Monday, July 30, 2012

तामझामका साथ सम्पन्न टोक्योमा नेपाल फेस्टिवल २०१२

सरद डायरि । आईतबार, साउन १४, २०६९
नेपाल डे फेस्टिवलको दोस्रो दिन यानिकि अन्तिम दिन र आज आईतबार परेकोले पनि बिशेष गरि नेपालीहरु र जापानीहरु लगायत धेरै ठुलो उपस्थिति थियो फेस्टिवलमा, बिडम्बना आज पनि दुईवटा कार्यक्रम परेकोले फेस्टिवल पश्चात नेपाली किक् बक्सर मोहन महर्जनको (ड्रागन) महत्वपुर्ण खेल थियो, उत्त खेलको लागि ड्रागनले मलाई धेरै पटक टेलीफोन सम्पर्क, ईमेल सम्पर्क र मेरो आफ्नै कार्यक्रममा समेतमा आएर निम्तो दिनु भएकोले जसरि पनि जानु थियो, खेल ५ बजे देखि शुरु हुने भएकोले ढिलै भएपनि ४:३० तिर हिड्ने बिचार गरे ।
पत्रकार मित्रहरु पनि संगै जाने कुरा भएकोले गाडिमा लागि गन्तब्य स्थलतिर.. अन्य बाकि बिवरण तलतिर फोटो आफै बोल्छ... )

मोहन महर्जन (ड्रागन) र फुजिताबिचको खेल ड्र, पुन: प्रतिस्पर्धा गर्नुपर्ने
नेपाली ड्रागन मोहन महर्जन र जापानी खेलाडी जेन फुजिताबीको खेल बरावरीमा सकिएको छ । आइतवार जापानको टोक्योस्थित आरिआके डिफर स्टेडियममा भएको किक बक्सिङ प्रतियोगितामा मोहान र फुजिताले बरावरी खेलेका हुन् । निकै प्रतिस्पर्धात्मक खेलमा पाँचौ राउण्डसम्म खेले पनि निर्णायकहरुले खेल ड्र भएको निर्णय सुनाएका हुन् । निर्णयसंगै उनीहरुले उपाधीका लागि फेरी प्रतिस्पर्धा गर्नु पर्ने भएको छ ।
अर्को प्रतियोगिताका लागि आयोजकले टुर्नामेन्टको लागि समय तालिका भने सार्वजनिक गरेको छैन । उपाधी हात पार्नेले आगामी सेप्टेम्बर १७ मा हुने बिश्व च्याम्पियनसीपमा भाग लिन पाउने आयोजकले जनाएको छ ।खेल हेर्न तथा नेपाली खेलाडी मोहनलाई हौसला दिन उल्लेख्य नेपालीहरु नेपालको राष्ट्रिय झण्डाका साथ रंगशालामा पुगेका थिए ।
जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराई, एनआरएन जापानका अध्यक्ष ओम गुरुङ, अन्तर्राष्ट्रिय नेपाली समाज जापानका अध्यक्ष अर्जुन अधिकारी, थकाली सेवा समिति जापानका अध्यक्ष शरदकुमार गौचन, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ललगायतका विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरु, समाजसेवी तथा नेपालीहरु रंगशाला पुगेका थिए । 

 


 

 







Sunday, July 29, 2012

यसरि शुरु भयो जापानमा नेपाली फेस्टिवल २०१२

सरद डायरि । शनिबार, साउन १३, २०६९
आज देखि शुरु भएको टोक्योको योयोगि पार्क स्थित नेपाली फेस्टिवल सम्पन्न गरे पश्चात बेलुकाको ५ बजेबाट मेरो आफ्नो संलग्न संस्थाको सदस्यहरु ज्युहरुको नेपालबाट घुम्न आउनु भएका अभिभावकको स्वागत र जापानबाट फर्कनुहुने आफन्तको बिदाई समारोहको लागि तर्जुमा भएको छ । ६ बजेतिर सम्पुर्ण सदस्यहरु संगै भेटघाट गरि कार्यक्रम आयोजना गरिने ब्यबस्थापकले मिलाएको छ । सधै झै आज पनि २ वटा ठुलै कार्यक्रम भ्याउनुपर्ने भएकोले डौडधुप त हुने नै भो ।
उत्त दुबै कार्यक्रमको झलकहरु तलतिर जस्ताको तस्तै (फोटो आफै बोल्छ....)      
                                                                                                                                                                 












फोटो : दिपक गौचन

Tuesday, July 24, 2012

गीतहरुबाट भोकल डिलेट गरि म्युजिक ट्र्याक मात्र बनाउने सफ्टवयर

सरद डायरि । सोमबार, साउन ८, २०६९
यसो नेट सर्फिङ्ग के गरेको थिए, मैले आवश्यक महशुष गरेको निशुल्कमा उपलब्ध सफ्टवयर पत्ता लाग्यो, जसको सहयोगले बिशेष गरि गायककारहरुलाई फाईदाजनक र महत्वपुर्ण भुमिका निर्वाह गर्ला भन्ने मनसाय बमोजिम केहि जानाकारि तल उल्लेखित गरिन्छ आवश्यक महशुष गर्नुहुने संम्बन्धित सबैको लागि जानाकारि गराउदछु ।

Thursday, July 19, 2012

थसेस जापानद्धारा बाढि पिडित र अग्नि प्रभावितलाई सहयोग

सरद डायरि । बुधबार, साउन ३, २०६९
आज फेरि थसेस जापानद्धारा सेती नदी बाढि पिडित र अग्नि प्रभावितलाई सहयोग गरिएको समाचार संम्प्रेषित गरे ।
तपसिल बमोजिम फोटो फिचर सहित जस्ताको तस्तै तलतिर....










थकाली सेवा समिति जापानले सेति नदिमा आएको बाढि पिडित र सिराहा अग्नि प्रभावितलाई आर्थिक सहयोग गरेका छन। थसेस जापानले गत जुलाई १६ सोमबारका दिन एक समारोहको आयोजना गरेर नेपाल रेडक्रस सोसाईटि मार्फत बाढि पिडितलाई ३०,८९४ र अग्नि प्रभावित क्षेत्रलाई ३०,८९४ रुपैया आर्थिक सहयोग रकम हस्तान्तरण गरेको हो।
थसेस जापानका अध्यक्ष शरद कुमार गौचनद्धारा लिखित संन्देश संगै र उत्त राहत रकम, एड्स रोग नियन्त्रण संघ कास्किका अध्यक्ष तथा थसेस कास्किका उपाध्यक्ष विश्वमोहन गौचन र थकाली सेवा समिति कास्किका अध्यक्ष अम्वर तुलाचनले सामुहिक रुपमा नेपाल रेडक्रस सोसाईटी कास्किका अध्यक्ष रामप्रसाद ज्ञवालीलाई सम्बन्धित प्रभावित क्षेत्रमा पुर्याईदिनको लागि हस्तान्तरण गरेका हुन।
रकम सहयोग संस्थाको तर्फबाट अध्यक्ष गौचनद्धारा लिखित उत्त संन्देशमा, स्वदेशमा परेको यस बिपत्तिको घडिमा संस्थाको च्यारिटि बजेटबाट राहत सहित मानयबिय यस पुण्य कार्यको लागि सहयोग गर्न पाएकोमा खुशी ब्यक्त गर्दै सम्बन्धित ठाउमै पुर्याएर यो सानै रकम भएपनि ठुलो सहयोग मिल्ने कुरा बिश्वास गरिएको कुरा उल्लेख गरिएको थियो।
कार्यक्रममा एड्स नियन्त्रण संघ कास्किका अध्यक्ष तथा थसेस कास्किका उपाध्यक्ष बिश्वमोहन गौचनले थकाली सेवा समिति जापानले नेपालको यस बिपत्तिको बेलामा ठुलो गुण लगाएको र यस पुण्य कार्यको सहजकर्ताको भुमिका निभाउन पाएकोमा खुशि ब्यक्त गर्नु भयो। साथै थसेस जापानले बिदेशको अति नै प्रतिकुल अबस्था एवं जतिल परिस्थितिमा पनि स्वदेशमा आई परेको यस बिपत्तिमा सहयोग गरौं भन्ने भावना अति नै प्रशंसनिय रहेको र यस्ता कार्यको निरन्तरताको लागि पनि कामना गर्नुभयो।
त्यसैगरि थसेस कास्किका अध्यक्ष अम्वर तुलाचनले बाढि प्रभावित क्षेत्र र आगलागिको सहयोगको लागि गरिएको सानै रकम भएपनि ठुलै राहत र हौसला मिल्ने कुरा बताउनु भयो। यस रकम हस्तान्तरण कार्यक्रमका सभापति तथा नेपाल रेडक्रस सोसाईटीका अध्यक्ष रामप्रसाद ज्ञवालीले यस राहत रकम संम्बन्धित क्षेत्रमै पुर्याईने र यसले प्रभावितहरुको जिविकापार्जनमा सहयोग पुग्ने बिचार ब्यक्त गर्नु भयो।
ज्ञवालीले थसेस जापानका कोषाध्यक्ष तथा आर्थिक संकलन संयोजक बुद्धि गौचन, अध्यक्ष शरद कुमार गौचन सहित सिङ्गो संस्थालाई नै धन्यबाद दिदै हालसम्म बिभिन्न स्वदेश तथा बिदेशका ९२ वटा संस्थाबाट ठुलो राहत संकलन प्राप्त भएको र अझै आउने क्रम पनि जारि रहेको बताउनु भयो। हालसम्म संकलित राहतको ५०% बढि प्रभावित क्षेत्रमा पुर्ण ब्यबस्थितका साथ बितरण भईसकेको र बाकि राहत रकम पनि बितरणकै क्रममा रहेको जानाकारि गराउनुभयो।
साथै उहाका अनुसार बैशाख २३ गते सेती नदीमा आएको बाढीमा परि १ जना बिदेशी नागरिक सहित २८ जनाको मृत्यु घोषणा भएको छ भने, अझै ३० जना बेपत्ता रहेको कुरा पनि बताउनु भयो। त्यसैगरि सिराहाको औरहिमा भएको आगलागिबाट ३ हजार घर ध्वस्त हुनुका साथै १ हजार ५ सय परिवारका ५ हजार भन्दा बढि प्रभाबित भएका छन भने ४० करोड बढि क्षति भएको अनुमान छ भन्नुभयो।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका कोषाध्यक्ष दन्डराज शर्माको स्वागत मन्तब्य र सोसाईटिकै खेमराजको संचालन रहेको यस कार्यक्रममा सोसाईटी सदस्यहरु, थसेस कास्किका सदस्यहरु, पत्रकारहरु तथा बुद्धिजिवि एवं अन्य महानुभावहरुको ठुलो सहभागिता रहेको थियो।
देहाय बमोजिमको अनलाईण मेडियामाहरु प्रकाशन भएको थियो .....

Tuesday, July 17, 2012

थसेस जापानद्धारा नर्साङ गुम्वा संरक्षण तथा जिर्णोद्धारको लागि आर्थिक सहयोग

सरद डायरि । सोमबार, साउन २, २०६९












अस्ति जुलाई १४ शनिबार का दिन थाक खन्ती, कोवाङ गाविस वडा नं. ६, मुस्ताङ जिल्लामा अवस्थित ल्ह् महागुरू(नरिच्हयोव) नर्साङ गुम्बाको संरक्षण एवं जीर्णोद्वारका लागि थसेस जापानले सातलाख सैतीस हजार आठसय नौ रूपैयाँ सहयोग स्वरूप “नर्साङ गुम्बा संरक्षण समिति-२०६१”लाई हस्तान्तरण गरेको छ । उक्त रकम थसेस जापानको तर्फवाट थसेस जापानका विशेष सल्लाहाकार द्धय शरद शेरचन र धुर्ब भट्टचनका साथै थसेस जापान सम्पर्क समितिका अध्यक्ष खगेन्द्र भट्टचनले संरक्षण समितिका अध्यक्ष सोमत भट्टचनलाई हस्तान्तरण गरेका थिए ।

Monday, July 16, 2012

यस्तो भयो, थसेस जापानको समर बार्बेक्यु (बनभोज) २०१२ को कार्यक्रम

सरद डायरि । आईतबार, अषाढ ३१, २०६९

थसेस जापानद्धारा आयोजित आज जुलाई १५, २०१२ आईतबारका दिन समर बार्बेक्यु (बनभोज) कार्यक्रम यसरि सम्पन्न गरियो ।
बिस्तृत बिवरण सहित केहि फोटोहरु(फोटो आफै बोल्छ) तपसिल बमोजिम  जस्ताको तस्तै.......
समुद्रपारि डटकम
नेपालजापान डटकम
टोक्योनेपाल डटकम
डिसिनेपाल डटकम
वुईलभनेपाल डटकम
नेपालब्रिट्रेन डटकम