Sunday, May 29, 2011

अनन्त भदौं १४ सम्म थपियो संविधान सभाको म्याद ।

सरद डायरि । शनिबार, १४ जेठ, २०६८


अनन्त हाम्रा नेता भनाउदा ६०१ सभासदहरुले रंगमंञ्चमा नाटक अभिनय, मंञ्चन र बहाना गर्दागर्दै आधा रात सम्ममा निधाँउदै गरेर भएपनि संविधानको म्याद थप गर्दै संम्पन्न गरेर हामि जनतालाई आँखामा छाँडो हालेरै छाडे ।
हामिलाई पुर्व जानाकारि नै थियो कि, जेठ १४ गतेको आधारात सम्म मै भएपनि म्याद थप्छन भन्ने कुरो यिनी नरपिचासहरुले ।
सर्वोच अदालतले ६ महिना भन्दा म्याद थप गर्न नमिल्ने कुरो सार्वजनिक गरेको कारण पनि
३, ३ महिनाको किस्ताबन्धि गरि ६ महिनाको म्याद त थपे, नत्र भने त १ बर्षकै थप गर्ने अभिनय गर्दै थिए ।
जेहोस, पहिलो ३ महिना यानिकि भाद्र १४ सम्ममा ५ बुदे उल्लेखित बुदाहरुको प्रारम्भिक मस्यौदाको तैयारि, कार्यान्वय गर्दै बाकि ३ महिनामा संविधान लेखनको प्रक्रियागत कार्य सम्पन्न गर्ने समय प्रयाप्त छ ।
यदि थप यो ६ महिनामा संबिधान लेख्न सकेनन भने यि ६०१ जना देशको भत्ताखान पल्केका उडुसहरुलाई यसो गर्दा कस्तो होला.....
क)गाँउ,नगर,राष्ट्र र अन्तराष्ट्रिय तथा कुनैपनि चुनाव वा सामाजिक कार्यहरुको उमेदवारि घोषणा गर्न नपाउने वा निषेध गर्ने ।
ख) राष्ट्रिय वा अन्तराष्ट्रिय तथा कुनैपनि सार्वजनिक पद, दाहित्व, जिम्मेवारि बहन गर्न नपाउने वा निषेध गर्ने ।
ग)राष्ट्रिय ढुंकुटिबाट हालसम्म लिएको तलब भत्ता सुबिधाको ब्याज समेत जोडि ५० प्रतिशत मात्र भएपनि किरिक्क असुलि गराउने ।

घ)राष्ट्रिय वा अन्तराष्ट्रिय तथा कुनैपनि सार्वजनिक कार्यक्रममा भागलिन नपाउने वा निषेध गर्ने ।

Sunday, May 15, 2011

कलाकारद्धयसंग मेई ०८, २०११ का दिन ।







सरद डायरि । शुक्रबार, बैशाख २३, २०६८


















आज गोपाल नेपाल " फिस्टे" भाई र मनोज आचार्य "खुराफाति" दाजुहरु नेपाल फर्किने दिन भएकोले एक कार्यक्रममा दिउसो सहभागि भई बेलुका उडाउने कार्यक्रमतय भएको थियो ।

सो कार्यक्रममा हाम्रो संस्थाबाट कलाकारद्धयलाई हस्तान्तरण गरिने कदर पत्र जस्तो प्रशंसा पत्र र केहि मेरो नितान्त ब्यक्तिगत तर्फबाट उहा २ जनालाई बोनास सहयोग रकम पनि दिने मनसाय भएकोले, उत्त कार्यक्रममा सबै कार्य सम्पन्न गरियो ।

साथै हलुका फोटो खिच्ने कार्यदेखी भेटघाट र भलाकुसारि गर्दै बिदाबाजि गरि लागियो कोठातिर पोकापुन्तरोको ठेगान लगाउन किनकि बेलुका त नेपाल प्रस्थान थियो ....

Thursday, May 12, 2011

कलाकारद्धयहरुलाई केहि रमणिय स्थानमा घुमाउदाको क्षण ।
















सरद डायरि । बुधबार, बैशाख २१, २०६८

आज बिहानै २० औं शुभकामना साँझको लागि आमन्त्रित नेपालका चर्चित कलाकारद्धय अञ्जु पन्त र गोपाल नेपाललाई मेरै आफ्नै घरमा ल्याई पुर्याए पछि एकैछिन गफगाफ गरि आराम गर्न लगाए ।

खाना तयार भएपछि दिउसोको खाना खाईवरि नुआईधुआई गर्न बाथरुम तिर पालै पालो पस्नु भयो ।

महिले भने कलाकारद्धय जापान आईपुगे नामक समाचार र फोटोहरु केहि मेडियाहरुलाई प्रकाशनको लागि अनुरोध गर्दै संम्बन्धित साथीहरुलाई मेल र टेलीफोन मार्फत अनुरोध गरे ।

आजै बेलुका कलाकारद्धयलाई थसेस जापानको तर्फबाट हातोनोडाई स्थित नेपाली रेष्टुरेन्टमा स्वागत कार्यक्रम राखिएको कारण छिटै हलुका घुमघामको लागि शिबुया तिर निक्लियौं । कारण कलाकारद्धयहरुले जापान आगमनको क्रममा थाईको बिमानमा शिबुया स्थित हाचिको पार्कमा रहेको अति नै असल, बिश्वासिलो र मालिक प्रति सर्मरपित उत्त कुकुरको बिषयमा फिल्म हेर्नु भएको कारणले उत्त कुकुर भएको स्थलमा घुम्न जाने कुरा भएअनुरु तय भयो र निक्लियौं अर्को मित्र गरि ४ रै जना ।

२० औं शुभकामना साँझका केहि भिडियो क्लिपहरु

सरद डायरि । बुधबार, बैशाख २८, २०६८

गत मेई ०५ तारिख बिहिबारका दिन थकाली सेवा समिति जापानद्धारा आयोजित २० औं शुभकामना साँझको केहि भिडियो क्लिप युट्युव मार्फत ईन्टरनेटमा उपलब्ध गराईएको छ ।

स्वदेश तथा बिदेशमा रहनुभएका आम बन्धुहरुलाई केहि झलकहरु र उत्त कार्यक्रमको दृष्य तथा स्वरुपहरु भएपनि ईन्टरनेटको माध्यम बाट बाडौं भन्ने भावना हो ।

थसेस जापानले यस २० औं शुभकामना साँझको सिंगो कार्यक्रमको भिडियो सिडि तयार गर्नको लागि तर्जुमा गर्दैछ । निम्नतम रकममा उत्त भिडियो सिडि जो कोहिलाई उपलब्ध गराईने र थसेसको जापानको ईतिहास स्वरुप अभिलेखायको रुपमा सुरक्षितका साथ राखिने नै छ ।


हाल ईन्टरनेटमा बितरित भिडियो क्लिप देहाय बमोजिमको लिन्कमा उपलब्ध छ ।

भाग - १ (थकाली भाषाको नृत्य, स्यैमध्यैम यस नामक गीत)





Monday, May 9, 2011

गोपाल नेपाल "फिस्टे" स्वदेश प्रस्थान ।




सरद डायरि । सोमबार, बैशाख २६, २०६८

थकाली सेवा समिति जापानको २० औं शुभकामना साँझका लागि आमन्त्रित हास्य कलाकार गोपाल नेपाल "फिस्टे" पनि सोमबार बिहान स्वदेश फिर्ता भएका छन् । उनलाई थसेस जापानका अध्यक्ष शरद कुमार गौचन र सक्रिय सदस्य सन्तोषी गौचनले हानेडा विमानस्थलमा खादार्पण तथा फुलको गुच्छाले बिदाई गरेका थिए ।

गत मेई ५ तारिखका दिन टोक्योमा आयोजित शुभकामना साँझका लागि चर्चित गायिका अञ्जु पन्त संगै "फिस्टे" पनि जापान आएका थिए ।











Sunday, May 8, 2011

गोपाल नेपाल "फिस्टे" सँग मेई ०७ का दिन ।






सरद डायरि । शनिबार, २४ बैशाख, २०६८

हिजो राति अर्थात आज बिहानको १२ बजेर २० मिनेटमा हानेदा अन्तराष्ट्रिय बिमानस्थलबाट १ जना महिला कलाकार अञ्जु पन्तलाई उडाएर घरमा ढिला गरि फिेस्टे संगै फर्किए ।

लगातार १ हप्ता जस्तो भयो, भारि गह्रुङ्गो समयतालिका अनुसार कलाकारलाई घुमाउने, अन्तर्वाताका लागि पत्रकार समक्ष पुर्याउने, कलाकारका साथीहरुलाई भेटघाट गराउनु साथै कलाकारको मेडिईन जापानको सरसामान किनमेल गर्ने ईच्छा अनुरुप सरसंपिङ्ग समेत गराउदै प्रत्येक दिन संगै हिड्नु परेको कारणले पनि निकै थाकेको भएपनि आँखा मिच्दै बिहान ८ बजे उठ्न भने बाध्यै भए । कारण आज फिस्टेको पुरानो महिला साथी लगायत जिरे खुर्सानीको सिरियलमा फिस्तेको आफ्नै छोरा भएर खेल्ने सानो बावुको जापानमा बस्ने आफ्नै सकत्रै मामा संग भेट्नको लागि । साथै बाचाकवुल सहित उनैसंग लञ्च खाने तर्जुमा पनि भएको थियो ।

साथै बेलुकि हाम्रै संस्थाले फिस्टेलाई बिदाई पार्टि समेत दिनेतय भएकोले ६ बजे त संम्बन्धित रेष्टुरेन्टमा पुग्नु थियो ।

फिस्टे, १० बजे तिर सधै झै गुड् मोर्निङ्ग भन्दै आँखा मिच्दै उठे पश्चात बनाएको ब्रेकफास्ट तकार्दै नेपाल, जापान लगायत सम्बन्धित ठाउमा टेलीफोन बार्तालाप सकियो र आजको कार्यक्रम तय भयो र लाग्यौ लञ्च लिन गन्तब्य स्थल तिर ।

नेपालीको समय त हो, साँढे एक बजे भनेको कहा को १ घण्टा ढिला गरि आए मामा सरकार त्यसपछि त भो फसाद, अनि फेरि पछि दिएको टाईम मिलाउन टाउको दुखाई ।

जेहोस, सबैलाई भेटघाट गराई र लञ्चको खानपिन सहित सकेर लागियो बेलुकाको हाम्रै बिदाई पार्टि हुने गन्तब्य स्थल "नेचर पावर रेष्टुरेन्ट किवा" तिर ।

Saturday, May 7, 2011

फर्किईन अन्जु जापानबासि नेपालीहरुलाई लठ्याएर ।







सरद डायरि । शनिबार, बैशाख २४, २०६८

थकाली सेवा समिति जापानको २० औं शुभकामना साँझको लागि नेपालबाट आमन्त्रित चर्चित गायिका अञ्जु पन्त आज विहान स्वदेश प्रस्थान गरेकी छिन् । उनलाई आयोजक संस्थाका अध्यक्ष शरद कुमार गौचनले हानेडा अन्तराष्ट्रिय बिमानस्थलमा फुलको गुच्छा प्रदान गरेर बिदाई गरेका थिए ।

गत बिहिबार टोक्योमा भएको शुभकामना साँझ कार्यक्रममा गायिका अञ्जु पन्तले "जिन्दगी यो फुलै फुलको थुंगो होईन, मलाई बाँसुरिले रुवायो, हाँस्नलाई ओंठ खोले, यो मायको संसारमा आज धेरै गाह्रो भयो, तिमीले पराई ठानेपछि, पराई हुन के भयो र ? तिम्रो मेरो बिचको नाता भन्नु पनि रह्यो र ? मेरो मनको ढुकढुकीमा मायालुको बास भयो, तिर्खा लाग्यो पानी खाए, मैले के बिराए, न विर्से तिमीलाई, न पाए तिमीलाई, बिना अर्थ दिलमा सजाए तिमीलाई, जस्ता दर्जनौं चर्चाको शिखरमा रहेका उनका गीतहरु गाएर जापानका नेपालीहरुको मन जित्न सफल भएकि थिईन् ।

कार्यक्रममा हास्यकलाकारद्धय गोपाल नेपाल "फिस्टे" र मनोज आचार्य "खुराफाती हाकिम" ले पनि आफ्नो प्रहसन मार्फत नेपाली राजनीतिमा बिद्यमान बिकृति र बिसंगति उछिट्टो काढ्दै नेताहरुलाई देश र जनताका लागि काम गर्न सवक सिकाएका थिए । अञ्जुलाई बिदाई गर्न अर्का कलाकार गोपाल नेपाल "फिस्टे" पनि हानेडा बिमानस्थल पुगेका थिए ।













श्रोत : समुद्रपारि

कलाकारद्धयसंग मेई ०६, २०११ का दिन ।





























सरद डायरि । शुक्रबार, बैशाख २३, २०६८

हिजो मात्र सम्पन्न गरिएको २० औं शुभकामना साँझ अनि बेलुका १ कलाकारको बिदाई समारोह पनि भएकोले घर फर्किदा रातिको करिव १२ बजिसकेको रहेछ ।

भएन भनेर, घरमा आएर कलाकारद्धयहरु ट्वाके र हाम्रा महिलाहरु १ दिने भेटैमा कलाकारसंग अति नै नजिक भएका कारण होला, भए नभएका गफमा मस्तले हुदा होला, बिहानको साँढे ५ बजे सम्म ट्वाक लगाउदै साथमा कलाकारद्धयको पारिवारिक गफबाट शुरु भई हालसम्मको कलाकारिताको कहानी र कथाहरु सुन्दै सुनाउदै गफगाफमा मस्तहुदा समय बितेको पत्तै नपाए कुरा बिहान जानाकारि पाए ।

तर म भने साँढे १२ बजे नै बेडतिर लागेकोले बिहान छिटै उठि ब्रेकफास्ट बनाउदै सबैलाई उठाए ।

१,१ जना गरि ट्वाईलेट बाथरुम र नुआईधुआई गर्दैमा एक डेढ घण्टा त उत्तिनेखेरै बितिहाल्यो ।

ब्रेकफास्ट खाईवरि छिटै निक्लन पर्ने भएकोले पनि सबैलाई आजको स्क्येज्युल भन्दै अत्याउदै थिए, किनभने लन्चको लागि बाहिर साथीकहा समय दिएको थिए । साथमा कलाकारको ईन्टरभ्यू सहित केहि साथीहरुलाई कलाकारसंग भेटाउने समय समेत दिईसकेको कारण त्यसमाथी आजै राति १ जनालाई त नेपाल उडाउन पनि पर्ने भएकोले म भने, समय हेर्दै सबैलाई छिटो गर्न भन्दै थिए ।

३ घन्टा पनि नसुतेकोले होला, आफ्नो पेस छोड्या पो सबैले.....

Friday, May 6, 2011

२० औं शुभकामना साँझ भब्यताका साथ सम्पन्न ।























































सरद डायरि । बिहिबार, बैशाख २२, २०६८


आज २० औं शुभकामना साँझ भब्यताकासाथ सम्पन्न गरियो । २,३ महिना अघि देखि यस कार्यक्रममा लागि पर्दै जुटेका कारण निकै थकाई र मेन्टल्लि टेन्सन भएपनि आज देखि भने केहि हलुका भएको महशुस गरेको छु । अझै कलाकारहरुलाई नेपाल फिर्ता पठाउन बाकि मात्र बाकि छ त्यसपछि पो हाईसन्चो हुने हो कि ?

जेहोस, यस कार्यक्रमको बिभिन्न मेडियामा प्रसारित समाचार जस्ताको तस्तै ......
थकाली सेवा समिति जापानको २० औं शुभकामना साँझ आज टोक्योमा बिविध साँस्कृतिक कार्यक्रम सहित सम्पन्न भएको छ ।

टोक्यो ईकेबुकुरोस्थित तोसिमा कुमिन सेन्टरमा भएको सो कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित गायिका अञ्जु पन्त र हास्यकलाकारद्धय गोपाल नेपाल "फिस्टे" र मनोज आचार्य "खुराफाति हाकिम" को जोडदार प्रस्तुती रह्यो ।

उत्त शुभकामना साँझको प्रमुख अतिथि पुर्व उपप्रधानमन्त्री तथा एनेकपा माओबादीका स्थायी समितिका सदस्य एवं सभासद अमिक शेरचनले थकाली जातीखो लोकप्रिय खेलको रुपमा रहेको ताराखेलको धनुषबाण प्रहार गरेर समुदघाटन गरेका थिए । सो अवसरमा एनआरएन आईसीसीका प्रवत्ता डा.कुमार बस्नेत र एनआरएन जापानका प्रवत्ता डा. राजेन्द्र प्रसाद पराजुलीले थकालीहरुको ४ देवताको तस्विरमा खादार्पण गरेका थिए ।

कार्यक्रममा जापानका लागि नेपाली राजदुत डा. गणेश योञ्जन तामाङले पठाएको शुभकामना सन्देश पढेर सुनाइयो । शुभकामना सन्देशमा हालै जापानमा आएको महाभुकम्प तथा सुनामीका कारण सिंगो जापान शोकमा डुबेको घडिमा दुताबासले कुनै पनि उत्सवजन्य कार्यक्रमको आयोजना नगर्ने र सहभागी पनि नहुने नीति अपनाईएकोले यस कार्यक्रममा पनि उपस्थित हुन नसकेको जनाउदै कार्यक्रम सफलताको कामना गरिएको थियो ।

भुकम्प तथा सुनामीमा परि दिवंगत हजारौं आत्माको चिरशान्तिको कामनामा १ मिनेट मौनधारण गर्दै शुरु भएको कार्यक्रममा गायिका पन्तले पनि पानसमा बत्ति बाली मृतात्माहरुको चिरशान्तिको कामना गरिन् । आमन्त्रित कलाकारहरु अञ्जु पन्त, गोपाल नेपाल "फिस्टे" र मनोज आचार्य "खुराफाति हाकिम" लाई संस्थाका अध्यक्ष शरद कुमार गौचनले फुलको गुच्छा र खाता ओढाई स्वागत गरेका थिए भने कार्यक्रमको प्रायोजन गरेर सहयोग गर्ने ब्यबसायीहरुलाई प्रमुख अतिथि शेरचनद्धारा प्रमाणपत्र प्रदान गरियो ।

कार्यक्रममा गत मार्च ११ का दिनमा जापानमा आएको भुकम्प र सुनामीबाट सिंगो जापान शोकमा डुबेको सन्दर्भमा नेपालीहरु पनि जापानीहरु संगै रहेको सन्देश प्रवाह गर्ने खालको प्ले कार्ड प्रदशन गरि एक्यबद्धता जनाईएको थियो ।

त्यसपछि शुरु भएको साँगीतिक कार्यक्रमको शुरुवातमा थकाली गीतमा नृत्य प्रदर्शन गरियो भने गोपाल नेपाल र मनोज आचार्यको अलग अलग हाँस्य प्रहसन प्रदशन गरियो ।

त्यसपछि रंगमञ्चमा प्रस्तुत हुदै गायिका अञ्जु पन्तले "जिन्दगी यो फुलै फुलको थुंगो, मलाई बाँसुरीले रुवायो, हाँस्नलाई ओंठ खोले, यो मायाको संसारमा आज धेरै गाह्रो भयो, तिमीले पराई ठानेपछि, पराई हुन के भयो र? तिम्रो मेरो बिचको नाता भन्नु पनि के रह्यो र ? जस्ता गहकिला एवं अति चर्चित गीतहरु गाएर दर्शकहरुलाई भावबिभोर तुल्याउनुका साथै भरपुर मनोरञ्जन पनि प्रदान गरिन् ।

यसैगरि गायिका पन्तले मेरो मनको ढुकढुकीमा मायालुको बास भयो, तिर्खा लाग्यो पानी खाए, मैले के विराए, न विर्से तिमीलाई, बिना अर्थ दिलमा सजाए तिमीलाई, सुनकोशीले सुसेलेको दुधकोशीले सुन्छ, बनमा फुल्यो फुलैफुल जस्ता दर्जनऔ चर्चाको शिखरमा रहेका गीतहरु गाएर जापानका नेपालीहरुको मन जित्न र नचाउन सफल भईन् अञ्जुले गीत गाईरहे, रंगमञ्चमा छाईरहे उनको गीतबाट दर्शकश्रोताहरु कहिल्यै अघाएनन् । बरू वान्समोरको अनुरोध थपिनैरह्यो ।

कार्यक्रममा स्थानिय कलाकारहरुमा हिपहप ब्रोहरुको रयाप गीत, दिपक गौचनको माकुरी जालैमा, बस्यो माया गाजलु आँखैमा, बोलको गीतमा नृत्य, फिस्टे र सन्तोषी गौचनको युगल हाँस्य नृत्य, शित्तल योञ्जनको एकल गीतले पनि कार्यक्रममा थप रौनकता प्रदान गरेका थिए ।

यसैगरि हाँस्यकलाकारद्धय फिस्टे र खुराफाती हाकिमको युगल प्रस्तुती म:म: पसल मार्फत नेपाली राजनीतिमा बिद्यमान विकृति र बिसंगतिको उछिट्टो मात्र काढेनन् नेताहरुले देश र जनताका लागि काम गर्न सवक सिकाएका थिए ।

कार्यक्रमको अन्ततिर संस्थाका अध्यक्ष शरद कुमार गौचनले कार्यक्रम सफल पार्न सहयोग गर्ने संम्बन्धित सबैप्रति धन्यबाद ज्ञापन गरेका थिए ।

जापानमा अहिलेसम्म भएका साँगीतिक कार्यक्रमहरु मध्ये थसेसको २० औं शुभकामना साँझ मार्फत अञ्जु पन्त जापानमा उत्कृष्ट र स्थरिय साँगीतिक प्रस्तुती दिन सफल कलाकारका रुपमा दरिएकि छिन् । अञ्जुले गाएका दर्जनौं गीतहरु जति सबै त्यतिकै वजन्दार र मार्मिक मानिए त्यसैले त दर्शकहरुले पटक पटक वान्समोर गरेर अञ्जुला दोहोर्याएर गाउन बाध्य बनाएका थिए । सुरिलो स्व र जादुमय गायन कलाकी धनी अञ्जुको दमदार साँगीतिक प्रस्तुतीबाट उनी जापानका नेपालीहरुमा गहिरो छाप छोड्न सफल भएकी छिन ।

कार्यक्रमको पहिलो सत्र महासचिव अनिल भट्टचनले सञ्चालन गरेका थिए भने दोश्रो चरणको साँगीतिक कार्यक्रम भने सह-कोषाध्यक्ष दिपक गौचन र संस्थाकी सक्रिय सदस्य सन्तोषी गौचनले संचालन गरेका थिए ।

बिस्तृत फोटो ग्यालरि पार्ट-२
वुईलभनेपाल डटकम (समाचार)
वुईलभनेपाल डटकम (फोटो ग्यालरि)
नेपालजापान डटकम (समाचार)
नेपालजापान डटकम (फोटो ग्यालरि)
समुद्रपारि डटकम
टोक्योनेपाल डटकम
थसेसजापान डटकम