Wednesday, May 23, 2012

सहमति पत्रको बिवरण (सरकार र जनजाति बिच)

सरद डायरि । मंगलबार, जेठ ९, २०६९

आदिबासी जनजाति संयुक्त संघर्ष समिति र नेपाल सरकारको वार्ता टोली बिच शान्ति तथा पुननिर्माण मन्त्रालयमा गरिएको सहमति पत्रको पुर्ण बिवरण र सहभागि टोलिहरुको जानाकारि नेपालबाट खवर प्राप्त भएकोले तलतिर जस्ताको तस्तै....आन्दोलित पक्षबाट प्रस्तावित संविधानसंग सम्बन्धित निम्न विषयहरुलाई नेपाल सरकारद्धारा संविधान सभामा प्रवेश गराउने प्रतिवद्धता व्यक्त गरेको छ, जुन आज मिति २०६९ जेठ ९ गते मंगलबारका दिन सम्माननीय प्रधानमन्त्री एवं प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको समुपस्थितिमा सरकारी वार्ता टोली र आदिवासी जनजाति संयुक्त संघर्ष समिति, नेपालको वार्ता टोलीबीच वार्ता एवं छलफलबाट निम्न लिखित  सहमति गरेको छ । 
१) नेपालको अन्तरिम संविधान –२०६३ धारा, १३८ (१ क) को व्यवस्था, संविधानसभा, राज्य पुनर्संरचना तथा राज्यशक्ति बाँडफाँड समिति र प्रमुख दलका नेताहरुको सहमतिमा गठित राज्य पुनर्संरचना उच्चस्तरीय सुझाव आयोगद्वारा निर्धारित आधार, सिद्धान्त र मापदण्ड एवं विभिन्न आदिवासी जनजाति संघसंस्था तथा दलसंग विभिन्न समयमा राज्य पक्षसंग गरिएको सम्झौताअनुरुप जातीय पहिचानको आधारमा संघीयता सहितको लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी नेपालको नयाँ संविधान जारी गराउने ।
२) नयाँ संविधानमा समानुपातिक र समावेशी निर्वाचन प्रणाली अवलम्बन गरी समानुपातिक तर्फ न्यूनतम् ६० र प्रत्यक्षतर्फ ४० प्रतिशत व्यवस्था गर्ने।
३) राज्यको हरेक अंग र तहमा जाति/समुदाय, लैङ्गिक जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व नयाँ संविधानमा सुनिश्चित गराउने। सीमान्तकृत,अतिसीमान्तकृत तथा अल्पसख्यक समुदायको हकमा अनिवार्य प्रतिनिधित्वको विशेष व्यवस्था गर्ने।
४) नेपालको सार्वभौमसत्ता, राष्ट्रिय एकता, अखण्डता, स्वतन्त्रता र राष्ट्रिय स्वाभिमानलाई आत्मसात गर्दै आत्मनिर्णयको अधिकार, अग्राधिकार, स्वशासन र स्वायत्तता सहितको प्रदेश, स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र एवं विशेष क्षेत्र कायम गर्ने।
सरकारसंग सम्बन्धित विषयहरु
५) आदिवासी जनजाति आन्दोलनको भावनालाई सम्मान गर्दै यस क्रममा गिरफ्तार सबैलाई बिना शर्त तुरुन्त रिहा गर्ने एवं लगाइएका मुद्दाहरु खारेज र आन्दोलनको क्रममा घाइते सबैको सरकारले निःशुल्क उपचार गर्नेछ
६) आन्दोलनको क्रममा भएका थारु संग्रहालय लगायतका क्षतिको स्थानीय प्रशासनबाट लगत लिई पीडित पक्षको सहमतिमा क्षति भएअनुसार आर्थिक सहायता नेपाल सरकारले उपलव्ध गराउनेछ।
७) आदिवासी जनजाति संघसंस्था एवं दलहरुसंग हालसम्म भएका सहमतिहरु एवं पूर्व निर्णयहरु कार्यान्वयन गर्ने-गराउनेछ।
८) ब्राम्हण, क्षेत्री र दशनामीलाई आदिवासीको मान्यता दिने सम्बन्धमा आदिवासी जनजातिको विरोधप्रति सरकारको ध्यानाकर्षण भएको छ ।
९) आदिवासी जनजाति संयुक्त संघर्ष समिति, नेपालले आव्हान गरेको २०६९ जेठ १० गतेसम्मको देशव्यापी आमहडताल (नेपाल बन्द) कार्यक्रम फिर्ता लिने।

नेपाल सरकार वार्ता टोलीका सदस्यहरु:माननीय टोपवहादुर रायमाझी
माननीय वर्षमान पुन (अनन्त)
माननीय महेन्द्रप्रसाद राय यादव
माननीय सूर्यमान गुरुङ

आदिवासी जनजाति संयुक्त संर्घष समिति, नेपालको वार्ता टोलीका सदस्यहरुमा.सुरेश आले मगर, परशुराम तामाङ, राजकुमार लेखी थारु, मा.गोपाल किराती, मा. ईन्द्रवहादुर गुरुङ, मा.जीपछिरीङ शेर्पा, मा.पासाङ शेर्पा, मा.कुमार राई, मा. अमर तमु, मा सूर्यमान दोङ, मा दिलिप महर्जन, मा. ज्ञानेन्द्र कुमाल, मा. हितमान शाक्य, मा. डा. मंगलसिद्धि मानन्धर, मा. तिर्थराम डंगोल, आङकाजी शेर्पा किसान, सोनी लामा, खगेन्द्र माखिम, कृष्ण कुमारी वाइवा, वीर ब. लामा, नरेश ताम्राकार, कुमार योन्जन, पृथ्वीमान गुरुङ, नगेन्द्र राई, नरबहादुर गुरुङ, चन्द्रश्रीस मगर, अटलमान राई, मन प्रसाद सुनुवार, अमृतवहादुर सुनुवार, दुर्गा राई, कुम्भराज गुरुङ, उत्तमसिंङ थाङदेन, चतुरभक्त राई, चन्द्र विक्रम राई, चन्द्रकुमार चौधरी, धनीराम चौधरी, महेन्द्र थापा मगर, हित ब. तामाङ, रामसिं लामा, नगेन्द्र कुमाल, दिलमान पाख्रिन, वावुराजा बज्रचार्य, मल्ल के सुन्दर, नरेश वीर शाक्य, मंगल महर्जन, गजेन्द्र मानन्धर, अनुप सिहं सुवाल, के बी घजू, पवनमान श्रेष्ठ, मोहन वहादुर महर्जन, तिर्थलाल मर्हजन, प्रेम मर्हजन, राजेश शाक्य

Saturday, May 19, 2012

नेपाली सिनेमा संगै लन्चबाट डिनर सम्म

सरद डायरि । शनिबार, जेठ ६, २०६९
आज पनि ३ वटा ठाउमा भ्याउनु पर्ने कार्यक्रम थियो, पहिलो मित्रहरुको लगानिमा संचालित रेष्टुरेन्टमा एकजना भाईसंग दिउसोको लन्च संगै खाने योजना, दोस्रो युथ मित्रहरुद्धारा आयोजित चर्चित नेपालि चलचित्र "लुट" को प्रदशनमा चुल्हो निम्तो प्राप्त र तेस्रो चाहि हाम्रो (थसेस जापान) साधारण सदस्य कु.शे. भाईको परिवार (बुवा, मुवा) नेपालदेखि पाल्नु भएकोले संगै भेटघाट गरि डिनर खाने तर्जुमा रहेकोले समय मेन्टन गर्न निकै हंम्मे हंम्मे पर्ला कि भनेको त सहजै तरिकाले अर्को एक ठाउ पनि थपेर  ४ ठाउमा पो भ्याए...
जेहोस, सधै झै यो शनिबार र भोलि आईतबार पनि पुरै भोलियन्टर कार्यमा ब्यस्थ हुनु पर्ने भएकोले परिवारलाई समय दिन पनि सपना झै हुन लाग्यो गाँठे ।

"लुट" नामक सिनेमा टिकट

मित्र भाईको बुवालाई हात मिलाएर स्वागत गर्दै एस.के

मित्र भाईको मुवालाई स्वागत सहित खादार्पण गर्दै एस.के

डिरन रिसेप्सनमा उपस्थित सम्पुर्ण सहभागि मित्रहरु

Thursday, May 17, 2012

नबजात शिशुको उदय

सरद डायरि । बिहिबार, जेठ ५, २०६९
भरखर बिहान १०:२९ तिर मेरो फुच्चे (बच्चामा बोकेको, खेलाएकोले) भाईले धेरै महिनाको अन्तरालमा टेलिफोन गर्यो । त्यो कि.शे. (फुच्चे) मेरै मामाको एउटै छोरो त्यो त आज बाउ बनेको कुरा बतायो टेलिफोनमा ।
अस्ति मात्र नेपालमा मामासंग फोनमा कुरा हुदा अझै एक डेढ हप्ता लाग्ला कि.. गर्भावति बुहारि राम्रै छे.. भन्ने कुरा गर्नु भएको थियो । जेहोस आज बिहानको ३ बजे छोरि भएछ त्यो फुच्चेको, हलुका खुशी बाड्दै बढाई दिए ।
नवजात शिशुको फोटो पनि प्राप्त भएकोले यहा राख्ने जमर्को गरे ।
शिशु तथा आमाको सु-स्वास्थको कामना सहित परिवार बर्गमा हार्दिक बढाई शुभकामना  ।

नवजात शिशुको नाम : ...........................
जन्म मिति :  बि.स. २०६९ जेठ ५ गते (बिहिबार) / ई. स. २०१२ मेई १७ गते (बिहिबार)
जन्म समय : बिहाको ३ बजे
जन्म स्थान : टिचिंङ हस्पिटल, लाजिम्पाट काठमाण्डौं
ठेगाना : बसुन्धारा चक्रपथ, धापसि काठमाण्डौं  




राष्ट्रिय सहमतिको सरकार गठित

सरद डायरि । बुधबार, जेठ ४, २०६९
ढिलै भएपनि प्रधानमन्त्री बाबुराम भट्टराईले राष्टि्य सहमतिको नयाँ  मन्त्रिमण्डल गठन गर्न सफल हुदै नया कीर्तिमान कायम पनि गरेका छन। बिगतमा सबभन्दा ठुलो आकारको मन्त्रिमण्डल बनाउने कृतिमान कायम गर्दै यस नया राष्ट्रिय सहमतिको सरकारमा नेपालको इतिहास मै सबैभन्दा बढी उप-प्रधानमन्त्री बनाउन पनि पहिलो पटक सफल भएका छन् । अहिलेको मन्त्रिमण्डलमा चार चार जना उप-प्रधानमन्त्री छन् । यसअघि फोरमका विजयकुमार गच्छदार, काङ्ग्रेसका कृष्ण सिटौलासहित माओवादीका नारायणकाजी श्रेष्ठ उप-प्रधानमन्त्री थिए भने, आज एमालेका तर्फबाट सरकारमा गएका ईश्वर पोखरेल पनि उप-प्रधानमन्त्री भएपछि उपहरुको संख्या चार पुगेको हो।
यिनी चार उपहरुको कार्यभार सम्हाल्ने त के कुरा जिम्मेवारी पनि तोकिएको छैन। भागवण्डाको कुरा मिलाउनको लागि बिना बिभागीय उप-प्रधानमन्त्रि र बिना विभागीय मन्त्री बनेर काम धाम बिना तलबभत्ता पचाउने जुक्ति गरेको भने सिधै बुझ्न सकिन्छ । आज एमालेमात्र हैन, राप्रपा र एक सिट जितेको दलहरुका अध्यक्ष पनि बिना विभागीय मन्त्रीको स्वाद चाख्न गएका छन् ।  
तल हेर्नुस..कस्तो अनुहारका छन् हाल गठित मन्त्रिमण्डलहरु-
सस्माननीय प्रधानमन्त्री
१) डा. बाबुराम भट्टराई
माननीय उपप्रधानमन्त्रीहरू
२) विजयकुमार गच्छदार (मधेसी मोर्चा) गृह
३) नारायणकाजी श्रेष्ठ (माओवादी) बिना विभागीय
४) कृष्णप्रसाद सिटौला (काङ्ग्रेस) बिना विभागीय
५) ईश्वर पोखरेल (एमाले) बिना विभागीय
मन्त्रीहरू
६) हृदयेश त्रिपाठी (मधेसी मोर्चा) भौतिक योजना तथा निर्माण
७) पोष्टबहादुर बोगटी (माओवादी) बिना विभागीय
८) टोपबहादुर रायमाझी (माओवादी) बिना विभागीय
९) राजेन्द्र महतो (मधेसी मोर्चा) स्वास्थ्य तथा जनसङ्ख्या
१०) वर्षमान पुन (माओवादी) बिना विभागीय
११) दीनानाथ शर्मा (माओवादी) बिना विभागीय
१२) महेन्द्रप्रसाद यादव (मधेसी मोर्चा)सिंचाई
१३) राज किशोर यादव (मधेसी मोर्चा)सूचना तथा सञ्चार
१४) सुर्यमान गुरूङग (काङ्ग्रेस) बिना विभागीय
१५) राधा ज्ञवाली (एमाले) बिना विभागीय
१६) अनिल झा (सङ्घीय सद्‍भावना) बिना विभागीय
१७) चन्द्रदेव जोशी (नेकपा संयुक्त) बिना विभागीय
१८) परशुराम खापुङ (राप्रपा) बिना विभागीय
१९) केशवमान शाक्य (नेपाः पार्टी) बिना विभागीय
२०) एकनाथ ढकाल (परिवार दल) बिना विभागीय

Tuesday, May 15, 2012

थसेस जापानद्धारा जुलाई १५ मा बार्बेक्यु (बनभोज) कार्यक्रम हुने

सरद डायरि । मंगलबार, जेठ २, २०६९
थसेस जापानको आयोजना हुने यस बर्षको समर बार्बेक्युको लागि स्थान कब्जा गर्नको लागि मेरो पनि जिम्मा परेकोले, किटान समयमा टेलीफोन घुमाउनु थियो आज । त्यो पनि बिहानको ८:३० बजे  ।
त्यस समय बसभित्र भएकोले, ओर्लिन बितिक्कै ८:३४ तिर होला, टेलीफोन घुमाउन शुरु गरे, तर लाग्ने भापो ।
नभन्दै, एकैचोटि एकै समय धेरैले टेलीफोन घुमाउने भएकोले, २०,२२ मिनेट पछि मात्र टेलीफोन सम्पर्क भयो । तर अपशोच मेरो आईफोन २,२ चोटि बिचैमा काटियो, ३ पटकमा बार्ता गर्न सफल भएको के थिए, हाम्रा टिमका कप्तान अर्का जापानी मित्रले सबै तर्जुमा गरिसक्नु भएको रहेछ, उत्त कुरा सम्बन्धित ठाउबाट सबै जानाकारि पाएपछि भने ढुक्क हुदै, देहाय बमोजिम सबै तर्जुमा मिलाई कार्यसमितिका साथीहरुलाई ईमेल लेखे ।
केहि मेडियाका श्रद्धेय मित्रले तल उल्लेखित समाचार पनि बनाएर संम्प्रेषण गरिदिनु भएको रहेछ ।
उहालाई सधैब सलाम छ ।

थकाली सेवा समिति जापानले आउदो जुलाई १५ तारिख आईतबारका दिन सिनकिबास्थित समुन्द्रको छेउमा समर वार्वेक्युको आयोजना गर्ने भएको छ। समर वार्वेक्यु थकाली सेवा समिति जापानको वार्षिक कार्यक्रमहरु मध्य एक हो र यसलाई परम्परागत रुपमा लामो समयदेखी प्रतेक बर्ष नबिराई आयोजना गर्दै आईरहेको छ।
शुरु शुरुको दिन टोकियोवासी थकालीहरु मात्रा भेला भएर मनाउने उक्त वार्वेक्युले बर्ष प्रती बर्ष ठुलो आकार लिदै आएको थियो र अहिले आएर समर वार्वेक्यु थकाली र गैरथकालीलाई एउटै थलोमा भेला पार्ने पर्वको रुपमा पारीणत भएको छ।
अती दुर्लब मासु खान पाहिने र पारवारीक बातावरणमा बिभिन्न मनोरंजनका साथ मनाईने उक्त समर वार्वेक्यु टोकियोवासी नेपालीहरुमाँझ अतिनै लोकप्रिय छ। प्रतेक बर्ष नयाँ अनुहारहरु थपिने र टन्न खाएर दुई चार जना नयाँ साथी बनाएर फर्कने थलो बनेको छ थकाली समर वार्वेक्यु।
थसेस जापानका महासचिब राजु शेरचनका अनुसार प्रतेक बर्ष आयोजना गर्दै आईरहेको फुतागो तमागावामा भोग्दै आएको पानी शौचालयलगायतका बिभिन्न असुबिधाहरुलाई मध्यानजर राखेर गत बर्षदेखी सिनकिबास्थित समुन्द्रको छेउमा आयोजना गर्न लागिएको हो।

कार्यक्रम बिवरण : समर बार्वेक्यु (बनभोज) कार्यक्रम
मिति : जुलाई १५, २०१२ (आईतबार)
समय : बिहानको १०:०० बाट, दिउसो १५:०० सम्म
स्थान : तोरिचु युमेनो सिमा कोएन (गत बर्ष आयोजित स्थल)
स्टेशन : सिन्किबा – सव्ओए युराकुच्यो लाईन, जेआर केईयो लाईन, जेआर रिन्काई लाईन (सिन्किबा स्टेशनबाट बार्वेक्यु स्थल सम्म करिव हिडेर १० मिनेट मात्र)

Monday, May 14, 2012

आधिकारिक निर्णयलाई कुण्ठित गर्न खोज्नेलाई खबदार....

सरद डायरि । सोमबार, जेठ १, २०६९
गोल्डेन वुईक भन्दा अघि नै (मेई २ तारीख), साईवर एजेन्डा सहित छलफल चलाईएको थसेस जापानमा परेको निवेदन प्रति (मुद्धाहरुमा), गत हप्ताको शुक्रबार मेई १० तारीखमा नै छिनो फानो गरि (समय सिमा भित्र) निर्णय भएको बिषय प्रति केहि मित्रहरुले आफुलाई लागेको (नितान्त ब्यक्तिगत बिचार रे) राय ब्यक्त गरेता पनि हावाको भरमा, उत्त बिचारलाई सहमति जनाउछु भन्दै कहिल्यै मेल नलेख्नेले मेल हालेको देख्दा हाँसो पनि उठ्यो । मेल पनि फेरि कस्तो भने नि... जे लेखेको हो त्यो पढ्दा अर्थ नै पत्ता लगाउन गाह्रो (अनर्थ लाग्ने) .....
भेट्दा जानाकारि गराईएन रे, वास्तै गरिएन रे, कुरै भएन रे... भन्दै ब्यक्तिगत भेटघाटको बेलामा कुरा नराखिएको मामेलालाई संस्थासंग जोडेर गरिएको यो पुर्वाग्रह र समाजलाई भडकाएर हुकुमि शाषण गर्न खोज्ने यस दुषप्रयासलाई स्विकार गर्ने त कुरै भएन, औपचारिक रुपमा परेको निवेदन संगै प्रमाण सहितका प्राप्त कागजातको आधारमा गरिएको निर्णयलाई कसले छेक्दो रहेछ, खवरदार आधिकारिक र पुर्ण पारदर्शी निर्णयलाई कुण्ठित गर्न खोज्नेलाई...
जेहोस, तपसिल (नम्र भएरै, स-सम्मानका साथ) बमोजिम तुरुन्तै मेल लेखे । हेरौं के दिदा रहेछन् उत्तर खुपि रहेछ भने ......

Saturday, May 12, 2012

जातीय पहिचान सहितको संघियता हुँदैमा बाहुनहरुले डराउनु पर्दैन

सरद डायरि । शनिबार, बैशाख ३०, २०६९
एउटा लेखको जानाकारि आयो, उत्त पढदा समय सान्दर्भिक नै लाग्यो, पेष्ट गरिदिए तलतिर लौंजा .. जे पर्ला पर्ला जस्ताको तस्तै.. लेखकको नाम भने राखिदिएको छु है तलतिर जस्ताको तस्तै.... पढनलाई रिड् मोर मा क्लिक् गर्नुहोला ।

Friday, May 11, 2012

ढुक्क हुनुहोस् , केहि हुदैन...

सरद डायरि । बिहिबार , बैशाख २८, २०६९
हिजोआज नेपालीहरु बिच वा सामाजिक संजालका साईटहरु तथा ईमेल आदिहरुमा देश अहिले नै टुक्रिएला कि भोले नै टुक्रिएका कि भन्ने सोच, चिन्ता र त्रास ब्याप्त छ ।
तर जसले जति रहर र प्रयसा गरेपनि हुनेवाल केहि छैन, साच्चै १४ जेठ पछि त्यस्तो केहि अनर्थ हुदैन संविधान बने पनि, नबने पनि, नेपाललाई १४ प्रदेश वा ८ प्रदेशमा बाडेपनि ।
प्रदेशलाई जातका नाम दिएपनि वा अन्य जेजस्तो नाम राखेपनि केहि हुदैन् । नेपालमा कहिले के भएको थियो र अहिले पनि हुनु ? केदार शर्माको यस सम्बन्धि लेख अति नै उचित र सान्दर्भिक लाग्यो,  पढ्नको लागि यहा क्लिक गर्नुहोस्

Wednesday, May 9, 2012

एम. बि. साँवा लिम्वुको बिचार र अनुभव

सरद डायरि । बुधबार, बैशाख २७, २०६९
 कतारबासी जनजातीका अग्रज तथा कलम चलाउनुहुने श्रद्धेय मित्र एम. बि. साँवा लिम्बु ज्युद्धारा लिखीत (उहाको बिचार र अनुभवमा आधारित) निम्न लेख प्राप्त भएकोले सबै बन्धुहरुलाई सियर गर्न मन लाग्यो ।
लेख पढेपछि अत्यन्तै समय सान्दर्भिक र राम्रो बिश्लेषण गरि लेखिएको अनुभुति भयो ।
उत्त बिचार जस्ताको तस्तै तलतिर......(रिड मोर् मा क्लिक् गर्नुहोला)

आईएनसिजेको अधिवेशनमा निम्तो ।

सरद डायरि । मंगलबार, बैशाख २६, २०६९
धेरै लामो समय देखी जापानमा क्रियाशील, सक्रिय र सबै नेपालीहरु संग चिरपरिचित संस्था मध्येको एक संस्था जुन, अन्तराष्ट्रिय नेपाली समाज जापान (आईएनसिजे) को आउदो १३ तारीख आईतबारका दिन महा-अधिवेशन सहित जापानबासि आम नेपालीहरुलाई लक्षित गर्दै साँझा सवाल नामक "जापानमा नेपालीहरुको बढ्दो आगमन, संघ -संस्थाको औचित्य र दुताबासको भूमिका" बिषयमा वृहत अन्तरक्रिया कार्यक्रम गरिने कुरा जानाकारिमा आएको छ, उत्त  संस्था द्धारा आयोजित सो कार्यक्रमको लागि हाम्रो संस्थालाई पनि औपचारिक रुपमा ईमेल मार्फत निमन्त्रणा-पत्र र अध्यक्ष सालीकराम भण्डारि ज्युबाट एसएमएस पनि प्राप्त भयो ।
हाम्रो संस्थाको प्रत्येक कार्यक्रम अर्थात तोरन्ल्ह पर्वको रुपमा प्रत्येक बर्ष आयोजित शुभकामना साँझमा अध्यक्ष ज्युको सक्रिय उपस्थिति हुने भएको कारणले पनि उहाहरुको निमन्त्रणालाई सहर्ष स्विकार्दै सक्दो उपस्थित जनाउने मनसाय चाहि बनाएको छु है ।
प्राप्त निम्तो पत्र जस्ताको तस्तै तलतिर....












कार्यक्रम सम्बन्धि थप जानकारी देहायबमोजिम रहेको कुरा आयोजकद्धारा जानाकारिमा आएको छ ।
मिति : २०१२ मेई १३ तारिख (आईतबार)
स्थान : जेआर ओमोरी, सेयु भवन को ५ औ तला
समय : अपरान्ह ३:०० बजे देखी
आयोजक : अन्तराष्ट्रिय नेपाली समाज जापान (INCJ)
सम्पर्क नंम्वर : 090-4009-8055, 080-5487-1340, 090-8810-9014

Monday, May 7, 2012

सगरमाथा आरोहणको निमित्त आर्थिक सहयोग अभियान





सरद डायरि । सोमबार, बैशाख २५, २०६९
आज जापानमा क्रियाशिल संघसंस्थाहरुलाई थसेस जापानको सक्रियतामा तपसिल बमोजिम  निवेदन अनुरोध गरे ।

श्रीमान ................................................................ ज्यु,
अध्यक्ष, ........................................................................टोक्यो, जापान

बिषय: आर्थिक सहयोग उपलब्ध गराईदिनुहुन
उपरोक्त संम्बन्धमा,
बिश्वकै सबभन्दा अग्लो हिमचुली सगरमाथा आरोहि तथा बयोवृद्ध बिश्व कृतिमान मिन बहादुर शेरचनले ७६ बर्षको उमेरमा पहिलो पटक मेई २५, २००८ का दिन आरोहण गरि गिनिज वल्ड रेकर्ड राख्न सफल हुनु भएको सर्वबिधितै छ ।
आफ्नै राष्ट्रमा यस कृतिमान कायम राख्नुपर्छ भन्ने भावना अनुसार यस बर्ष २०१२ को बसन्त रितुमा पुन ८१ बर्षको उमेरमा दोस्रो पटक सगरमाथा आरोहणको निमित्त योजना तर्जुमा भईसकेको जानाकारिमा आएको छ । यस अभियानको लागि नेपाल सरकारबाट पनि ठुलो सहयोग प्राप्त भईसकेको र केहि नपुग आर्थीक सहयोगको लागि बिदेशमा रहनुहुने आम नेपाली तथा बिदेशीहरुबाट पनि आफुसक्दो वा सोईच्छा अनुसार सहयोगको लागि निवेदन आएको हुदा यसै मेलमा बिस्तृत बिवरण सहित ४ वटा फाईल संलग्न गरिएको जानाकारि गराउदछौं ।
स्मरण रहोस् विश्व कृतिमान सगरमाथा आरोहि मिन बहादुर शेरचन बि.सं. १९८८ असार ६ गते म्याग्दि जिल्लाको तातोपानी स्थित गाउमा जन्मिएका शेरचन लुम्बिनी भ्रमण बर्ष २०१२ का अवैतानिक सदभावना दुत समेत रहेका छन ।
तसर्थ, यहाको गरिमामय संस्था र संस्था संग संम्बन्धित आम महानुभावहरुलाई पनि अबगत गराई आर्थिक सहयोग लागि हार्दिक निवेदन गरिन्छ ।
समय पावन्धिका कारण, यहि मेई २० तारीख आईतबार सम्ममा जानाकारि गराईदिई सहयोग गर्नुहुन पनि बिनम्र अनुरोध गर्दै उत्त सहयोग रकम भुक्तानिको लागि तल उल्लेखित खातामा सिधै राख्न सकिने ब्यबस्था मिलाईएको पनि अनुरोध गर्दछौं । जापानमा संकलित सम्पुर्ण सहयोग रकम यथासिघ्र संम्बन्धित निकायमा पठाईने र सबै सहयोगी नामावलि बिवरणहरु सार्वजनिक गरिने नै छ ।
धन्यबाद ।
मेलमा संलग्न फाईलको विवरण
१) निवेदन - १
२) ग्रिनिज वल्ड रेकर्ड (सक्कल -१)
३) बिजिनेस कार्ड - १
४) लुम्बिनी भ्रमण बर्ष २०१२ (अवैतानिक सदभाव दुत सक्कल -१)
सहयोग भुक्तानि गर्ने एकाउन्ट बिवरण
YUCHO GINKOU
A/C Number: 10010-73452031
A/C Holder Name: THAKALI SEWA SAMITI, JAPAN
------------------------------------------------------------------
ゆうちょ銀行
記号番号:10010
口座番号:73452031
口座名義:タカリ セワ サミティ, ジャパン
代表名:ゴウチャン サラドウ クマル
भवदिय (थप जानाकारि र मध्यषकर्ताको लागि)
शरद कुमार गौचन
अध्यक्ष, थकाली सेवा समिति जापान
मेई ७, २०१२ (सोमबार)
०९०-२३१९-००२७

जापानमा २५५६ बुद्ध जयन्ति भब्यताका साथ सम्पन्न


सरद डायरि । आईतबार, बैशाख २४, २०६९
आज फेरि २ वटा कार्यक्रम भ्याउनुपर्ने बाध्यताको थियो । जसमध्ये बिश्व शान्तिका दुत गौतम बुद्धको जन्म जयन्ति २५५६ को उपलक्ष्यमा धेरै पहिला देखी तयारि ब्यस्थ नेपाल आदिबासी जनजाती महासंघ जापान र अन्तराष्ट्रिय नेवा: फोरम जापानको संयुक्त आयोजनामा  हुने भएको थियो । साथै उत्त जनजाति महासंघको संपादक र संघिय परिषद (एकल जातिय नेतृत्व) समितिको सदस्यको नाताले पनि समयमै उपस्थिति जनाई आयोजकको कार्यभार संम्हाल्नु थियो ।
मेरो बासोस्थान देखि निकै टाढा र तयारि सिलसिलामा संलग्न हुन नपाएकोले पनि आजै बिहानै प्रमुख ब्यक्तित्व लाई सम्पर्क गरि समयमै उपस्थिति जनाउने जानाकारि गराए । मेरो एरियाका केहि साथी लगायत मेरो संस्थाकै साथीहरुलाई संगै लिएर जाने तर्जुमा मिलाएकोले सोहि बमोजिम भेटेर किटान समय भन्दा २० मिनेट ढिलो गरि उपस्थिति भयौं ।
कार्यक्रम उरायासु (मेट्रो सबवय, टोजाई लाईन) नामक स्टेशन नजिक बुद्ध धर्मालम्विहरुको मन्दिर आराई टेरा नामक स्थानमा बिहानको १०:३० देखी दिउसोको १५:०० बजे सम्म तय भएको थियो ।
किटान समयमै धर्मगुरुहरुद्धारा पुजापाठ, गौतम बुद्धको दर्शन, चर्चापरिचर्चा एवं प्रवचन सहित बिबिध कार्यक्रम सहित अति नै सौहार्द पुर्ण बातावरणमा भब्यताका साथ सम्पन्न भयो ।
दोभासे सहित अति कुशलताका साथ कार्यक्रमको संचालन आयोजकको तर्फबाट प्रवक्ता सुकुमान थिङ तामाङले सुरुआत गर्नुहुदै कार्यक्रममा संयोजकद्धय प्रचण्डमणी बज्राचार्य एवं ध्रुब भट्टचन साथै नेपाली राजदुताबासका कार्यवाहक राजदुत तापस अधिकारि (उपनियोग प्रमुख), जापान नेपाल सोसाईटिका अध्यक्ष कोजिमा मिचुआकी (पुर्व नेपालका लागि जापानी राजदुत) र निवर्तमान उर्जा राज्यमन्त्री सुर्यमान दोङ तामाङको समेत यस कार्यक्रममा उपस्थिति रहेको थियो ।
करिवन ३ बजेतिर कार्यक्रम सकेर मित्रहरु सहित डेरा तर्फलागे फेरि बेलुकाको म्याग्दि संञ्जाल जापानको आयोजनामा हुने कार्यक्रमको तयारिको लागि । स्वर्णीम साँझको लागि नेपाल देखी आमन्त्रित चर्चित कलाकारहरुको (खड्क गर्बुजा र मुना थापा) बिदाई समारोह थियो, हेरौं निकै थकाई पनि लागेको र लगातार धेरै कार्यक्रममा उपस्थिति भएकोले पनि उपस्थिति नै हुन सक्छु भनेर चाहि यसै भन्न सक्दिन् है ।

Sunday, May 6, 2012

शुभ-बिबाह पार्टि र बिबिक्यु

सरद डायरि । शनिबार, बैशाख २३, २०६९






 












शुभ-बिबाहको झलक (फोटो आफै बोल्छ).....