Thursday, June 28, 2012

थसेस जापानद्धारा अध्यागमन सम्बन्धि नया नियम र दैबि प्रकोप बिषयमा सेमिनार हुने

सरद डायरि । बुधबार, अषाढ १३,२०६९
मेरो पहिले देखि कै मनसाय बमोजिम बल्ल उत्त कार्यक्रम गर्ने साईद जुर्यो , जुन यहि आउदो, जुलाई ८ तारीख आईतबारका दिन निम्न बमोजिम सेमिनार कार्यक्रम तर्जुमा भयो ।
थकाली सेवा समिति जापानद्धारा आयोजना हुने यस कार्यक्रम बिशेष जापानबासि थकाली परिवारहरु तथा  नेपालीहरुको चाहाना, आवश्यकता र सान्दर्भिकतालाई मध्य नजर गरि तय गरिएको हो ।
ईच्छुक महानुभावहरुलाई उपस्थितिको लागि हार्दिक आब्हान गरिन्छ साथै सिट सिमित भएकोले यथासिघ्र सम्पर्क गर्नुहुन पनि बिनम्र निवेदन गर्दछौं ।
सेमिनारका बिषयहरु..
१) जुलाई ९ २०१२ बाट लागु हुने अध्यागमन (ईमिग्रेसन) संम्बन्धि नया नियमको बारेमा
   (जापानी भाषा बिज्ञ - नोजु हारुहितो ज्यु)
 - नेपाली भाषामा प्रवचनदिने
 -  प्रश्न उत्तर
 -  डकुमेन्टहरु बितरण
२) भुकम्प तथा प्राकृतिक दैबिप्रकोपबाट बच्ने उपाय एवं अपनाउनुपर्ने रणनिति आदि
 (टोक्यो एमएक्स टेलीभिजनका न्युज कमेन्टेटर, जिज्ञान कुमार थापा)
- भुकम्प,सुनामिको बारेमा पावरपोईन्टबाट प्रिजिन्टेशन -- २० मिनेट
-  डिभिडिबाट भुईचालोबाट बच्ने उपाय हरु हेर्ने -- १० मिनेट
-  बिरामि हुदा, दैबि प्रकोपको बेलामा प्रयोगमा आउने नेपाली हेन्डबुक बितरण गरिने ।
कार्यक्रम बिवरण
मिति: जुलाई ८, २०१२ (आईतबार)
समय: दिउसोको १:१५ देखी ४:३० बजे सम्म
स्थान: सेईकाचु सान्ग्यो ल्पाजा
ठेगाना: १-२०-१५, हिगासी ईकेबुकुरो तोसिमा-कु, टोक्यो १७०-००१३ जापान
(ईकेबुकुरो स्टेशनको हिगासिगुचिबाट हिडेर ५ मिनेट मात्र)
सम्पर्क नं: ०३-५९९२-७०११ (हलको)
आयोजक : थकाली सेवा समिति, जापान
थप सहयोग सम्पर्कको लागि: ०९०-२३१९-००२७, ०९०-३५०६-३४११, ०८०-४१७४-८५५३, ०८०-५४८७-३१८३, ०८०-५४८६-८५५३

होमपेज (कार्यक्रम स्थल)
म्याप (कार्यक्रम स्थल)

Published of Upcomming Event with venue
nrnjajpan Dot Org
samudrapari Dot Com
tokyonepal Dot Com
nepaljapan Dot Com
dcnepal Dot Com

अन्य अनलाईन पत्रिकाहरुमा पनि समाचार संम्प्रेषण गरिएकोले निम्न बजोजिमको युआरएलमा पढ्न सक्नुहुनेछ ।
वुईलभनेपाल डटकम
समुद्रपारि डटकम
टोक्योनेपाल डटकम
नेपालजापान डटकम

भवदिय,
शरद कुमार गौचन
अध्यक्ष, थसेस जापान
जुन २८, २०१२ (बिहिबार)

Wednesday, June 13, 2012

थसेस जापानद्धारा आयोजना हुने बार्बेक्यु (बनभोज) कार्यक्रममा स्वागत ।

सरद डायरि । मंगलबार, जेठ ३०, २०६९
आज पुर्व तयारि अनुसार नै, थसेस जापानद्धारा आयोजना हुन गईरहेको (आगामि जुलाई १५, आईतबार)  बनभोज (बार्बेक्यु) कार्यक्रमको ब्यहोरा जापानको क्रियाशील मेडियाहरुमा प्रकाशन भयो ।
जुन तलतिर जस्ताको तस्तै.....












निमन्त्रणा । निमन्त्रणा ।। निमन्त्रणा ।।।
थसेस जापानद्धारा प्रत्येक बर्ष आयोजना हुने समर बार्बेक्यु (बनभोज) कार्यक्रम” यस बर्ष पनि टोक्योको समुन्द्र नजिकैको हरियाली मनोरम दृष्यालोवकन संगै उत्कृष्ठ र गुणस्तरिय मासुको परिकार तथा विविध खेलकुद एवं मनोरञ्जनात्मक कार्यक्रमका साथ तपसिल मिति, समय र स्थानमा जापानबासि थकाली परिवार तथा आम नेपाली दाजु भाई, दिदी बहिनीहरुमा हार्दिक स्वागत गर्दछौं ।
गुणस्तरिय एवं उत्कृष्ट मासुको परिकारहरु
बिफ (牛, BEEF)
लोकल ज्यो कारुवि-国産上カルビ-Kalbi
●होरुमोन-ホルモン- Hormon
●रोस्-ロース-Roast
●हारामी-ハラミ-Harami
●बारा-バラ-Bara आदि

पोर्क (豚, PORK)
बुता बारा-豚バラ-Pork Bara
बुता रोस्-豚ロース-Pork Roast
स्पेरिवु-豚スペリブ- Spareribs आदि
चिकन (チキン, CHICKEN)
●टेबासाकि-手羽先-Chicken Wing
●सुनागिमो-砂肝-Sunagimo
●रेबा-レバー-Liver
●नानकोचु-軟骨-Nankotsu आदि

कार्यक्रमको बिस्तृत बिवरण

मिति : जुलाई १५, २०१२ (आईतबार)
समय : विहान १०:०० देखी दिउसो १५:०० सम्म
स्थान : तोरिचु युमेनो सिमा कोएन
स्टेशन : सिन्किबा स्टेशनबाट १० मिनेट मात्र (सवओए युराकुच्यो लाईन, जेआर केईयो लाईन, जेआर रिन्काई लाईन)प्रवेश शुल्क : ३,००० येन (महिला) र ३,५०० येन (पुरुष)
(पेय पदार्थको भरिपुर ब्यबस्थापन सहित निर्धारित समयमै शुरुआत गरि अन्त गरिनुको साथै प्राविधिक कारण परिकारहरुको थपघट हुन सक्ने )

अनुरोधकर्ता
अध्यक्षशरद कुमार: ०९०-२३१९-००२७

संयोजकनपेन्द्र: ०९०-४५९३-५२०८
सहसंयोजककियोहिको: ०७०-५५९२-३५२७

थप सहयोग सम्पर्कको लागि
सन्तोषी: ०८०-३४४०-८४३९
धन: ०९०-९८१९-७२५७
अनिल: ०८०-५४८७-३१८३
दिपक: ०८०-५४८६-८५५३
राजु: ०८०-४१७४-८५५३

बुद्धि: ०९०-३५०६-३४११
हेमन्त: ०९०-२९११-९६७८
सञ्जिव: ०८०-६५९६-३५९३
घनश्याम: ०९०-८१७४-७८६०
हिक्मत: ०९०-६४७३-१४३७
अरुण: ०८०-६५६३-३७३२
राजकुमार: ०८०-४२९०-३१९९
जिवन: ०८०-४२०४-३५६४
सुमन: ०८०-४६७८-०७६५
लेनिन: ०८०-६५८६-५००३





                          आयोजक                               एनपिओ होजिन थकाली सेवा समिति, जापान

Sunday, June 10, 2012

थकाली सेवा समिति नेपालको १० औं अधिवेशन सम्पन्न

सरद डायरि । आईतबार, जेठ २८, २०६९

थसेस केन्द्रको १०‌‍‌औं महाधिवेशन सम्पन्न गर्दै खगेन्द्र भट्टचनको नेतृत्वमा नयाँ कार्यसमितिको गठन

थकाली सेवा समिति नेपालको १० औं महाधिवेशन म्याग्दी जिल्लाको सदरमुकाम बेनीमा भव्यताका साथ सम्पन्न भएको छ । यही जेठ २६, २७ र २८ गते सम्पन्न भएको १०औं महाधिवेशनले थकाली सेवा समिति काठमाण्डौ क्षेत्रका पूर्व अध्यक्ष खगेन्द्र भट्टचनको नेतृत्वमा २७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।
महाधिवेशनमा नेपालका १७ क्षेत्रका ११५ प्रतिनिधिहरुका साथै पर्यवेक्षकहरुले भाग लिएका थिए । उक्त अवसरमा थसेस नेपालको नेतृत्वमा थकाली संस्कृति झल्काउने पहिरन गरी सबै क्षेत्रका प्रतिनिधिहरुले बेनी बजारमा भव्य र्याली निकालेका थिए ।
महाधिवेशनको पहिलो दिन उद्घाटन समारोहका साथसाथै महासचिव तथा कोषाध्यक्षवाट प्रतिवेदन पेश गरिएको थियो । दोस्रो दिन सामाजिक नियमावली एवं विधानको संसोधन गरिएको थियो । थकाली सेवा समिति बेनीको समाज घरमा आयोजित उक्त कार्यक्रममा दुवै दिन साँझ साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । केन्द्रिय समितिले समाजमा योगदान दिने विशेष व्यक्तिहरुलाई पनि सम्मान गरेको थियो । तेस्रो दिन नयाँ कार्यसमितिको निर्वाचनका साथै समारोहको विसर्जन गरिएको थियो ।

Thursday, June 7, 2012

जापान स्थित नेपाली राजदूतावासद्धारा जरुरी सुचना ।

सरद डायरि । बुधबार, जेठ २४, २०६९
जापान स्थित, नेपाली राजदूतावासद्धारा जापानमा कार्यरत (WORKING VISA HOLDER) नेपालीहरुलाई जरुरी सुचना, सु-सुचित गर्न जानाकारि आएकोले तपसिल बमोजिम हार्दिक निवेदन गरिन्छ  भनि देहाय बमोजिम जारि गरे ।
जापानमा वर्किङ्ग भिषामा कार्यरत वा सो भिषामा आउन चाहनुहुने जोकोहि थकालीहरुलाई नेपाल सरकारद्धारा बिमाको अनिबार्य ब्यबस्था भएकोले बिमा नगर्नु भएका महानुभावहरुले नेपाल फर्किएको बेलामा
अनिबार्य बिमा गर्न र गराउनु हुन अनुरोध गरिन्छ ।
साथै, बिदेशमा नेपाली कामदारहरुको कल्याणका लागि श्रम स्वीकृति दिने ब्यबस्था पनि भएकोले संगै श्रम स्वीकृति पनि लिनहुन जानाकारि गराईन्छ ।