Tuesday, December 27, 2011

राष्ट्रिय कवि स्व. भुपि शेरचनको ७६ औं जन्म जयन्ति भब्यताका साथ सम्पन्न

सरद डायरि। आईतबार, पौष १२, २०६८
स्वर्गिय राष्ट्रिय कवि भुपि शेरचनको ७६ औं जन्म जयन्ति भब्यताका साथ सम्पन्न 
गत आईतबार पौष १० गते थकाली समाज घर बालाजुमा थकाली सेवा समिति नेपाल केन्द्रिय समितिको साहित्य प्रबर्द्धन विभाग द्धारा आयोजित स्व. राष्ट्रिय कवि भूपि शेरचनको ७६ औ जन्म जयन्ती सौहार्द पूर्ण वातावरणमा सम्पन्न गरेको छ ।

Monday, December 26, 2011

जापानका लागि नेपाली महामहिम राजदुत, उपनियोग प्रमुखको स्वागत तथा परिचयात्मक कार्यक्रम ।







सरद डायरि । आईतबार, पौष १०, २०६८ 
हिजो आयोजित गैर-आवासीय नेपाली संघ जापानको प्रमुख आयोजनामा र जापानमा क्रियाशिल सम्पुर्ण संघसंस्थाको सयुक्त आयोजनामा सम्पन्न, महामहिम राजदुत ज्यु र उपनियोग प्रमुख ज्युको स्वागतार्थ तथा परिचयात्मक कार्यक्रम, समग्रमा भब्य सभ्य र सफलताका साथ सम्पन्न भएको महिले महशुष गरेको छु ।
अबश्य नै सानातिना त्रुतिहरु र केहि कमिकमजोडि हुनु स्वभाविकै हो र तर यसलाई पाठको रुपमा लीई आगामि कार्यक्रमहरुमा सच्याईदै अघि बढ्नु  र पुन उत्त त्रुति नदोर्याउन सबैको पहल कदमि हुन जरुरि जस्तो लाग्दछ  ।
म सम्मिलित संस्था एनआरएन जापानको मुख्य भुमिका रहेको यस कार्यक्रमको नाताले बिभिन्न तवरले आ-आफ्नो क्षेत्रबाट सहयोग पुर्याउनुहुने सम्पुर्ण साथीहरुलाई हार्दिक धन्यबाद दिन चाहान्छौं ।
यस्तै किसिमले जापानबासि आम नेपालीहरुको बिच सुमुधर सम्बन्ध, समन्वय र एकता अझै बलियो हुदै जाओस् ।
हामि सबै एकताबद्ध भई अघि बढेमा ठोस कार्य गर्न सबल, सुलभ र हामि जापानबासि नेपालीहरुको गरिमाय उच्च हुनुका साथै बिश्वभरि नै राम्रो सन्देश प्रवाह हुने छ ।
भविष्यमा पनि यस्ता कार्यले निरन्तरता पाउने नै छ ।
बिशेष गरि, प्रायोजक किरण बिक्रम थापा ज्यु, नर बहादुर थापा ज्यु, अनिता लामा ज्यु, तिलक मल्ल ज्यु लगायत आम मित्रहरुलाई ओचुकारेसामा डेसिता तथा धन्यबाद दिदै नया बर्ष २०१२ को हार्दिक मंगलमय शुभकामना टक्र्याउछु ।

केहि अनलाईन मेडियाबाट संम्प्रेषण समाचारहरु,

फोटो समाचार
http://nepaljapan.com/news_galary.php?id=1324828234

समाचार
http://www.nepaljapan.com/read.php?section=headlines&topic=headlines&id=36347

समाचार
http://samudrapari.com/201112258439.html

समाचार
http://www.tokyonepal.com/2011/12/25/49515.html

अन्तमा अग्रेजी नया बर्ष २०१२ को पुर्व सन्ध्यामा २०१२ ले हामि सबैको बिदेशको बसाई फलदायी बनाओस् र सु-स्वास्थ दिर्घायुको कामना गर्दै हार्दिक शुभकामना टक्य्राउछु ।

फोटो : नेपालजापान डटकम

Saturday, December 10, 2011

कंम्पनिको जांड पिउने जमघट (काईस्याको नोमिकाई) ।



सरद डायरि । शुक्रबार, मंसिर २३, २०६८
आज यसो हिसाब गरेको पो...जापानको जागिरे भएको पनि करिवन डेढ दशक भईसकेछ , कति छिटो समय बितेको पत्तो नै नहुने यो जापानमा ।

Saturday, December 3, 2011

युवा पत्रकार खत्रीको निधन प्रति हार्दिक श्रद्धाञ्जलि अर्पण ।

सरद डायरि । शुक्रबार, मंसिर १६, २०६८
आज म संम्मिलित अर्को संस्था जुन बिदेशमा बसोबास गर्ने नेपाली मुलका नेपालीहरुको माउ संस्था भनेर चिनिने गैर-आवासीय नेपाली संघ, जापानको तर्फबाट नेपालका एक होनहार युवा पत्रकार कार दुर्घटना परि ज्यान गुमाउनु भएकोले हार्दिक श्रद्धाञ्जलि अर्पण गरिने कुरा भएको थियो ।
सोहि बमोजिम, म प्रवक्ताको नाताले एनआरएन जापानको सचिबालयको ई-बैठकबाट मेरै नामबाट बिज्ञप्ती प्रकाशीत गर्न अनुरोध आएकोले सोहि बमोजिम ड्राफ्ट गरि पठाए र उत्त बिज्ञप्ती केहि अनलाईन मेडियाबाट प्रकाशीत भएका समाचार र लिन्कहरु तलतिर जस्ताको तस्तै....

Thursday, December 1, 2011

भवन भट्ट ज्युलाई पहिलो सन्तानको रुपमा पुत्रीलाभ भएकोमा हार्दिक बढाई ।

सरद डायरि । बुधबार, मंसिर १४, २०६८
सन २०११ नोभेम्वर ३०, बुधबारका दिन मेरो एक परम मित्र श्रीमान भवन भट्ट ज्यु तथा श्रीमती मियको भट्ट ज्यु लाई पहिलो सन्तानको रुपमा सुपुत्रिलाभ भएकोले यस खुशियालीको अबसरमा हार्दिक बढाई ज्ञापन गर्न चाहान्छु ।

नवजात शिशुको सु-स्वास्थ्य, दिर्घायु
उत्तरोत्तर प्रगतिको
हार्दि मं शु-काना ।।।


भवदिय,
समीप, दिना र शरद कुमार गौचन परिवार
ताकामाचु ईकेबुकुरो टोक्यो, जापान