Sunday, September 25, 2011

एनआरएन जापानबाट आईसीसीको लागि ४ सदस्य छनोट भयो ।

सरद डायरि । आईतबार, ०९ आश्विन, २०६८


आज म संग संम्बन्धित बिदेश बस्ने नेपालीहरुको साँझा संस्था एवं माँहु संस्थाले परिचित गैर-आवासीय नेपाली संघ जापानको तेस्रो बैठकको साथै अर्को महत्वपुर्ण बिषय भनेको एनआरएन आईसीसीको सदस्य चयन गर्नुपर्ने दिन थियो ।

Sunday, September 18, 2011

राजु शेरचनको शुभ-बिबाहको निमन्त्रणा-पत्र प्राप्त ।

सरद डायरि । आईतबार, आश्विन १, २०६८
आउदो अक्टुवर महिनाको ९ तारिख आईतबारका दिन, मेरो नाताले साला ज्यु एवं थकाली सेवा समिती जापानको प्रवक्ता पद सम्हाल्नु भएका राजु शेरचन ज्युको शुभ-बिबाह पार्टि हुने कुरा जानाकारिमा आएको र उत्त कार्यक्रमको निमन्त्रणा कार्ड बितरणको लागि म संग भेट्ने कुरा भएको थियो आज ।
म स्वयमको निमन्त्रणा कार्ड सहित मेरो क्षेत्रका अन्य केहि आफन्तहरुलाई पनि कार्ड बाड्नको लागि पनि एसएमएस मार्फत पु्र्व अनुरोध आएकोले टेलीफोन मार्फत समय किटान गरि ईकेबुकुरोको स्टेशनमा भेटघाट गर्ने कुरा गरियो । निश्चित समयमा भेटघाट गरि कफि सप तिर हलुका कुराकानि गरौं भनेर पसियो १,१ गिलास कफि समातेर भलाकुसारि गर्नतिर लागियो ।
कार्यक्रमको बिषयमा हलुका कुराकानि सहित मेरो तर्फबाट पनि केहि सुझाब दिई फेरि भेट्ने बाचा सहित प्राप्त निमन्त्रणा पत्र लिएर लागे कोठातिर ..



Monday, September 12, 2011

जापानमा १४ बर्ष देखि निर्दोष जेलबन्धि नेपाली नागरिक गोविन्द प्रसाद मैनाली ।

सरद गौचन । आईतबार, भाद्र २५, २०६८
एक महिलाको हत्या आरोपमा जापानमा १४ बर्षदेखि जेल जीवन बिताइरहेका नेपाली नागरिक गोविन्दप्रसाद मैनाली निर्दोष रहेको पुष्टी हुने गरि हालै डीएनए रिपोर्टहरु सार्वजनिक भएका छन् । यो १४ बर्षमा मैनाली निर्दोष छन र उनलाई रिहा गर्नुपर्छ भनेर नेपाली समाजले जेजति दबाब दिनुपर्ने हो त्यो खालको सहयोग नेपाली समुदायबाट पाउन नसकेको मैनालीका परिवारका सदस्यहरु बताउँछन् । जापानीहरुले चन्दा उठाउने, वहस पैरवीका लागि पहल गर्ने लगायतका काम गरेको भएपनि नेपाली समाजका एकदुई ब्यक्तिलाई छाड्ने हो खासै सहयोग नपाएको परिवारको गुनासो छ ।
एउटा निर्दोष नेपाली नागरिक जेल पर्दा खासै चासो नदिने जापानको नेपाली समुदायमा दर्जनौं संघसंस्था छन, तीनै संस्थामा पदाधिकारी बन्न हानथाप हुन्छ, राजनीति गर्छन, तर मैनालीको रिहाईका लागि सानै भएपनि अर्थपूर्ण काम किन गर्दैनन ? यही सेरोफेरोमा नेपाली समुदायका केही प्रतिनिधि पात्रलाई सोधेर जापानको एक प्रतिष्ठित अनलाईन मेडियाले प्रकाशन गरेको समाचार जस्ताको तस्तै...
मैनालीको रिहाईका लागि दबाब दिन नेपाली समुदायले के गर्न सक्छ ?
भन्ने प्रश्नमा म स्वयमले यसरि उत्तर दिएको थिए ।

शरद कुमार गौचन
अध्यक्ष, थकाली सेवा समिती जापान
सर्वप्रथम यस वातानाबे हत्याकाण्डको छोटकरीमा स्मरण गराउन चाहान्छु ।
जस अनुसार, १९९७ मार्च महिनामा तोक्यो बिद्युत कंम्पनीमा कार्यरत वातानाबे नामक जापानी महिलालाई हत्या गरिएको तथा लुटपाट अभियोगमा सिबुया सिटिबाट पक्राउ परेका गोविन्दप्रसाद मैनालीको कारोबास जिवन आज १४ बर्ष पुरा भईसकेको छ । सन् २००० को अप्रिलमा टोक्योको जिल्ला अदालतबाट उनी निर्दोष भएको भन्दै नेपाल फर्काउने प्रकिया सहित ओभरस्टे भएकोले ईमिग्रेशको मातहतमा रहकै बेलामा उच्च अदालतले पुन दोषी भएको भन्दै जन्मकैदको फैसला सुनाएर थुनामा राखेको थियो । लामो समय पश्चात मृतक महिलाको शरिर (योनि) बाट निकालिएको वीर्य र घटनास्थलमा भेटिएका रौं को डिएनए रिपोर्टमा उक्त दुबै एकै मानिसको भएपनि मैनालीसंग मेल नखाएको तथ्य कुरा थाहा भएपछि केहि महिना अघिदेखि जापानका पत्र पत्रिका, टिभि लगायत बिभिन्न मिडियाहरुले सार्वजनिक गर्दै जापानी सरकारी पक्षले निर्दोष गोविन्दप्रसाद मैनालीलाई सरासर परिवन्धमा पारेर फसाईएको कुरा पुष्टि भईसकेको छ ।
फेरि अर्को खुशीको खवर सहित केहि दिन अघि मात्र मृतक महिलाको स्तनबाट निकालिएको र्याल समेत मैनालीको भन्दा भिन्न डिएनए भएको सुनुवाई भएपछि, आफु मृतक महिलासंग यौन सम्पर्क राखेता पनि हत्या काण्डमा संलग्न नभएको भन्दै आएका मैनाली निर्दोष साबित हुने संम्भावना एकाएक बढेको छ । यसरि एक एक गरि वातानावे काण्डको सत्यत्यथ्य र यथार्थता बाहिर आईसकेको अबस्थामा गरिव मुलुकका निर्दोष नागरिकले न्याय नपाएको पुष्टि भईसकेको र जापान सरकारले अरु कोहि पनि नपाएरै निर्दोष तथा गरिव मुलुकका नेपालीलाई नै थुनामा राखेको साबित भएको छ ।
यद्यपी, जापानबासी नेपालीहरुले एक निर्दोष नेपालीको लागि चौतर्फि रुपमा जापान सरकारलाई दवाबमुलक कार्य गर्न गराउन निर्णायक ठोस न्यायिक अधिकार दिलाउन, आवाज बुलन्द्ध गर्न जरुरि देखिन्छ ।
त्यसको निम्ति मैनाली काण्डसंग सरोकार राख्दै आएका सहयोगि तथा कानुनी दक्ष जापानी र नेपालीहरु बिचको एक शसत्त संयुक्त टिम बनाएर तत्काल कानुनी लडाईका लागि तयार हुनुपर्छ । जुन टिमले मैनालीको लागि निरन्त्तर उल्लेख्य कार्य गर्दै आईरहेको संस्थाहरु, जस्टिस फर गोबिन्द, एम्नेस्टी ईन्टरनेसनल, ईन्हुरेड संग पनि समन्वय, सहकार्य गर्दै नेपाल सरकारलाई पनि सक्रिय बनाएर नया रणनिति अनुसार न्याय प्राप्तिको लागि हरप्रयास गर्न सक्नुपर्दछ । प्रशस्त अनुसन्धानबाट प्राप्त सवुतको आधारमा बेकसुर भएको कुरा मैनाली मुद्धामाथि पुनः सुनुवाई गराई सफाई पाउने बातावरण बनाउनु पर्दछ ।
अन्तमा जापान सरकारले बिनाकसुर १४/१४ बर्ष सम्म जेल राखेबापत मैनालीलाई सम्पुर्ण क्षतिपुर्ति दिलाउने समेतको पहलकदमी हुनुपर्दछ ।