Saturday, February 26, 2011

भाई बिकल शेरचनलाई बिदाई गरियो ।





सरद डायरि । शनिबार, फाल्गुण १४, २०६७
गत शनिबारका दिन भाई बिकल शेरचनको बिदाई सम्पन्न गरियो । कार्यक्रमको जानाकारि सहित अभिलेखको रुपमा थसेसको साईटमा प्रकाशन भएको छ । उत्त समाचार, कार्यक्रमका केहि झलकहरु जस्ताको तस्तै माथि र तलतिर.....

फेब्रवरि १९ शनिबारका दिन टोक्योको गोतान्डा स्थित माया रेष्टुरेन्टमा थसेस जापानले आफ्नो सदस्य बिकल शेरचनलाई नेपाल फर्किने क्रममा एक समारोहको आयोजना गरि भब्य बिदाई कार्यक्रम सम्पन्न गरेको छ ।
उत्त बिदाई समारोहमा थकाली सेवा समिति जापानका अध्यक्ष शरद कुमार गौचनले नेपाल फर्कन लाग्नु भएका बिकल शेरचनलाई खाता लगाई थसेसको तर्फबाट उपहार समेत हस्तान्तरण गर्दै बिदाई गर्नु भएको थियो । बिदाई मन्तब्यमा अध्यक्ष गौचनले उहाले समाजसंग आबद्ध रहि देखाउनु भएको सक्रियता, जागरुपता प्रति हार्दिक प्रशंसा गर्नुका साथै नेपाल फर्किए पनि समाज प्रति निरन्तर सेवाको लागि हार्दिक अपिल गर्दै फिर्ति यात्राको सफलताको कामना समेत गर्नु भएको थियो ।
कार्यक्रममा आदिवासि जनजातिका अध्यक्ष ध्रुब भट्टचन, तमुधीं जापानका अध्यक्ष याम गरुङ र वुईलभ नेपालका संम्पादक तथा शेर्पा संघ जापानका महासचिब सोनाम शेर्पाले पनि खाता ओढाई बिदाई गर्नुभएको थियो । साथै धौलागिरी क्लबका पदाधिकारिहरु, आत्मिय साथीहरु लगायत अन्य थकाली दाजुभाई तथा दिदिबहिनीहरुले पनि सामुहिक रुपमा खाता ओढाई सम्मान सहित बिदाई गर्नु भएको थियो ।
जापानबासी थकालीहरु तथा गैर थकालीहरुको ठुलो उपस्थितको उत्त बिदाई समारोहमा सामुहिक नाच गान सहित माया रेष्टुरेन्टको मीठो डिनर र बियरको चुस्किसंगै कार्यक्रम समापन गरिएको थियो ।

Sunday, February 20, 2011

काठमान्डौं उपत्यका नै तताय ब्रायन आयडम्सले ।

ब्रायन सुरक्षाकर्मिकासाथ त्रिभुवन बिमानस्थलबाट बाहिर निक्लदै

ब्रायन एअरपोर्टबाट निक्लेर केहि दृष्य आफ्नै क्यामेराले कैद गर्दै
कन्सर्टमा श्रोताबर्गहरुको एक झलक

ब्रायन संगै भाग्यमानि दर्शक बृन्दा सिंह गीत गाउदै

कन्सर्ट गरिएको रंगशालाको लेआउट

सरद डायरि । शनिबार, फाल्गुण ७, २०६७
बिगत केहि दिन अघि देखि क्यानाडेलि प्रख्यात रकस्टार गायक ब्रायन आयडम्सले काठमान्डौमा कन्सर्ट गर्ने नगर्ने साथै आयोजकहरुको बिगतको कारण, ब्ल्याक टिकटको समस्या र नेपालमा अरुले गरेको कामलाई खुट्टा तान्ने प्रविदि ले गर्दा पनि अन्त सम्म धेरै चर्चा परिचर्चा पाएता पनि आज बिशाल दर्शक माझ आयोजकले कार्यक्रम पुर्ण सफलताका साथ सम्पन्न गर्दै बिविध बिवादलाई चिरेर आशर्य चकित पारेको छ ।
डिल्लिमा समेत सुरक्षाको कारण देखाई कार्यक्रम स्थगित भएको चर्चीत स्टार ब्रायन आयडम्सको कन्सर्ट आयोजना गर्नको लागि उनि आज आफ्नो ४० जनाको सहकर्मिका टोलीका साथ निजि जेटबाट त्रिभुवन बिमानस्थलमा ओर्लिएका थिए । दशरथ रंगशाला गरिने उत्त कन्सर्टको स्टेज, साउन्ड र लाईट जडानका लागि भारतका प्राविधिक टोलीले शुक्रबार रात भरि लगाएर पनि नसकेको कारण कार्यक्रम केहि ढिला गरि सुरु गरिएको थियो । लोडसेडिङ्गको कारण स्टेजमात्र भएपनि अति स्थरिय रुपले सिङ्गारिएर झलमल्ल पारिएको यस कार्यक्रमको आयोजकद्धय ओडिसी नेटवर्क र जेपिआर ईन्बेन्टस्को को संयुक्त रुपमा आयोजित भएको थियो ।
निश्चित समय भन्दा एक घन्टा ढिलो गरि शुरु गरिएको उत्त कार्यक्रममा अतिथि गौतम केसीले नेपालको राष्ट्रिय गीत गाएका थिए भने नेपालका मङ्गोलियन हर्टका राजु लामा, नमस्ते ब्यान्डका ईश्वर गुरुङ, रविन तामाङ लगायतका स्थानिय कलाकारहरुले शुरुको १ घण्टा साथ दिएका थिए ।
७ बजेदेखि ९ बजे सम्म लगातार ब्रायनले आफ्ना दर्जनौ गीत गाएर २५ हजार बढि नेपाली दर्शकलाई भरिपुर्ण मनोरञ्जन दिलाउदै भब्य रुपले सम्पन्न गरिएको थियो ।
बिविध जानाकारिको लागि तलको ब्रायन आयडम्सको अफिसियल साइटम हेर्नुहुनसक्नुहुनेछ...
bryanadams.com
फोटो सौजन्य : माईसंसार

Friday, February 18, 2011

संसार भरिकै साथीहरुको कम्युटर आफ्नै घरबाट कन्ट्रोल गर्नुहोस् ।

सरद डायरि । विहिबार, फाल्गुण ५, २०६७
सायद तपाईलाई पनि थाहा होला , बिचित्रकै कुरा तपाई आफ्नो घरमा बसेर संसार भरिकै आफ्ना मित्रहरुको कम्युटर चलाउन सक्नुहुनेछ । यसको लागि सम्बन्धित सफ्टवयर (TeamViewer) तपाईको कम्युटरमा र दोस्रो ब्यक्तिको कम्युटरमा पनि ईन्सटल भएको हुनुपर्दछ । जसले गर्दा एकअर्कामा फाईल ट्रान्सफर, फ्रि प्रोग्राम डेस्कटपको शेरयरिंग, अडियो भिडियो च्याट लगायत विबिध कामहरु संम्पन्न गर्न सकिन्छ ।
QuickJoin नामक नया सुविधा सम्पन्न र जसले प्रेजेंन्टेशनको लागि अति नै उत्तम उपाय, यो नया (TeamViewer 6.0 Build 10124 Final) मा निशुल्कमा उपलब्ध छ । अति छिटो र सजिलै जडान(कनेक्सन) हुनको साथै पासवर्डले रोकछेक (Protect) गर्न सकिने सुरक्षित सुबिधा समेत तर्जुमा गरिएको छ ।
टिमभ्युएर(TeamViewer)डाउनलोड भईसकेपछी आईडि र पासवर्ड देखिने (Display) हुनेछ त्यसैगरि तपाईको साथीकोमा पनि देखिने छ । तपाईले कनेक्शन (Connection) गर्न चाहनु भएको साथीको आईडि र पासवर्ड आफ्नोमा राखी कनेक्ट गरेपछि तपाईको डेस्कटपमा साथीको डेस्कटप (Desktop) डिस्पेल्य (Display)हुनेछ । त्यसपछि तपाईले अप्सनमा रिमोट सपोर्ट, फाईल त्रान्सफर आदि गर्न सक्नुहुनेछ । एकचोटि कनेक्शन भईसकेपछि तपाईले आफ्नो कम्युटरमा भएको डाटाहरु साथीको कम्युटरमा पठाउन सक्नुहुनेछ वा साथीहरुको डाटाहरु आफ्नोमा कम्युटरमा सजिलै ट्रान्सफर गर्न पनि सक्नुहुनेछ ।
तर, साबधान... यो सफ्टवयर चलाउदा आफ्नो आईडि पार्सवर्ड जोकसैलाई दिदा पछि पछुतावमा पर्नुहोला । साथै यसको सम्पुर्ण जिम्मेवारि स्वयम आफैमा निर्भर रहनेछ ।

Tuesday, February 8, 2011

स्व. श्री कल्याण शेरचन प्रति हार्दिक समवेदना ।

स्व. कल्याण शेरचन

सरद डायरि । सोमबार, माघ २४, २०६७
आज बिहानको २ बजे उपचारको क्रममा बरिष्ठ लोकगायक तथा संङ्कलक स्व. कल्याण शेरचनको ६४ बर्षको उमेरमा निधन भएको दु:खद खबर जानाकारिमा आएको छ । क्यान्सर पीडित बरिष्ठ लोकगायक तथा संङ्कलक स्व. शेरचन एक बर्षदेखि पित्तथैलीको क्यान्सरबाट पीडित रहेको र मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा हुनुहुन्थ्यो ।
२ छोरि र श्रीमती भएका स्व. शेरचन आफु चाहि ७ भाई छोरा मध्येका सबैभन्दा कान्छा छोरा हुन ।
पहिलो पटक २०२० सालतिर "किन रोयौं दमिनि भाउज्यु दमै दाईले कुटेर ट्याम्को फुटेर" नामक गीत गाएर रेडियो नेपालबाट पुरस्कार जित्न समेत सफल हुनुभएका थिए ।
क्रमश २०३२ सालबाट गायन क्षेत्रमा सक्रिय रुपमा संम्लग्न हुदै "घर मेरो खुदिमा, बुढो भयो ठुली के जानु रोदिमा भन्ने गीत रेकर्ड गर्नु भए पश्चात उहाका अन्य चर्चित र उत्कृष्ठ गीत मध्य, सोह्र बर्ष उमेरैमा मै पनी झिल्के हुदो हुँ, कलिलो तामालाई सोध रामलाई, कता होला हितको दौंतरि" लगायतका दर्जनौ गीतहरु नेपालीहरुको जनजिव्रोमा अँझै पनि गुञ्जि रहने गरेका छन् । साथै च्याङ्बा हो च्याङ्बा बोलको गीतको धुन उहाले गर्नु भएको बिबिसी रेडियो नेपाली सेवाको सिग्नेचर ट्युन हो ।
रानिपौवा पोखरा निवासी स्व. शेरचनको आजै शवयात्रा पछि तुलशीघाटमा अन्त्येष्ठि गरिएको परिवाजन मार्फत जानाकारि प्राप्त भएको छ ।
राष्ट्रले नै लोकगायन क्षेत्रका हानेहार बरिष्ठ ब्यत्तित्व गुमाउनु परेकोमा स्वयम स्व. शेरचनको दिवंगत आत्माको चिरशान्ती र सोकाकुल परिवार प्रति धैर्य धारणा गर्ने शक्ति थकालीहरुको ४ देवता र महालक्ष्मी नरिझ्यवले प्रदान गरुन भन्दै हार्दिक समवेदना प्रकट गर्न चाहान्छु ।

Thursday, February 3, 2011

थसेसको २० औं शुभकामना साँझको भब्य तयारि


सरद डायरि । बुधबार, माघ १९, २०६७
थकाली सेवा समिति जापानको २० औं शुभकामना साँझ, २० मार्च २०११ आईतबारका दिन मेगुरो कुमिन काईकान हुन गईरहेको छ, उत्त कार्यक्रमको तयारि बिवरण बिज्ञप्ति प्रकाशन आज गरियो ।
सो बिज्ञप्ति प्रकाशित अनलाईन मेडियामाहरुको बिवरण जस्ताको तस्तै तलतिर..........

थसेस २० औं शुभकामना साँझको भब्य तयारि हुदै
थकाली सेवा समिति जापानले आउदो मार्च महिनाको २० तारिखका दिन नेपालका चर्चित कलाकारहरुको सांगीतिक प्रस्तुती रहेको २० औं शुभकामना साँझ आयोजना गर्ने भएको छ ।
प्रत्येक बर्षको मार्च महिनामा पर्ने थकालीहरुको महानपर्व फागुपूर्णिमा (तोरन्ल्ह)को उपलक्ष्यमा थसेस जापानले नेपालदेखि चर्चित कलाकारहरुलाई निम्त्याई जापानबासी आम नेपाली र जापानिहरु बिच बृहत साँस्कृतिक कार्यक्रम गर्दै आएको छ । सोहिबमोजिम यस बर्ष २० औं शुभकामना साँझको रुपमा आगामि मार्चको २० तारिख आईतबारका दिन टोक्योको मेगुरो कुमिन सेन्टरमा उत्त कार्यक्रम हुन गईरहेको हो ।
सो कुरा शुभकामना साँझ आयोजक समितिका संयोजक राजु शेरचनद्धारा प्रेषित बिज्ञप्तीमा जनाईएको छ । बिज्ञप्तीका अनुसार जापानको समयनुकुल, परिवर्तित सन्दर्भ र दर्शक-श्रोताहरुको चाहनालाई ध्यानमा राखी नेपालका चर्चित गायक, हास्यकलाकार र नृत्यकलाकार गरि ३ जनालाई आमन्त्रण गरि भब्यरुपमा कार्यक्रम सम्पन्न गर्ने तैयारि भईरहेको छ । २० औं शुभकामना साँझको टिकट दर, समयतालिका र कलाकारहरुको बिस्तृत जानाकारिबारे पुन:बिज्ञप्ती प्रकाशित गरि सार्वजनिक गरिने कुरा पनि आयोजकहरुले बताएका छन् ।
बिज्ञप्तीका अनुसार शुभकामना साँझमा "नेपाल पर्यटन बर्ष २०११" को सन्दर्भलाई समेत जोडेर नेपाली कला, संस्कृति झंल्किने खालका कार्यक्रमहरुलाई बिशेष महत्व दिईने छ र सो अबसरमा जानाकारिमुलक सामाग्रीहरु सामविष्ट गरिएको संस्थाको मुखपत्र पनि प्रकाशन गरिने कार्यक्रम रहेको छ । उत्त कार्यक्रममा सम्पुर्ण जापानबासी नेपाली तथा जापानीहरु लगायत अन्य महानुभावहरुमा उपस्थितिका लागि थसेस जापानका अध्यक्ष शरद कुमार गौचनले हार्दिक आमन्त्रण गर्नुभएको छ ।