Sunday, July 31, 2011

विश्व साईकलयात्री दाहाललाई थसेस द्धारा सम्मान ।



सरद डायरि । शनिबार, १४ साउन, २०६८

सौरभ दाहाल जो १३ बर्ष को उमेर देखि बातावरण संरक्षण र सबैको लागि समान शिक्षा आभियानको नारा बोकेर बिश्व साईकल यात्रा शुरुआत गरेका ब्यक्तित्व हुन ।

Tuesday, July 26, 2011

थसेसको बार्वेक्यु (२०११) ताँमझाँमका साथ सम्पन्न ।











सरद डायरि । सोमबार, ०९ साउन, २०६८

थकाली सेवा समिति जापानद्धारा प्रत्येक बर्ष आयोजना गरिने समर बार्वेक्यु कार्यक्रम जापानबासि नेपालीहरु तथा जापानीहरु बिच गत २४ तारीख आईतबारको दिन सिन्किबास्थित तोरिचु युमेनो कोएनमा भब्यताका साथ सम्पन्न भएको छ । करिवन २०० जनाको हाराहारिको उपस्थितिमा सम्पन उत्त कार्यक्रमको बिशेष आकर्षण विविध खेलकुद प्रतियोगिता तथा मनोरञ्जनात्मक कार्यक्रम संगै नेपालको तराई टिभि च्यानलद्धारा छायाङ्कन समेत गरिएको थियो ।

Sunday, July 24, 2011

थसेस जापानको समर बार्वेक्यु (बनभोज) कार्यक्रमको अन्तिम तयारि पुरा ।

सरद डायरि । शनिबार, ७ साउन, २०६८

२३, जुलाई २०११ । थकाली सेवा समिति, जापानद्धारा भोलि जुलाई २४ तारिख आईतबारका दिन आयोजना गर्न गईरहेको समर बार्वेक्यु (बनभोज) कार्यक्रमको अन्तिम तयारि पुरा भईसकेको कुरा आयोजकको तर्फबाट संयोजक नपेन्द्र भट्टचनद्धारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख गरिएको छ । "हरियालि रमणीय स्थलसंगै समुद्र नजिकैको मनोरम दृश्यावलोकन एवं शुद्ध र गुणस्तरिय मासुको परिकारले हार्दिक स्वागत गर्दछौं - बिज्ञप्तिमा भनिएको छ ।

साथै उत्त बनभोज कार्यक्रममा अर्को रोचक पक्ष रहेको पुरुष र महिलाको लागि छुट्टाछुट्टै खेलकुद एवं मनोरञ्जनात्मक कार्यक्रमको पनि अन्तिम तयारि पुरा भईसकेको र साथमा खेल बिजेताको लागि आकर्षक थुप्रै पुरस्कारहरुको ब्यबस्था समेत गरिएको कुरा खेलकुद संयोजक दिपक गौचनले बताउनु भएको छ ।

प्रत्येक बर्ष आयोजना गरिने यस समर बार्वेक्यु कार्यक्रम यो बर्ष देखि नया ठाउ, सिन्किबा नामक स्टेशन नजिकैको तोरिचु युमेनो सिमा कोयनमा किटान समय मै शुरुवात सहित अन्त गरिने जनाईएको छ ।

जापानबासी आम नेपाली तथा जापानीहरु तथा अन्य महानुभावहरुलाई उपस्थितिको लागि अध्यक्ष शरद कुमार गौचनले हार्दिक अनुरोध गर्नुभएको छ ।








Monday, July 4, 2011

२४ जुलाई २०११ को बार्वेक्युमा सहभागिताको लागि अनुरोध ।
























सरद डायरि । सोमबार, २० अषाढ, २०६८

थकाली सेवा समिति जापानद्धारा प्रत्येक बर्ष गरिने समर बार्वेक्यु (बनभोज) बिबिध मनोरञ्जनात्मक कार्यक्रमका साथ आयोजना गरिने कुरा सहर्ष जानाकारी गराउदछौं ।