भएन त्यो भएन ईमेल भन्दा कति गुना सिधै टेलीफोन सम्पर्क सजिलो भरपर्दो भनेर गफ छाटेको देख्दा त लाज नभएको नकचरो जस्तो लाग्यो ।
समितिको भलो चाहदै, निश्चित उदेश्य हासिल गर्नको लागि कटिबद्ध रहि एकताबद्ध भएर पारदर्शि रुपमा कार्यक्रम अघि बढिरहेको सम्पुर्ण कार्य समितिका सदस्यहरुलाई समेत नकारात्मक सन्देश दिने यस्ता नरपिचास कसिंगरलाई तत्कालै तह लगाउनु पर्ने देखिन्छ । जसको लागि प्रत्येक गलत कार्य र बकम्फुंसे गफलाई भन्डाफोर गर्दै सभ्य,स्वच्छ,सत्य,तथ्य र यथार्थताको प्रशंसा गर्न र गराउन सबैजना गोलबद्ध हुन आवश्यक छ ।
हाम्रै घरपरिवार भित्र, हामि बिचको तिठा मिठा गहकिला बहस भएकोले निश्चित रुपमा ठोस कार्य गर्न गराउन पहल हुने महशुस गर्दै बिशेष सहयोग पुर्याउने पनि मेरो ठम्याई छ ।
जेहोस, अन्तमा २० औं शुभकामना सांझ आयोजना गरिने कुरा निर्णय गर्दै मलाई कलाकारहरु संगको सम्पर्कको लागि जिम्मा दिईएको छ । साथै अर्को बैठक २०११ सालको जनवरि १६ मा बस्ने गरि समापन गरियो ।
खुशीको गाठिं कुरो त, बैठकस्थलमा हाम्रा आफन्तजन जापानिज महिलाद्धारा बनाईएका नेपाली परिकार भने अति नै मिठो, प्रसशनिय र थकाल्निहरुलाई जित्ने उत्कृष्ट टेष्ट थियो ।
अचम्म को कुरा त, थकालीहरुको आफ्नै परम्परागत परिकार, फ्राई गरिएको छुर्पि र तप्रा (फापरको पिठो र सुकुटि मिसाएको परिकार) जापान मै त्यो पनि जापानिज नागरिकको हातबाट बनेको खान पाउनु भनेको सानो कुरो थिएन । हामिलाई गरिएको सत्कार र केहि पाठ समेत सिकाएको सहजै अनुमान गर्न सकिन्थ्यो ।
सबै साथीहरु सहित मैले पनि जिव्रो पट्काउदै तछाडमछाड् गर्दै खाईवरि फेरि अर्को भात खुलाई निम्तोस्थल तिर लाग्यौं ।

सिएनएन हिरो भईन, अनुराधा कोईराला ।

सरद डायरि । शनिबार, मंसिर ४, २०६७
नेपालको पत्रपत्रिका र टिभि च्यानल लगायत अनलाईन मेडियाहरुमा सधै वाक्क लाग्ने खबर पढदा सुन्दा दिक्क भएको हामिहरुलाई आज भने अत्यन्तै खुशी र गर्वको समाचार छापिएको रहेछ ।
हाम्रै दिदि अनुराधा कोईराला माईति नेपालका संस्थापक जो २ दशक अघि देखी चेलीबेटि बेचबिखन बिरुद्ध संघर्षरत र सामाजिक सेवामा समर्पित ब्यक्तित्वले चिनिने एक महिला यस बर्षकै सर्वोकृष्ट सीएनएन हिरो घोषित भएकि रहिछिन ।
विश्वभरि कै १०० भन्दा बढि देशका श्रोता वर्गले १० हजार भन्दा बढि संख्यामा समाजलाई योगदान दिने ब्यक्तित्वबाट १० जना छनोट गरि उत्त १० जनाको २ महिना सम्म अनलाईन भोट गराई सिएनएन हिरो बिजयी घोषणा गरिन्छ । १० ब्यत्ति भित्र पर्नेलाई २५ हजार र विजयी हुनेलाई १ लाख डलर गरि जम्मा १ लाख २५ हजार डलर माईति नेपाललाई प्रदान गरिने छ ।

बास्तवमा अनुराधा दिदि संग मेरो जापानमा १९९० तिर जापानमा एउटा एनजिओको कार्यक्रम पाल्नुहुदा मेरो चिनजान र भेटघाट भएको थियो । उत्त एक अबिस्मरणीय कार्यक्रम जो नेपालमा भए गरेका गाउका दिदि बहिनिहरुलाई लोभ, लालच र छक्याएर ईन्डिया तिर बेच्न लगिएको साथै इन्डियाको कोठाघारा बाट छुटाएर ल्याईएको कहालि लाग्दो परिस्थितिको छायाकंन जापानी टिभि प्रसारण गर्ने तर्जुमा भएको रहेछ । संयोगवस उत्त छायाकंनलाई जापानी टिभिमा प्रसारण गर्नको लागि नेपाली बाट जापानी भाषामा अनुवाद गर्ने मेरो जिम्मामा आएकोले केहि दिन उहा र त्यो कार्यक्रमलाई नजिकबाट नियाल्ने मौका मिल्यो ।
जेहोस, अनुराधा कोईराला दिदिले संसारमै नेपालको नाम चिनाउन सफल हुनु भएकोमा हामि सम्पुर्ण नेपालीको सिर उँच्च भएको छ यस्तो खुशीयालिको अबसर प्रदान गर्नु भएकोमा उहालाई हार्दिक बढाई छ ।

हाम्रा नेता भनाउदा ६०१ जनालाई पनि वाईकाड् बकंम्फुसे गफ लगाउन छोडि, चेतना भयास ।।।

Monday, November 8, 2010

नेवा: अन्तराष्ट्रिय फोरम जापानद्धारा म्ह पुजा सम्पन्न ।

जापानका राजदुत डा.गणेश योञ्जन तामाङ्ग, पुर्व नेपालका राजदुत कोजिमा र एस के
म्ह पुजाको बिधि संगै एस. के





सरद डायरि । आईतबार, कात्तिक २१, २०६७

आज म यो दोस्रो कार्यक्रममा सहभागिता जनाउदै छु । नेवा: जागरण मंञ्च जापान द्धारा आयोजित नेपाल संम्वत ११३१ को शुभकामना आदान प्रदान कार्यक्रम दिउसोको साढे २ बजे तिर सकि यो बेलुकाको नेवा: अन्तराष्ट्रिय फोरम जापान द्धारा आयोजित कार्यक्रममा सहभागि भए ।
एकै समुह नेवार जाति, एउटै उदेश्य र उनै मान्छेहरु किन दुई ठाउमा छुट्टाछुट्टै गरेका होलान ।
मात्र फरक थियो फोरम ले म्ह पुजा र सांस्कृतिक कार्यक्रम (पंञ्च लामा ग्रुप द्धारा) गरेको थियो ।
हामि सहभागि हुनेहरुलाई कष्ट। एक समुहको प्रतिनिधित्व गरेको नाताले पनि नगई नहुने जादा पनि आफ्नो सम्पुर्ण समय बर्बाद । सम्बन्धित मित्रहरुलाई बिचार राख्दा आ-आफ्नै तर्क दिनमा ब्यस्त ।
जेहोस,
कार्यक्रमको प्रमुख आकर्षण म्ह पुजामा म पनि सहभागि हुन पाउदा ज्यादै खुशी लाग्यो ।
निश्चित ब्यत्तिलाई बिभिन्न बिधिद्धारा म्ह पुजा (आत्माको पुजा) गरिदो रहेछ । ति निश्चित ब्यत्तिमा म पनि छानिएर नया, नौलो र अनौठो अनुभव गर्न पाए । यसको लागि आयोजक समितिलाई धन्यबाद दिन चाहान्छु ।

Sunday, November 7, 2010

नेवा: जागरण मंच द्धारा आयोजित नेपाल संम्वत ११३१

सरद डायरि । शनिबार, कात्तिक २०, २०६७

आज फेरि अर्का सहकर्मी मित्र जातिय संस्था नेवा: जागरण मंच द्धारा नेपाली संम्वत ११३१ को उपलक्ष्यमा शुभकामना आदान प्रदान र बिशेष गरेर नेवारजातिहरुको नया बर्ष भनेर चिनिने यस नेपाली संम्वत संगै मनाउनको लागि निमन्त्रणा पत्र प्राप्त भयो ।

जापानमा केहि बर्ष अगाडि गठित यस संस्था अति नै क्रियाशिल र नेपालको लागि पनि धेरै सहयोग गर्दै आएको छ साथै छोटो समय मै अन्तराष्ट्रिय क्षेत्रमा ठुलो संञ्जाल फैलाउन सफलता प्राप्त गरेको नामले पनि यस मंच लाई चिनिन्छ ।


प्राप्त निमन्त्रणा पत्र र यस मंचको प्रकाशित समाचार जस्ताको तस्तै ......
http://www.samudrapari.com/detail.php?article_id=9273&cat_id=2

म्याग्देलि संञ्जाल द्धारा आयोजित देउसी भैलो कार्यक्रम

दक्षीणाको रासी
आर्थिक रकमको लेखा राख्दै सचिव केम मल्ल, रकम संकलन गर्दै सह-सचिव जयन्ति श्रेष्ठ

शरद डायरि । शुक्रवार, कात्तिक १९, २०६७
३ महिना अघि पुन गठित म्याग्देली संञ्जालद्धारा आयोजित शुभ-दिपावलि २०६७ को उपलक्ष्यमा देउसी भैलो कार्यक्रम भब्यताकासाथ संम्पन्न भएको छ ।

संख्यात्मक हिसाबले थोरै उपस्थिति भएतापनि अधिकतम आर्थिक संकलन र कार्यक्रम अति नै स्थरियता कारण पनि गुणात्मक कार्यक्रम भएको मेरो ठहर छ ।
स्मरण रहोस, यस संञ्जालले म्याग्देली चेलिबेटिहरुलाई महिलाको महान पर्व यस बर्षको तिजको उपलक्ष्यमा दर खुवाउने कार्यक्रम धुमधामका साथ सम्पन्न गरिसकेको छ ।
जेहोस, देउसी भैलो कार्यक्रमको निमन्त्रणा पत्र देखि सम्पन्न भएका झलक र समाचारहरु जस्ताको तस्तै तलतिर....

Friday, November 5, 2010

शुभ दिपावलि २०६७ को हार्दिक शुभकामना ।

शरद डायरि । बिहिवार, कात्तिक १८, २०६७
नेपालीहरुको दोस्रो ठुलो महानचाड तिहार अथवा भाईटिकाको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पुर्ण नेपालीहरुको सु-स्वास्थ दिर्घायु र उत्तरो-त्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यत्त गर्दछु । साथै आम नेपालीहरुहरुको अनुहारमा मुस्कान आंओस, स्वदेशमा छिटै शान्ति छांओस यहि नै मेरो शुभकामना ।

यसै शुभचाडको आगमन संगै समुन्द्रपारि डटकममा हाम्रो संस्थाको (म सम्लग्न संस्था) शुभकामना छापिएको रहेछ । हेर्नुस उत्त शुभकामना सन्देश, जस्ताको तस्तै .......

लिन्कको लागि यतातिर
http://www.samudrapri.com/adv.php?article_id=200000441&cat_id=1