Friday, August 31, 2012

सिड्नी स्थित ब्लुमाउन्टेनको थ्री सिस्टरस् नामक टापुको घुमाई

सरद डायरि । शुक्रबार, भाद्र १५, २०६९
एनआरएनको क्षेत्रीय संम्मेलन निरन्तर चलिरहेको थियो, बिभिन्न बिषयमा संम्बन्धित बिधाका बिज्ञद्धारा कार्यपत्र प्रस्तुत भएपनि आजको बिषयहरु भने आफुलाई त्यति बेरुचिको कारण, स्थानिय मित्रहरुको सहयोगमा हाम्रा एम दाई र एन मित्रहरुसंग हिडियो सिड्नी स्थित ब्लुमाउन्टेनको थ्री सिस्टरस् नामक चर्चित टापु तिर ।
अति नै डरलाग्दो डाडामा ३ वटा लाईन संगै रहेको यो टापु थ्री सिस्टरस् नामले चर्चित पहाड रहेछ, वारिको डाडामा पुर्ण ब्यबस्थित बनाईएको ठाउबाट सिधै पारि पट्टि हेर्न मिल्ने र फोटो खिच्न मिल्ने अति नै अत्छा स्पटको रुपमा बनेको रहेछ, साथै घनाघोर जंगलमा हाईकिङ्ग कोर्ष तथा अन्य बिभिन्न किसिमका बन्यजन्तु (कंगारु आदि) हरुको दृष्यावलोकन गर्न र अन्य पर्यटकको लागि थुप्रै मनोरञ्जन गर्ने ब्यबस्था भएपनि प्रतिकुल मौसमको कारण हामिले भने घनाघोर जंगलमा १५, २० मिनेट लगाएर छेचेल्दै थ्रिसिस्टरस् नामक टापु मात्र हेर्यौ ।
सिड्नीबाट करिवन पौने ३ घण्टाको मोटर सवारि पश्चात बलतल्ल गन्तब्य स्थलमा पुगेपनि  लिछुप्रै पार्ने पानी र फाट्टफुट्ट परेको हिउँले कठ्याङ्ग्रिदै साह्रै जाडो भएको कारण ३५, ४० मिनेटमात्र अवलोकन गरि फर्कियौ फेरि सिड्नी तिर हाईवय हुदै....









 

शुरु भयो एनआरएन सिड्नीको साँतौं क्षेत्रीय संम्मेलन

सरद डायरि । बिहिबार, भाद्र १४, २०६९
म लगायत जापानबाट ज्याम्वो (करिवन ३८ जना) एनआरएनको टिम सहभागिता रहेको एनआरएन सिड्नी साँतौं क्षेत्रीय संम्मेलन आज देखी शुरु भएको छ । जसको बिस्तृत समाचार सहित केहि झलकहरु (मेरो आफ्नै क्यामेराबाट खिचिएको ) देहाय बमोजिम रहेको छ ।
 


 


 

 

Wednesday, August 29, 2012

चीनको ग्वान्जाउ शहरको भ्रमण (दोस्रो दिन)

सरद डायरि । मंगलबार, भाद्र १२, २०६९आज दोस्रो दिन ग्वान्जाउनको भ्रमण, गाडि रिजर्भ गरेरै बिहानै सबेरै हिडि बेलुकाको ५ बजे सम्म केहि स्थलहरुको भ्रमण गर्ने तय भयो ।
बेलुका ७ बजे तिर भने, एनआरएन चीनका मित्रहरुले स्वागत, भेटघाट तथा अन्तरक्रिया कार्यक्रम संगै डिनर रिसेप्सनको पनि ब्यबस्था गर्नु भएको थियो ।
अत हाम्रो बिहानको ब्रेकफास्ट मित्र राष्ट्र भारतको मेनु लाई नै रोजि, खाईओरि लागियो गन्तब्य स्थल तिर ।
दिनभरिका भ्रमण र बेलुका एनआरएन चीनका निमन्त्रणामा स्वागत भेटघाट संगै डिनर रिसेप्सनका केहि झलकहरु....




 









 

 




 

Tuesday, August 28, 2012

चिनको ग्वान्जाउ शहरको भ्रमण (पहिलो दिन)

सरद डायरि । सोमबार, भाद्र ११, २०६९चिनको ग्वान्जाउ शहरमा २ दिनको भ्रमणको तय भयो, मित्रहरुसंग एनआरएन सिड्नीको सातौं क्षेत्रीय संम्मेलनमा जाने लगामा ।
कारण एनआरएन चिनका मित्रहरुबाट भेटघाट गर्ने निम्तो आएको र हाल ग्वान्जाउ शहर चिनको हेर्नै पर्ने लायकको एक मुख्य स्थल भएकोले पनि हो ।
रातमा ब्युझने रात्री क्लब भएको एरिया र रात्री मनोरञ्जन गर्ने थुप्रै स्थलमा स्थानिय मित्रको अगुवाईमा ५,७ ठाउ भ्याएपनि फोटो भने डिनर खादाको मात्र परेछ ।
जेहोस, एस. के मित्रहरुसंग संगै डिनर लिदै गरेका पहिलो दिनका केहि झलकहरु...........


 
 


Monday, August 27, 2012

एनआरएन सिड्नी क्षेत्रिय सम्मेलनमा जापानटोलि त्यस तर्फ आज प्रस्थान

सरद डायरि । सोमबार, भाद्र ११, २०६९
 
 

 
अष्ट्रेलियाको सिड्नीमा हुन गईरहेको गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको सातौ क्षेत्रीय सम्मेलनमा भाग लिनका लागि जापानबाट एक टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।
एनआरएन जापानका अध्यक्ष ओम गुरुङको नेतृत्वमा रहेको टोलीमा एशिया प्यासिफिक उपसंयोजक किरणविक्रम थापा, सल्लाहकार भूषण घिमिरे, कोषाध्यक्ष नरबहादुर थापा, प्रवक्ता शरदकुमार गौचन, आईसीसी युवा प्रतिनिधि सुदन थापा र दीपक थापा रहनुभएको छ ।
यहि अगष्त ३० देखि सेप्टेम्बर १ तारिख सम्म अष्ट्रेलियाको सिड्नीस्थित ’द मेड्रिड सिड्नी होटल’ मा हुन गईरहेको एनआरएन क्षेत्रीय सम्मेलनमा भाग लिन जापानबाट आईसीसी कोषाध्यक्ष भवन भट्ट, आईसीसी सदस्यद्वय  डा. सुदिप अधिकारी र रोविन्द श्रेष्ठ, आईसीसी पूर्व प्रवक्ता डा. कुमार बस्नेत, एनआरएन माहासचिव डा. राजेन्द्र पराजुली, एनआरएन जापानका सदस्यहरु देवीलाल भण्डारी, डिपी कँडेल ब्यवसायी केशवप्रसाद श्रेष्ठ मलेकुलगायतका ब्यक्तिहरु भने भोलि त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको एनआरएन जापानका प्रवक्ता शरदकुमार गौचनले बताउनुभएको छ ।
एनआरएन अभियानसंग जोडिएको सामुहिक लगानीका जलबिद्युत, फाष्ट ट्रयाक र बिबि एअरवेज जस्ता महत्वाकाँक्षी आयोजनाहरुलाई अगाडि बढाउन र समग्र एनआरएन अभियानको आगामी मार्गचित्र स्पष्ट गर्न सिड्नी सम्मेलनले महत्वपूर्ण अर्थ राख्ने अपेक्षा गरिएको छ ।
सिड्नी सम्मेलन ३०, ३१ र १ तारिख रहेको छ भने, २ तारिखमा नेपाल फ़ेष्टिबल रहेको छ ।

Tuesday, August 21, 2012

रेसिडेन्स कार्ड (आवासीय कार्ड)

सरद डायरि । सोमबार, भदौ ४, २०६९
जापानमा बसोबास गर्ने बिदेशीको लागि जुलाई ९ तारिख देखि जापान सरकारको अध्यागमन बिभागले नया निति जारि कान्यान्वय शुरुआत गरिसकेको छ ।  जसअनुसार सबै बिदेशीहरुको हकमा रेसिडेन्स कार्ड नामक नया प्रविधि सलग्न कार्ड बितरण गर्दै केहि भिषाका निति नियमहरु पनि हेरफेर र थप सहुलियत सहित उपलब्ध गराएको छ ।
जसको बिस्तृत बिवरण म संग संलग्न संस्था थकाली सेवा समिति जापानले गत जुलाई ८ तारीख आईतबारका दिन टोक्योमा बिशेष संम्बन्धित बिज्ञद्धारा उत्त बिषयमा एकदिने गोष्ठि आम जापानबासी नेपालीहरुको बिच सम्पन्न गरिसकेको छ ।
आज यसै सन्दर्भमा मेरो आफ्नै नया रेसिडेन्स कार्ड (आवासिय कार्ड) हात परेकोले देहाय बमोजिम सबैलाई सेयर गर्न चाहान्छु ।
हेर्नुस पुरानो र नया कार्डको फरकपनता र जापान सरकारको कस्तो निति हो भन्ने सिधै आङ्कोल गर्न सकिन्छ ।
बिगतको एलिएन रजिष्ट्रेशन कार्ड  
अगाडिको भाग 
 
पछाडिको भाग


 


हाल चल्तिको रेसिडेन्स कार्ड (जुलाई ९ देखि जारि)
अगाडिको भाग
 
पछाडिको भाग