Friday, October 19, 2012

थसेस जापानको सहयोगमा बृत्तचित्र “लक्ष्मी”पञ्चकोशी समाजमा प्रदशन

सरद डायरि । बिहिबार, कार्तिक २, २०६९ 

 
एड्स रोग नियन्त्रण संघ कास्की द्धारा निर्मित एच.आई.भी. एड्स तथा लागु पदार्थ सम्बन्धी जनचेतनामुलक बृत्तचित्रलक्ष्मी पञ्चकोशी(आर्थर डाँडाखर्क) समाज घरमा बुधबार प्रदशन भएको छ ।बिजया दशमी तथा शुभ-दिपावलीको अबसरमा पञ्चकोशी (आर्थर डाँडाखर्क) समाजले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमको अवसरमा एड्स रोग नियन्त्रण संघ कास्कीका पदाधिकारी सदस्य एवं पञ्चकोशी समाजका अध्यक्ष क्या. चिनबहादुर गुरुङको सक्रियातामा बृत्तचित्र प्रदशन भएको हो । प्रदशन कार्यक्रम पश्चात तमुधीं नेपालका महासचिब देविलाल तमुले उपस्थित सम्पुर्ण महानुभावहरुलाई सहयोगको लागि आव्हान गर्दै उहाले यो बृत्तचित्र युवायुवती समक्ष प्रदशन गर्दा अझ प्रभावकारी हुने सुझाव एड्स रोग नियन्त्रण संघलाई दिदै उहाले थप्नुभयो बाबुआमाले किसोर अबस्थामा आफ्ना बालबालीकाहरुको बिशेष ख्याल नराखेमा किसोरकिसोरीहरु लागुपदार्थको कुलतमा फस्न सक्छन । त्यस्तै उत्त समाजका संस्थापक अध्यक्ष एवं कार्यक्रमका सभापती क्या. लालप्रसाद तमुले समाजको तर्फबाट रु पाँच हजार नगद रकम सहयोग गर्दै बृत्तचित्रले एच.आई.भी. एड्सको बारेमा जनचेतना जगाउन महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो । बृत्तचित्र प्रदशन पश्चात एड्स रोग नियन्त्रण संघ कास्कीका अध्यक्ष एवं नानगानका पश्चिमाञ्चल संयोजक विश्वमोहन गौचनले भन्नुभयो एच.आई.भी. एड्स र लागु पदार्थको न्युनिकरण गर्नको लागि आभिभावक तथा बावुआमाले आफ्नै घरमा कम्तीमा पनि महिनाको एकपटक परिवारको लागि सचेतना कार्यक्रम अनिबार्य रुपमा सञ्चालन गर्नुपर्छ। साथै एच.आई.भी.एड्स बारे जनचेतना जगाउनको लागि आफु सदैव तत्पर रहेको बताउदै एच.आई.भी. एड्सबारे सजग रहन सम्पुर्णलाई आग्रह गर्दै बिजया दशमी एवं शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्नुभएको थियो । त्यस्तै उत्त कार्यक्रममा लागु पदार्थ संम्बन्दी मुक्तिबृतचित्र पनि प्रदशन गरिएको थियो । पञ्चकोशी आर्थर डाँडाखर्क समाजका अध्यक्ष क्या. लालप्रसाद तमुको अध्यक्षतामा सम्पन्न उत्त कार्यक्रममा करिवन १५० जनाको उपस्थिती रहेको थियो ।
स्मरण रहोस, एच.आई.भी. एड्स रोग नियन्त्रण सम्बन्धि जनचेतना मुलक लक्ष्मीनामक बृतचित्रको निर्माणमा थकाली सेवा समिति जापानले पनि आर्थिक सहयोग गरेको थियो । साथैबिगत ५ बर्ष देखी थसेस जापानको सहयोगमा नेपालको बिभिन्न जिल्ला, गाउहरुमा घुम्ते प्रदशनि अभियानमा सक्रिय रुपमा जुतिरहेको छ । दर्जनौ बढि जिल्लाहरुमा पटक, पटक दिर्घकालिन योजनाको रुपमा प्रदशन भईरहेको यस प्रोजेक्टले जनचेतनामा बृढि गर्दै एच.आई.भी. एड्सको संख्या घटाउनुमा ठुलो मद्धत पुगेको थसेस जापानका अध्यक्ष शरद कुमार गौचनले बताउनुहुन्छ ।
नेपालजापान डटकम
समुद्रपारि डटकम

Thursday, October 11, 2012

थसेस जापानले "प्रथम मैत्रीपुर्ण भलिबल प्रतियोगिता" आयोजना गर्ने ।

सरद डायरि । बुधबार, आश्विन २४, २०६९
आउदो २ डिसेम्वर आईतबारका दिन थसेस जापानले आयोजना गर्न गईरहेको भलिबल प्रतियोगिताको समाचार र आब्हा तपसिल बमोजिम प्रकाशन गरे ।

दर्तागर्नको लागि फाईल




तलतिर जस्ताको तस्तै....
 
आगामि डिसेम्वर २ तारीख आईतबारका दिनमा थकाली सेवा समिति, जापानले "प्रथम मैत्रीपुर्ण भलिबल" प्रतियोगिता आयोजना गर्ने भएको छ । टोक्योको नाकानोकु स्थित सागिनोमिया खेल मैदानमा बिहानको १० बजे देखी प्रतियोगिता शुरु हुनेकुरा यस भलिबल प्रतियोगिताका संयोजक लेनिन भट्टचनद्धारा हस्ताक्षरित बिज्ञप्तिमा जनाईएको छ । उत्त प्रतियोगितामा जापानस्थित नेपाली संघसंस्था एवं सामाजीक, राजनैतिक,गैर-राजनितीक क्षेत्रीय एवं क्लव वा जुनै प्रकारका टिमले पनि सहभागि जनाउन सक्ने प्रावधान रहेको छ । प्रतिस्प्रधात्मक खेलको बिजयी टिमलाई ठूलो नगद पुरस्कार रासी, सिल्ड, मेडल र प्रमाण पत्रको समेत ब्यबस्था रहेको यस भलिबल खेलको दर्ता समय अबधी नोभेम्बर १० तारीख सम्म किटान गरिएको छ । थसेस जापानद्धारा जापानमा पहिलो पटक आयोजना हुन गईरहेको यस ‌प्रथम मैत्रीपुर्ण भलिबल प्रतियोगितामा जापानमा क्रियाशील संघसंस्था, सम्पुर्ण जापानबासी श्रद्धेय खेलाडिहरु तथा खेलप्रेमी आम नेपाली दाजुभाई, दिदिबहिनीहरुमा डिसेम्वर २ तारीख आईतबारका दिनमा खेल मैदानमा उपस्थित भई खेलाडिहरुलाई हौसला प्रदान गरिदिनुहुन पनि आयोजकले अनुरोध गरेको छ ।
स्मरण रहोस, जापानबासी नेपालीहरुको बिच हुन गईरहेको यस प्रथम मैत्रीपुर्ण भलिबल प्रतियोगिता नेपालीहरु बिचको एकता, मित्रतापुर्ण भावना, आत्मिय सदभाव कायम गर्दै स्वस्थ र तन्दुरुस्थ रहदै खेलको माध्यमबाट अनुशाषण कायम गराउने उदेश्य रहेको आयोजक संस्थाका अध्यक्ष शरद कुमार गौचनले बताउनु भयो । साथै यस खेलबाट आम्दानी भएको केहि रकम नेपालका अहसाय बुद्धावस्था ब्यबस्थापन तथा सामाजीक कल्याण गुठी (आमाको घर)को सहयोगार्थ गर्न लागिएको कुरा पनि श्री गौचनले जानाकारि गराउनु भयो ।

टिम दर्ता गर्ने नियमहरु
१) जापानका क्रियाशील संघसंस्थाले किटान दर्ता शुल्क सहित आगामि नोभेम्वर १० तारीख शनिबार सम्ममा दर्ता गरिसक्नुपर्ने छ ।
२) प्रत्येक टिममा १ मेनेजर १ क्याप्टेन र ८ जना खेलाडि सहित जम्मा १० जना सहभागि हुन पाउनेछ ।३) बिदेशी खेलाडि खेलमा सहभागि हुन पाउने छैन ।४) टिम दर्ता गराउदा नाम लेखाईएको ब्यक्तिहरुले मात्र प्रतियोगितामा भाग लिन पाउने छ ।५) निर्धारित टिम दर्ता पश्चात सोतह दर्ता कार्य बन्द गरिने छ ।६) सहभागि टिम दर्ता शुल्क बापत ५०,००० (पचास हजार एन) लाग्ने छ ।७) दर्ता शुल्क भित्रमै युनिफर्म (गन्जि र हाफपेन्ट), खेल हुने दिनमा लन्च बक्स (बेन्टो) को पनि आयोजकबाट नै ब्यबस्था गरिने छ ।८) दर्ता भएको टिमको आधारमा गोला प्रथा द्धारा प्रतिस्धात्मक टाईसिट निर्धारण गरिने छ ।९) प्रचलित नियम, अन्तिम निर्णायक तथा सर्वाधिकार आयोजकलाई रहने हुदा आयोजकको निर्देशन अनुसार हार्दिक अनुरोध छ ।

कार्यक्रम "प्रथम मैत्रीपुर्ण भलिबल प्रतियोगिता"
आयोजक
एनपिओ होजिन थकाली सेवा समिति, जापान
Home Page: www.thasesajapan.com
Email : thasesa@yahoo.com This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it , skgauchan@hotmail.com
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
खेल हुने स्थान, मिति र समय
मिति : २०१२ डिसेम्वर २ तारीख (आईतबार)
समय : बिहानको ठिक १० बजेबाटस्थान :३-१-१३ सिरासागि नाकानोकु, टोक्यो १६५-००३५ जापानसम्पर्क नं : ०३-३३३७-१७७१(खेल मैदान)स्टेशन : सागिनोमिया (सेईवु सिन्जुकुलाईन) , स्टेशनबाट ३ मिनेट मात्रम्याप

दर्तासम्पर्क र प्रतियोगिता संम्बन्धि जानाकारिको लागि
संयोजक, लेनिन भट्टचन: ०८०-६५८६-५००३कोषाध्यक्ष, बुद्धि गौचन: ०९०-३५०६३४११महा-सचिब, राजु शेरचन: ०८०-४१७४-८५५३अध्यक्ष, शरद कुमार गौचन:- ०९०-२३१९-००२७

थप जानाकारि र बिस्तृत बिवरणको लागि
सहसंयोजकहरु, दिपक गौचन:-०९०-५४८६-८५५३ र सुमन गौचन:-०८०-४६७८-०७६५सदस्यहरुशशि गौचन: ०८०-५४६४-५५८०, अनिल भट्टचन: ०८०-५४८७-३१८३, हेमन्त कुमार शेरचन-०९०-२९११-९६७८घनश्याम भट्टचन:०९०-८१७४-७८६०, राजकुमार शेरचन:०८०-४२९०-३१९९, बिज्ञान गौचन- ०८०-४६५०-५२६६अरुण भट्टचन:०८०-६५६३-३७३२, हिक्मत गौचन:०९०-६४७३-१४३७, गोविन्द तुलाचन:०८०-३२०६-७७१७, नपेन्द्र भट्टचन:०९०-५४९३-५२०८

Samudrapari
Welovenepal
NRNJAPAN
UPCOMMING EVENT
Tokyonepal
Nepaljapan
Dcnepal 

Monday, October 8, 2012

एनआरएन जापान द्वारा आयोजित “बाल चित्रकला प्रतियोगिता”एतिहासिक रुपमै भब्य सम्पन्न

सरद डायरि । सोमबार, आश्विन २२, २०६९
प्रकाशीत समाचार तपसिल अनलाईन मेडियाहरुमा...
 
 
 










एनआरएन जापान द्वारा आयोजित बाल चित्रकला प्रतियोगिताएतिहासिक रुपमै भब्य रुपमा सम्पन्न
 जापानको नेपाली समुदायको ईतिहासमै पहिलो पटक एनआरएन जापानद्धारा आयोजित बाल चित्रकला प्रतियोगिता कार्यक्रम भब्य रुपमा सफल भएको छ । हाम्रा बालबालीकाहरु पराई भुमिमा बिदेशकै रहनसहन, भाषा, कला, संस्कृतिमा भिज्नु पर्ने बाध्यता र राष्ट्रका गतिबिधि प्रति अनभिज्ञ रहेको वर्तमान परिस्थितिमा मेरो आँखामा मेरो नेपाल शिर्षकमा गराइएको यस चित्रकला प्रतियोगिता, जापानमा बिल्कुलै नौलो, समय सान्दर्भिक र पहिलो पटक यस किसिमको रचनात्मक कार्य हाम्रा भविष्यका कर्णधार बालबालिकाहरुको सहभागितामा सफलता पूर्वक सम्पन्न भएको छ । अक्टुबर ८ तारिख सोमबार, सार्वजनिक बिदाको दिन पारी ५ वर्ष देखि १३ वर्ष सम्मका २६ जना बाल बालिकाको बिच प्रतिस्प्रधा रहेको उक्त चित्रकला प्रतियोगितामा जापानका लागि महामहिम राजदुत डा.मदन कुमार भट्टराई ज्यूको प्रमुख आतिथ्यमा ,  अन्य अतिथिहरुमा उपनियोग प्रमुख तापस अधिकारी ज्यू  ,राजदुतावासका कर्मचारी अनिल लम्साल ज्यू लगायत जापानका क्रियाशील संघसंस्थाका प्रतिनिधिहरु तथा उल्लेख्य रुपमा अभिभाबकज्युहरुको पनि उपस्थिति रहेको थियो |

Tuesday, October 2, 2012

बाल चित्रकला प्रतियोगितामा सहभागिताको लागि एनआरएन जापानद्धारा अपिल

सरद डायरि । सोमबार, आश्विन १५, २०६९
आज गैर-आवासीय नेपाली संघ जापानद्धारा आयोजना गरिने भनिएको बाल चित्रकला कार्यक्रमको लागि बिबिध जिम्मेवारि र कार्य तर्जुमा लागि संयोजक ज्युबाट अनुरोध आएकोले त्यस कार्यको लागि बिहानै देखि संम्बन्धित निकाय संग सम्पर्क गरि तर्जुमा मिलाए ।
जस अनुसार मेडियामा निकालिएको सुचना र सम्बन्धित बिषयको ब्यहोरा तलतिर जस्ताको तस्तै....
 
गैर-आवासीय नेपाली संघ जापानद्धारा आयोजना हुन गईरहेको  बाल चित्रकला प्रतियोगितामा सहभागिताको लागि अपिल
एनआरएन जापानले जापानमा पहिलो पटक जापानबासि नेपाली मुलका बालबालीकाको आफ्नो मातृभुमि प्रतिको बिचार, भावना र सोचाईलाई चित्रकला मार्फत अभिब्यक्ति गर्ने प्रतियोगिता आयोजना गर्न लागेको कुरा एनआरएन आईसिसी महिला प्रतिनिधि डा.नम्रता पाण्डेद्धारा हस्ताक्षरित बिज्ञप्ति मार्फत सार्वजनिक गरेको छ । उत्त कार्यक्रम एनआरएन जापानको आयोजनामा डा. पाण्डेको संयोजकत्वमा आउदो अक्टुबर ८ तारीख सोमबारको सार्बजनिक बिदाको दिन पारि सिन्जुकु स्टेशन छेउकै हलमा उत्त प्रतियोगिता आयोजना गर्न लागिएको कुरा जनाईएको छ ।
 
प्रेषीत बिज्ञप्ति र थप बिस्तृत कार्यक्रममा सहभागि आब्हानको लागि सु-सुचित सुचना तलतिर जस्ताको तस्तै...
आदरणीय जापानबासी आम नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा,
गैर-आवासीय नेपाली संघ जापानले आगामि अक्टुबर ८ तारीख सोमबार (सार्वजनीक बिदा) का दिनमा टोक्योको सिन्जुकु स्थित सिन्जुकु मल्टिकल्चर प्लाजामा "मेरो आँखामा मेरो नेपाल" (My Nepal- My Perception) शिर्षकमा जापानबासी नेपाली मुलका बालबालीका बिच चित्रकला प्रतियोगिता (Art Competition) गर्न लागेको कुरा सहर्ष जानाकारि गराउदछौं ।
एक पटकको नेपाली, सधैको नेपाली र बिदेशको जुनै कुना, कन्धरामा रहेपनि हामि नेपाली भन्ने भावनालाई जोगाई राख्न र बालबालीकालाई मातृभुमि प्रतिको माया, ममता र दायित्व झंल्काउन यो प्रतियोगिता आयोजना गर्न लागेको बताईएको छ । बालबालीकाको राष्ट्रियता प्रतिको भावना जागृत गर्दै बिदेशको रहन सहन, भेषभुषा र भाषामा मात्र सिमित हुन नदिन यस प्रकारको कार्यक्रमले ठोस रचनात्मक भुमिका निर्बाह गर्ने छ भन्ने आयोजकको ठम्याई छ ।
यस चित्रकला प्रतियोगिताको समय ३० मिनेट राखीएको छ भने, कागज, कलम, पेन्सिल वा कलरिङ्ग पेन्टहरु आफै लिएर आउनु पर्नेछ । ५ बर्ष देखी १५ बर्ष सम्मका जापानबासी नेपाली मुलका बालबालीकालाई यस प्रतियोगितामा सहभागि गराई सहयोग पुर्याउनुहुन आदरणीय आम जापानबासी अभिभावक ज्युहरुलाई एनआरएन जापान हार्दिक आब्हान गर्दछ । प्रतियोगितामा उत्कृष्ट चित्रकला छनोट भए पश्चात एनआरएन आईसीसी मार्फत आकर्षित पुरस्कारको समेत ब्यबस्थापन गरिएको जानाकारि गराईएको छ ।
 

मिति : अक्टुवर ८, २०१२ (सोमबार), सार्वजनिक रातो बिदा
समय : दिउसोको ठिक १:०० बजेदेखीस्थान : SHINJUKU MULTICULTURAL PLAZA (HYGEIA 11F)Hygeia 11F, 2-44-1 Kabuki-cho, Shinjuku-ku, Tokyo 160-0021 Japanटेलीफोन नं : 03-5291-5172
 
प्रतियोगिता हुने हलको म्याप
अग्रेजी
जापानी
 
आयोजक
गैर-आवासीय नेपाली संघ,जापान
 
थप बिस्तृत जानाकारि र सम्पर्कको लागि
संयोजक
डा.नम्रता पाण्डे : 080-3519-8373
सदस्यहरु
अनिता गुरुङ: 080-4353-2172, रजनी शाह: 080-3694-3690, नारायणी आचार्य: 080-4156-3715, राजु ढकाल: 090-9848-1641, नर बहादुर थापा: 080-5495-5877, डा. राम गिरी : 090-3892-1222, चिरन्जिबि थापा : 090-2648-6011, डा. राजेन्द्र पराजुली : 090-6146-3323, शरद कुमार गौचन : 090-2319-0027
 
अनलाईन मेडियामा प्रकाशीत आब्हान तथा सुचना समाचार

अनलाईन मेडियामा प्रकाशीत "तयारि पुरा" समाचार
टोक्योनेपाल डटकम
समुद्रपारि डटकम
नेपालजापान डटकम
डिसिनेपाल डटकम