Monday, April 30, 2012

म्याग्देली सञ्जाल जापानको दोस्रो कार्यसमिति सर्वसम्मतिबाट चयन




सरद डायरि । सोमबार, बैशाख १८, २०६९
म्याग्देली संञ्जालद्धारा आयोजित "स्वर्णीम साँझ नामक" कार्यक्रम नेपाली नया बर्ष २०६९ तथा जिल्लाका अंन्धा, अनाथ तथा असहायको सहयोगार्थ भब्यताका साथ सम्पन्न भएको छ ।
नेपाल देखि आमन्त्रित चर्चित कलाकारहरु लोक तथा दोहोरि गायक खड्क गर्वुजा, जिरे खुर्सानीका हास्य कलाकार जितु नेपाल एवं लोक गायिका मुना थापाको बिशेष प्रस्तुति रहेको उत्त कार्यक्रममा स्थानिय कलाकारहरु रामकृष्णबम मल्ल, रृषि पौडेल, सुर्य खडकाले पनि आफ्नो कला र गला प्रस्तुत गर्दै मनोरञ्जन प्रदान गरेका थिए ।
सोही दिन भएको सञ्जालको अधिवेशनले संयोजक शरद कुमार गौचनको निर्वाचन कमिटिले पुन महेन्द्र खड्काकै अध्यक्षतामा गठन भएको नयाँ कार्यसमितिको घोषणा गर्नुभएको थियो ।
जसअनुसार,

म्याग्देली सञ्जाल जापानको आगामि (२०१२-२०१४) कार्यसमिति तपसिल बमोजिम रहेको छ ।
अध्यक्ष - महेन्द्र खड्का
वरिष्ठ उपाध्यक्ष - महेन्द्र वानिया
उपाध्यक्ष - खेमराज पौडेल
उपाध्यक्ष - देवेन्द्र भण्डारी
सचिव - खेम मल्ल
सह-सचिव - चिरिञ्जिवी शाह
कोषाध्यक्ष - लिल केसी
सह-कोषाध्यक्ष - दिलु भण्डारी
सह-कोषाध्यक्ष - प्रेम पुन
सदस्यहरु
बिष्णु वानिया
सरला केसी बस्नेत
बेलबहादुर तिलिजा
ज्ञानेन्द्र केसी
हेमन्त शेरचन
पवित्रा पुन
शान्ति भण्डारी
राधिका सापकोटा
राजेन्द्र गौचन
किस्मत वानिया
सल्लाहकारहरु
तिलक मल्ल
शरद कुमार गौचन
ध्रुब भट्टचन
गमप्रसाद जुग्जाली
शरद शेरचन
छक्कू उदासी
याम खड्का
जोन छन्त्याल
दीपक मल्ल

स्मरण रहोस, यस दोस्रो अधिवेशनमा सबै कार्यकारिणी सदस्यहरु सर्वसम्मतिबाट निर्वाचिति हुनु भएको हो  ।

Samudrapari Dot Com

Nepaljapan Dot Com


फोटो : समुद्रपारि

Friday, April 27, 2012

स्वर्णिम साँझको सम्पुर्ण तैयारि पुरा ।

सरद डायरि । बिहिबार, बैशाख १४, २०६९
यहि अप्रिल ३० तारीख सोमबार जापानको सार्वजनिक बिदाको दिनमा पारेर म्याग्देली संञ्जालले नेपाल देखि चर्चित कलाकारहरुलाई आमन्त्रित गर्दै अपांग, असहाय तथा अनाथ बालबालीकाहरुको सहयोगार्थ भब्य साँस्कृतिक कार्यक्रम गर्दैछ । उत्त कार्यक्रमको सम्पुर्ण तयारि पुरा भएको कुरा अबगत गराउदै उत्त दिन यस संस्थाको प्रथम अधिवेशन पनि हुन गईरहेकोले संस्थामा बसेर समाजसेवा जस्तो पुण्य कार्य गर्न ईच्छुक म्याग्देलीहरुलाई  निर्वाचन समितिको तर्फबाट यथासिघ्र सम्पर्क गर्न हार्दिक अनुरोध समेत गरिएको छ । यस संस्थाको बर्तमान समिति र उत्त कार्यक्रमको निमन्त्रणा पत्रको झलक तलतिर जस्ताको तस्तै...  


साथमा केहि संम्बन्धित समाचारहरु अनलाईन पोर्टगलमा प्रकाशन भएकोले तल उल्लेखित लिन्कमा हेर्न सकिने छ ।

समुद्रपारि डटकम

वुईलभनेपाल डटकम

नेपालजापान डटकम

टोक्योनेपाल डटकम 

Saturday, April 21, 2012

सफ्टवयरको सहयोगले बिश्वभरिकै टेलीभिजन हेर्न सकिने ।

सरद डायरि । शुक्रबार, बैशाख ८, २०६९
ईन्टरनेट दुनिया प्रत्येक सेकेन्ड नया कुराहरुको आबिष्कार भएको छ, आज फेरि ईन्टरनेट सर्फिङ्ग गर्दै गर्दा एउटा उपयोगी सफ्टवयरको जानाकारि प्राप्त भयो, जुन देहाय बमोजिम रहेकोले उपयोगि ठानेमा डाउनलोड गरेर प्रयोग गर्न सक्नुहुनेछ । मलाई चाहि राम्रै लाग्यो है ।

निशुल्कको सफ्टवयरले बिश्वभरिकै टेलीभिजन हेर्ने कि?
ईन्टरनेट संसारमा अनलाइन टि.भी च्यानल हेर्ने थुप्रै सफ्टवयरका साथसाथै साईटहरु पनि पाईन्छन । कुनै निशुल्कमा हुन्छ त कुनैको लागि पैसा तिर्नु पर्ने हुन्छ । यहाँ यस्तै निशुल्कमा उपयोग गर्न पाइने एउटा सफ्टवयर को बारे चर्चा गरिदैछ । "Readon TV Movie Radio Player" एउटा यस्तो निशुल्क सफ्टवयर हो जसको मद्तले तपाईंले संसार भरिका चुनिएका टि.भी प्रोग्रामहरु हेर्न र एफ.एम स्टेसनहरु सुन्न सक्नु हुनेछ । हुन त नेपालको सन्दर्भमा यो सफ्टवयर त्यती उपयोगी नहोला किनकी यसको लागि उच्च गतीको ईन्टरनेट Connection को जरुरत पर्दछ तर जहाँ उच्च गतिको ईन्टरनेट Connection छ त्यहा यसमा उपलब्ध टि.भी च्यानलहरु बिना रुकावत मज्जाले हेर्न सकिन्छ ।
यसमा बिभिन्न देशका साथसाथै छिमेकी देश भारतका केही चर्चित टि.भी च्यानलहरु हेर्न सकिन्छ , नेपालका च्यानलको कुरा गर्नेहो भने यसमा अहिले सम्म ३ वोटा च्यानल मात्र add भएका छन जसमा सगरमाथा टि.भी, एन टि.भी र एन टि.भी प्लस । यो सफ्टवयरको अरु खास बिशेषता भनेको यसमा टि.भी च्यानल तथा एफ.एम स्टेसन हेर्न र सुन्न मात्र हैन Record पनि गर्न सकिन्छ र यसका साथसाथै यसबाट Video Converter, Record Audio from pc, Rip Audio CD जस्ता काम पनि गर्न सकिन्छ । तपाईंहरु पनि एक चोटि यो सफ्टवयर डाउनलोड गरी प्रयोग गरी किन नहेर्ने त ?
Software download को लागि यहाँ क्लिक गर्नुहोला

यो प्रोग्राम चलाऊनको लागि तपाईंको कम्प्युटरमा Dot Net Framework 3.5 वा त्यो भन्दा माथिको भर्सन Install हुनु जरुरी छ ।
Dot Net Framework 3.5 Download को लागि यहाँ क्लिक गर्नुहोला

श्रोत: क्यामज्जा

Friday, April 20, 2012

स्याँच्यो स्योको डिनर रिसेप्सन ।

सरद डायरि । बिहिबार, बैशाख ७, २०६९
आज हलुका रुपमा मेरो कामको बिषयमा भए गरेका कुराहरु कोर्न मन लाग्यो । जस अनुसार म कार्यरत कंम्पनिमा मेरो जिम्मेवारि बुस्यो (डेपार्ट) ले गत बर्षमा सम्पन्न स्याँच्यो स्यो (प्रेसिडेन्ट अवार्ड) मार्च  महिनामा हात पार्न सफल भएको थियो । धेरै बर्षको अन्तरालमा मेरो डेपार्टले यस बर्षको उत्त स्यो हात पार्न सफल भएकोले पनि हाम्रो डेपार्टको नोमिकाई (जम्मा भएर जाड् पिउने) दुईतिन गुणाको रुपले बढिरहेको छ । कारण स्याँच्यो स्यो को रकम संम्बन्धित बुस्योको प्रत्येक ईम्प्योलिहरुलाई बितरण गरिने र मेरो डेपार्टमा थोरै संख्या भएकोले पनि निकै ठुलै रकम (बोनास) प्रत्येकको भागमा पर्ने भएकोले पनि सबै हर्षितका साथ अर्को बर्ष पनि हामिले नै जित्नुपर्छ भन्ने भावना अनुसार अग्रजहरुले सधै झै नोमिकाईको आयोजना गर्नु भएको छ । 
संन्जोग बस आज फेरि उत्त स्यो हात पारेको उपलक्ष्यमा मेरै डेपार्टका सेन्पाई  (केहि निश्चित ठुला पदका ब्यक्ति) हरु ले डिनर रिसेप्सन आयोजना गर्नु भएको रहेछ र मैले पनि उत्त डिनर रिसेप्सनाम भाग लिने मौका पाए ।
जसअनुरुप हिजो सम्पन्न डिनर रिसेप्सन, नाकानो सन्प्लाजा बिल्डिङ्गको सबै भन्दा माथिको तल्ला (२० फ्लवरमा) मा गोओका (गुणात्मक, स्थरिय)  र महंगो जापानिज काईसेकि रेष्टुरेन्टमा (निहोन रयोरि नाकानो नामक) भएको थियो ।
हामिले ज्युनार गरेका पुरै परिकारहरुको झलक सहित मेरो सिनियरहरु संगै तलतिर जस्ताको तस्तै ....
सिनियरहरुसंग एस.के

सिफुड

जेन्साई(आन्टोरे)

सिरु (सुप)

काईसेन सासिमि (काचो माछा आदि)

च्यावान मुसि (जापानिज स्टिम परिकार)

पोलेको माछा
टेन्पुरा

मेन डिस् संगै सुप,चुकेमोनो

डेजार्ट

बाहिर देखिएको सिन पारि म कार्यरत अफिस १६ तलामा छ है । 

Thursday, April 19, 2012

भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु, मेरो भाउज्युलाई ।

स्व. गंगा कुमारि गौचन (७४ बर्ष)

स्थायी ठेगाना : दाना ७, म्याग्दि
(लरागेरा घ्य्हू)
जन्म मिति : १९९५ मंसिर १९ गते                                                स्वर्गारोहण मिति: २०६९ बैशाख ६ गते    

Sunday, April 15, 2012

शरद कुमार गौचनको नेतृत्व चयन गर्दै थसेस जापानको २१ औं साधारण सभा सम्पन्न

सरद डायरि । आईतबार, बैशाख ३, २०६९
थसेस जापानको नब-निर्वाचित कार्यसमिति (२०१२-२०१४)
अध्यक्ष - शरद कुमार गौचन
उपाध्यक्ष - शशि गौचन
उपाध्यक्ष - अनिल भट्टचन
उपाध्यक्ष - दिपक गौचन
महा-सचिब - राजु शेरचन
कोषाध्यक्ष - बुद्धि गौचन
प्रवक्ता - सन्तोषी गौचन (मनोनयन)
सचिब - हेमन्त कुमार शेरचन
सचिब - सञ्जिब गौचन
सह-कोषाध्यक्ष - लेनिन भट्टचन
सह-कोषाध्यक्ष - घनश्याम भट्टचन
सदस्य -  सादगि तुलाचन
सदस्य - धन शेरचन
सदस्य - यसोदा गौचन
सदस्य - हिक्मत गौचन
सदस्य - सुरज शेरचन
सदस्य - अरुण भट्टचन
सदस्य - जयकार शेरचन
सदस्य - बिकल भट्टचन
सदस्य - हिरा शेरचन
सदस्य - जिवन भट्टचन
सदस्य - बिज्ञान गौचन 
सदस्य - सुमन गौचन
सल्लाहाकारहरु
बिनोद शेरचन
दिपक भट्टचन
प्रकाश तुलाचन
बुद्धि शेरचन
मनोज तुलाचन
गोविन्द तुलाचन
बिजय गौचन
बिशेष सल्लाहाकारहरु
ध्रुब भट्टचन
शरद शेरचन
नपेन्द्र भट्टचन
संरक्षक
डा. योगेन तुलाचन









































अनलाईन मेडियामा प्रकाशीत समाचार लिन्कहरुको लागि तलतिर क्लिक् गर्नुहोला ।
वूईलभ नेपाल डटकम
वुईलभ नेपाल डटकम (फोटो ग्यालरि)
नेपाल जापान डटकम
नेपाल जापान डटकम (फोटो ग्यालरि)
समुद्रपारि डटकम
समुद्रपारि डटकम (फोटो ग्यालरि)
टोक्यो नेपाल डटकम
डिसि नेपाल डटकम
नेपाल ब्रिट्रेन डटकम
फ्रिनेपाल डटकम
एचके नेपाल डटकम
एचके नेपाल डटकम (फोटो ग्यालरि)
नेपाल होराईजोन्स डटकम
ब्रुसेल नेपाल डटकम (फोटो ग्यालरि)
शरद कुमार गौचनको नेतृत्व चयन गर्दै थसेस जापानको २१ औं साधारण सभा सम्पन्न
थकाली सेवा समिति जापानले आफ्नो २१ औं बार्षिक साधारण सभा तथा थकालीहरुको महान चाड फागुपुर्णिमा "तोरन्ल" एवं नेपाली नया बर्ष २०६९ को उपलक्ष्यमा विविध साँस्कृतिक कार्यक्रम आयोजना गर्दै एघारौं महा-अधिबेशन भब्यताका साथ सम्पन्न गरेको छ ।
नेपाल देखी पाल्नु भएका लुम्बिनि भ्रमण बर्ष २०१२ को अबैधानिक दुत तथा सर्वोच सिखर सगरमाथा आरोहि एवं बयोवृद्ध गिनिज बिश्व रेकर्डर मिन बहादुर शेरचनको प्रमुख अतिथ्यमा आयोजित उत्त कार्यक्रमको बिशेष अतिथिमा वुईलभ नेपाल डटकमका प्रधान संपादक सोनाम शेर्पा र अर्का बिशेष अतिथि तमुधीं जापानका अध्यक्ष हर्क गुरुङ सहित अन्य अतिथिहरुमा नेपाल जापान डटकमका प्रधान संपादक शरद शेरचन, नेपाल जापान सास्कृतिक संघका अध्यक्ष बिनोद शेरचन र थसेस जापानका अग्रज नपेन्द्र भट्टचन र दिपक भट्टचनको पनि उपस्थिति रहेको थियो ।
पहिलो चरणको कार्यक्रममा प्रमुख अतिथि तथा सगरमाथा आरोहि बिश्व कृतिमान मिन बहादुर शेरचन लगायत बिशेष अतिथि र ड्यासमा आषण अतिथिहरुले सामुहिक रुपमा ब्यानर खोलेर उटघाट्न गर्नुभएको थियो । त्यसपश्चात थकाली पहिरणमा सज्जिएका थकाली महिलाहरु दिना गौचन, समि शेरचन र चिजु भट्टचनले थकालीहरुको चार देवता र नरिझ्यवलाई पुजा अर्चना एवं खिमि झोजि (पृतु पुजा) गर्दै समुदघाटन कार्यक्रम सम्पन्न गरेका थिए ।
समितिका सह-कोषाध्यक्ष तथा खेलकुद संयोजक, दिपक गौचनले स्वागत भाषण एवं खेलकुद उप-समितिको बार्षिकि बिवरणहरु र समितिको उदेश्य, आवश्यकता, वर्तमान अबस्था सहित बिबिध क्रियाकलापहरुको बारेमा बोल्नुभएको थियो । त्यस पश्चात समितिका कोषाध्यक्ष बुद्धि गौचनले संस्थाले अति नै पारदर्शी रुपले ब्यबस्थित गर्दै आएको आब्यब्य प्रतिवेदन सरल, सुलभ र सहजै बुझ्ने तरिकाले प्रोजेक्टर सलाईड मार्फत प्रस्तुत गर्नु भएको थियो । त्यसैगरि वयब कमिटिका संयोजक शरद शेरचनले पनि आफ्नो उपसमितिको गतिबिधि प्रष्ट्याउनु हुदै २१ औं शताब्दिको बर्तमान कम्युटर जमानामा बिश्वलाई सानो गाउको रुपमा परिवर्तन बनाएको छ र हामि पनि उत्त आईति संसारको भरपुर उपयोग गर्दै संस्थाको गतिबिधि र हरेक कार्यक्रमहरु वयब साईट मार्फत सार्वजनिक गरिएको र आम महानुभावहरुको संस्था प्रतिको सबैखालको प्रतिक्रियाहरुको लागि हार्दिक स्वागत गर्दछौं भन्दै प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । त्यसैगरि समितिका महा-सचिब अनिल भट्टचनले बिगत २ बर्षमा नेपाल लागि गरिएका आर्थिक सहयोग लगायत अन्य बिबिध सहयोग, जापानमै गत बर्ष दैवि प्रकोपमा २ पटक गरिएको आर्थिक सहयोग सहित भुकम्प तथा सुनामि एवं बिकिरण पिडित क्षेत्रमा आफु सहित ३ सदस्य प्रत्यक्ष सम्मिलित भई खाना खुवाउने कार्यमा संलग्न भएको कार्य प्रगति बिवरण लगायत अन्य दर्जनौं संस्थाको गतिबिधिहरु संक्षिप्त बिस्तृत ब्यहोरा सहित समितिको बार्षिकि प्रतिवेदन स्वरुप पेश गर्नु भएको थियो । सभाहलबाट सम्पुर्ण प्रस्तुत प्रतिवेदन उपर निर्बिवाद रुपमा सर्वसम्मतिबाट तालिको गढगढका साथ पास भएको थियो ।
त्यसपश्चात, थसेस जापानको तर्फबाट बिभिन्न गतिबिधिमा आवश्यक सल्लाह, सुझाब र मार्गनिर्देशन गर्दै समितिको मान, मर्यादा र प्रतिस्ठा बढाउने कार्य गरेबापत सर्वोकृष्ट ब्यक्तित्वहरुलाई अध्यक्षद्धारा सम्मान पत्र र खादाअर्पण गरि सम्मान गरिएको थियो । जसमा वनलाईन पत्रकार सोनाम शेर्पा, समाजसेवी राजु हिराचन, समाजसेवी जापानीज मोचिजुकि कियोहिको, समितिका कोषाध्यक्ष बुद्धी गौचन र सल्लाहाकार नपेन्द्र भट्टचन हुनुहुन्थ्यो ।
त्यसैगरि बिश्वकै जेष्ठ नागरिकको रुपमा सबभन्दा अग्लो हिमचुलि सगरमाथा आरोहित तथा लुम्बिनी भ्रमण बर्ष २०१२ को अबैधानिक सदभावनादुत मिन बहादुर शेरचनलाई र गत मार्च १८ मा सम्पन्न २१ औं शुभकामना साँझको स्थानिय कलाकारहरु क्रमश: सन्तोषी गौचन, प्रमिला डंगोल (गौचन), सारदा भट्टचन, स्परट भट्टचन, सोनि भट्टचन, अपेक्क्षा लिम्वु र संजिमा शेरचनलाई पनि धन्यबाद सम्मान सहित खादाअर्पण गरिएको थियो । साथै थकाली समुदायका नवविवाहित जोडि,राजु शेरचन तथा समि शेरचन, बिश्वबिध्याल ग्य्राडज्युट बिध्यार्थी सन्तोषी गौचन एवं जापानमा नव आगन्तुक चिजु भट्टचन र राजेन्द्र शेरचनलाई पनि संस्थाको तर्फबाट बढाई, स्वागत सम्मान गरिएको थियो ।
प्रमुख अतिथि तथा सगरमाथा आरोहित बिश्व कृतिमान जेष्ठ नागरिक मिन बहादुर शेरचनले आफ्नो मन्तब्यको क्रममा बि.स. १९८८ असार ६ गते म्याग्दी जिल्लामा जन्मिएर ७२ बर्षको उमेरमा नेपालको पुर्व मेची देखि पश्चिम महाकाली लगायतका ठाउमा पैदल यात्रा गरिसकेको र २००८ मे २५ तारिखका दिन ७६ बर्षको उमेरमा सफलतापुर्वक बिश्वको सर्वोच शिखर सगरमाथामा आरोहण गरेर बिश्वकै बयोबृद्ध नागरिकको रुपमा गिनिज वल्ड बुकमा रेकर्ड राख्न सफल भएको जानाकरि गराउनु भयो ।
साथै फेरि पनि २०१२ सालमा ८१ बर्षको उमेरमा पुन सगरमाथा चढेर नया कृतिमान कायम गर्ने योजना रहेको जानाकारि दिदै शेरचनले आफैले आफ्नै नया कृतिमान पुन कायम गर्ने र उत्त कृतिमान हाम्रो नेपालमै रहनु पर्छ भन्ने मान्यता र भावना रहेको ईच्छा जाहेर गर्नुभयो ।
त्यसको निमित्त बिदेशी कंम्पनीहरुले प्रस्ताव गरिरहेको भएता पनि त्यस्तो सोच नरहेको बताउदै म राष्ट्र बिकास र पर्यटन प्रवद्धनको लागि निरन्तर लागि परेको र म बिदेशी कम्पनीको नाममा नभई आफ्नै स्वदेशको नाममा बिश्वको सर्वोच्च शिखर आरोहण गर्न चाहान्छु त्यसको निमित्त केहि आर्थिक सहयोग नेपाल सरकारको तर्फबाट र नेपालमै संकलन भईसकेको बाकि केहि आर्थिक सहयोग रकम संकलनको लागि जापानबासि एनआरएन र बिभिन्न संघसंस्थालाई पनि हार्दिक अनुरोध गर्दछु मन्तब्यमा भन्नु भयो ।
अन्तमा पहिलो चरणको कार्यक्रमलाई सभापति तथा समितिका अध्यक्ष शरद कुमार गौचनले आफु थसेस जापानको स्थापना काल देखि हालसम्म निरन्तर २१ बर्ष निरन्तर क्रियाशिल रहेको र यस अबधिमा बटुलेका तिता मिठा अनुभव सहित थसेस जापानको ईतिहास लेख्न हरपल लागि पर्ने प्रतिबद्धता सहित आफ्नो २ बर्षे कार्यकालमा सहयोग गर्नु भएका सम्पुर्ण जापानबासी थकालीहरु र आफ्ना सहयात्रि टिमलाई समेत हार्दिक धन्यबाद दिदै बर्तमान कार्य समिति भंग गर्नु हुदै बन्दसत्रमा प्रवेश गराउनु भएको थियो ।
तत्पश्चात निर्वाचन कमिटिका संयोजक शरद शेरचन द्धारा घोषित थसेस जापानको आउदो कार्यकालको लागि पुन शरद कुमार गौचनकै अध्यक्षतामा ३३ नवनिर्बाचित नया कार्य समिति सर्वसहमतिबाट चयन गरिएको कुरा जानाकारि गराउनु भएको थियो, घोषित उपाध्यक्षहरुमा क्रमश: शशि गौचन, अनिल भट्टचन र दिपक गौचन, महा-सचिबमा राजु शेरचन, सचिबमा हेमन्त कुमार शेरचन र सञ्जिब गौचन, कोषाध्यक्षमा बुद्धि गौचन, सह-कोषाध्यक्षमा लेनिन भट्टचन र घनश्याम भट्टचन रहनु भएको छ ।
त्यसैगरि सदस्यहरुमा, सादगि तुलाचन, सन्तोषी गौचन, धन शेरचन, यसोदा गौचन, हिक्मत गौचन, सुरज शेरचन, अरुण भट्टचन, जयकार शेरचन, बिकल भट्टचन, हिरा शेरचन, जिवन भट्टचन, बिज्ञान गौचन र सुमन गौचन निर्वाचित हुनु भएको छ ।
समितिको सल्लाहाकारहरुमा, बिनोद शेरचन, दिपक भट्टचन, प्रकाश तुलाचन, बुद्धि शेरचन, मनोज तुलाचन, बिजय गौचन र गोविन्द तुलाचन रहनु भएको छ भने, बिशेष सल्लाहाकारहरुमा ध्रुब भट्टचन, शरद शेरचन, नपेन्द्र भट्टचन सहित संरक्षकमा डा.योगेन तुलाचन यथावथ नै पद ग्रहण गर्नु भएको छ ।
नब निर्वाचित कार्य समितिका अध्यक्षलाई प्रमुख अतिथि मिन बहादुर शेरचनले खादार्पण गर्दै पदिय गोपनियता (सपथ ग्रहण) गराउनु भएको थियो भने नबनिर्वाचित अध्यक्षले आफ्नो सम्पुर्ण कार्यसमितिका सदस्यहरुलाई सपथ ग्रहण गराउनु भएको थियो ।
दोस्रो चरणको कार्यक्रममा बिविध सास्कृतिक कार्यक्रमको शुरुआत सँगै डिनर रिसेप्सन सहित राजु शेरचनको डिजे धमाकाले उपस्थिति सम्पुर्ण महानुभावहरुलाई अन्तसम्म नाचगान र भरिपुर मनोरञ्जन गराएको थियो ।
स्मरण रहोस् सम्पुर्ण कार्यक्रमको संचालन उपाध्यक्ष अनिल भट्टचन र कार्यक्रमको ब्यबस्थापन पक्षको जिम्मा संयोजक लेनिन भट्टचन, सह-संयोजक घनश्याम भट्चन र सदस्य सञ्जिब गौचनले अति नै ब्यबस्थितका साथ तर्जुमा मिलाउनु भएको थियो र उत्त कार्यक्रम हामामाचुच्यो स्थित मन्दिर रेष्टुरेन्टमा बेलुकाको साँढे दश बजे समापन गरिएको थियो ।