Wednesday, November 7, 2012

थसेस जापानद्धारा आयोजित मैत्रीपुर्ण भलिबल प्रतियोगिताको टाईसिट सार्वजनिक

सरद डायरि । मंगलबार, कार्तिक २१, २०६९

तपसिल टाईसिट सम्बन्धित सबैको जानाकारिको लागि जापानको मेडियाहरुमा सार्वजनिक गरियो ।




थकाली सेवा समिति, जापानद्धारा आयोजित ‌प्रथम मैत्रीपुर्ण भलिबल प्रतियोगिता जापानमा पहिलो पटक, नेपालका अहसाय बुद्धावस्था ब्यस्थापन तथा सामाजीक कल्याण गुठी (आमाको घर) को सहयोगार्थ आयोजना हुन गईरहेको छ । खेलप्रेमी आम जापानबासि नेपाली दाजुभाई, दिदीबहिनीहरुलाई खेल मैदानमा उपस्थित भई
खेलाडिहरुलाई हौसला प्रदान गर्नुहुन एवं प्रतियोगिताको
शोभा बढाई दिनुहुन हार्दिक अनुरोध गरिन्छ ।

खेलका नियमहरु
१) सम्पुर्ण खेल, वेष्ट अफ थ्री नकाउटको आधारमा बिहानको १०:०० बजेबाट शुरु हुनेछ ।
२) तोकिएको समयमा खेल मैदानमा प्रतिष्प्रधि टिम अनुपस्थिती रहेमा उपस्थिति टिम स्वतह बिजयी हुनेछ ।
३) सम्पुर्ण खेल नियम, यहा उल्लेख नभएपनि प्रचलित नियम अनुसार नै हुनेछ र रेफ्रीको निर्देशनलाई पालना गर्नुपर्नेछ ।
४) खेलाडीहरुले संम्बन्धित संस्थाको ड्रेस (नंम्वर र संस्थाको नाम उल्लेख भएको) अनिबार्य रुपमा लगाउनु पर्नेछ ।
५) खेलको अन्तिम निर्णय तथा सर्वाधिकार आयोजकलाई रहनेछ ।
खेल हुने मिति, समय र स्थान
मिति : डिसेम्वर २, २०१२  (आईतबार), बिहानको ठिक १० बजे देखी)
स्थान : सागिनोमिया ताईकुकान (आरिना ईन्डोर खेल मैदान)
ठेगाना :
--१३ सिरासागि नाकानोकु, टोक्यो १६५-००३५ जापान
टेलीफोन : ०३-३३३७-१७७१ फ्याक्स : ०३-३३३७-३२८०
स्टेशन :  सागिनोमिया (सेईवु सिन्जुकुलाईन, स्टेशनबाट ३ मिनेट मात्र)
सम्पर्कको लागि
सह-संयोजकहरु: दिपक गौचन ०९०-५४८६-८५५३, सुमन गौचन: ०८०-४६७८-०७६५
सदस्यहरु: शशि गौचन ०८०-५४६४-५५८०, अनिल भट्टचन ०८०-५४८७-३१८३, हेमन्त कुमार शेरचन ०९०-२९११-९६७८,
सञ्जिब गौचन ०८०-६५९६-३५९३, घनश्याम भट्टचन ०९०-८१७४-७८६०, राजकुमार शेरचन ०८०-४२९०-३१९९,
बिज्ञान गौचन ०८०-४६५०-५२६६, अरुण भट्टचन ०८०-६५६३-३७३२, हिक्मत गौचन ०९०-६४७३-१४३७
गोविन्द तुलाचन ०८०-३२०६-७७१७, नपेन्द्र भट्टचन ०९०-५४९३-५२०८

थप जानाकारि र बिस्तृत बिवरणको लागि
संयोजक : लेनिन भट्टचन ०८०-६५८६-५००३, कोषाध्यक्ष : बुद्धि गौचन ०९०-३५०६३४११
महा-सचिब : राजु शेरचन ०८०-४१७४-८५५३, अध्यक्ष : शरद कुमार गौचन ०९०-२३१९-००२७
आयोजक
एनपिओ होजिन, थकाली सेवा समिति, जापान
Website: www.thasesajapan.com , Email: thasesa@yahoo.com or skgauchan@hotmail.com


Thursday, November 1, 2012

टाईशिटको लागि गोला प्रथामा उपस्थित आब्हान

सरद डायरि । बिहिबार, कात्तिक १६, २०६९
अर्को महिना टोकियोमा हुन गईरहेको भलिबल प्रतियोगितामा भाग लिनको लागि ९ टिमले आफ्नो नाम दर्ता गराएको कुरा आयोजक सँस्था थकाली सेवा समिति जापानले जनाएको छ । सहभागिताको लागि तोकिएको अन्तिम नाम दर्ता मितिसम्ममा ९ टिमले आफ्नो नाम दर्ता गराएका हुन् ।
थकाली सेवा समिति जापानको आयोजनामा आगामी डिसेम्वर २ तारिख आईतबारका दिन टोकियोको सागिनोमिया ताईकुकानमा जापानबासी नेपालीहरुबिच पहिलो पटक हुन गईरहेको "मैत्रीपूर्ण भलिबल प्रतियोगिता"  को टिम दर्ता प्रक्रिया समापन भईसकेको जानकारी गराउदैं प्रतियोगिताको लागि समयसिमा अघि नै निर्धारित टिमको दर्ता प्राप्त भएकोले दर्ता प्रक्रिया समाप्त गर्नुपरेको सो संस्थाले जनाएको छ । उक्त कुरा प्रतियोगिताका संयोजक लेलिन भट्टचनद्वारा प्रेषित बिज्ञप्तीमा जनाईएको हो ।
बिज्ञप्तीका अनुसार नाम दर्ता हुन आएका टिमहरुमा थकाली सेवा समिति, गल्कोट समाज, जापान नेपाल युथ क्लब, उई फर अल, म्याग्देली सञ्जाल, आईएनसीजे, कावासाकी युनाईटेड, नेपाल मगर संघ र गोल्डेन नेपाल युवा क्लव गरी ९ टीम रहेका छन ।
प्रतियोगिताको बिजयी टिमलाई नगद १ लाख २० हजार एन (१२ मान) र दोस्रो हुने टिमलाई नगद ६० हजार एन (६ मान) ट्रफि, मेडल र प्रमाण-पत्र बितरण गरिनेछ । त्यसै गरि सर्वोकृष्ठ खेलाडि (एमभीपी) आदिको पुरस्कारहरुको पनि ब्यबस्था गरिएको जनाईएको छ ।
प्रतियोगिताको लागि नाम दर्ता हुन आएका टिमहरुबिच आउदो नोभेम्वर ३ तारिख शनिबारका दिन कावासाकि मारिन खेल मैदानमा गोला प्रथाद्वारा टाईसिट निर्धारण गरिने भएकोले उत्त गोला प्रथामा सम्बन्धित टिमका एक-एकजना प्रतिनिधिलाई उपस्थितिको लागि अनुरोध गरिएको छ । प्रतिनिधिहरुको उपस्थिति नभएमा आयोजकको तर्फबाट निष्पक्ष ढंगले गोलाप्रथाद्वारा टाईसीट सार्वजनिक गरिने भएको छ ।
उक्त प्रतियोगिता नेपालका असहाय तथा बृद्धाहरुको ब्यबस्थापन तथा सामाजिक कल्याण गुठी (आमाको घर) को सहयोगार्थ आयोजना गर्न लागिएको कुरा आयोजक संस्थाका अध्यक्ष शरदकुमार गौचनले बताउनुभएको छ ।
यस प्रतियोगिताबाट जापानको मेशिनसरहको चिनचर्यालाई केहि हद भएपनि राहत तथा मनोरञ्जन प्रदान गर्नुका साथै स्वस्थ्यका लागि खेलकूदको महत्व दर्शाउने छ भने जापानवासी नेपाली बिचको आपसी समझदारी, भाइचारा एवं  नयां प्रतिभाहरुको चिनारी, अन्तरसंस्था बिच बिचारहरुको आदानप्रदान र परस्पर सम्बन्ध अझै मजबुत तुल्याउने अपेक्षा गरिएको अध्यक्ष गौचन बताउनुहुन्छ ।
बिदेशी भूमिको अत्यन्तै ब्यस्तता र अनेकौ समस्याका बावजुद पनि यस पहिलो “मैत्रीपूर्ण भलिबल प्रतियोगिता” लाई सफल बनाउन जापानबासी आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा आपसी सहयोग तथा सदभावनालाई ध्यानमा राखेर सहयोग गरिदिनुहुन र प्रतियोगितामा उपस्थिति जनाएर खेलाडिहरुलाई सहानुभुति प्रकट गरिदिनुहुन पनि आयोजकहरुद्वारा हार्दिक अनुरोध गरिएको छ।
 
अनलाईनमा प्रेषित समाचार तलतिर जस्ताकोतस्तै.....