Saturday, April 27, 2013

एनआरएन जापानको प्रेस बिज्ञप्ति १ र २

सरद डायरि । शुक्रबार, बैशाख १३, २०७०
आज दुईवटा बिज्ञप्ति सहित ४ बुधामा एनआरएन जापानको तर्फबाट सार्वजनिक अपिल गरि सकेको तपसिल प्रेस बिज्ञप्ति-१ र प्रेस बिज्ञप्ति-२ गरि बिभिन्न मेडियामा मार्फत सु-सुचित संम्प्रेषण गरिएको ब्यहोरा तलतिर जस्ताको तस्तै.....
आदरणीय संम्पादक ज्यु,
हार्दिक नसम्कार ।
बिषय: एनआरएन जापानको अधिवेशन संम्बन्धि समाचार प्रेषित गरि सहयोग गर्नुहुन

उपरोक्त सम्बन्धमा गैर-आवासीय नेपाली संघ, जापानको अधिवेशन संम्बन्धि तपसिल बमोजिमको समाचार सामग्री यहाको मेडियाबाट संम्प्रेषित गरि सहयोग गरिदिनुहुन हार्दिक निवेदन गर्दछौं ।
साथै यहाँले एनआरएन जापानको अभियानलाई पुर्याउदै आउनु भएको सहयोग, योगदान र सद्भाभावको निरन्तरता समेत बिनम्र अनुरोध गरिन्छ
 
भबदिय,
शरद कुमार गौचन
प्रवक्ता, गैर-आवासीय नेपाली संघ जापान 
 
प्रेस बिज्ञप्ति -१ (अप्रिल २२, २०१३ - सोमबार संम्प्रेषण)
 
 
 
प्रेस बिज्ञप्ति -२ (अप्रिल २६, २०१३ -शुक्रबार संम्प्रेषण)
गैर-आवासीय नेपाली संघ जापानका प्रवक्ता शरद कुमार गौचनद्धारा तपसिल तिनवटा बिषयमा सार्वजनिक सुचना जारि गर्दै एक बिज्ञप्ति मार्फत बिशेष अपिल गर्नुभएको छ । साथै, यस बिषयमा थप सहयोग र बिस्तृत जानाकारिको लागि एनआरएन जापानका पदाधिकारि ओम गुरुङ: 09-7177-3977, बिष्णुहरि रेग्मी: 090-1371-3750 र नर बहादुर थापा:080-5495-5877 लाई सम्पर्क गर्नहुन पनि अनुरोध गरिएको छ । 
जसअनुसार,
१) एनआरएनको एसिया प्रशान्त क्षेत्रिय भेलामा सहभागिको लागि अनुरोध:
आउदो मेई महिनाको १७ र १८ तारीखमा फिलिपिन्सको राजधानी मनिलामा हुन गईरहेको गैर-आवासीय नेपाली संघद्धारा आयोजित एशिया प्रशान्त क्षेत्रीय भेलामा सहभागि हुनको लागि एनआरएनका शुभचिन्तक तथा समस्त जापानबासी नेपालीहरुलाई सार्वजनिक अपिल तथा खुला निमन्त्रणा गरिएको छ । उत्त बैठकमा  भाग लिन एकसय अमेरिकन डलर प्रति ब्यक्ति शुल्क लाग्ने  ब्यहोरा समेत जनाईएको छ । बैठकमा भाग लिन अन एराईभल भिसा उपलब्ध हुने हुनाले बैठकमा सहभागि जनाउने महानुभावहरुले आफ्नो बिवरण एनआरएन जापानलाई दरखास्त दिनु हुन पनि अनुरोध गरिएको छ । उत्त बैठक मनिलाको Mandarin Oriental Hotel, Makati City मा हुने भएकोले हवाई टिकट बुकिङ्ग र होटल तर्जुमाको लागि आफ्नो अनुकुलता अनुसार आफैले मिलाउन सक्नुहुने ब्यहोरा समेत उल्लेख गरिएको छ ।
२) "एभरेष्ट नेपाल एक्जिवेश " मा उपस्थिति तथा सहयोग अनुरोध: 
जापान स्थित नेपाली दुताबासको आयोजना र एनआरएन जापानको सह-आयोजनामा यहि आउदो जुन महिनाको १ र २ तारीखमा "Everest Nepal Exhibition" कार्यक्रम हुने भएको छ ।
पहिलो पटक जापानमा हुन गईरहेको यस बृहत कार्यक्रममा आ-आफ्नो क्षेत्रबाट अनुकुलता अनुसार सक्रिय सहभागिता जनाई नेपालको पर्यटन बिकाशमा सहयोग पुर्याउन हुन जापानबासि नेपालीहरुलाई हार्दिक अनुरोध गरिएको छ । उत्त २ दिने वृहत कार्यक्रममा नेपाली कला, संस्कृति तथा पर्यटन प्रवन्धन गर्ने हेतुले बिभिन्न सांस्कृतिक प्रदशनीहरु र नेपाली खानाको स्तल समेत राखीने कुरा जनाईएको छ । साथै उत्त अबसरमा जापानी प्रख्यात पर्वतारोहिहरुको चिनारि, उनिहरुको सम्मान र बिभिन्न बिषयमा सिम्पोजियम,सेमिनार समेत गरिने कुरा जनाकारि गराईएको छ । पहिलो पटक जापानको प्रसिद्ध पर्यटन स्थल टोक्यो टावरमा भब्य आयोजना हुन गईरहेको यस कार्यक्रममा जापानबासी नेपाली, जापानी तथा अन्य महानुभावहरुको उत्साहजनक सहभागिताको लागि गैर-आवासीय नेपाली संघ जापानले हार्दिक अनुरोध गर्दछ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
३) एभरेष्ट ईन्टरनेशनल स्कुलमा आर्थिक संलग्नता तथा संम्भावित क्षेत्रबाट सहयोग गर्न अनुरोध:
 "नेपालीका लागि नेपाली" भन्ने मुल नारा अनुरुप जलबिधुत, बिबि एयर जस्ता लगानीका क्षेत्रमा एनआरएनको अनुरोधलाई आत्मसाथ गर्दै देखाउनु भएको उत्साहजनक सहभागिताको लागि हार्दिक कृतज्ञता ब्यक्त गर्दै पुन: जापानबासी नेपाली समुदायलाई सेवा गर्न, नेपाली पाठ्यक्रममै संचालनमा आएको नेपालीको पहिलो प्रयास र अभियान "एभरेष्ट ईन्टरनेशनल स्कुल" मा थप सहयोग र संलग्नताको  लागि एनआरएन जापानले हार्दिक अनुरोध गर्दछ ।  नेपाली द्धारा नै नेपालीको लागि गरिएको यस महान कार्यमा बिगतमा झै उत्साह जनक लगानी र संम्भावित क्षेत्रबाट सहयोग हुनेछ भन्ने बिश्वास लिएको कुरा पनि एनआरएन जापानद्धारा प्रेषित बिज्ञप्तिमा जनाईएको छ ।
 

Tuesday, April 9, 2013

नेपाली नया बर्षको आगमन संगै नेपालमा "फेसबुक" बन्दहुने रे ।

सरद डायरि । सोमबार, चैत्र २६, २०६९
नेपालमा आज एकाएक  फेसबुकलाई ‘फेकबुक’ सिद्ध गर्न एउटा नचाहिँदो हल्ला अकस्मात् फैलिएको रहेछ । जुन वि.सं नयाँ वर्ष २०७० वैशाख १ को आगमन संगै नेपालमा फेसबुक बन्द हुने रे । कारण चाहि अरु केहि नभएर नेपालका नेताहरुप्रति अभद्र टिप्पणी र फोटो पोस्ट गरिएकोले हो रे। आजको आईटि जमाना र विश्व एउटा सानो गाउको रुपमा परिनत भएको वर्तमान अबस्थामा सामाजिक सञ्जालका साइटहरु मार्फत हल्ला फैलन धेरै बेर लाग्ने कुरै भएन। फेरि अलिकति पनि नसोचि मान्छेहरुले भटाभट सेयर र कमेन्टमा गाली गर्न थाले यो हल्लामा । तर जसले यो हल्ला फैलाएको हो, ऊ सँकटमा पर्ने भने निश्चित छ। किनभने हल्ला फैलाउनेले रमाइलोका लागि गरेको भन्न पाउने स्थिति छैन। उसले नेपाल सरकारको छाप र सूचना तथा सञ्चार मन्त्रीको दस्तखतसमेत कीर्ते गरेको छ। फेसबुकका विभिन्न पेज र व्यक्तिहरुले यसलाई सेयर गरेका छन्, उनीहरु पनि आपत्‌मा पर्न सक्छन् है, खबरदार ।।।
यो ब्लगरले भने सबैको जानाकारि र सुचनाको लागि लेखकको आफ्नो नितान्त ब्यक्तिगत ब्लगमा राखेको छ ।
जुन तलतिर जस्ताको तस्तै........

 

Monday, April 8, 2013

थसेस जापानको ११ औं अधिवेशन तथा विविध साँस्कृतिक (होली धमाका) भब्य सम्पन्न ।‏

सरद डायरि । आईतबार, चैत्र २५, २०६९
गत आईतबारअप्रिल ७ का दिन टोक्योमा थकाली सेवा समिति जापानले थकाली जातिहरुको महान चाड "तोरन्ल्ह" को शुभ उपलक्ष्यमा आफ्नो समितिको अधिवेशन तथा विविध साँस्कृतिक कार्यक्रम (होलि धमाका) तामझाँमका साथ भब्य सम्पन्न गरेको छ ।
 जापानका लागि नेपाली राजदुत महामहिम डा. मदनकुमार भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न उत्त कार्यक्रमको विशेष अतिथिहरुमा एनआरएन अन्तराष्ट्रिय समन्वय समितिका कोषाध्यक्ष भवन भट्ट र आदिबासी जनजाति महासंघ जापानका महासचिब पासाङ शेर्पा तथा कार्यक्रमका सभापतित्व समितिकै अध्यक्ष शरद कुमार गौचनले गर्नु भएको थियो ।