Saturday, December 29, 2012

जापानका संघसंस्था तथा पदाधिकारिहरुको नामावलि

सरद डायरि । शुक्रबार, पौष १३, २०६९
जापानमा च्याँउ सरि उम्रिदै, हराउदै र लापत्ता भएका संघसंस्थाको याद आयो, आज देखी अंग्रेजी नया बर्ष २०१३ को उपलक्ष्यमा १ हप्ता छुट्टि शुरु भएकोले केहि समय (हिमा) भएकोले यसो लिष्टअप गरि हेरेको त लगभग ५ दर्जन पुगेछ । अधिकांश संस्थाहरु स्थापना कालमा आफ्नो संस्थाको नाम र पदाधिकारिहरुको नाम मेडियामा चढाए पश्चात आफ्नो काम, कतर्ब्य तथा उदेश्य भुलेर बेपत्ता भएको कुरा अचम्म मान्नु पर्ने कुरो होईन् किनकि यो त नेपालीको स्वभाव र चलन चल्ति एवं फेसन नै हो ।
अबश्य पनि केहि त्यस्ता संस्था छन जुन जापानमा स्थापना कालदेखी नै अति क्रियाशिल र उदाहरणीय कार्य गर्दै निरन्तरता दिईरहेका औलामा गन्न सकिने संस्थाहरु पनि नभएका भने होईनन् ।
जेहोस, तल तिर हेर्नुस कति रहेछन् जापानमा सामाजिक सेवा तथा राष्ट्रकै लागि काम गर्छु भनेर उम्रिएका संस्थाहरु र त्यसका नेतृत्वहरुको नामावलिहरु..

जापानका संघसंस्था तथा पदाधिकारि (नेतृत्व) हरुको नामावलि
१) देवमान हिराचन :- प्रमुख संरक्षक, गैर-आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समिती (आईसिसि)
२) भवन भट्ट :- कोषाध्यक्ष, गैर-आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समिती (आईसिसि)
३) किरण बिक्रम थापा :- एसिया प्रसान्त उप-संयोजक, गैर-आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समिती (आईसिसि)
४) रोविन्द प्रसाद श्रेष्ठ :- सदस्य, गैर-आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समिती (आईसिसि)
५) अरुण कुमार श्रेष्ठ :- सदस्य, गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समिती (आईसिसि)
६) रोशन केसी :- सदस्य, गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समिती (आईसिसि)
७) डा. सुदिप अधिकारि :- सदस्य, गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समिती (आईसिसि)
८) राजन प्रधानाङ्ग :- कोप्टेड्, गैर-आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समिती (आईसिसि)
९) ओम गुरुङ :- अध्यक्ष, गैर-आवासीय नेपाली संघ जापान           
१०) भुषण घिमिरे :- अध्यक्ष, प्रवासी नेपाली पत्रकार सञ्जाल
११) तिलक मल्ल :- अध्यक्ष, नेपाल पत्रकार महासंघ जापान
१२) नारायणी आचार्य :- संम्पादक, नेपाल जापान डटकम
१३) सागर रिजाल :- कार्यकारि संम्पादक(डाईरेक्टर), समुन्द्रपारि डटकम
१४) डा.भुपालमान श्रेष्ठ :- प्रवन्धक संम्पादक(प्रवन्ध निर्देशक), नेपाली समाचार साप्ताहिक
१५) सोनाम शेर्पा :- प्रधान संम्पादक, वुईलभ नेपाल डटकम
१६) कुमार मोक्तान :- संम्पादक, टोक्यो नेपाल डटकम
१७) बलराम श्रेष्ठ :- अध्यक्ष, नेपाल जनसम्पर्क समिति जापान
१८) बेलु थापा :- अध्यक्ष, नेपाली जनप्रगतिशिल मोर्चा जापान
१९) सिर्जना काफ्ले :- अध्यक्ष, नेपाली लोकतान्त्रिक मंञ्च जापान
२०) रघुदिप खड्का :- अध्यक्ष, प्रवासि नेपाली संगठन जापान
२१) ध्रुब भट्टचन :- अध्यक्ष, नेपाल आदिबासी जनजाती महासंघ जापान
२२) शरद कुमार गौचन :- अध्यक्ष, थकाली सेवा समिति जापान
२३) हर्क गुरुङ्ग :- अध्यक्ष, तमुधीं जापान
२४) आङपासाङ् शेर्पा :- अध्यक्ष, शेर्पा संघ जापान
२५) सुकुमान थिङ तामाङ :- अध्यक्ष, तामाङ समाज जापान
२६) सैलेन्द्र थापा मगर :- अध्यक्ष, मगर संघ जापान
२७) सुनिल कुमार शाक्य :- अध्यक्ष, नेवा जागरण मंञ्च जापान
२८) रबिन शाक्य :- अध्यक्ष, नेवा अन्तराष्ट्रिय फोरम जापान
२९) कृष्ण कुमार भेटवाल :- अध्यक्ष, नेपाली बिद्यार्थी संगठन जापान
३०) प्रबिण लामा :- अध्यक्ष, नेपाली समाज जापान
३१) अर्जुन अधिकारी :- अध्यक्ष, अन्तराष्ट्रिय नेपाली समाज जापान
३२) बिनोद शेरचन :- अध्यक्ष, नेपाल जापान फ्रेण्डसिप एण्ड साँस्कृतिक संघ टोक्यो जापान
३३) सुरज प्रधान :- अध्यक्ष, हातेमालो समाज जापान
३४) प्रकाश पौडेल :- अध्यक्ष, अन्तराष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टर
३५) ओकामोतो युको मल्ल :- अध्यक्ष, माँया नेपाली संगीत संस्था जापान
३६) डा. पुजन बस्नेत :- अध्यक्ष, दिदिबहिनि समाज जापान
३७) शुष्मा ओमाता :- अध्यक्ष, सितार समाज जापान              
३८) केशब प्रसाद :- अध्यक्ष, नेपाली मजदुर संगठन जापान
३९) डा. बिष्णु प्रसाद पाण्डे : :- अध्यक्ष, ईन्जिनियर एशोसिएसन जापान
४०) महेन्द्र खडका :- अध्यक्ष, म्याग्देली सञ्जाल जापान
४१) मोहन खत्री :- अध्यक्ष, गल्कोट कल्याणकारि समाज जापान
४२) सुरेश केसी :- अध्यक्ष, वामि समाज जापान
४३) लोकनाथ ओष्ठि :- अध्यक्ष, चितवन कल्याण मञ्च जापान
४४) जिवनराज भण्डारि :- अध्यक्ष, नेपाल जापान आर्थिक संगठन जापान
४५) भुवन अधिकारि :- अध्यक्ष, काभ्रे-सिन्धु समाज जापान                                                           
४६) छक्कु मल्ल :- अध्यक्ष, नारि कुञ्ज जापान                                             
४७) सरोज खत्री :- अध्यक्ष, वुईफर अल जापान
४८) तासी लामा :- अध्यक्ष, नेपालजापान युथ क्लव जापान
४९) नारायण मल्ल : अध्यक्ष, दर्शन समाज जापान
५०) महेन्द्र श्रेष्ठ :- अध्यक्ष, नेपाल जापान युवा मंच जापान
५१) पेम्बा लामा :- अध्यक्ष, मनाङ सोसाईटि जापान
५२) सिद्धार्थ श्रेष्ठ :- अध्यक्ष, अन्तराष्ट्रिय तेक्वान्डो एसोसिएसन जापान च्याप्टर  
५३) रिद्धि बहादुर तुम्वाहाम्फे :- किरात याक्थुङ चुम्लुङ जापान
५४) रितुकुमार दुरा :- अध्यक्ष, लमजुड बिकास समाज जापान
५५) चन्द्र उपाध्याय :- अध्यक्ष, सुदुरपश्चिमेली समाज जापान
५६) रमेश भट्टराई :- अध्यक्ष, गोर्खाली समाज जापान
५७) रामचन्द्र केसी :- अध्यक्ष, बलेवा सेवा समिति, जापान

जापानका लागि नेपाली राजदुताबासका कर्मचारिहरु१) डा.मदन कुमार भट्टराई :-महामहिम राजदुत,नेपाली राजदुताबास जापान २)तापस अधिकारि :- उप-नियोग प्रमुख, नेपाली राजदुताबास
३) अनिल लम्साल :- सहचारि,नेपाली राजदुताबास जापान ४) गिरि जी :- सहचारि, नेपाली राजदुताबास जापान 
                                                    संकलनकर्ता : शरद कुमार गौचन (जनवरि ५, २०१३)

Wednesday, December 5, 2012

थसेस जापानद्धारा आयोजित भलिबल प्रतियोगिताको समाचार अनलाईन मेडियामा प्रकाशन

सरद डायरि । मंगलबार, मंसिर १९, २०६९
अस्ति सम्पन्न प्रथम मैत्रीपुर्ण भलिबल प्रतियोगिताको बारेमा समाचार र फोटो ग्यालरि अनलाईन मेडियामा प्रकाशानार्थ अनुरोध गरे ।
जुन देहाय बमोजिम प्रकाशन भएको छ, संम्बन्धित सबैलाई थसेस जापान हार्दिक कृतज्ञता ज्ञापन गर्दछ ।

प्रकाशीत समाचारहरु
डिसिनेपाल डटकम
फ्रिनेपाल डटकम
ब्रुसेलनेपाल डटकम
नेपालकोरियान्युज डटकम
वुईलभनेपाल डटकम
एचकेनेपाल डटकम
नेपालब्रिट्रेन डटकम



प्रकाशीत फोटो ग्यालरिहरु
नेपालजापान डटकम
समुद्रपारि डटकम
नेपालकोरियान्युज डटकम
वुईलभनेपाल डटकम






Samudrapari Dot Com (News With Photo Gallery)
Nepaljapan Dot Com (News1)
Nepaljapan Dot Com (News2)
Nepaljapan Dot Com (Photo Gallery)
Tokyonepal Dot Com (News With Photo Gallery)

Monday, December 3, 2012

ऐतिहासिक रुपमा "मैत्रीपुर्ण भलिबल प्रतियोगिता" संम्पन्न (फोटो सहित)

सरद डायरि । आईतबार, मंसिर १७, २०६९
 
गत डिसेम्वर २ तारीख आईतबारका दिन थकाली सेवा समिति जापानद्धारा आयोजित प्रथम मैत्रीपुर्ण भलिबल प्रतियोगितालाई ऐतिहासिक रुपमा सफलता पुर्वक सम्पन्न गरेको छ । प्रतियोगितामा अन्तिम प्रतिस्प्रधाको लागि म्याग्देली संजाल जापानलाई ३-० ले परास्त गरी गल्कोट समाज जापानले बिजयी भएको हो । थसेस जापान जापानद्धारा आयोजित बहुप्रतिक्षित भलिबल प्रतियोगिता टोक्योको नाकानो स्थित सागिनोमिया आरिना स्टेडियमा भएको थियो । जापानमा पहिलो पटक आयोजित यस मैत्रीपुर्ण भलिबल प्रतियोगिताको प्रमुख अतिथिको रुपमा जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराई र बिशेष अतिथिको रुपमा टोक्यो भलिबल एसोसिएसनका अध्यक्ष ईचिकावा मिनोरु तथा एनआरएनका कोषाध्यक्ष भवन भट्टको उपस्थिति रहेको यस प्रतियोगितामा जापानबासि नेपाली समुदायको प्रतिनिधित्व गर्दै १० टिमले भाग लिएका थिए ।
प्रारम्भमा थकाली ड्रेसमा (नकनचोलो) मा सजिएका महिलाहरुद्धारा थकालीहरुको चार देवता र प्रमुख अतिथिलाई पुजापाठ (केल्च्याङ) तथा खेलाडिहरु मार्फत मार्कपाश एवं राष्ट्रिगानबाट शुरु गरिएको प्रतियोगितामा खेलाडि, अतिथि र दर्शकवृद्धहहरुलाई थसेस जापानका अध्यक्ष शरद कुमार गौचनले हार्दिक स्वागत गर्दै कार्यक्रमको बिषयमा प्रकाश पार्नुभएको थियो । त्यसैगरि प्रमुख अतिथि महामहिम राजदुत डा. भट्टराईले शुभकामना मन्तब्य दिए पश्चात बल हानेर खेलको उदघाट्न गर्नु भएको थियो ।
प्रतियोगितामा दूतावासका उपनियोग प्रमुख तापस अधिकारी, एनआरएन जापानका अध्यक्ष ओम गुरुङ, नेपाल आदीबासी जनजाती महासंघ जापानका अध्यक्ष ध्रुब भट्टचन, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल, नेपाल मगर संघ जापानका अध्यक्ष शैलेन्द्र थापा मगर, आईएनसीजेका अध्यक्ष अर्जुन अधिकारी, गुल्मेली समाजका अध्यक्ष शालिकराम भण्डारी, म्याग्देली संजाल जापानका अध्यक्ष महेन्द्र खडका, तमु धीं जापानका अध्यक्ष हर्क गुरुङ, नेपाली जनप्रगतीशिल मोर्चाका अध्यक्ष बेलु थापा, जापान नेपाल मैत्री तथा साँस्कृतिक संघका अध्यक्ष बिनोद शेरचन, गल्कोट समाज जापानका उपाध्यक्ष नरबहादुर थापा, वुई फर अलका अध्यक्ष सरोज खत्री, वामी सेवा समितिका अध्यक्ष सुरेश केसी, नेपाल जापान युथ क्लवका अध्यक्ष तासि लामा, नेपाली संगित संस्थाका अध्यक्ष युको ओकामोतो, लमजुंग समाज जापानका अध्यक्ष ऋतुकुमार दुरा लगायतका संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
प्रतियोगिताको फाईनल गेम समापन पश्चात, बिजयी टिम गल्कोट समाज जापानलाई नेपाल आदिबासी जनजाति महासंघका अध्यक्ष ध्रुब भट्टचनले कप, प्रशंसा पत्र तथा मेडल पुरस्कार प्रदान गर्नुभएको थियो भने, दृतिय हुने म्याग्देली सञ्जाल जापानको टिमलाई नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्लले कप, प्रशंसा पत्र र मेडल पुरस्कार बितरण गर्नु भएको थियो । त्यसैगरि सर्वोकृष्ट खेलाडिमा छनोट हुनु भएका गोल्डेन नेपाल युथ क्लबका भिक्टर ताडामगर लाई नेपाल मगर संघ जापानका अध्यक्ष सैलेन्द्र थापा मगले ट्रफि र प्रशंसा पत्र प्रदान गर्नु भएको थियो । साथै अन्य सहभागि ८ टिमलाई पनि अतिथिहरुले प्रशंसा पत्र र पुरस्कार प्रदान गर्नु भएको थियो । प्रथम हुने टिम गल्कोट समाजका टिम क्याप्टेन हिरा शेरचन र दृतिय हुने म्याग्देली संञ्जालका टिम क्याप्टेन प्रकाश तुलाचनलाई आयोजकको तर्फबाट अध्यक्ष शरद कुमार गौचनले नगद पुरस्कार तथा खादार्पण सहित क्रमश १ लाख २० हजार एन र ६० हजार एन हस्तान्तरण गर्दै दर्शक, खेलाडि, रेफ़्री, अतिथि एवं सहयोगि सबैलाई हार्दिक धन्यबाद ब्यक्त गर्नुभएको थियो ।
यसैगरी खेलकुद संयोजक लेलिन भट्टचनले प्रत्यक्ष प्रसारण गरिरहेको मेडिया संग संक्षिप्त कुरा गर्दै स्वस्थ्य र अनुशासित जीवनका लागि खेलकुद अत्यन्त महत्वपूर्ण भएको भए पनि जापानमा सांगीतिक लगायत अन्य कार्यक्रमहरु बराबर हुने गरिएको भए पनि खेलकुद क्षेत्रलाई त्यति ध्यान नदिएको अवस्थामा थसेस जापानले भलिबल प्रतियोगिताको आय़ोजना गरेर एउटा नौलो र उपयोगी कार्यक्रमको थालनी गरेको र यसलाई निरन्तरता प्रदान गरिने बिचार ब्यक्त गर्नुभयो । कार्यक्रममा सबैको अनुशासित र उत्साहजनक सहभागिता एवं सहयोग रह्यो आय़ोजको तर्फ़बाट सबैलाई धन्यबाद ब्यक्त गर्न चाहान्छु’ संयोजक भट्टचनले भन्नुभयो ।
उत्साहजनक खेलप्रेमीहरुको उपस्थिति र खेलाडिहरुको सहभागिताकाबिच अत्यन्त प्रतिस्पर्धात्मक एवं सौहार्द्रपूर्ण वातावरणमा भलिबल खेल सम्पन्न गरेर थसेसले जापानमा खेलप्रेमीहरुको मन जित्न सफ़ल भएको प्रतिकृया संगै प्रतिभाशाली खेलाडिहरुलाई प्रोत्साहित गरेर खेल क्षेत्रमा नयां अध्यायको शुरुवात गरेकोमा दर्शक, खेलाडि एवं खेलप्रेमीहरुले आयोजक संस्थाप्रति कृतज्ञता प्रकट गरेका थिए ।

भलिबल  प्रतियोगिताको नतिजा
 
"ए" कोट / GROUP "A"
(2)कावासाकी युनाईटेड*Kawasaki United           / 25 / 23 / 24 /
(3)म्याग्देली सञ्जाल जापान *Myagdeli Sanjaal  / 16 / 25 / 26 / (बिजयी)
 
(4)बलेवा युथ सोसाईटी*Balewa Youth Society   / 25 / 25 /  (बिजयी)
(5)वुई फर अल*We For All                                / 9 /  8 /
 
(1)थकाली सेवा समिति जापान*Tha Se Sa Japan  / 8 / 15 /
(3)म्याग्देली संजाल जापान*Myagdeli Sanjaal      / 25 / 25 /  (बिजयी)

 सेमिफाईनल
(3)म्याग्देली संजाल जापान*Myagdeli Sanjaal     / 25 / 25 / (बिजयी)
(4)बलेवा युथ सोसाईटी*Balewa Youth Society    / 18 / 17 /
 
"बि" कोट / GROUP "B"
(6)गल्कोट समाज जापान*Galkot Samaj Japan      / 25 / 25 / (बिजयी)
(7)नेपाल मगर संघ जापान*Nepal Magar Sangh   / 12 / 23 /
 
(8)गोल्डेन नेपाल युथ क्लव*Golden Nepal Youth Club  / 25 / 25 / (बिजयी)
(9)नेपाल जापान युथ क्लव*Nepal Japan Youth Club    / 11 / 19 /

(8)गोल्डेन नेपाल युथ क्लव*Golden Nepal Youth Club    / 27 / 25 / (बिजयी)
(10)आइएनसीजे*INCJ, Japan                                          / 25 / 9 /

 सेमिफाईनल / SEMI-FINAL
(6)गल्कोट समाज जापान*Galkot Samaj Japan             / 25 / 27 /  (बिजयी)
(8)गोल्डेन नेपाल युथ क्लव*Golden Nepal Youth Club   / 20 / 25 /

फ़ाईनल / FINAL
(3)म्याग्देली संजाल जापान*Myagdeli Sanjaal   / 21 / 21 /  / 19 / (दृतिय )
(6)गल्कोट समाज जापान*Galkot Samaj Japan / 25 / 25/  / 25 / (प्रथम बिजयी)

संम्बन्धित समाचार अनलाईन मेडियामा तलतिर जस्ताको तस्तै....
Samudrapari Dot Com (News With Photo Gallery)
Nepaljapan Dot Com (News1)
Nepaljapan Dot Com (News2)
Nepaljapan Dot Com (Photo Gallery)
Tokyonepal Dot Com (News With Photo Gallery)