Thursday, March 31, 2011

नेपाली राजदुतावासको सपोर्ट र छपाई सौजन्यमा आयोजना हुने २० औं शुभकामना ।


सरद डायरि । विहिबार, चैत्र १७, २०६७

म संम्बन्धित र संम्मिलीत संस्था थसेस जापानले आउदो मे महिनाको ५ तारिखमा गरिने भनिएको २० औं शुभकामना साँझको लागि नेपाली एम्बेसीको सर्पोट र छपाई सौजन्य गर्ने ब्यबसायीकर्ताको बिषयमा साथीहरु संग हलुका बिचार विमर्श गरियो । नितान्त ब्यक्तिगत बिचारको आदानप्रदान संगै गरमागरम मेलको बार्तालाप भएपनि अनन्त सबैको सर्वसहमतिबाट नेपाली राजदुताबासकै सर्पोटमा छपाई सौजन्य सहयोग लिने भन्ने निष्कर्षमा पुगियो ।

अति नै सौहार्दपुर्ण रुपमा छलफल गर्दै पुर्ण प्रजातान्त्रिक सहित पारदर्शी प्रकिया अनुरुप अघि बढिरहेको बर्तमान परिपक्ष्यमा मैले गर्व गर्ने बिषय भएको छ । संस्थाको हित, उत्थान र निस्वार्थ भावनाले साथीहरुले राय ब्यक्त गरिदिनुहुनाले नया बिचारको बिकाश हुनुको साथै ठुलो सहयोग मिलेको छ । फलस्वरुप मेरो लागि सधै उर्जाको रुपमा रहि रहने छ भन्ने ठम्याई छ ।

Tuesday, March 29, 2011

अन्जु पन्त र गोपाल नेपाल टोक्यो आउने ।

सरद डायरि । मंगलबार, चैत्र १५, २०६७

गत आईतबार मेरो आफन्तको बिदाई समारोहमा पत्रकार मित्रलाई हलुका २० औं शुभकामना साँझको बारेमा जानाकारि गराएको थिए । सबै निर्णय नगरिएको तर गोल्डेन वुईक तिर नेपाल देखि कलाकारलाई निम्त्याएर उत्त कार्यक्रम, भुकम्प पिडितको सहयोगार्थ तथा तोरन्ल्ह, नेपाली नया बर्ष र नेपाल पर्यटन वर्ष २०११को उपलक्ष्यमा च्यारिटि सो सहित एकमुष्ठ गरिने योजना बनाईएको कुरा पोखेको थिए ।

पत्रकार मित्रले आज न्युज बनाएर अनलाईन मेडियामा हालीदिनुभएको रहेछ उहालाई मुरिमुरि धन्यबाद दिदै उत्त समाचार जस्ताको तस्तै......


अन्जु पन्त र गोपाल नेपाल टोक्यो आउने

जापानमा गएको महाभुकम्प र त्यसपछि आएको सुनामी र आणबिक बिकरणद्धारा त्रसित जापानबासि नेपाली समुदायको अनुहारमा केहि पलको लागि भएपनि खुशी बाड्न आउदै छन अन्जु पन्त र गोपाल नेपाल टोक्योमा ।

थकाली सेवा समिति जापानले आयोजना गर्न गैरहेको २० औं शुभकामना साँझमा सहभागिता हुन उनिहरु जापान आउन लागेका हुन । थाहा भए अनुसार थकाली सेवा समिति जापानले गोल्डेन वुईकको लामो बिदा पारेर अनिश्चित कालको लागि स्थगित आफ्नो वार्षीक कार्यक्रम २० औं शुभकामना साँझलाई आयोजना गर्न गैरहेको छ । तर यसबारे थसेस जापानले हालसम्म कुनै आधिकारि सुचना प्रकाशित गरेको छैन ।

थकालीहरुको महानपर्व फागुपुर्णीमा (तोरन्ल्ह) को उपलक्ष्यमा नेपाल पर्यटक वर्ष २०११ को सन्दर्भलाई समेत जोडेर मार्च २० तारिख आईतबारका दिन टोक्योको मेगुरो कुमिन सेन्टरमा पुर्वनिर्धारित उत्त २० औं शुभकामना साँझलाई महाभुकम्प र विध्वंसकारि सुनामीद्धारा धनजनको क्षति ब्यहोरेका र मृतकको चीर शान्तिका लागि अनिश्चितकालको लागि स्थगित गरिएको थियो ।
वुईलभ नेपाल डटकम टोक्यो नेपाल डटकम

२० बर्षे यात्रामा थकाली सेवा समिति जापान

सरद डायरि । सोमबार, चैत्र १४, २०६७

आज टोक्यो नेपाल डटकम नामक जापानमा प्रतिष्ठित अनलाईन पत्रिकाले थसेस जापानको चिनारि स्वरुप संस्थागत स्तम्भ प्रकाशन गरेको संम्बन्धित खवर मित्रबाट मेल मार्फत जानाकारि प्राप्त भयो ।

हुन त यस संम्बन्धी मेरो २ महिना अघि देखि कुरा भई हाम्रो संस्था थसेस जापानको बारेमा फोटो लगायत क्रियाकलापहरुको सबै जानाकारि र मेटिरियलहरु पठाईसकेको थिए ।

जेहोस, ढिलैभएपनि उहाहरुले शुरुआत सहित जापानको पहिलो संस्थाको रुपमा चिनारि स्वरुप हामिलाई रोजेर प्रकाशन गर्नुभएकोमा धन्यबाद छ ।

उत्त अनलाईनमा प्रकाशित "२० बर्षे यात्रामा थकाली सेवा समिति जापान" नामक शिर्षक को बिवरण तलको लिन्कमा क्लिक गरेर पढन सक्नुहुनेछ ।


Sunday, March 27, 2011

श्रीमती बुद्ध गौचन र श्रीमती सरिता शेरचनलाई बिदाई गरियो ।

सरद डायरि । आईतबार, चैत्र १३, २०६७

थकाली सेवा समिति जापानद्धारा आफ्नो सदस्यहरुको बिदाई कार्यक्रम जापानको कावासाकि स्थित सोल्टि फुड एन्ड बार रेष्टुरेन्टमा मार्च २७ तारिख आईतबारका दिन भब्यताका साथ सम्पन्न गरेको छ । आफ्ना सक्रिय सदस्यद्धय श्रीमती बुद्ध गौचन र श्रीमती सरिता शेरचन ज्युहरु नेपाल फर्किने क्रममा उत्त कार्यक्रम थसेस जापानले आयोजना गरेको हो ।

कार्यक्रममा थसेसका अध्यक्ष शरद कुमार गौचनले नेपाल फर्किनुहुने सदस्यद्धयलाई आफ्नो संस्थाको तर्फबाट संम्झना स्वरुप उपहार प्रदान गर्दै खाता लगाई बिदाई गर्नु भएको थियो ।

साथै अध्यक्ष गौचनले मन्तब्यको क्रममा जापानमा गत मार्च ११ तारिखमा आएको यो शताब्दिकै सबैभन्दा ठुलो भुकम्पले निम्त्याएको सुनामि सहित फुकुसिमा स्थित परमाणु उर्जा केन्द्रको विकरण समस्याले विश्वलाई नै आतङ्कित र तहल्कै मंच्चाएको यस संवेदनशिल परिस्थितिमा धैर्यता अपनाई सधै सजग र सर्तक रहन आब्हान गर्नुभएको थियो साथै, हजारौं नागरिकले ज्यान गुमाएको यस दु:खद घडिमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै फर्किनुहुने सदस्यहरुलाई शुभयात्राको कामना सहित बिदाई गर्नु भएको थियो ।

त्यसैगरि धौलागिरी युवा क्लबका अध्यक्ष तथा थसेस जापानका सचिव गोविन्द तुलाचनले मन्तब्यको क्रममा थकालीहरुको महान चाड फागुपुर्णीमा (तोरन्ल्ह) को उपलक्ष्यमा प्रत्येक वर्ष थसेस जापानले तोरन्ल्ह पार्टि आयोजना गरेको भएता पनि हालको जापानको परिस्थितीको कारण यस वर्ष असमर्थ भएको जानाकारि गराउदै क्षमा याचना सहित दु:ख ब्यक्त गर्नुभयो । साथै सम्पुर्ण उपस्थित महानुभावहरुलाई तोरन्ल्हको उपलक्ष्यमा हार्दिक शुभकामना सहित फर्किन लाग्नु भएका सदस्यद्धयहरुलाई सफल यात्राको कामना सहित खाता ओढाई बिदाई गर्नु भएको थियो ।

अर्का बत्ता थसेसका उपाध्यक्ष शशि गौचनले नेपाल फर्किन लाग्नु भएका सदस्यहरुलाई खाता ओढाई गर्नुहुदै २० औं शुभकामना साँझ जापानको हालको बिषम परिस्थितिका बावजुद अर्को बिज्ञप्ति प्रकाशन नहुदा सम्मका लागि स्थगित गरिएको छ । तर हालको क्रमिक सुधार सहित जापानको लामो छुट्टि पर्ने गोल्डेन वुईकमा २० औं शुभकामना साँझ तोरन्ल्ह तथा नेपाली नया वर्षको उपलक्ष्यमा आयोजना गरिने अन्तिम तयारि द्रुत गतिमा भईरहेको कुरा ब्यक्त गर्नु भएको थियो । तिथिमिति र बिस्तृत कार्यक्रम विबरण पनि छिट्टै सार्वजनिक गरिने समेत उहाले अबगत गराउनु भएको थियो ।

त्यसैगरि यस बिदाई समारोहमा, तमुधीं जापानका उपाध्यक्ष भिम तमु र शेर्पा संघका सल्लाहाकार तथा वुईलभ नेपालका प्रधान संम्पादक सोनाम शेर्पाले नेपाल फर्किनु लाग्नु भएका सदस्यहरुलाई खाता ओढाई बिदाई गर्नुभएको थियो ।

जापानको बर्तमान अबस्थालाई मनन गर्दै नाचगान तथा मनोरञ्जन कार्यक्रम नगरिएको उदघोष गर्दै थसेसका सह-कोषाध्यक्ष दिपक गौचनले फर्किनुहुने सदस्यहरुको निमित्त भावपुर्ण गजल समर्पण गर्दै उपस्थित महानुभावहरुलाई भावुक बनाउनु भएको थियो ।

ठुलो जमातमा उपस्थित फर्किनुहुने सदस्यद्धयहरुका आफन्तजन लगायत थुप्रै मिन्त्रबन्धुहरुले सामुहिक खाता ओढाई बिदाई गरिएको यस कार्यक्रम बेलुकाको ५ बजेदेखि रातीको १२ बजेसम्म अति नै सौहार्दपुर्णरुपले पारिवारिक बातावरणमा सोल्टि डाईनिङ्गको मिठो थकाली परिकार संगै सम्पन्न भएको थियो ।


सम्बन्धित समाचार प्रकाशन भएका केहि लिन्कहरु तलतिर .......



च्ह्योङजि तोरन्ल्ह ।


सरद डायरि । शनिबार, चैत्र १२, २०६७

थसेस नेपालले संयुत्त रुपमा आयोजना गरेको थकालीहरुको महान चाड फागुपुर्णिमा (तोरन्ल्ह) अस्ति मात्र सम्पन्न भएको सप्ताहब्यापि कार्यक्रमको बारेमा हलुका जानाकारि आज पाईयो । बिशेष गरेर थसेस युवा परिवारको पहलमा सम्पन्न भएको कार्यक्रममा हामि जापानबासि थसेस जापानले पनि केहि सहयोग र संम्लग्न हुने अबसर मिलेको थियो ।

कार्यक्रमस्थल बिनायक बस्ति बालाजु जुन थसेस नेपालको आफ्नै निजि समाजकै घरमा थसेस जापानको तुल समेत टागि हामिहरु जापानमा रहेर पनि नेपालबासि थकालीसंग शुभकामना आदानप्रदान गर्ने र यस खुशियालीको अबसरमा हाम्रो बिषयमा केहि मात्रामा भएपनि जानाकारि गराउने मौका मिलेको थियो ।

जापानमा हालको आपतकालीन अबस्थाका कारण हामीले केहि कार्यक्रम गर्न संम्भव नभएपनि नेपालको कार्यक्रममा भाग लिन पाएकोमा गर्व गरेका छौं ।

सम्पुर्ण स्वदेश तथा बिदेशमा रहनु भएका आम थकाली तथा नेपालीहरुमा तोरन्ल्हको पुनित अबसरमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहान्छु ।

सबैमा च्ह्योङ्जि तोरन्ल्ह, अस्तु ।।।

Thursday, March 24, 2011

मिसातोबासि नेपाली मित्रहरुको गौरान्वित कार्य ।




सरद डायरि । बिहिबार, चैत्र १०, २०६७
हिजो अनलाईन मेडियामा झँलक्कै के आँखा लगाएको थिए, बिगतमा मेरो दिमागमा फुरेर बिचार गरिरहेकै बेला र केहि साथीहरुलाई पनि प्रस्ताव राखीरहेकै बेला, ठ्याक्कै उत्त कार्य मेरै हितैषी मित्रहरु जो साईतामाको मिसातोबासि, डा.दिनेश मानन्धर जी सहित डा. फत्त बहादुर थापा, डा. सुर्य आचार्य, डा. अखिलेस कर्ण, सुरेश भत्त श्रेष्ट लगायतका मित्रहरुले यथार्तमा परिणत गरिसक्नुभएको रहेछ । कुरो के भने, जापानमा हालको दैबि प्रकोपबाट पिडित साईतामाको एक सेल्टरमा आश्रय लिईराखेका करिव ४०० (बच्चा, वयस्क र बृद्ध) जापानीहरुको जमातलाई मित्रहरुले नेपाली खाना खुवाएर साह्रै पुण्य कार्य गर्नु भएको रहेछ ।
ज्यादै खुशी लाग्यो र सबै चिनेका मित्रहरुले गर्नु भएको नाताले गर्दा पनि म आफैले सम्पन्न गरेको जस्तो अनुभव भयो । जेहोस, यस खुशीको खवर केहि साथीहरुलाई मेल मार्फत जानाकारि गराउनुका साथै मेरो यो आफ्नो ब्यक्तिगत डायरिमा पनि कोर्न सुरसार कसीहाले ।
जापानमा यस शताब्दीमै गएको सबभन्दा ठुलो महाभुकम्प बाट प्रवाहित नागरिक, त्यसमाथी विनासकारि सुनामी र त्यो भन्दा पनि ठुलो भयाभव फुकुसिमा स्थित परमाणु उर्जा केन्द्रको बिचलन र त्यसैमाथी पनि समाचार संम्प्रेषणकारहरुको होहल्लाले गर्दा विश्वभरिकै मानवजातिलाई जापानमा केन्द्रित गरेको बर्तमान परिस्थिति छ । यस घटनाबाट हामि जापानबासी नेपालीहरु पनि अछुतो रहनसक्ने कुरै भएन । नेपालीहरु बिच पनि बिभिन्न उद्धार समिति लगायत, सहयोग रकम तथा यस सम्बन्धीका लेख रचना र नेता भनाउदाहरुको बिज्ञप्तिहरु ओईरो लागेको छ । भएन भनेर, जापान स्थित नेपाल एम्बेसीका कर्मचारि समेत अस्थायी रुपमा ओसाका हानिएको नेगेटिभ समाचारले निकै चर्चा पाएको यस अबस्थामा नेपालीहरुकै सिर उचो र गौरान्वित गर्ने खुशियाली यस कार्यका पात्र, मिसातोबासि नेपाली मित्रहरुलाई कोटि कोटि धन्यबाद ।
प्रकाशित अनलाईन मेडियाहरु

प्राप्त पत्रको बारेमा थसेसको तर्फबाट स्पष्टिकरण तथा अबधारणा ।


सरद डायरि । बुधबार, चैत्र ०९, २०६७
जापानमा च्याँउ सरि उम्रिएको संस्थाहरु जुन टोल, गाउ,क्लव,जातिय र राजनैतिक उदेश्य र पहिचान दिदै भेटघाट,गोष्टि, सेमिनार वा जमघटमा उत्त संस्थाको प्रतिनिधिको नाता हो भन्दै नेता सैलीमा भाषण गर्ने जुन होडबाजि भएको देखिएको छ, यस संम्बन्धी हामि सबैले छिटै बिचार पुर्याउने हो कि ? बोल्दैमा के जानु भन्दैमा सिन्को नभाच्नेले, नेपालका हाम्रा नेताले वाईकाद, ५ बर्षमै सिङ्गापुर र स्विजरल्यान्ड बनाउछु भन्या जस्तै भ्रामक प्रचार सहित जापानमा पनि नेपालका नेता भन्दा के कम हामि.. भने जस्तै देखिन्छ ।
जापान जस्तो सभ्य र मिहेनत जापानी समुदाय बिच रहेका नेपालीहरुलाई पनि कहिले बुद्धी पलाउने होला । आफुले गर्न सक्ने र भएको कुरामा मात्र सिमित रहेमा के को लाज? वा काम सम्पन्न गरेर मात्र बोल्ने बानि बसाल्दा कसो होला ? छिटै बुद्धि पुर्याउने हो कि?
यसै क्रममा हाम्रो संस्था थसेस जापान, जो जापानमा आज भन्दा २० बर्ष अघि स्थापना भई निरन्तर सामाजिक सेवामा कार्यरत यस संस्थाले आफ्नो छुट्टै अस्तित्व र पहिचान बनाईसकेको बर्तमान अबस्था छ ।
यसै सन्दर्भमा हाम्रै हितैषि संस्था भित्रका केहि नेता भनाउदा, अरुले तपाई भन्नु कहा छ कहा आफै मपाई भन्ने, आफुले पनि गर्न नसक्ने तर अरुले गरेको पनि सहन नसक्ने र नितान्त आफ्नो ब्यक्तिगत स्वार्थ र फाईदाको लागि उत्त संस्थालाई समेत मुछने गरि सबैको सहमति भन्दै संस्थाको प्रतिनिधित्वको असल,कुषल र सोझोपनलाई प्रयोग गरेर फाईदा उठाउन खोज्ने भाईरस, कंसिगरको प्रयासले हामिलाई समेत च्यालेन्ज गरेको छ । साथै यस भ्रामक सुचना प्रषारण गर्ने उदेश्य र जापानमा क्रियाशिल संघसंस्था सबैलाई समेत लक्षित गरि अपमान गरिएको यस पत्राचारिताले हामिलाई आश्चर्य चकित बनायो ।
जेहोस, उत्त पत्रको बारेमा हाम्रो स्पष्टिकरण सहित अबधारणा (माथी) पनि प्रष्टै पारिदियौं ।
प्राप्त पत्र जस्ताको तस्तै (तल)...

मिति : २०११-०३-१५ (मंगलबार)

श्री अध्यक्ष ज्यु,
थकाली सेवा समिति, जापान

बिषय :- धन्यबाद ज्ञापन

महोदय,
उपरोत्त सम्बन्धमा तपाईको संस्थाले आयोजना गर्न लागि रहेको २० औं शुभकामना साँझ कार्यक्रमका लागि हाम्रो संस्थालाई पनि निमन्त्रणा गरि पत्र पठाउनु भएकोमा हृदय देखी नै धन्यबाद ज्ञापन गर्दछौं र प्रवासी भुमिमा रहेर पनि जातिय पहिचानलाई सदैव जोगाई राख्न थकाली सेवा समिति जापानले गर्दै आईरहेको जुनसुकै कार्यक्रमहरुमा पनि हाम्रो संस्थाको तर्फबाट सहभागिता, सहयोगका साथ् आज हाम्रो संस्था र तपाईको संस्था बिचको सुमधुर सम्बन्धलाई प्रगाढ गर्दै हामि यो स्थान सम्म आईपुगेको कुरा यहाहरुलाई सर्वबिदितै छ । प्रवाशी भुमिमा नेपाली जनजाती संघ संस्थाहरुले नेपाली संस्कृतिलाई माया गरेर नेपाल देखी चर्चित कलाकारहरु जापानमा ल्याई बिभिन्न सांगितिक कार्यक्रमहरु पनि गर्दै आईरहेको हामि सबैलाई थाहा नै छ यसै क्रममा बिगत केहि समय अगाडि हाम्रो संस्था तमु धीं टोक्यो जापानले नेपाल देखी कलाकार राजु लामा र अन्जु पन्त लाई कार्यक्रमका लागि निमन्त्रणा गरेका थियौं तर यहा आई कार्यक्रम गरे बापत उहाहरुले पारश्रमिक स्वरुप आफुहरुलाई चाहिने रकम सम्बन्धमा अत्यन्तै निच ढंगले हाम्रो संस्था संग बार्तालाब गर्नुका साथै बिदेशी भुमिमा हामि नेपाली संघ संस्थाहरुले नेपाली पन र नेपालको प्याश मेटाउनका लागि गरिने सांगतिक कार्यक्रमहरुमा यस्ता अहमता र कला संग भन्दा पनि पैसालाई बढी प्राथमिकता साथ् लिएर कार्यक्रम आयोजकलाई नै डुबाउन खोज्ने कलाकार द्धय राजु लामा र अन्जु पन्तलाई भरसक जापानमा नल्याउने र कहि कतै कुनै संघ संस्थाले ल्याई हालेमा पनि ति कलाकारका कुनै पनि कार्यक्रमलाई हाम्रो संस्था तमु धीं टोक्यो जापानले बहिष्कार गर्ने भन्ने निर्णय गरेको यहाहरुलाई जानाकारि गराउन चाहान्छौं । अन्त्यमा तपाई अनि हाम्रो संस्था बिचको सुमधुर सम्बन्ध सदैव प्रगाढ रहि रहने छ । धन्यबाद ।


भवदिय,
अध्यक्ष, याम तमु
महासचिब, कुमार तमु
तमु धीं टोक्यो जापान परिवार

Tuesday, March 22, 2011

भुकम्प पिडितलाई थसेस जापानको सहयोग ।


सरद डायरि । सोमबार, चैत्र ७, २०६७
थसेस जापानको तर्फबाट महाभुकम्प तथा सुनामि प्रभावित सहयोगार्थ १० मान ऐन(एक लाख एन) हस्तान्तरण गरियो । थसेसको तर्फबाट म स्वयमले हाल क्रियाशील नेपाली राजदुताबासको पहलमा बनेको उद्धार समितिका उपसंयोजक तथा आर्थीक संकलन संयोजक लाल बहादुर केसी (रोशन) ज्युलाई एक समारोह बिच उत्त रकम हस्तान्तरण गरिएको हो ।
उत्त समाचार संम्प्रेषण भएको अनलाईन मेडिया तल तिर जस्ताको तस्तै.....




फोटो : नेपाल जापान डटकम

Thursday, March 17, 2011

हार्दिक बढाई तथा शुभकामना : शेर्पा संघ जापानलाई

सरद डायरि । बिहिबार, चैत्र ०३, २०६७
आज हाम्रो परम मित्र तथा सहयात्रि संस्था शेर्पा संघ जापानको नया नेतृत्व र उहाको टिमलाई बढाई ज्ञापन पत्र पत्राचार गरियो ।
गत मार्च १३, २०११ आईतबारका दिन २१३८ औं गेल्वु ल्होसार सहित शेर्पा संघ जापानको चौठौं महाधिवेशन सम्पन्न भएको थियो । उत्त बढाई ज्ञापन तथा शुभकामना पत्र जस्ताको तस्तै तल र माथीतिर.......
To:
The President,
NPO, Sherpa Association Japan

Dear Mr, Ang Pasang Sherpa Jee,
On behalf of Thakali Sewa Samittee Japan , I would like to congratulate you and your entire exco members for your successful tenure in your organization.

And also hope for kind cooperation in days come.
For your reference, please open the file PDF herewith.


Sincerely yours'
Sarad Kumar Gauchan
President of NPO Thasesa, Japan
--------------------------------------------------
NPO, Thakali Sewa Samitte
Tokyo, Japan

थसेस जापानको २० औं शुभकामना साँझ स्थगित ।


सरद डायरि । बुधबार, चैत्र २, २०६७
गत हप्ताको शुक्रवार, तदअनुरुप ११ मार्च २०११ का दिन दिउसो १४:४६ मा आएको महाभुकम्प (९.० रेक्टर) र त्यसपछिको बिध्वंसकारि सुनामीले ठुलो धनजन र धेरै नागरिकले जिवन गुमाएको जापानको यस आपतकालिन अबस्था र कहालीलाग्दो परिस्थितिले गर्दा अनन्त थसेस जापानले आयोजना गर्ने भनेको २० औं शुभकामना साँझ स्थगित गर्नुपर्यो ।
जापानस्थित नेपाली राजदुत, राजदुताबास परिवार र अन्य संघसंस्थाका प्रतिनिधिबाट प्राप्त सल्लाह र हाम्रै कार्यसमितिको निर्णय अनुरुप अर्को सुचना जारि नहुदा सम्मको लागि २० औं शुभकामना साँझ स्थगित गरिने गरि आज एक बिज्ञप्ति जारि गरियो ।
तल उत्त बिज्ञप्ति जस्ताको तस्तै.......

थसेस जापानको २० औं शुभकामना साँझ स्थगित
१६ मार्च, २०११ । थकाली सेवा समिति जापानले प्रत्येक बर्ष तोरन्ल्हको उपलक्षमा जापानबासि नेपाली माझ गर्दै आईरहेको शुभकामना साँझ २० मार्च आईतबार सम्पन्न गर्ने भनिएता पनि अर्को सुचना जारि नभएसम्मका लागि स्थगित गरिएको कुरा अध्यक्ष शरद कुमार गौचनद्धारा हस्ताक्षरित बिज्ञप्तिमा जनाईएको छ ।
बिज्ञप्तिमा अगाडि भनिएको छ - जापानमा गत हप्ता शुक्रवार आएको महाभुकम्प र त्यसपछिको विध्वंसकारि सुनामिले जापानिज लगायत अन्य राष्ट्रका हजारौं नागरिकले ज्यान गुमाएको यस दु:खद अबस्थालाई हृदयगम गर्दै मेगुरो सेन्टर हलमा मार्च २० मा गरिने भनिएको मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम स्थगित गरिएको हो ।
यसबाट पर्न गएको असुबिधाको लागि आम नेपाली, जापानी,शुभचिन्तक र संम्बन्धित सबैप्रति थसेस जापान हार्दिक क्षमायाचना गर्दछ ।
उत्त महाभुकम्पबाट प्रभाबित फुकुसिमा प्रान्त स्थित तेस्रो आणबिक भट्टिको बिस्फोटनबाट विकिरण चुहावटले ल्याउने भयाभवको साथै उत्त क्षेत्रबाट २० किलोमिटर परिधि भित्र प्रवेश निशेष गरिएको अबस्था छ । कुनैपनि समयमा फेरि ठुलै भुकम्प आउने चेतावनि सहित बेलाबेलामा धक्का दिने क्रम जारि छ । यता फुकुसिमा स्थित उर्जा प्लान्टबाट उत्पादन बिद्युत आपुर्तिको कमिले कान्तो क्षेत्रमा लोडसेडिंङ जस्ता दैवि प्रकोजन्य समस्या, यातायातका असुबिधा भोगिरहेको अबस्थालाई समेत मध्यनजर राख्दै नचाहादा नचाहदै पनि शुभकामना साँझ स्थगित गर्नुपरेको कुरा आयोजकहरुले जनाएको छ साथै जापानबासि नेपाली आमा बावु, दाजुभाई तथा दिदीबहिनीहरुलाई सुरक्षितका साथ रहन र सधै सजग,सर्तक तथा सम्पर्कमा रहन समेत बिनम्र अनुरोध गरिएको छ ।
हजारौं संख्यामा हराईरहेका नागरिकहरु, लाखौं संख्यामा घाईते भएकाहरुका साथै घरबारबिहिन हुन पुगेको यस दू:खद घडिमा थसेस जापान हार्दिक सहानुभुति ब्यक्त गर्दै शिघ्र स्वास्थलाभको कामना सहित यस बिपत्तिमा भुकम्प तथा सुनामी पीडित नेपालीहरुको उद्धारको लागि नेपाली राजदुताबास लगायत जापानका सबै संघसंस्था र यहाका निकायहरुसंग पनि सहकार्य गर्दै सक्दो भुमिका निर्वाह गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्दछौं - बिज्ञप्तिमा भनिएको छ ।

अनलाईन मेडिया प्रकाशानार्थ लिन्कहरु तलतिर....
समुद्रपारि डटकम
टोक्यो नेपाल डटकम
डिसि नेपाल डटकम
वुईलभनेपाल डटकम
नेपालव्रिटेन डटकम

नेपालजापान डटकम

Monday, March 7, 2011

२५ औं बार्षिक उत्सव संगै नेपाल ईन जापान २०११ सम्पन्न

प्रस्तुता कलाकारको सामुहिक फोटो
राई जातिको साँखेला सिलि नामक समुहगत नाच
तराईबासि थारु जातिको नाच
थारु नाच
थारु नाच
काठमान्डौंबासि नेवार जातिको नाच
तिज नाच
लिम्वु जातिको नाच
गुरुङ जातिको सोरठि नाच
मगर जातिको नाच
तामाङ जातिको नाच
थकालीहरुको नाच, सैईम धैईम यस
थकालीहरुको नाच
थकालीको नाच
थकालीको नाच
शेर्पा जातिको नाच
"बुद्धको ज्ञान" नामक नाटकको झलक

प्रकाशित थकालीहरुको पानामा मेरो नाम पनि समावेश गरिएको रहेछ

सरद डायरि । आईतबार, फाल्गुण २२, २०६७
आज नेपाल ईन जापान २०११ को आयोजना गरिने दिन भएको र आयोजक युको ओकामोतो दिदि मेरो धेरै पुरानो साथीका साथै लामो पारिवारिक सहितको सुमुधुर सम्बन्ध भएको नाताले पनी साथै स्वयम दिदि बाट पनि पटक पटक फोन गरि निम्तो पाएकोले उत्त स्टेज जसरि भएपनि उपस्थिति हुने मनसाय बनाएको थिए ।
संयोगबस नेपाल देखि पाल्नु भएका मेरा आफन्त पाहुनालाई पनि खाना खान बोलाएको र उहाहरुलाई पनि संगै लिएर जाने तय भएकोले दिउसो र बेलुका २ सो राखिएको उत्त कार्यक्रममा बेलुका जाने निधो गरि खाना खाईवरि लागियो गन्तब्य स्थल तिर ।
अर्का मित्र संग पनी स्टेशनमा भेटिवरि ६ जना लागियो मुसासि सेकी नामक स्टेशन तिर सेईबु सिन्जुकुलाईन लाई समातेर ।
स्टेशनबाट करिब ७ मिनेटको बाटो भएपनि जापानी मित्रलाई पनि बाटैमा भेटिएकोले गफगर्दै जादा उत्तिन्नैखेर पुगियो । कार्यक्रम स्थलमा अधिकांश जापानीहरुको उपस्थिति थियो तर २,४ जना सधै देखिने अनुहारका नेपालीसंग पनी भेटघाट गर्दै हलुका कुराकानि गर्दै नाम दर्ता गर्ने ठाउमा पुगे ।
तर अचम्म कुरो त म संम्बन्धित संस्थाको मेरो नामको लिष्टमा त अरु कोहि तामाङ नामक ब्यक्ति भनाउदो वालाले मेरो नाममा प्रवेश गरिसकेको रहेछ । अचम्म लाग्यो म स्वयम बेलुकाको सोको लागि आउने कुरा ईमेल र टेलीफोनबाट समेत सम्पर्क गरि आयोजकलाई बताईसकेको थिए साथै पहिलो पटक थकालीहरुको नाच यस कार्यक्रममा समावेश गरिएको कुरा समेत जानाकारि ६ महिना अघि पाउदै उक्त नाचको थकाली गीत म स्वयमले ईन्ल्यान्ड, नेपाल लगायत धेरै ठाउमा खोजेर बलबल ३ महिना अघि आयोजकलाई उपलब्ध गराउदै आयोजकले चुलो निम्तो समेत दिएको र थकाली नाच कस्तो तयारि भएको होला भनेर अति नै कौतुहलता समेत लागेको अबस्थामा मलाई प्रवेश द्धारमा यसरि झंस्क्याउदा यस्ता नेपालीलाई संम्झिदै घिन लागेर आयो ।
जेहोस, म सहित ६ जनाको टिकट प्रति २५०० सयको दरले काटेर भित्र छिरेपछि निश्चित समयमा कार्यक्रम अति नै सौहार्दपुर्ण रुपले २ घण्टा हेरियो ।
कार्यक्रमको बिच बिचमा तालीको ठुलो आवाजले कार्यक्रमको स्थरियता र ब्यबस्थापनको मिहेनत र हेर्नै पर्ने उदाहरणीय रुपको उत्त कार्यक्रम सहजै अनुमान गर्न सकिन्थ्यो ।
लाईटिङ, म्युजिक, समय तालीका लगायतका बिबिध कुराहरुको कुनै केहिको कमि कमिजोरि नै थिएन ।
१ मिनेट पनि तलमाथी नभई २ घण्टा सम्म लगातार गरिएको पहिलो चरणको "बुद्धको ज्ञान" करिव ४५ मिनेट नाटक स्वरुपको प्रस्तुति र दोस्रो चरणको कार्यक्रम, पुर्व मेची देखी पश्चिम महाकाली सम्म नेपालमा बसोबास गर्ने सम्पुर्ण जातजातिको नाचगानलाई समेटिएको मनोरञ्जनपुर्ण यस कार्यक्रम अति नै प्रशंसनिय थियो ।
हुत यस कार्यक्रम मैले एक दशक अघि देखि नै हेरि रहेको र म स्वयम नै यस कार्यक्रमको स्टेजमा समेत उभिने मौका मिलेकोले मैले त सहजै अनुमान गरेको थिए तर अन्य मेरा मित्रहरु भने यस खालको कार्यक्रम पहिलो पटक हेरे भन्दै २ घण्टा संम्म रनभुल्लै हुनु भएको थियो भने कार्यक्रम सकिए पछि पनि प्रशंसा गर्दै यस कार्यक्रमले कार्यक्रमको ब्यबस्थापन गर्ने तरिकार र स्थरियताको बारेमा ठुलो पाठ सिकायो भनेर समेत भन्न भ्याउनु भएको थियो ।
२५ औं बार्षिक उत्सवका साथ मनाईएको यस नेपाल ईन जापान २०११ मा २ जना नेपाली बाहेक सम्पुर्ण जापानीहरुको प्रस्तुति, प्रकाशन, खानपिनको ब्यबस्था र नेपाली सरसामानको बेचबिखन सहित बिबिध नेपाल संम्बन्धिका जानाकारिमुलक कार्यक्रम रहेको थियो ।
जेहोस, अन्तमा आयोजकले थकालीको नाच को बिशेष महत्व दिदै मेरो नाम समेत बोलाईएकोमा मेरो तर्फबाट उहाहरुलाई मुरिमुरि धन्यबाद छ । हाम्रो तर्फबाट उहाहरुको टिमलाई सधै सहयोग गर्ने प्रतिबद्धता समेत ब्यत्त गर्दछु ।
हेर्नुस स्टेजका केहि झलक माथितिर....
फोटो : एस.के. गौचन

Tuesday, March 1, 2011

तामाङ समाज जापानलाई हार्दिक बढाई ।


सरद डायरि । सोमबार, फाल्गुण १६, २०६७
हिजो मात्र सहयात्रि संस्था तामाङ समाज जापानको सोनाम ल्होसार २८४७ (खरायो बर्ग) नया बर्ष भब्यताका साथ सम्पन्न भयो । म मेरो संस्था थसेस जापानको प्रतिनिधित्व गर्दै शुभकामना समेत दिने मौका दिनुभएकोमा धन्यबाद छ ।
उत्त कार्यक्रममा आउदो कार्यकालको लागि मित्र सुकुमान थिङ तामाङ ज्युको अध्यक्षतामा २०११-२०१२को लागि तामाङ समाज जापानको नया कार्यसमिति समेत चयन भएको शुभअबसरमा हार्दिक बढाई सहित मंगलमय शुभकामना टक्य्राउछु ।
यस खुशियालीको अबसरमा थसेस जापानको तर्फबाट बढाई पत्र ईमेल मार्फत सुचित गरिसकेका छौं । उत्त पत्र तल र माथितिर जस्ताको तस्तै.....

To,
The president
Tamang Samaj Japan

Dear Mr, Sukuman Thing Tamang jee,
On behalf of Thakali Sewa Samittee Japan, I would like to congratulate you and your entire exco members for your successfule tenure in your organization.
And also hope for kind cooperation in days come.

Sincerely yours,
Sarad Kumar Gauchan
President of NPO Thasesa, Japan
--------------------------------------
NPO, Thakali Sewa Samittee
Tokyo, Japan
URL: www.thasesajapan.com
Email: thasesa@yahoo.com, skgauchan@hotmail.com