Monday, April 18, 2011

पिडित जापानीहरुलाई नेपाली खाना खुवाउने कार्य सम्पन्न ।





















सरद डायरि । आईतबार, बैशाख ०४, २०६८

जापानको बर्तमान अनिश्चितकालीन संकटकाललाई थोरै भएपनि राहत दिलाउनको लागि जापानस्थित नेपाली दुताबासको संयोजकत्वमा बनेको उद्धार टिमको आयोजना भएको नेपाली खाना खुवाउने कार्यक्रममा म लगायत हाम्रो अन्य ३ जना मित्रहरु गरि हाम्रो संस्थाको तर्फबाट ४ जना संमिलित भईयो ।

तोमेसिको २ सिविरमा रहेका अधिकांस मियागिकेनको मिनामि सानरिकुच्योबासि पिडित जापानीहरु करिव १००० जनालाई खाना खुवाउने र योगा (कसरत) पनि गराएर सानै भएपनि यस पबित्र कार्यमा संलग्न हुन पाएकोमा गौरान्वित र हर्षित भएको महशुष गरेको छु । यस संकटको घडिमा रहेका हाम्रा जापानी परम मित्रहरुलाई ठुलो चोटमा सानै भएपनि मलम लगाउने कार्य सम्पन्न गरियो ।

सुनामिले बिध्वंसै पारेको मियागिकेन मिनामि सानरिकुच्योको कहालिलाग्दो स्थलको दृष्यहरु समेत अवलोकन गरि हिजो आधा रातमा टोक्योमा फर्कियौं ।



बिस्तृत बिवरण

प्रस्थान मिति : अप्रैल १५, २०११ (शुक्रवार)

सिन्ओकुबोमा जम्मा भएको समय - २१:३०

गन्तब्य स्थलतिर प्रस्थान समय - २३:३०

टोक्योमा फर्किएको मिति - अप्रैल १६, २०११ (शनिवार)

फर्किएको समय - २२:३०

बस र भ्यान गरि जम्मा सम्मिलित संख्या - ४७ जना

जापानी- ७ जना

नेपाली- ४० जना

बसमा सफर संख्या - ४२ जना

भ्यानमा (किचनको सामान सहित) सफर संख्या - ५ जना


@राजदुत डा.गणेश योञ्जन तामङ ज्यु र एनआरएन अध्यक्ष देवमान हिराचन ज्यु पनि शनिबारको दिन दिउसो उपस्थित



कार्यबिभाजन


ब्यबस्थापनतर्फ - ४ जना
खाना बनाउने तर्फ - १२ जना (कुक)

सरसफाई तर्फ - १० जना

सामानको ओसारपोसार तर्फ - १० जना

भोलियन्टर परिचालन तर्फ - ६ जना

योगा (ब्यायाम, कसरत) तर्फ - ५ जना



खानाको परिकार (मेनु)

कुखुराको मासु र झोल (माईल्ड)

कुखुराको मासु र झोल (साधारण)

सेतो भात

मुलाको अचार

मिनेरल वाटर

@भात र मासुको झोल जति पनि खान पाईने र टेक आउट समेतको ब्यबस्था



खाना खुवाईएको स्थान र संख्या

तोमेसी टाईकुकान (ईन्डोर खेलकुद ग्राउन्ड) को सिविर - ७०० जना

तोमेसी कोओमिनकान (पब्लिक हल) को सिविर - ३०० जना



Thursday, April 14, 2011

२०६८ को हार्दिक शुभकामना ।



सरद डायरि । विहिबार, बैशाख ०१, २०६८

नव वर्ष २०६८ को आज पहिलो दिनको आगमन संगै, नया जोश, जागर र उमंग संगै बिगतका दुखदायी घटना, नराम्रा गतिबिधि र बिफल कार्यलाई बिर्सने प्रयत्न हुने नै छ भने, गर्न बाकि रहेका कार्यलाई पुर्णता दिने कार्यको प्रयासरतका साथै सधै र सबैकुराको पोजेभिट बिचारकासाथ अघि बढ्ने अठोट समेत गरेको छु ।

नया वर्षको शुभकामना आदान प्रदानको शिलशिलामा अनलाईन मेडियामा छापिएका शुभकामना सन्देश र केहि मित्रहरुबाट ईमेल मार्फत प्राप्त पत्रहरु जस्ताको तस्तै...
थसेसजापान डटकम



देवमान हिराचनज्युबाट,

On the acuspicious occasion of New Year 2068, I wish you all a very happy, peaceful and prosperous New Year!

I hope that many of the dreams of Nepal and Nepali people will be fulfilled in 2068!

May the New Year inspire us all to contribute more toward our homeland!

May this New Year bring joy and happiness to each Nepali household both in Nepal and abroad!


With best regards

D.M.Hirachan

President

International Coordination Coundil (ICC)

Non-Resident Nepali Association (NRNA)

NRN Secretariat FNCCI Building

P.O.Box: 269

Pachali Shahid Shukra Marg

Teku, Kathamandu, Nepal

Tel: 977-1-4262061/4262218/4266889

Fax: 977-4261022/4262007




डा. दुर्गा बहादुर सुबेदि (क्षेत्रि) ज्यु बाट,

Wish you and family a very happy,peaceful and prosperous New Year-2068.


Sincerely,

DuBaSu

&

Poonam


Dr.Durga Bahaduru Subedi Chhetri

Deputy Chief of Mission

Embassy of Nepal

Fukukawa House B

20-28, Shimomeguro 6-Chome,

Meguro-ku, Tokyo 153-0064 Japan

Tel: 03-3713-6241

Fax:03-3719-0737




बिमल अधिकारिज्युबाट,

Namaste!

On the occasion of Nepali New Year 2068, my self and NESAJ 13th Ex-Com would like to wish you all a very happy, prosperous and healthy life for us, our families, and for our country. Let's hope this year may bring a mountain of development and prosperity in our country.

All for now with good wishes!



Sincerely yours,

Bimal Adhikari

President

On behalf of NESAJ 13th Ex-Com

Wednesday, April 13, 2011

HAPPY NEW YEAR 2068 !

सरद डायरि । मंगलबार, चैत्र २९, २०६७

KEEP THE SMILE, LEAVE THE TEAR.

THINK OF JOY, FORGET THE FEAR.

HOLD THE LAUGHTER, LEAVE THE PAIN.

Nepali New Year 2068 Begins, Let Us Pray That It Will Be A Year With Peace,Happiness And Abundance Of New Friends.

God Bless You Throughout The Year.

नव वर्ष २०६८ ले सबैको जिवनमा खुशी ल्याओस् , सबैको मनोकांक्षा पुरा होउन ।

बसन्त झै सबैको जिवनमा हराभरा बन्न सकोस् , गृष्म श्रुतुको त्यो कडा तापले सबैको दु:ख जलाउन सकोस, अनि बर्षामा बादल उडेसरी सबैको जिवनबाट दु:ख उडेर जान सकुन ।


नया वर्ष २०६८ सालको पावन अबसरमा स्वदेश तथा बिदेशमा बसोबास गर्नु भएका आम नेपाली दाजु भाई तथा दिदीबहिनीहरुमा सुख, स्वास्थ, दिर्घायु एवं उत्तरोक्तर प्रगतिका लागि

हार्दिक मंगलमय शुभकामना ब्यत्त गर्दछौं ।



भवदिय,

समिप गौचन, दिना गौचन, शरद कुमार गौचन

टोक्यो, जापान

Monday, April 11, 2011

सिन्जुकु ग्योएनमाएको हानामी





सरद डायरि । आईतबार, चैत्र २७, २०६७

नेपाल देखी पाल्नुभएका आफन्तजनको बिशेष आतिथ्यमा पुष्पलोकन (हानामी) कार्यक्रमतय भए अनुसार लागियो गन्तब्य स्थल सिन्जुकुको ग्योएनमाए पार्कतिर ।

हालको जापानको परिस्थितिले पब्लिक सवारि साधनहरुको चल्ने समय घटाईएको कारण र सबै संग बाटोमा भेटघाट गर्दै संगै जानुपर्ने भएकोले पनि पुर्व निर्धारित समय भन्दा निकै ढिला गरि पुगियो हानामी स्थल तिर ।

केहि आफन्त भने, ठिक समय मै आउनुभएकोले उहाहरुलाई निकै कुह्राएको अबगत भयो भने केहि आफन्त भनाउदाले भने बिना खवर नआएका रहेछन ।

आफ्नो स्वार्थ र मतलबिका कारण नचाहिदो बंकम्फुसे कारण देखाउदै फेरि फोन गर्ने आश्वासन दिएका भएपनि अनन्त न त फोन नै आयो न त उपस्थिति नै भए। मैले पनि त्यस्तालाई फोन नै नगर्ने निर्णय गरे ।

जेहोस, पुष्पलोकन स्थल भने अति नै ब्यबस्थित र राम्रो लोकेशनलेमा पर्ने भएकोले पनि मान्छेहरुको घुईचो र लाम भने कम थिएन, प्रवेश शुल्क समेत किटान भएको उत्त पार्कमा रकम भुक्तानि गरि छिर्नुपर्ने भएकोले केहि बेर लाईन बसि सबैको टिकट लिई प्रवेश गरियो ।

हलुका हावा र थोरै सित्तलको महशुष भएपनि भेटघाट, खानपिन र फोटो खिच्ने कार्यक्रम भने अति नै सौहार्दपुर्ण रुपले सम्पन्न गरियो ।

निकै रमाईलो भएको उत्त पुष्पलोवकन कार्यक्रम बेलुकाको साढे पाच बजेतिर पार्कबाट निक्लियौं ।

अझै केहि समय संगै बस्ने मनसाय सबैबाट प्रकट भएकोले सिन्जुकुको सवनार्द स्योन्तेनगाईको कफि सप तिर लागियो ।


For Photo (सबै बिस्तृत फोटोको लागि फर फोटोमा क्लिक गर्नुहोस)

Wednesday, April 6, 2011

थसेस जापानको २० औं शुभकामना साँझको बिज्ञापन

सरद डायरि । मंगलबार, चैत्र २२, २०६७


पुर्व तयारि अनुसार छलफल र अन्तिम निर्णय गरेपश्चात ५, ७ दिन अघि नै अनलाईन मेडिया र केहि पत्रिकालाई २० औं शुभकामना साँझको बिज्ञापन छपाउनको लागि अनुरोध गरिसेकेको थिए ।


तर ढिलैगरि भएपनि आज मात्र छापिएको रहेछ । जेहोस, वुईलभ मात्र हाम्रो संस्थाको लागि यस्तो मेडिया हो जस्ले हामिलाई अति धेरै गुण लगाउनु भएको छ । निशुल्कैमा अति नै छिटो र भनेजस्तै गरि हाम्रो समाचार लगायत बिविध कुराहरु संम्प्रेषण गरि सधै जसो सहयोग गर्नुभएको छ सहयात्रि उत्त टिमका मित्रहरुलाई कोटिकोटि नमस्कार । निम्न लिन्कहरुमा प्रकाशीत ब्यहोराहरु


बिज्ञापन लिन्कहरु

वुईलभनेपाल डटकम (अप्रैल ५ तारिख प्रकाशन)

समुद्रपारि डटकम (अप्रैल ५ तारिख प्रकाशन)

टोक्योनेपाल डटकम (अप्रैल ६ तारिख प्रकाशन)

नेपालजापान डटकम (अप्रैल ६ तारिख प्रकाशन)
डिसिनेपाल डटकम (अप्रैल २४ तारिख प्रकाशन)
डिसिनेपाल डटकम (अप्रैल २६ तारीख प्रकाशन)


समाचार लिन्कहरु

वुईलभनेपाल डटकम (मार्च ३१ तारिख प्रकाशन)


टोक्योनेपाल डटकम (अप्रैल १ तारिख प्रकाशन)

वुईलभनेपाल डटकम (अप्रैल ३ तारिख प्रकाशन)

समुद्रपारि डटकम (अप्रैल ३ तारिख प्रकाशन)

जापाननेपाल सोसाईटि (अप्रैल २८ तारिख प्रकाशन)

Sunday, April 3, 2011

२० औं शुभकामना साँझको मे ५ गरिने

टिकट १०,००० ऐन (भिआईपि) टिकट ३,५०० ऐन (साधारण)
पोष्टर स्याम्पल (थसेस जापान)

पोष्टर (समुद्रपारि डटकममा प्रकाशित)
सरद डायरि । शनिबार, चैत्र १९, २०६७

आज केहि मेडियामा थसेस जापानको आयोजनामा हुन गईरहेको २० औं शुभकामना साँझको समाचार संम्प्रेषण भएको छ ।महाभुकम्प र सुनामी तथा आणविक विकिरण पीडितहरुको सहयोगार्थ साथै तोरन्ल्ह, नेपाली नया वर्ष २०६८ र भ्रमण बर्ष २०११ को उपलक्ष्यमा हुन गएको यस कार्यक्रमका बिस्तृत विवरण तलका लिन्कमा हेर्नसक्नुहुनेछ ।


Friday, April 1, 2011

२० औं शुभकामना साँझ मे ५ गरिने सुचना सार्वजनिक

पोष्टर (टोक्योनेपाल डटकम)
सरद डायरि । शुक्रबार, चैत्र १८, २०६७

स्थगित गरिएको २० औं शुभकामना साँझ हलको अन्तिम निर्णय र कलाकारको टुंगो लागेकोले उत्त कार्यक्रम आयोजना गरिने आज सार्वजनिक सुचना प्रकाशित गरियो ।

जस अनुसार, टिकट र पोष्टरको लागि अन्तिम डेजाईन हुदै छ भने, अनलाईन मेडियाहरुमा पनि प्रकाशनको लागि अनुरोध गरिएको अबस्था छ । आज सार्बजनिक गरिएको २० औं शुभकामना साँझको ब्यहोरा तलतिर जस्ताको तस्तै.....

भुकम्प, सुनामी तथा आणविक विकिरण पीडित सहयोगार्थ साथै तोरन्ल्ह, नेपाली नयाँ बर्ष र भ्रमण बर्ष २०११ को उपलक्ष्यमा २० औं शुभकामना साँझ थकाली सेवा समिति सगौरव प्रस्तु गर्दछ।

20TH SUVHAKAMANA SAJHA

被災者支援救助及び復興のために第20回スバカマナサザ

東北地方太平洋沖地震被災者の皆さまに心よりお見舞い申し上げます。


बिशेष आकर्षणहरु

आधुनिक गीतका चर्चित सुप्रसिद्ध गायिका- अन्जु पन्त "ब विर्से तिमीलाई, बिना अर्थ दिलमा सजायँ तिमीलाई"

हास्यब्यंङ्ग कलाकार तथा नृत्यकार- गोपाल नेपाल (फिस्टे) "नियम कडा छ" साथमा स्थानिय कलाकारहरुको अपुर्व जमघट रहने छ ।


कार्यक्रम स्थल र समय

मिति: मे ५, २०११ (बिहिबार)

समय: १५:०० बजे (ढोका खुल्ला-१४:३०)

स्थान: कोआ ईकेबुकुरो, ईष्ट स्टेज बुन्का हल, ६ तल्ला, तोसिमा कुमिन सेन्टर

टेलीफोन नंम्वर: ०३-३९८४-७६०१

टिकट दर: ३,५०० ऐन मात्र (सहयोग स्वरुप)


थप जानाकारिको लागि

०३-३९८६-६०८७, ०८०-५४८३-८५५३, ०८०-५४८७-३१८१

०९०-३५०६-३४११, ०८०-२०४१-०७७०, ०९०-२३१९-००२७