Tuesday, August 30, 2011

एनआरएन जापानको कार्यसमितीको सपथग्रहण तथा घोषणसभा सम्पन्न ।

सरद डायरि । सोमबार, १२ भाद्र, २०६८

हालै सम्पन्न महाधिवेशनबाट सर्वसम्मत रुपमा चयन भएको एनआरएन जापानको नया कार्यसमितीको घोषणा सभा तथा पदको गोपनियता एवं सपथग्रहण सम्पन्न भएको छ ।

Monday, August 29, 2011

एनआरएन जापानको केन्द्रिय समितीले पुर्णता पायो ।





















सरद डायरि । आईतबार, भाद्र ११, २०६८ 
बिदेशमा बस्ने नेपाली नेपालीहरुको साझा संस्था एनआरएनएको अधिवेशन माहौल जापानमा पनि गर्मि महिनाको तातो गरम संगै  निकै तातियो । नेतृत्वगर्छु भन्ने हरु नै ५ जना तम्सिए, अन्य पदहरुमा प्रतिस्प्रधामा उत्रनको लागि ३ दर्जन बढिले बिभिन्न पदको दावेदार गर्दै नाम दर्ता गरिएता पनि अनन्त सहमति मै गैर-आवासीय नेपाली संघ जापानको राष्ट्रिय समन्वय परिषदको पाँचौं कार्यकारिणी समितीको नामावली घोषणा भयो । जसअनुसार विविध मेडियाहरुमा प्रकाशन भएका समाचारहरु जस्ताको तस्तै.....
एनआरएन जापानका नवनिर्वाचित प्रवक्ता शरद कुमार गौचनले जानकारी दिनुभए अनुसार एनआरएनए जापान राष्ट्रिय समन्वय परिषद जापानको पाचौं अधिवेशनबाट नवनिर्वाचित कार्यकारिणी समितिको अन्तिम नामावलि घोषणा गरेका छन।
निर्वाचन समितीका प्रमुख डा.राम गिरी एवं सदस्यद्धयहरुबाट प्राप्त सुचना अनुसार, एनआरएन जापानको बिधान बमोजिम धारा १०.१ ले तोके अनुसार नै तपसिल बमोजिमका पदाधिकारीहरुको सर्व सम्मतीको आधारमा आउदो २ बर्ष (२०११-२०१३) को लागि गठन गरिएको हो।
प्रवक्ता गौचनका अनुसार बाकि ६ सदस्यीय कार्यसमितीका सदस्य, सल्लाहाकार समिती र आवश्यक बिभागिय समितीहरुको लागि निर्वाचित नयाँ कार्यसमितीले नै मनोनित गर्ने छन।
ओम गुरुङको नेतृत्वमा गठित एनआरएनए जापान राष्ट्रिय समन्वय परिषदको नयाँ कार्यसमितिमा उपाध्यक्ष बिष्णु रेग्मी, चिरन्जिवि थापा, डिलाराम खरेल, महासचिव डा.राजेन्द्र प्रसाद पराजुली, सचिव सरोज कंडेल, कोषाध्यक्ष नर बहादुर थापा र प्रवक्तामा शरद कुमार गौचन रहनु भएको छ। त्यस्तै सदस्यमा बिश्वेश्वर रेग्मी, दन्डपानी कंडेल, देविलाल भण्डारी, केशर गिरी, सन्दिप ढुंगाना रतुलसीराम खरेल रहनु भएको छ।
बिशेष शुत्रद्वारा प्राप्त जानकारी अनुसार नयाँ कार्यसमितिको गठन सँगसँगै एनआरएनए जापानले आगामी सिप्टेम्बर १७ र १८ तारिखको दिन टोकियोको योयोगी पार्कमा गर्न गैरहेको नेपाल महत्वसब २०११ को आयोजक समितिमा रहेका निवर्तमान सदस्य र पदधिकारी हरुलाई कार्यभारमुक्त गरी नवनिर्वाचित कार्यसमितिले नेपाल महत्वसबको कार्यभार सम्हाल्ने छन।

बढाई तथा शुभकामना एवं समाचारहरु प्रकाशन भए अनलाईन मेडियाहरुमा,




सपथग्रहण तथा बरबुझारथ कार्यक्रम सम्पन्न ।

सरद डायरि । आईतबार, ११ भाद्र, २०६८

आज गैर‍-आवासीय नेपाली संघ जापानको नया कार्यसमितीका नवनिर्वाचित पदाधिकारिहरुको सपथ ग्रहण तथा बरबुझारथ कार्यक्रम एक समारोहको बिच सम्पन्न भएको छ ।

टोक्यो स्थित ईकेबुकुरोमा अबस्थित सेईकाचुसान्ग्यो प्लाजामा भएको उत्त कार्यक्रममा निर्वाचन कमिटीका संयोजक डा. राम गिरीले नवनिर्वाचित अध्यक्ष लगायत पदाधिकारिहरुलाई सपथ ग्रहण गराउनु भएको थियो । सोहि अबसरमा एनआरएन आईसीसीका प्रवक्ता डा. कुमार बस्नेत, आईसीसीकै सदस्यद्धय किरण बिक्रम थापा रअरुण कुमार श्रेष्ठको पनि उपस्थिति थियो ।

आईसीसीका जापानका प्रतिनिधिद्धय किरण बिक्रम थापा, अरुण कुमार श्रेष्ट र एनआरएन आईसीसीका प्रवक्ता डा. कुमार बस्नेत, एनआरएन जापानका निवर्तमान अध्यक्ष लाल बहादुर केसी, पुर्व अध्यक्ष तथा नेपाल पर्यटन बर्ष २०११ का अवैतानिकदुत भवन भट्ट तथा निर्बाचन समितीका संयोजक डा. राम गिरीले नया कार्यसमितीलाई हार्दिक बधाई तथा कार्यकालको सफलताको शुभकामना दिनु भएको थियो ।

कार्यक्रममा एनआरएन जापनका निर्वतमान महासचिव जिज्ञान थापाले नवनिर्वाचित महासचिव डा. राजेन्द्र प्रसाद पराजुलीलाई समितीका म्याईन्युट लगायत अन्य कागजातहरु हस्तान्तरण गर्नुभएको थियो भने एनआरएन जापानका निर्वतमान कोषाध्यक्ष दिनेश गुरुङले नवनिर्वाचित कोषाध्यक्ष नरबहादुर थापालाई वैंकका पासबुक, एटिएम कार्ड, स्टाम्प आदि हस्तान्तरण गर्नु भएको थियो ।

नवनिर्वाचित अध्यक्ष ओम गुरुङले निर्वतमान अध्यक्ष लालबहादुर केसी लगायत अन्य कार्यसमितीका पदाधिकारिहरुलाई खादा लगाई धन्यबाद दिदै बिदाई गर्नुभएको थियो । यस अघि अध्यक्ष मण्डलका तर्फबाट डा. कुमार बस्नेतले निर्वाचन कमिटी भंग भएको जानाकारि गराउनु भएको थियो ।

स्मरण रहोस सम्पुर्ण कार्यक्रमको संचालन नवनिर्वाचित महासचिव डा. राजेन्द्र प्रसाद पराजुली संचालन गर्नु भएको थियो भने, आगन्तुक आम महानुभावहरुलाई नवनिर्वाचित प्रवक्ता शरद कुमार गौचनले स्वागत भाषण राख्नु भएको थियो ।

Saturday, August 27, 2011

एनआरएन जापानको नवनिर्वाचित कार्यसमितीको सपथग्रहण तथा घोषणसभा ।

सरद डायरि । शनिबार, १० भाद्र, २०६८

आज घोषणा सभा सहित सपथग्रहण कार्यक्रम भनेर सुचना निकाले पनि आधा रातमा अध्यक्षबाट क्यान्सेल गरि भोलि आईतबारको मितिमा सारि पाउ भनि स्थान समेत परिवर्तन गरेको मेल आयो बिहानको साँढे एक बजेतिर ।

Monday, August 22, 2011

१७औं बिश्व आदिबासी दिवस तथा १२औं महाधिवेशन सम्पन्न ।


 अनलाईन टोक्योनेपाल डटकम
नेपालजापान डटकम मार्फत
यस बाहेक हार्दिक बढाई समुद्रपारिमा पनि थसेस जापानको तर्फबाट दिईएको थियो ।
सरद डायरि । आईतबार, भाद्र ०४, २०६८
आज  मेरो सर्भिस (स्यु्च्यो) को कारणले यस महत्वपुर्ण कार्यक्रममा पुर्व जानाकारि गराई उपस्थिती जनाउन नसकेता पनि नेपाल आदिबासी जनजाती महासंघ जापानले १७ औं बिश्व आदिबासी दिवस र १२ औं महाधिवेशन भब्यताका साथ सम्पन्न गरेको छ ।
यस १२ औं अधिवेशनका कार्यक्रम संयोजक डा.दिनेश मानन्धरद्धारा ध्रुव भट्टचनको अध्यक्षतामा नया कार्यसमिती गठन गरिएको घोषणा गरेका छन् जसअनुसार.....
अध्यक्ष- ध्रुव भट्टचन (टोक्यो)
सह-अध्यक्ष - जिग्मे शेर्पा (नागोया)
उपाध्यक्ष- हवलचन्द्र लामा (टोक्यो)
उपाध्यक्ष- पासाङ शेर्पा (नागोया)
महा-सचिव- पासाङ शेर्पा (टोक्यो)
सचिव- श्याम राना मगर (नागोया)
सचिव- शैलेन्द्र कुमार थापा मगर (टोक्यो)
कोषाध्यक्ष- भिम गुरुङ (टोक्यो)
सह-कोषाध्यक्ष- गोपाल शेरचन (नागोया)
सदस्य- अनिल भट्टचन (टोक्यो)
सदस्य- रिद्धि तुम्बाहाम्फे (टोक्यो)
सदस्य- पेम्बा लामा (टोक्यो)
सदस्य- रमेश श्रेष्ठ (टोक्यो)
सदस्य- बिरेन्द्र शेरचन (नागोया)
सदस्य- साम्देन शेर्पा (टोक्यो)
सदस्य- भिजेन्द्रमान पुन (नागोया)
सदस्य- अमित लामा (टोक्यो)

नेपाल आदिबासी जनाजाती महासंघ जापानको नेतृत्व ध्रुब भट्टचन ज्यु लगायत सिङ्गो टिमलाई दुईबर्षे कार्यकालको सफलताको कामना गर्दै थसेस जापानले हार्दिक बढाई ज्ञापन गर्दछ ।

सम्बन्धित प्रकाशीत समाचारहरु....
नेपालजापान डटकम

टोक्योनेपाल डटकम