Monday, December 27, 2010

स्व. श्री मुक्ति प्रसाद गौचन ज्युमा हार्दिक श्रद्धाञ्जली ।

सरद डायरि । आईतबार, पौष ११, २०६७
आज फेरि अर्को दु:खद समाचार सुन्नमा आएको छ । हाम्रै मित्र भाई बसन्त गौचन ज्युको (नागोयाबासि) आफ्नै पिता स्व. श्री मुक्ति प्रसाद गौचनको २० डिसेम्वर २०१०, सोमवारका दिन उपचारको क्रममा असमायिक निधन भएको खबरले अत्यन्तै मर्माहित तुल्याएको छ । दिंवगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवार प्रति धैर्य धारणा गर्ने शक्ति श्री पशुतिनाथले प्रदान गरुन भन्दै भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं ।
भवदिय,
शरद कुमार गौचन
दिना गौचन
समिप गौचन

Friday, December 24, 2010

थसेस जापानले स्वागत, भेटघाट र काउन्टडाउन पार्टि भव्य रुपले मनाउने

सरद डायरि । बिहिवार, पौष ८, २०६७

मेरो प्रस्तावमा सबै साथीहरुको सहमतिले गर्दा यहि महिनाको अन्तमा अर्थात ३१ डिसेम्वरका दिन थसेस द्धारा पहिलो पटक नौलो किसिमको कार्यक्रम गर्न गईरहेको छ । जुन कार्यक्रमको बिभिन्न मेडियाहरुमा प्रसारित समाचार विज्ञप्तिहरुको शारांस जस्ताको तस्तै......
थसेस जापानले स्वागत, भेटघाट र काउन्टडाउन पार्टि भव्य रुपले मनाउने
थकाली सेवा समिति जापानले आफ्नो निजी भ्रमणको सिलसिलामा नेपाल देखि जापान आउनु भएका थांसाङ्ग मुक्ति मोर्चाका उपत्यका ईन्चार्ज राजेन्द्र (राजु) शेरचनका साथै नव आगन्तुक थकालीबन्धुहरुलाई ३१ डिसेम्वरका दिन एक भब्य कार्यक्रम गरि स्वागत कार्यक्रम गर्ने तय गरेको छ ।
उक्त कार्यक्रमका संयोजक तथा थकाली सेवा समिति जापानका उपाध्यक्ष शशि गौचनका अनुसार स्वागत, सम्मान र भेटघाट कार्यक्रम साथै नवबर्ष २०११ को उपलक्ष्यमा समेत शुभकामना आदानप्रदान, भेटघाट तथा काउन्टडाउन पार्टि भब्यरुपले गरिने जनाउनु भएको छ ।
थसेस जापानले नेपाल वा बिदेशमा बिशेष ओहदामा रहनुहुने थकाली ब्यक्तित्वहरुको स्वागत, सम्मान र भेटघाट कार्यक्रम बिगतमा पनि सम्पन्न गर्दै आएको र आफ्नै नवआगन्तुक सदस्यहरुलाई स्वागत गर्ने परम्पराको शुरुआत संस्कारकै रुपमा थालनी गर्दै लैजाने समितिले जनाएको छ ।
हाल जापानको अति नै विषम परिस्थितिमा नौलो योजना, बैज्ञानिक विधि, सदस्यहरुको चाहाना र रुची अनरुप नयांपनको रुपमा थसेस जापानलाई प्रस्तुत गर्दै लैजानु पर्ने आवश्यकता अपरिहार्य रहेको अध्यक्ष शरद कुमार गौचन द्धारा हस्ताक्षरित उत्त बिज्ञप्तिमा जनाईएको छ ।
अन्तमा यस कार्यक्रमलाई भब्यताका साथ सफल बनाउनको लागि यसै सुचनालाई आधारमानी सम्पुर्ण जापानबासी दाजु भाई तथा दिदी बहिनीहरुलाई निम्न लिखित मिति, स्थान र समयमा उपस्थिति जनाईदिनुहुनको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ ।


कार्यक्रमको बिवरण
मिति: डिसेम्वर ३१, २०१० (शुक्रवार)
समय: बेलुकाको १८:३० बाट
स्थान: भट्टचन तेप्पान याकि, बिवान ल्फवर, लाईन बिल्डिङ्ग ३-४५-५ मिनामि ओचुका, तोसिमा-कु टोक्यो
स्टेशन: ओचुका स्टेशन बाट २२० मिटर मात्र (यामानोटे लाईन)
सम्पर्क नंम्बर: ०३-३९८६-६०८७
संयोजक
शशि गौचन (उपाध्यक्ष)
तथा
आयोजक समिति, थसेस जापान


थप जानाकारिको लागि
शशि गौचन: ०८०-५४६४-५५८०
शरद शेरचन: ०८०-२०४१-०७७०
बुद्धि गौचन: ०९०-३५०६-३४११
दिपक गौचन: ०८०-३६०४-४५६०
अनिल भट्टचन: ०८०-६५९४-५५२८
शरद कुमार गौचन: ०९०-२३१९-००२७




वुईलभनेपाल डट्कम्
अनलाईनखवर डटकम्
http://www.onlinekhabar.com/2010/12/26/25300.html


डिसिनेपाल डट्कम्


समुन्द्रपारि डट्कम्
http://www.samudrapari.com/detail.php?article_id=9958&cat_id=2

टोक्योनेपाल डट्कम्
http://www.tokyonepal.com/2010/12/26/5907.html
http://www.tokyonepal.com/2010/12/27/6067.html


थसेसजापान डट्कम्

Friday, December 17, 2010

जापानको ३० बर्षको गंह्रुगों भारिले च्याप्दा ।

सरद डायरि । शुक्रवार, ०२ पौंष, २०६७
आज मेरो आफ्नो डायरिमा के कोरौं, कोरौं लागि रहेको बेलामा मेरो गुडींमा जापानमा बोकेको गंह्रुगों भारि को बारेमा केहि लेख्ने दिमागमा फुर्यो ।
साच्चै भन्नुपर्दा,
हाईसुक्क होला भनेर अति नै आकर्षीत भिजियल मुबिं र प्रदशनि फ्लाईट (कोठेरुम) हेर्दै जापानी नानीको लोभ्याउने बोलिको भरमा सहजै आटेको भएपनि ३० बर्षको भारि भने अधिक गंह्रुग्रों र मानसिक तनाव भने टाउकोमा परेपछि बल्ल पत्तो पाईदो रहेछ ।
जापानको गगनचुंम्वि महलको बैज्ञानिक प्रविधि र आधुनिकताले भरिपुर्ण निवासमा अयस गर्ने सपना भने बिपनैमा परिणत भएता पनि जापानी ऐन (आले) भने बालुवा पानी हाले सरह हुदो रहेछ ।
हेरौ आउदो दिनमा के होला समयले नै बताउला साथै सिकाउला पनि ।।।

फ्लवरको बिस्तृत रेखान्कन

मुलढोका बाट टोपि खसालेर खिचेको टुप्पो सम्मको झलक

मुलढोकाको झलक





सुमितोमो रियलस्टेट् ले खिचेको (तलको फोटोहरु)
फोटो: एस.के (सबभन्दा माथीको २ वटा)

Monday, December 13, 2010

स्वादिष्ट लन्चसंगै हलुका गफगाफ र भेटघाट ।

सरद डायरि । आईतबार, २६ मंसिर, २०६७
म सम्बन्धित संस्थाको साथीहरुसंग हलुका सरसल्लाह र संगै बसेर गफगाफ गरौ भन्ने हेतुले जमघट हुने तय भएको थियो आज । तर यताउति गर्दा गर्दै म आफै ढिला गरेकोले सिनागावामा पर्खिन लगाएको भाईपनि सिधै गन्त्यब्यस्थल तिर लाग्नु भएछ । मेरो हातेफोनको घन्टि बजेपछि पो पत्ता लाग्यो उहाहरु जम्मा भएर मलाई पर्खिनु भएको रहेछ स्टेशनमा ।

ढिलै भएपनि सबैसंग भेटघाट गरि खाल्टोमा भएको हाम्रै नेपालीहरुको रेष्टुरेन्टमा (कावासाकिको) बसियो लन्चको लागि । मित्रहरुको पुर्व ब्यवस्थापनले होला, हामि सिटमा बस्न के पाएका थियौ भटाभट् खाना निक्लियो । समय पनि निकै ढल्किसकेको र भोक पनि खुबै लागेको कारण सबैजना खाना मै ब्यस्थ हुदै हलुका गफगाफ पनि गरियो। कालो मासको दाल, चना सुकुटि र कुखुराको मासु परिकार ले सत्कार पाईएको उक्त खाना सायद कुनै आफन्तकहा पाउना छाक खादै गरेको भान हुन्थ्यो । अति नै स्वादिष्ट र ठेट थकालीको खाना टेस्ट भएकोले चुप्प बस्नै सकिन् । मित्रहरुलाई यस्तो मिठो खाना ? कस्ले बनाएको होला भनि चासो ब्यत्त गरेको त, हाम्रै आफ्नै सोल्टि मित्रको हातले बनाईएको पो रहेछ । धन्यबाद छ मित्र सोल्टिलाई र तर्जुमा मिलाउने सबै मित्रहरुलाई पनि .........


मित्रहरुसंग स्वादिलो लन्च लिदै

Friday, December 10, 2010

हाँसो र आँसु

सरद डायरि । बिहिवार, २३ मंसिर, २०६७
पुरूषको तुलनामा महिला पाच गुणा बढि रुन्छन भनिन्छ । त्यसैले त होला, मर्द भएर पनि रुने, पुरूषलाई अंकित गरिने उखान समेत छ । साधारणतय रुवाई पश्चात आँसु झार्नु स्वस्थ हो भनेर मनोवैज्ञानिकहरुले प्रमाणित गरिसकेका छन । यदि रोदन संगै आँसु नझार्नेहरुको आँखामा रोग भएको वा कुनै समस्या भएको बुझ्नुपर्छ भन्ने गरिन्छ । रुवाई आपतबिपत,दु:ख पिडा, तनाव र खुशीयालीको समेत हुने पाईन्छ ।
जेहोस, मेरो बिचारमा हाँस्नु, रुनु अति नै आवश्यक, समय अनुकुल रुन र हाँस्न सक्नु नै जिवित मनुष्यको प्रतिक ठान्दछु ।

Monday, December 6, 2010

मोहन (ड्रागोन) महर्जनको विजयी महोत्सव र पार्टिको निमन्त्रणा पत्र



सरद डायरि । सोमवार, २० मंसिर, २०६७
गत नोभेम्वर २७, २०१० का दिन कोराकोएन हलमा सम्पन्न सुपरलाईट क्लासको च्याम्पियन सिप हात पार्न सफल नेपाली खेलाडि मोहन महर्जन (ड्रागन) को विजयी सहोत्सव तथा पार्टिको आयोजना गर्ने कुरा निमन्त्रणा पत्रमा उल्लेखित छ र उत्त निमन्त्रणा पत्र मलाई आज प्राप्त भएको छ ।
ड्रागनले उत्त क्लासका प्रतिस्प्रधी डाईसुके फुकाजावालाई ३ राउण्डमा नकआउट गरि जापान च्याम्पियनसिप उपाधी हासिल गरेका हुन् । यस खुशियालीको अबसरमा उहालाई हार्दिक बढाई तथा शुभकामना दिन चाहान्छु । सिंङ्गो राष्ट्र नेपालकै शिर उच्च बनाउने यस गौरान्वित कार्यको निरन्तरता र आउदा दिनमा पनि सफलता हासिल गर्नको निमित्त अझ अग्रसरता साथ अघि बढ्न अनुरोध समेत गर्दछु ।

Sunday, December 5, 2010

जीवन.......

सरद डायरि । आईतबार, मंसिर १९, २०६७

आज २ ठाउबाट (मिनि नेपाल फेस्टिवल र मित्रकहा बोलाएको) निम्तो प्राप्त भएता पनि बाहिर निक्लने मुड् भएन् । कोठामै बसेर सधै झै कम्युटर खोली मेल चेकगरिवरि नेपालकै उहि बेखुशीका समाचार के पढेको थिए, मनमा केहि कुरा फुर्यो र आफ्नै ब्लगमा हात बढाई कोर्न लागे ।

जीवन........
जीवन चुनौती हो ----‌‍‍-‍‍--- मुकाबिला गर ।

जीवन बियोगान्त हो ----- सामना गर ।

जीवन बिषाद हो --------- बिजय गर ।

जीवन यात्रा हो --------- पुर्ण गर ।

जीवन सघर्ष हो -------- स्वीकार गर ।

जीवन कर्तब्य हो ------- पालना गर ।

जीवन रहस्य हो ------- उदघाट्न गर ।

जीवन स्वप्न हो ------- प्राप्त गर ।

जीवन प्रतिक्षा हो ------ पुरा गर ।

जीवन बरदान हो ------ आश्वादन गर ।

जीवन संगित हो ------ प्रशंसा गर ।

जीवन सौन्दर्य हो ----- पुजा गर ।

जीवन प्रेम हो ------- उपभोग गर ।

जीवन नरम हो ------ निन्दा नगर ।

तहल्कै मंच्यायो विकिलिक्सले ।


सरद डायरि। शनिबार, मंसिर १८, २०६७

सन् २००६ सालमा अष्ट्रेलियाका ज्युलियन असान्ज(बिगतका कम्युटर ह्याक्कर) र युरोपका जर्नललिष्टका संयुत्त पहलमा विकिलिक्सको उत्पक्ति भएको हो । यो साईटको प्रमुख उदेश्य भनेकै बिभिन्न मुलुक, संघ संस्था र कंम्पनिहरुको गोप्य सुचनाहरु सार्वजनिक गर्ने बताईएको छ । करिब १२०० जनाको भोलिएन्टर समुहबाट संचालीत भएको र कहिपनि निश्चित ठेगाना वा अफिस नरहेको जनाईएको छ । यस समुह बेनाफामुलक र सुचनाको हकबाट सर्बसाधारणलाई बञ्चित नगराउने मुख्य उदेश्य भएकोले निश्चित आय श्रोत नै नभएको हालसम्म सहयोग रकमबाट संचालित भएको समेत जनाईएको छ ।

नोभेम्वर २९, २०१० मा अमेरिकाको कुटनीतिक गोप्य कागजात सार्वजनिक गर्ने कार्य शुरु गर्दै विश्व मै तहल्का मञ्चाएको छ । बिश्वभरि रहेको अमेरिकाको २७४ वटा दुताबासबाट आफ्नो पराराष्ट्र मामिला हेर्ने वासिङ्टन डिसिको बिदेश मन्त्रालयमा पठाएको कागजात मध्ये २५ लाख बढि कागजात र मेमोहरु फेला पारेको र पालै पालो सार्बजनिक गर्ने बताएको छ । सन् १९६६ देखि २०१० सम्म फेला पारेको कागजात मध्ये नेपाल सम्बन्धि २५ सय र जापानको ५ हजार बढि फेला पारेको समेत जनाएको छ । अमेरिकालाई हल्लाईरहेको यस साईटलाई अमेरिकाले पनि जवाफदेहि युद्धमा उत्रेको छ । केहि दिन अघि विकिलिक्सका संस्थापक जुलियन असान्जलाई युवति बलात्कार गरेको आरोपमा लगाएको मुद्दाद्धारा ईन्टरपोलले रेड कर्नर नोटिस जारि गरिसकेको छ भने उसको साईट पनि बन्द गरिदिएको थियो । तर आजै मात्र स्विट्जरल्यान्डबाट विकिलिक्स डट् सिएच का साथ फेरि उपस्थिति जनाएको छ ।
हेरौं अबका दिन यस युद्धले कस्तो मोड लिनेछ ।

Friday, December 3, 2010

कतारमा हुने भो २०२२ को विश्वकप

सरद डायरि । विहिबार, मंसिर १६, २०६७
विश्वकै महामेला फुटवलको विश्वकप सन् २०२२ को आयोजना गर्न पाउने अधिकार कतारले बिजयी हात पारि छानिएको छ ।
जन्मुभुमि त सपना नै हुने भएपनि मेरो आफ्नो कर्मभुमिको रुपमा रहेको देश जापानले ठुलो आशा र अभिलाषा सहित दाबेदार गरेको थियो । तर अनन्त हार बेहोर्न परेको छ । जापानमै आयोजित होस भन्ने ठुलो आकांक्षा सहित खुशीको समाचार कुरेको भएपनि दोस्रो राउन्डमै बाहिरिएकोले दु:ख त लाग्ने नै भयो । एसिया कै अर्को मित्र राष्ट्रले भएपनि जित हासिल गर्यो भनि मन शान्त त गर्नै पर्यो ।
जेहोस, उत्त विश्वकप सन् २०२२ को लागि मत परिनाम यस प्रकार भएको थियो ।
पहिलो चरण : कतार-११ भोट, दक्षिण कोरिया-४ भोट, अमेरिका-३ भोट, जापान-३ भोट, अष्ट्रेलिया-१ भोट
दोस्रो चरण : कतार-१० भोट, दक्षिण कोरिया-५ भोट, अमेरिका-५ भोट, जापान-२ भोट
तेस्रो चरण : कतार-११ भोट, अमेरिका-६ भोट, दक्षिण कोरिया-५ भोट
अन्तिम चरण : कतार-११ भोट, अमेरिका-८ भोट
स्मरण रहोस, विश्वकप सन् २०१४ मा ब्राजिल र सन् २०१८ मा रुसले आयोजना गर्न पाउने अधिकार पुर्व तय भई सकेको छ ।