Sunday, March 7, 2010

आफ्नै कुरा ३

सरद डायरि । आईतबार, फाल्गुण २३, २०६६
अर्का सहयात्रि संस्था तामाङ समाजबाट पनि शुभकामना सहित बढाई ज्ञापन पत्र प्राप्त भयो ।
उहाहरुलाई पनि हृदय देखी नै हार्दिक धन्यबाद ज्ञापन दिन चाहान्छु ।


Tuesday, March 2, 2010

आफ्नै कुरा २

सरद डायरि । मंगलबार, फाल्गुण १८, २०६६
हाम्रा सहयात्रि मित्र शेर्पा संघ जापानले संस्थाको तर्फबाट औपचारिक शुभकामना तथा बढाई ज्ञापन पत्र सहित मेडियामा समेत प्रेस बिज्ञप्ति प्रकाशीत गर्नुभएकोमा हृदय देखी नै मुरिमुरि धन्यबाद दिन चाहान्छु ।


Monday, March 1, 2010

आफ्नै कुरा १

सरद डायरि । आईतबार, फागुण १६, २०६६
मेरो लामो जापान बसाईको क्रममा आज पहिलो पटक गहन जिम्मेवारि सम्हाल्ने जमर्को गरेको छु ।
जापानमा आफ्नै अस्तित्व,पहिचान, ईतिहास बोकेको र साथमा हामि थकालीहरुको दुखसुख, हांसो रोदन लगायत बिबिध बिषयमा मनथन गर्ने चौताराको रुपमा महत्वपुर्ण भुमिका निर्वाह गरेको थकालि सेवा समितिको प्रतिनिधित्व गर्दैछु । क्लिक गर्नुस आज सम्पन्न कार्यक्रमको बिषयमा तलको लिन्कमा प्रकाशित बिभिन्न मेडियाद्धारा प्रसारित समाचारहरु ।

(१) थसेस जापान
(२) थसेस कोरिया
(३) नेपालजापान डटकम
(४) समुद्रपारि डटकम
(५) वुईलभनेपाल डटकम
(६) डिसिनेपाल डटकम
(७) एचकेनेपाल डटकम
(८) फ्रिनेपाल डटकम
(९) नेपालब्रिटेन डटकम
(१०) नेपालमलाय खवर डटकम
(११) नेपाल होराईजन्स डटकम
(१२) अमेरिका दर्पन डटकम
(१३) नेपालकोरिया न्युज डटकम
(१४) एसकेनेपाल ओआरजि
(१५) नेपालईजिरायल डटनेट

समाचारको सारसंक्षेप्त बिवरण जस्ताको तस्तै :

१ मार्च, २०१० । थकालीहरुको महान चांड तोरन्ल्ह तथा फागु पुर्णिमाको शुभसाईत पारेर आईतवार टोक्योको ताकादानोवावास्थित माया रेष्टुरेन्टमा थकाली सेवा समिति जापानको १९ औं साधारण प्रतिनिधीसभा भव्यताका साथ सम्पन्न भयो ।
उत्त प्रतिनिधी सभाद्धारा थसेस जापानको नयां कार्यसमितिको लागि शरद कुमार गौचनको अध्यक्षतामा २९ सदस्यिय कार्यकारिणी समिति गठन गरिएको छ । निर्वाचन समितिका संयोजक शरद शेरचनले घोषणा गर्नुभएको अन्य सदस्यहरुमा उपाध्यक्षहरुमा बुद्धी शेरचन, गोपाल भट्टचन, शशि गौचन्, महा-सचिवमा अनिल भट्टचन, सचिवमा गोविन्द तुलाचन र हेमन्त शेरचन, कोषाध्यक्षमा बुद्धी गौचन, सह-कोषाध्यक्षहरुमा लोकेश गौचन, दिपक गौचन र प्रवत्तामा राजु शेरचनलाई सर्वसम्मतिबाट निर्वाचित गरेको छ ।
त्यसैगरि सदस्यहरुमा क्रमश: सादगी तुलाचन, सन्तोषी गौचन, सुजा गौचन, रचना शेरचन, सञ्जिव गौचन, अशोक शेरचन, दिलिप गौचन, सुरज शेरचन, श्याम गौचन, हिक्मत गौचन, दिनेश शेरचन, उदय गौचन, बिवेक भट्टचन, बसन्त गौचन, लेनिन भट्टचन, राजेश गौचन, बिमल तुलाचन, राजु गौचन र सल्लाहाकारहरुमा क्रमश: ध्रब भट्टचन, शरद शेरचन महेश शेरचनलाई चयन गरिएको छ भने समितिको संरक्षकमा डा.योगेन तुलाचन नै यथावत रहनुभएको छ ।
स्मरण रहोस, यस नयां कार्यमितिले आउदो मार्च महिनाको २१ तारिखमा हुन गईरहेको १९ औं शुभकामना सांझको दिनदेखी बिधिवतरुपले आफ्नो सम्पुर्ण कार्यभार सम्हाल्ने भएको च । बाकि कार्यसमितिको पदपुर्ति र समाजलाई क्रियाशीलका साथ नया ढंगबाट अघि बढाउनको लागि बिभिन्न क्षेत्रका थकाली बिज्ञहरुलाई समाबेश गरि पारदर्शीरुपमा अन्य पदको समेत चयन गरिदै पुर्णरुप दिईने बताईएको छ ।
जापानको बदलिदो परिस्थिति संगै सरल र सहजरुपले समाजलाई अघि बढाउन र केहि बल्झिएका बाधाहरु फुकाउनलाई बिधान संसोधन समितिका संयोजक र सदस्य क्रमश: शरद शेरचन र शरद कुमार गौचनद्धारा प्रस्तावित बिधान मस्यौदालाई सर्बसम्मतिबाट अनुमोदन गरि लगत्तै लागु गरिने गरि उत्त सभाद्धारा पारित गरिएको थियो ।
नवनिर्बाचित अध्यक्ष शरद कुमार गौचनले आफ्नो मन्त्यब्यको क्रममा थसेस जापानको जापानमा आफ्नो छुट्टै किसिमको अस्तित्व, पहिचान र ईतिहास बोकेको समाज भएकोले र यस गरिमामय समाजको जिम्मेवारि पद सम्हाल्ने जिम्मा दिनुभएकोमा सबै सदस्यहरुलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो ।
त्यसैगरि निबर्तमान अध्यक्ष ध्रुब भट्टचनले बितेका तिता, मिठा र समाजको जिम्मेवारि सम्हाल्दाका अबिस्मरणीय क्षणहरुको स्मरण गर्दै नयां समितिलाई बढाई ज्ञापन गर्नुभएको थियो ।
टोक्यो क्षेत्रका थकालीहरुको उल्लेखनिय उपस्थितिमा पहिलो चरणको कार्यक्रम बिधान संशोधन, नयां कार्यसमितिको घोषणा महा-सचिव अनिल भट्टचन र दोस्रो चरणको कार्यक्रम १९ औं शुभकामनाको सांझ सम्बन्धिका प्रगति बिवरण र निर्णयहरु सह-कोषाध्यक्ष दिपक गौचनले संचालन गर्नुभएको थियो । ध्रुब भट्टचनको सभापतित्वमा सम्पन्न उत्त कार्यक्रमको स्वागत भाषण राजु शेरचनले गर्नु भएको थियो ।
आयोजकको प्रयासद्धारा थकालीहरुको उत्कृष्ठ घरेलु खाना फापरको ढिंडो, लोकल कुखुराको झोल र ङ्योस्यल (पाङ्नो र टिमुरको छोप मिसाएको अचार) ले सत्कार गरिएको उत्त परिकारसंग आमन्त्रित पाहुनाहरु रमाउदै २,३ पटक थपीथपी हातैले मुछेर खाएको दृष्य पनि निकै रोचक थियो । ढिंडोको लागि फापरको पिठो उपलब्ध गराउनु भएकोमा थसेस जापानले एनआरएनका केन्द्रिय सदस्य अरुणकुमार श्रेष्ठलाई हार्दिक कृतज्ञता प्रकट गरेको छ ।