Wednesday, February 29, 2012

२१ औं शुभकामना साँझको छापा डेजाईन सार्वजनिक

सरद डायरि । बुधबार, फागुन १७, २०६८
आज २१ औं शुभकामना साँझको ब्यानर, पोस्टर, पोष्टकार्ड साईजको चिरासी, साधारण टिकट र भिआईपि टिकट डेजाईन सबै छापाखानामा प्रकाशनको लागि  अर्डर भयो ।
आउदो बैठकमा सार्वजनिक गर्दै बितरण गर्ने हेतुले त्यसको तय गरिएको हो ।
साथै, जापानमा क्रियाशिल मेडियाहरुमा पनि प्रकाशनको लागि डेजाईन अनुरोध सहित सु-सुचित सम्पन्न गरे ।
केहि दिनमै सबै सार्वजनिक गर्दै धुमधामका साथ कार्यक्रम आयोजना गर्न गईराखेका छौं ।
उत्त कागजातहरु देहायबमोजिम रहेको छ ।

Monday, February 27, 2012

थसेस जापानको सहयोगमा "लक्ष्मी" नामक बृतचित्र प्रदशन

सरद डायरि । सोमबार, फागुन १५, २०६८
गत हप्तामा सम्पन्न शुभ खबर, हिजो मात्र फोटो सहित उत्त समाचार नेपालबाट प्राप्त भयो  । जुन म संग संम्बन्धित संस्था थकाली सेवा समिति जापानले गत जनवरि २४ तारीख बुधबारका दिन स्वयम मेरै हातबाट एड्स रोग नियन्त्रण संघ कास्किलाई आर्थिक सहयोग नेपालमै गएर हस्तान्तरण गरेका थियौं ।
उत्त रकमकै सहयोगबाट "लक्ष्मि" नामक एड्स रोग संम्बन्धि सचेत गराउने बृतचित्र म्याग्दि जिल्लाको बेनि बजारमा प्रदशन  भएको रहेछ ।
उत्त समाचार जापानमा क्रियाशिल मेडियामा प्रकाशनार्थ को लागि अनुरोध गरे ।
फोटो सहित प्रकाशित उत्त समाचार जस्ताको तस्तै तलतिरि.....

Tuesday, February 21, 2012

२१ औं शुभकामना साँझको प्रायोजकद्धयहरुलाई पत्राचार ।

सरद डायरि । मंगलबार, फागुन ९, २०६८
आज २१ औं शुभकामना साँझको प्रायोजकद्धयहरुलाई हार्दिक कृतज्ञता ज्ञापन गरेको पत्र काटे ।
गत बर्ष उपलब्ध सौजन्यकर्ता ४ जना र नया ३ जना गरि ७ वटा प्रायोजकद्धारा प्रायोजन भयो, उहाहरुलाई हार्दिक धन्यबाद ज्ञापन गर्न चाहान्छु ।

साथै, यस २१ औं शुभकामना साँझलाई भब्यताका साथ सफल बनाउनको लागि बितरण गर्ने सुचनाका मेटिरियलहरु पनि निम्न बमोजिम डेजाईनको लागि अनुरोध भयो ।

Wednesday, February 15, 2012

२१ औं शुभकामना साँझको सुचना ।

सरद डायरि । मंगलबार, फागुन २, २०६८
२१ औं शुभकामना साँझको सुचना प्रकाशित गर्ने बिचार गरि तय गरे आज । जापानमा ४ दर्जन बढि संघसंस्थाहरु क्रियासील भएकोले बर्तमान परिपक्ष्यमा अन्य संस्थाको कार्यक्रम संग जुध्ला भन्ने अभिप्रायले पुर्व जानाकारि स्वरुप निम्न बमोजिम जापानबाट प्रकाशित अनलाईन प्रोटगलमा सु-सुचित गरि तत्काल संम्प्रेषण भयो ।
साथै संघसंस्थालाई निमन्त्रणा गर्ने पत्रको पनि देहाय बमोजिम तर्जुमा गरि तयारि गरे ।

वुईलभनेपाल डटकम्
http://www.welovenepal.com/

समुद्रपारि डटकम्
http://samudrapari.com/upcoming-events

टोक्योनेपाल डटकम्
http://www.tokyonepal.com/2012/02/14/54044.html


कार्यक्रम : २१ औं शुभकामना साँझ
मिति : २०१२ मार्च १८ गते (आईतबार)
स्थान : मेगुरो कुमिन सेन्टर
२-४-३६ मेगुरो, मेगुरो-कु टोक्यो, जापान
सम्पर्क नं : ०३-३९८४-७६०१

Tuesday, February 7, 2012

थसेस जापानले नेपालमा आर्थिक सहयोग प्रदान गरेको प्रकाशीत समाचार

सरद डायरि । सोमबार, माघ २३, २०६८
नेपालमा हुदा संस्थागत रुपले सम्पन्न गरिएका केहि उपलब्धिमुलक कार्यक्रमका समाचारहरु र फोटोहरु प्रकाशन गर्ने तर्जुमा मिलाए, जापानमा क्रियासिल मेडियाका मित्रहरुले तुरुन्तै प्रकाशन गर्न सहयोग गर्नु भएकोमा उहाहरुलाई धन्यबाद दिदै उत्त समाचार जस्ताको तस्तै र देहायबमोजिमको लिन्कहरुमा क्लिक् गरि पढ्न सक्नुहुनेछ ।

थसेसजापान डटकम
http://www.thasesajapan.com/archives/3112

http://www.thasesajapan.com/archives/3116

फोटोहरु..
http://www.thasesajapan.com/archives/3127

वुईलभनेपाल डटकम
http://www.welovenepal.com/?p=37077

समुद्रपारि डटकम
http://samudrapari.com/2012020612836.html

टोक्योनेपाल डटकम
http://www.tokyonepal.com/2012/02/06/53381.html

नेपालजापान डटकम
http://nepaljapan.com/read.php?section=headlines&topic=headlines&id=37385

फोटो ग्यालरिहरु...
http://www.nepaljapan.com/galary.php?id=1328515702

Monday, February 6, 2012

नेपालमा आर्थिक सहयोग गर्नुहुने महानुभावहरुको नामावलि रकम बिवरण ।


सरद डायरि । आईतबार, माघ २२, २०६८
गत महिना म नेपाल फर्किने क्रम संगै नेपालबाट प्राप्त आर्थिक सहयोग निवेदन उपर १ हप्तैमा तपसिल बमोजिम आदरणीय जापानबासी थकाली परिवारबाट आर्थिक सहयोग प्राप्त भएको निवेदन गर्दछु ।
छोटो समय र जापानको हालको अति नै बिषम परिस्थितिमा पनि सम्पुर्ण कार्य तर्जुमा मिलाउनुहुने हाम्रा सहयात्रि मित्र तथा कोषाध्यक्ष बुद्धि गौचन ज्युलाई बिशेष धन्यबाद दिन चाहान्छु साथै यस पुण्य कार्यको लागि आर्थिक सहयोग गर्नुहुने आदरणनीय सम्पुर्ण जापानबासि महानुभावहरुलाई पनि थकाली सेवा समिति जापानले हृदय देखि नै आभार ब्यक्त गर्दछ । यहाहरुको सहयोग निरन्तरता पाउने नै छौं ।
साथै नेपालबाट केहि मेडियाहरुले पनि यस समाचार प्रकाशन गरेको हुनाले उत्त प्रकाशनको केहि झलक पनि यहा हेर्न सक्नुहुनेछ । धन्यबाद ।

(क) एड्स रोग नियन्त्रण संघ, कास्किलाई आर्थिक सहयोग चन्दादाता नामावली
१) थकाली सेवा समिति, जापानबाट - ५०,००० (पचास हजार  एन)
२) अम्विका गौचन - ५०,००० एन
३) बु्द्धि गौचन - ३०,००० एन
४) शरद कुमार गौचन - १५,००० एन
५) अनिल भट्टचन - १०,००० एन
६) नपेन्द्र भट्टचन - १०,००० एन
७) राजु शेरचन - १०,००० एन
८) दिपक गौचन - १०,००० एन
९) सन्जिब गौचन - १०,००० एन
१०) अमुल गौचन - १०,००० एन
११) बिजय गौचन - १०,००० एन
१२) प्रेम बिजय गौचन - १०,००० एन
१३) कुमार शेरचन - १०,००० एन

१४) राज कुमार हिराचन - ५,००० एन
१५) गोविन्द तुलाचन - ५,००० एन

"लक्ष्मि" नामक डकुमेन्ट्रि सिडिको खरिदकर्ता सहयोगि नामावलिहरु
१६) शरद कुमार गौचन (२वटा) --- २,००० एन
१७) बुद्धि गौचन (२वटा) --- २,००० एन
१८) अनिल भट्टचन (२वटा) --- २,००० एन
१९) शरद शेरचन (१वटा) --- १,००० एन
२०) दिना गौचन (१वटा) --- १,००० एन
२१) राज कुमार शेरचन (१वटा) --- १,००० एन
२२) राजु शेरचन (१वटा) --- १,००० एन
२३) हेमन्त शेरचन (१वटा) --- १,००० एन
२४) मनोज तुलाचन (१वटा) --- १,००० एन
२५) अरुण भट्टचन (१वटा) --- १,००० एन
२४) प्रेम तुलाचन (१वटा) --- १,००० एन
२६) बिनोद भट्टचन (१वटा) --- १,००० एन
२७) कुमार शेरचन (१वटा) --- १,००० एन
२८) मिना गौचन (१वटा) --- १,००० एन
२९) हिरा शेरचन (१वटा) --- १,००० एन
३०) सन्तोष शेरचन (१वटा) --- १,००० एन
३१) प्रेम बिजय गौचन (१वटा) --- १,००० एन
३२) रुवल गौचन (१वटा) --- १,००० एन
३३) गोविन्द तुलाचन (१वटा) --- १,००० एन
जम्मा एनमा - २६७,००० (दुईलाख सर्सठ्ठि हजार एन)
नोट: माघ १० गते तदअनुरुप जनवरि २४,२०१२ मंगलबारका दिन नगद २७३,००० रुपिया (दुईलाख त्रिहत्तर हजार रुपिया) एड्स रोग नियन्त्रण संघ, कास्किका अध्यक्ष बिश्वमोहन गौचन ज्युलाई हस्तान्तरण गरियो । 

(ख) थकाली सेवा समिति भरतपुर, चितवनको भवनघर निर्माणको लागि आर्थिक सहयोग चन्दादाता नामावली
१) थकाली सेवा समिति, जापानबाट - ५०,००० (पचास हजार  एन)
२) सुरज शेरचन - ४०,००० एन
३) शरद कुमार गौचन - १५,००० एन
४) बुद्धि गौचन - १५,००० एन
५) शशि गौचन - ५,००० एन
६) घनश्याम भट्टचन - ५,००० एन
७) बिजय थकाली -१५,००० एन
८) रविन शेरचन - १५,००० एन
९) बबि गौचन - १५,००० एन
१०) राजु शेरचन - १०,००० एन
११) दिपक गौचन - १०,००० एन
१२) अमुल गौचन - १०,००० एन
१३) अनिल भट्टचन - १०,००० एन
१४) बिनोद भट्टचन - १०,००० एन
१५) बिकल भट्टचन - ५,००० एन
१६) संञ्जिब गौचन - ५,००० एन
१७) हेमन्त शेरचन - ५,००० एन
१८) गोविन्द तुलाचन - ५,००० एन
१९) शरद शेरचन - ५,००० एन

जम्मा एनमा - २५०,००० (दुईलाख पचास हजार एन)
पुनश्च: माघ १० गते तदअनुरुप जनवरि २४,२०१२ मंगलबारका दिन नगद २५५,००० रुपिया (दुईलाख  पचपन्न हजार रुपिया) चितवन थकाली सेवा समितिका निवर्तमान अध्यक्ष समर शेरचन ज्युलाई हस्तान्तरण गरियो ।