Friday, September 28, 2012

किरात याक्थुङ चुम्लुङ जापानलाई हार्दिक बढाई ।

सरद डायरि । शुक्रबार, आश्विन १२, २०६९

आज एक सहयात्री संस्थालाई गत हप्ता स्थापना भएको खुशीयालीको अबसरमा म संग सम्बन्धित संस्थाको तर्फबाट हार्दिक बढाई ज्ञापन चढाए । जुन देहाय बमोजिम जस्ताको तस्तै.......
 
  
श्रीमान, रिद्धि बहादुर तुम्बाहाम्फे ज्यु,
अध्यक्ष, किरात याक्थुङ चुम्लुङ जापान

हार्दिक बढाई
गत हप्ता सोमबारका दिनमा बिभिन्न उदेश्य अनुरुप जापानमा बसोबास गरिरहनु भएका लिम्वु जातिहरुको एक भेलाले लिम्वुहरुको संस्था किरात याक्थुङ चुम्लुङ  जापान को बिधिबत रुपले स्थापना गरेको छ ।
जापानमा पहिलो पटक लिम्वुहरु संगठित हुदै औपचारिक रुपमा जातिय संस्थाको नामकरण सहित यस संस्थाको उदय भएकोमा थकाली सेवा समिति (थसेस) जापान खुशी ब्यक्त गर्दै अत्यन्तै गौरान्वित भएको छ ।
हाम्रा चीर परिचित तथा परम मित्र एवं किरात याक्थुङ चुम्लुङ जापानको संस्थापक अध्यक्ष जस्तो गरिमामय पदमा आगामि कार्यकालको लागि सर्वसम्मतिबाट निर्वाचित हुनु भएका तपाई रिद्धि बहादुर तुम्बाहाम्फे ज्यु र तपाईको नेतृत्वमा रहनु भएका सिंङ्गो  कार्यसमितिका टिमलाई थकाली सेवा समिति, जापानको तर्फबाट यहाहरुको सम्पुर्ण कार्य अबधि सफलताको साथै उत्तरो-त्तर प्रगतिको मंगलमय शुभकामना सहित हार्दिक बढाई ज्ञापन गर्न चाहान्छौं । 


भवदिय,
शरद कुमार गौचन
अध्यक्ष, थसेस जापान
सेप्टेम्वर २८, २०१२ (शुक्रबार)

Sunday, September 9, 2012

FACE BOOK-फेसबुक

सरद डायरि । शनिबार, भाद्र २३, २०६९
हाल चरम द्रुत गति संगै अति चल्तिमा आएको भुम तथा नजाने वा नबुझे पंङ्गु भईने बिषय भनेको फेसबुक ।
कहा, कसले, कतिखेर, के गर्यो ? साथै उसको दिनचर्या उस्को स्ट्याटस्  र वालमा फोटो समेत तुरुन्तै जानाकारि हुने सामाजिक सञ्जालको माकुरोको रुपमा फैलिएको फेसबुकको बारेमा केहि कुरा लेख्न मन लाग्यो । नेटमा सर्फिङ्ग गर्दा भेट्टाएको फेसबुक संग सम्बन्धित तलका हरफ (१ देखी ४)  र अन्य बिषयहरुको निकै सान्दर्भिक संगालोहरु आफ्नो ब्लगमा झुन्ड्याईहाले आज यसो समय भएकोले ।

१)
ताराबाजी लै, लै ।
मामा आए अनलाईन ।।

माईज्यु आईन फेसबुकमा ।
"हाई" भन्छिन "फस्ट लुकमा "।।
काफल गेडी कुटुक्क ।
फेसबुक खोलौं सुटुक्क ।।
केटाकेटी भन्छन गरौं पोक् ।
एडमिन भन्छन् लाईल ठोक् ।।१।।

२)
फेसबुकले तरकारि डढेको पनि पत्तो हुन्न ।
फेसबुकले छोराछोरी सडेको पनि पत्तो हुन्न ।।
मोवाईलमा दुनियाको स्ट्याटस पढ्दै हिड्दा ।
झ्वाम्म बडेमानको खाल्डोमा लडेको पनि पत्तो हुन्न ।।
अनलाईन मै लव पर्छ, अनलाईन मै ब्रेक अफ हुन्छ ।
जिन्दगी नै ठुलो भासमा गढेको पनि पत्तो हुन्न ।।
लाईक र कमेन्टको प्रतिक्षामा बस्दा बस्दा ।
आफै माथी दुनिया चढेको पनि पत्तो हुन्न ।।
फेसबुकले तरकारी डढेको पनि पत्तो हुन्न ।
फेसबुकले छोराछोरी सडेको पनि पत्तो हुन्न ।।२।।

३)
भैसी बेची मोबाईल किने कुखुरा बेची सिम ।
हतार हतार फेसबुक खोले पार्दै आँखा झिम।।
राम्री रहेछनी साथी उनी  संग च्याट दिनका दिन ।
भेट भयो मिलनचोकमा गरियो खानपिन ।।
गोजी पनि खाली भयो लाग्न थाल्यो श्रृण ।
गाई बाख्रा बेचिसके अब आयो घर बेच्ने दिन ।।३।।

४)
वाईफ भनेको मोबाईल सेट् ।
हस्ब्यान्ड भनेको सिमकार्ड ।।
उनिहरु बिचको सम्बन्ध रिचार्जकार्ड ।
छोरा भए, ईन्कमिङ् कल ।
छोरी भए, आउटगोईन् कल ।।
दुबै नभए मिस्ड् कल ।।४ ।।


५) कम्युटर
जिन्दगी यदि, कम्युटर हुन्थ्यो भने , मानीसको "दिल" भित्र पनी सिपियु हुन्थ्यो होला ।
जसमा सबै "याद" हरु सेभ् हुन्थ्यो होला ।।
दिमागमा "प्रिन्टर" हुन्थ्यो भने, "कल्पना", "सपना" हरु प्रिन्ट आउट गरेर निकाल्थ्यो होला ।
धड्कनहरुमा  पेनड्राईभ हुन्थ्यो भने, कुराकानी, संम्बादहरुमा पनि "ट्रान्सफर "हुन्थ्यो होला ।।
आँखामा "वेब क्याम" हुन्थ्यो यदि भने, उनको तस्विर "रिसिभ" गर्थ्यो होला ।
साच्चै
जिन्दगी एक कम्युटर हुन्थ्यो भने, जिन्दगी फेरि एक पटक "रिस्टार्ट" हुन्थ्यो होला ....

६) परिभाषा
दिमाग --- बिचारहरुको फ्याक्ट्रि
स्कुल --- छ घण्टाको जेल
कलेज --- युवाहरुको बगैचा

प्रोफेसर --- एक घण्टाको रेडियो
मन्दिर --- मनपर्ने जुत्ता र चप्पलको सो रुम
फिल्म हल --- प्रेम गर्नेहरुको प्रयोगशाला
सासु --- बुहारिको सिआईडि
बिहे --- बेरोजगार युवाहरुको बर्बादी

मंगलशुत्र --- बिहेको लाईसेन्स
जेल --- भाडा तिर्न नपर्ने घर
डाक्टर --- यमराजको शत्रु
शमशान --- दुनियाको अन्तिम स्टेसन



 

Thursday, September 6, 2012

गैर-आवासीय नेपाली संघ जापानद्धारा एनआरएन बेलायतका अध्यक्ष,सल्लाहाकार र युवा प्रतिनिधिलाई स्वागत

 





सरद डायरि । बिहिबार, भाद्र २१, २०६९
हिजो सेप्टेम्वर ६ तारिख बिहिबारका दिन टोक्यो स्थित ईताबासी कुयाक्स्योमाएको एक रेष्टुरेन्टको सभाहलमा एनआरएन बेलायतका अध्यक्ष कुल आचार्य र सल्लाहाकार पशुपति भण्डारि र युवा प्रतिनिधि मनिष भण्डारिको स्वागत सम्मानमा एनआरएन जापानले एक रात्रिभोज सहितको भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

उत्त अबसरमा आयोजकको तर्फबाट एनआरएन जापानका निवर्तमान अध्यक्ष तथा एनआरएन आईसीसी सदस्य रोशन केसी, अर्का आईसीसी सदस्य अरुण कुमार श्रेष्ठ, एनआरएन जापानका सल्लाहाकार डा.राम गिरी, महा-सचिब डा.राजेन्द्र पराजुली, प्रवक्ता शरद कुमार गौचन सदस्य राजु ढकाल र डिपि कंडेल लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।
त्यसैगरि उपस्थिति अतिथिहरुमा, एनडिएफका सल्लाहाकार सुर्य पाठक, पुर्व सदस्य स्वतन्त्र पौडेल, जन सम्पर्क समिति जापानका महामन्त्री आनन्द क्षेत्री, पर्वत समाजका सचिब सुजन जोशी र अनेसास जापान च्याप्टरका सल्लाहाकार दिनेशराज ज्ञवाली लगायत अन्य प्रतिनिधिहरुको पनि ठुलो उपस्थिति रहेको थियो ।

परिचयात्मक कार्यक्रमबाट सुरु भएको यस कार्यक्रममा उपस्थिति महानुभावहरुले परिचय संगै आ-आफ्नो छोटो भनाई समेत राख्दै एनआरएन बेलायतका अध्यक्ष कुल आचार्य, सल्लाहाकार पशुपति भण्डारि तथा युवा प्रतिनिधि मनिष भण्डारिलाई हार्दिक स्वागत गर्नु भएको थियो ।
एनआरएन जापानका महा-सचिब डा. राजेन्द्र पराजुलीले कार्यक्रमलाई संचालन गर्दै एनआरएन बेलायतका अध्यक्ष कुल आचार्यलाई टोस्ट प्रस्ताव लागि अनुरोध गर्नु भएको थियो । अध्यक्ष आचार्यले गत सेप्टेम्बर १ तारिख सिड्निमा सम्पन्न ३ दिने एनआरएनको सातौं क्षेत्रीय सम्मेलन तथा २ तारिखको नेपाल फेस्टिवल सिड्निको बारेमा स्मरण गराउदै प्रत्यक्ष सिड्निमा उपस्थित सदस्यहरुबाट अनौपचारिक रुपमा आ-आफ्नो बिचार, धारणा र समिक्षा गरिएको थियो ।
कार्यक्रमलाई बिट मार्दै प्रवक्ता शरद कुमार गौचनले यस कार्यक्रम संयोजन तथा ब्यबस्थापन सचिबालय सदस्य राजु ढकाल र आईसीसी सदस्य रोशन केसी लगायत छोटो समयको सुचनामा पनि ठुलो उपस्थिति जनाउनुहुने सम्पुर्ण महानुभावलाई हार्दिक कृतज्ञता ज्ञापन गर्दै एनआरएन बेलायतका अध्यक्ष, सल्लाहाकार र युवा प्रतिनिधीलाई पुन स्वागत तथा जापानको छोटो बसाई उपलब्धिमुलक रहोस भन्दै फिर्ति शुभ यात्राको कामना पनि गर्नु भएको थियो । रात्रीभोज सहित एनआरएन सम्बन्धि थप अन्तरक्रिया गर्दै रातको सवा एघार बजे कार्यक्रमको समापन गरिएको थियो ।

Dcnepal Dot Com
Samudrapari Dot Com
Nepalbritain Dot Com
Tokyonepal Dot Com

 

Wednesday, September 5, 2012

थसेस अष्ट्रेलियाद्धारा भेटघाट, अन्तरक्रिया कार्यक्रम सम्पन्न

सरद डायरि । बुधबार, भाद्र २०, २०६९

टोक्योनेपाल डटकम

समुद्रपारि डटकम

नेपालजापान डटकम






थसेस अष्ट्रेलियाद्धारा भेटघाट, अन्तरक्रिया कार्यक्रम सम्पन्न
 थसेस अष्ट्रेलियाले गत १ सेप्टेम्वर शनिबारका दिन सिड्नि स्थित सिल्करोड नामक रेष्टुरेन्टको सभाहलमा एक स्वागत भेटघाट तथा अन्तरक्रिया कार्यक्रम पारिवारिक बातावरणमा भब्यताका साथ संम्पन्न गरेको छ। थसेस अष्ट्रेलियाका अध्यक्ष दिपक शेरचनको सभापतित्वमा सम्पन्न उत्त कार्यक्रम, एनआरएनको सातौं क्षेत्रीय सिड्नि संम्मेलनमा भाग लिन जापान देखी आउनु भएका थसेस जापानका अध्यक्ष शरद कुमार गौचनको स्वागत सम्मानसंगै अन्तरक्रिया कार्यक्रम गरेको हो।
 
पहिलो चरणमा उपस्थिति महानुभावहरुबाट परिचयात्मक कार्यक्रमबाट सुरु गर्दै यस कार्यक्रमका सभापति दिपक शेरचनले थसेस अष्ट्रेलियाको गतिबिधि र भविष्यको कार्यनितिको बारेमा प्रकाश पार्दै प्रमुख अतिथि थसेस जापानका अध्यक्ष गौचनलाई स्वागत सम्मान समेत गर्नु भएको थियो। साथै थसेस अष्ट्रेलिया, अष्ट्रेलियामा बिगत ९ बर्ष देखि संगठित हुदै क्रियासिल रहेको र थसेस केन्द्रको मातहतमा रहि हरेक काम कार्वाहि अगाडि बढाएको बताउनु भयो र थसेस नेपाल एवं थसेस जापान संगको सहकार्य भविष्यमा अझै सुढृड गर्दै अगाडि बढ्ने कुरा बताउनु भयो।
प्रमुख अतिथिको आसनबाट बोल्दै थसेस जापानका अध्यक्ष शरद कुमार गौचनले थसेस जापान बिदेशमा संगठित थकालीहरुको जेठो संस्थाको रुपमा २२ औं बर्षमा प्रवेश गरेको जानाकारि गराउदै, एक अनुभवि एवं पुरानो ऐतिहासिक संस्थाको रुपमा चिर परिचित छ। यस संस्थाले एकल थकाली समुदायको हितमा मात्र नभई सिङ्गो राष्ट्रको चिन्तन मनन गर्दै अनगिन्ति सामाजिक सेवा तथा अन्य बिभिन्न क्षेत्रमा थुप्रै सहयोग गरेको र भविष्यमा पनि यस कार्यलाई निरन्तरता दिने कुरा बताउनु भयो।
 
साथै, थकालीहरु बिदेश जाने प्रथा संगै बिदेशमा थसेसको नामले थकालीहरु दर्जनौं संस्थाहरु संगठित भईसकेको अबस्थामा एउटा मजबुत सञ्जालको भुमिका औल्याउदै थसेस नेपाल तथा थसेस बिदेश एवं थसेस अन्तरदेशको पुलको माध्यमको आवश्यकता अपरिहार्य रहेको बताउनु भयो। कार्यक्रम संयोजक तथा थसेस अष्ट्रेलियाका सचिब सुरन्द्र गौचनले औपचारिक कार्यक्रमलाई धन्यबाद ज्ञापन संगै बिट मार्दै डिनर रिसेप्सन तिर कार्यक्रमलाई अघि बढाउनुहुदै बिबिध मनोरञ्जनात्मक कार्यक्रम तर्फ कार्यक्रम अघि बढेको थियो।
स्मरण रहोस, थसेस अष्ट्रेलियाका तर्फबाट अध्यक्ष दिपक सेरचन र सचिब सुरेन्द्र गौचनद्धारा सेप्टेम्वर २ तारिख आईतबारका दिन सिड्निको किन्गफोर्ड स्मित अन्तराष्ट्रिय बिमान स्थलमा एनआरएन एसिया प्यासिफीक सह-संयोजक किरण बिक्रम थापा र थसेस जापानका अध्यक्ष शरद कुमार गौचनलाई खादार्पण गरि सफल यात्राको शुभकामना सहित बिदाई गर्नु भएको थियो।

Monday, September 3, 2012

नेपाल फेस्टिवल २०१२ ईन अष्ट्रेलिया

सरद डायरि । आईतबार, भाद्र १७, २०६९
सेप्टेम्वर २ तारिख आईतबार, अष्ट्रेलियाको सिड्नि स्थित डार्लिङ हर्वर पार्कमा एनआरएन अष्ट्रेलियाद्धारा आयोजित नेपाल महोत्सव २०१२ को महामेला हेर्ने मौका मिल्यो ।
उत्त महामेलाको केहि झलक जस्ताको तस्तै.....






 










 

Sunday, September 2, 2012

२५ बर्षको अन्तरालमा डि.जी भाईलाई भेट्दा

सरद डायरि । शनिबार, भाद्र १६, २०६९
डि.जि भाई(२५ बर्षको अन्तरालमा भेट) र आरके सोल्टि (१० बर्ष पछि) संग सिड्निमा एस.के ।
गत सेप्टेम्वर १ तारिख शनिबारका दिनमा उहाहरुसंगको भ्रमणमा कैद गरिएका केहि क्षणहरु ....