Monday, August 23, 2010

शुभ-विवाहको निम्तो पत्र : ५ सेप्टेम्वर २०१०

सरद डायरि । सोमबार, ७ भाद्र, २०६७
थसेस जापान द्धारा आयोजित समर वार्वेक्यु जुन गत अगष्ट ८ तारिख आईतबारमा सम्पन्न भएको थियो । सोहि दिनमै शुभ विवाह निमन्त्रणा कार्ड मलाई पनि प्राप्त भएको थियो । वर सन्तोष शेरचन र वधु अमृता गुरुङ्ग विच हुन गईरहेको उत्त शुभ कार्य आउदो सेप्टेम्बर ५ तारिख आईतबारका दिन मन्दिर रेष्टुरेन्ट हामामाचुच्यो टोक्योमा हुन गईरहेको जनाईएको छ । मित्रहरुको दाम्पत्य जिवनको कामना सहित अग्रिम हार्दिक बढाई दिन चाहान्छु ।

साथै थसेसको साईटमा सम्पुर्ण थकाली बिच भएका शुभ कार्य वा दुखद घडिमा थसेसको तर्फबाट बढाई तथा समवेदना प्रकट गर्ने गर्दछ । सोहि अनुरुप सन्तोष शेरचन ज्यु र अमृता गुरुङ्ग ज्यु विच भएको शुभ विवाहको बढाई ज्ञापन थसेसको तर्फबाट ६ अगष्टमा २०१० मा आफ्नै साईटमा प्रकाशित भएको थियो ।
उत्त अंशको विवरण तलतिर जस्ताको तस्तै......
हाम्रा परम मित्र तथा थसेस जापानका साधारण सदस्य कास्कि विरेठाटि हाल जापान निवासी सन्तोष शेरचन र जापानका स्थायी निवासी अमृता गुरुङ्ग यहि सेप्टेम्वर ६ तारिख आईतवार वैवाहिक जीवनमा प्रवेश गर्नुभएको छ । उहाहरुको शुभ विवाहको कार्यक्रम मन्दिर रेष्टुरेन्ट हामामाचुच्यो टोक्योमा सम्पन्न भएको थियो । शुभ विवाहको सुखद उपलक्ष्यमा थसेस जापानका अध्यक्ष शरद कुमार गौचनले एक बिज्ञप्ति जारि गरि वैवाहिक जीवनमा बाढिनु भएका नव दंम्पतीलाई हार्दिक बधाई तथा मंगलमय शुभकामना सहित उहाहरुको सफल दाम्पत्य जीवन र दिर्घायुको कामना ब्यक्त गर्नुभएको छ ।

Monday, August 9, 2010

थकाली सेवा समिति जापानको बार्षिकि वार्वेक्यु (बनभोज-२०१०) कार्यक्रम सम्पन्न ।



सरद डायरि । आईतबार, २३ श्रावण, २०६७
आज थकाली सेवा समिति जापानले भब्यताकासाथ बिबिध खेलकुद सहित बार्बेक्यु (बनभोज) कार्यक्रम आम नेपाली र जापानी समुदाय बिच सम्पन्न गरेको छ । डेढ सय जना हाराहारिको उपस्थितिमा खानपिन,मनोरञ्जन र अन्य बिबिध हिसाबले ऐतिहासिक रुपमा पुर्ण सफलताका साथ कार्यक्रम संयोजन भएको थियो । पढ्नुस बिभिन्न अनलाईन मेडियाले प्रकाशन गरेको समाचारहरु जस्ताको तस्तै........

थसेस जापानको समर पिकनिक सम्पन्न (समुद्रपारि डटकम)
९ अगष्ट, १० । थकाली सेवा समिति जापानले हरेक बर्ष मनाउने गरेको समर पिकनिक यस बर्ष (बार्बेक्यू) आईतबार टोकियोमा बिशेष रमाईला कार्यक्रमहरुका साथ सम्पन्न भएको छ ।
सो अवसरमा रयाफल चिठ्ठा, परम्परागत खेल छेलो फ्याक्ने, म्युजिकल चियर लगायतका रमाईला कार्यकमहरुका साथै विविध मनोरञ्जनात्मक साँगीतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिए ।
म्युजिकल चियर प्रतियोगितामा प्रथम अनिता भट्टचन, द्धितीय नगिना गौचन, तृतीय प्रमिला डंगोल (गौचन) बिजयी हुनुभएको छ भने सान्त्वना पुरुस्कार दिना गौचन र रुपा तुलाचनले पाउनुभएको छ । यस्तै छेलो फाल्ने प्रतियोगितामा प्रथम खगेन्द्र पुन, द्धितीय हर्क गुरुङ, तृतीय राजेन्द्र गौचन हुनुभएको छ भने शैलेन्द्र थापा मगर र आचुसी भट्टचनले सान्त्वना पुरुस्कार पाउनुभएको छ । छेलो खेलका बिजयी खगेन्द्र पुनलाई नेपालबाट आउनुभएका अतिथि तथा थकाली भाषाविद श्याम शेरचनले १२ हातको फेटा गुथाई बधाई दिनुभएको थियो ।
यसैगरि कार्यक्रममा उपस्थित सहभागीहरुबाट गोलापालाको आधारमा ११ वटा भाग्यशाली चिठ्ठा खोलिएको थियो । एनआरएन जापानका अध्यक्ष रोशन केसी, नेफिन टोकियोका अध्यक्ष ध्रुव भट्टचन, तमुधीं जापानका अध्यक्ष याम गुरुङ, शेर्पा संघका अध्यक्ष ङ्वाङ शेरे शेर्पा, थसेस जापानका अध्यक्ष शरद कुमार गौचनले विजयी खेलाडिलाई पुरुस्कार बितरण गर्नुभएको थियो ।
पिकनिकमा सिनागावा मिट सेन्टरको फ्रेस र उत्कृष्ट विफका साथै चिकिन, ससेज, भेजिटेवल आदिको उपस्थित सहभागीहरुले जिब्रो पड्काएर स्वाद लिएका थिए ।अन्तमा नाचगानका साथ कार्यक्रम समाप्त भएको थियो ।
कार्यक्रममा उपाध्यक्ष गोपाल भट्टचनको संयोजन रहेको थियो भने खेल संयोजन तथा उदघोषक सह-कोषाध्यक्ष, दिपक गौचनले गर्नुभएको थियो । यसैगरि आमन्त्रित पाहुनालाई स्वागत तथा कार्यक्रमको समापन अध्यक्ष, शरद कुमार गौचनले गर्नुभएको थियो ।
साथमा थसेसद्धारा निर्मित परिचयपत्र मानार्थ सदस्य मोचुजुकि कियोहिको ज्युलाई सार्बजनिक रुपमा हस्तान्तरण गरियो भने अन्य सदस्यलाई संस्थाका अध्यक्षको हातबाट बितरण गरिएको थियो । स्मरण रहोस, थसेसले बितरण गरेको आफ्नो संस्थागत परिचय पत्रको आधारमा जापानको बिभिन्न ठाउंमा बिशेष छुट र सहुलियत पाउने ब्यबस्था गरिएको छ ।
करिब डेढ सय जना उपस्थिति रहेको सो कार्यक्रममा खानपिन, मनोरञ्जन र अन्य बिबिध हिसाबले ऐेतिहासिक रुपमा सफल भएको आयोजकहरुले दाबी गरेका छन ।

टोकियोमा थकाली सेवा समितिको समर वार्वेक्यु सम्पन्न (वुईलभ नेपाल)
टोकियो अगस्त ०८ - थकाली सेवा समिति जापानले परम्परागत रुपमा मनाउदै आईरहेका आफ्ना चाढहरु मध्येको समर बार्बेक्यु यस बर्ष पनि सधैको स्थान टोकियोको फुतागोतामागावामा म्युजिकल चियर, नेपालको परम्परागत खेल छेलो फाल्ने खेल जस्ता बिभिन्न आकर्षक कार्यक्रमका साथ भब्यताको रुपमा सम्पन्न गरेका छन ।
रमाईलो बातावरणमा सम्पन्न उत्त कार्यक्रममा एनआरएन जापानका अध्यक्ष श्री लालबहादुर केसी(रोशन), कोषाध्यक्ष श्री दिनेश गुरुङ, नेपाल आदिवासी जनजाती महासंघ जापानका अध्यक्ष श्री ध्रुव भट्टचन, शेर्पा संघ जापानका अध्यक्ष श्री ङ्वाङ शेरे शेर्पा, तुमुधीं जापानका अध्यक्ष श्री यम गुरुङ लगायत अन्य संघ संस्थाका प्रतिनिधि, संचारकर्मीहरुका साथै टोकियोबासि नेपाली तथा जापानीहरुको उल्लेख्य उपस्थिति थियो ।
कार्यक्रममा छेलो फाल्ने खेलमा प्रथम हुने श्री खगेन्द्र पुनलाई उपाचारका लागि जापान आउनु भएका थकाली समुहका जेष्ट नागरिक श्री श्याम शेरचन ज्युले थकालीहरुको परम्परा अनुसार पगरि बाँधेर सम्मान गर्नुभएको थियो । त्यसैगरि दोस्रो हुने श्री हर्क गुरुङ, म्युजिकल चियरमा प्रथम, दोस्रो र तेस्रो हुने अनिता भट्टचन, नगिना गौचन र प्रमिला डंगोल (गौचन) लाई क्रमश: थकाली सेवा समितिका अध्यक्ष शरद कुमार गौचन, नेपाल आदिबासी जानजाती महासंघ जापानका अध्यक्ष श्री ध्रुव भट्टचन, शेर्पा संघ जापानका अध्यक्ष श्री ङ्वाङ शेरे शेर्पा, तमुधीं जापानका अध्यक्ष श्री यम गुरुङले पुरुस्कार बितरण गर्नु भएको थियो । त्यसैगरि एनआरएन जापानका अध्यक्ष श्री लालबहादुर केसीले कार्यक्रममा सहभागी हुनेहरुको लागि राखिएका डिनर कुपन तथा अन्य पुरस्कार बितरण गर्नु भएको थियो ।
कार्यक्रमको अन्तमा समितिका अध्यक्ष श्री शरद कुमार गौचनले थकाली सेवा समिति जापानलाई हरेक क्षेत्रबाट सहयोग गर्नुहुने जापानी नागरिक श्री कियोहिको मोचिजुकिलाई मानार्थ सदस्य प्रदान गर्नुभएको थियो ।

थसेस जापानको समर वार्वे्क्यु कार्यक्रम सम्पन्न (नेपालजापान डटकम)
थकाली सेवा समिति जापानको टोक्यो फुतागोतामागावामा आयोजना गरेको समर वार्बेक्यु कार्यक्रम रमाईलो वातावरणका साथ सम्पन्न भएको छ । कार्यक्रममा एनआरएन जापानका अध्यक्ष रोशन केसी, नेफिन टोक्योका अध्यक्ष ध्रुव भट्टचन लगायत अन्य संघ संस्थाका प्रतिनिधिहरुका साथै टोक्योवासी नेपाली तथा जापानीहरुको उल्लेख्य उपस्थिति थियो ।
कार्यक्रममा म्युजिकल चियर प्रतियोगिताका साथै नेपालको परम्परागत खेल छेलो फाल्ने खेल पनि खेलाईएको थियो । म्युजिकल चियर प्रतियोगितामा प्रथम अनिता भट्टचन, द्धितीय नगिना गौचन, तृतीय प्रमिला डंगोल (गौचन) हुनु भएको छ । सान्त्वना पुरुस्कार दिना गौचन र रुपा तुलाचनले पाउनु भएको छ ।
यस्तै छेलो फाल्ने प्रतियोगितामा प्रथम खगेन्द्र पुन, द्धितीय हर्क गुरुङ, तृतीय राजेन्द्र गौचन हुनु भएको छ । शैलेन्द्र थापा मगर र आचुसी भट्टचनले सान्त्वना पुरुस्कार पाउनु भएको छ । यसबर्षको माल (प्रथम) खगेन्द्र पुनलाई नेपालवाट आउनु भएका अतिथि श्याम शेरचनले फेटा गुटाई बधाईदिनु भएको थियो ।
यसैगरि कार्यक्रममा उपस्थित सहभागीहरुबाट गोलापालाको आधारमा ११ वटा भाग्यशाली चिठ्ठा खोलिएको थियो । एनआरएन जापानका अध्यक्ष रोशन केसी, नेफिन टोक्योका अध्यक्ष ध्रुव भट्टचन, तमुधीं जापानका अध्यक्ष याम गुरुङ, शेर्पा संघका अध्यक्ष ङ्वाङ शेरे शेर्पा, थसेस जापानका अध्यक्ष शरद कुमार गौचनले पुरस्कार बितरण गर्नु भएको थियो । यस्तै सिनागावा मिट सेन्टरको फ्रेस र उत्कृष्ट विफका साथै चिकिन, ससेज, भिजिटेवल आदिको उपस्थित सहभागीहरुले जिव्रो पड्काएर स्वाद लिएका थिए । अन्तमा नाचगानका साथ कार्यक्रम समाप्त भएको थियो । वार्वेक्युको संयोजक उपाध्यक्ष गोपाल भट्टचन र खेल संयोजक सह-कोषाध्यक्ष दिपक गौचन हुनुहुन्थ्यो । थसेस जापानले टोक्यो र खानागावा प्रिफेक्चरको बिचमा बग्ने तामा खोलाको तिरमा हरेक बर्ष वार्वेक्यु कार्यक्रम मनाउदै आएको छ ।


फोटोको लागि यतातिर क्लिक् गर्नुहोला ।

वुईलभ नेपाल

नेपालजापान डटकम

थकाली सेवा समिति, जापान

स्लाईड् फोटो (by Sharad Sherchan)

कार्यक्रम सम्पन्न मिति : - अगष्ट ८, २०१० (आईतबार)