Wednesday, July 31, 2013

बिदेशमा रहेका नेपाली शरर्णाथीहरुको बिवरण

सरद डायरि । बुधबार, साउन १६, २०७०
धेरै दिनको अन्तरालमा भनौं वा जापानको गर्मियाम संगै एनआरएन जापानको पनि आउदो महिनामा अधिवेशन भएको कारण अति नै ब्यस्थताकाको बावजुद पनि आज यसो समय मिलाएर आफ्नो ब्लगमा केहि लेख्ने फुर्सद भएको महशुष गर्दै कम्युटरको अगाडि किबोर्ड हान्दै गर्दा बिश्वभरि नै नेपाली शरर्णाथीहरुको संख्या अचम्मै रुपले बढदै गएको डेटा आँखामा ठ्याक्कै पर्यो ।
म आफै जापानमा लामो समय देखी बसोबास गर्दै आएको भएपनि जापानमै यत्रा धेरै नेपाली नक्कली शरर्णाथी बन्नको भोगी र रोगीहरुको लर्को र ठुलो संख्या पुगेको सोचेको पनि थिएन ग्राफले पत्ता लाग्यो बिदेशको बाध्यता र सुनौलो भबिष्यको खोजिमा स्वदेशलाई बदनाम गर्दै जोखिम मोलेको तलको परिणाम जस्ताको तस्तै...

शरर्णाथी (रेफ्युजी र असाइलम) भन्नुको अर्थ केहो ?
आफ्नो देशमा जाति, धर्म, राष्ट्रियता, राजनीतिक विचारका कारण पीडित भएका वा पीडित हुने डर भएकाहरु वा युद्ध वा प्राकृतिक विपत्तिबाट भागेर अर्कै देशमा पुगेर शरण लिनेहरु शरणार्थी अथवा रेफ्युजी हुन्। सम्बन्धित देशले उनीहरुको निवेदन स्वीकार नगरेसम्म उनीहरु शरण खोज्नेहरु अर्थात् ‘असाइलम सिकर’ मात्र हुन्।
असाइलम सिकरले अन्तर्राष्ट्रिय सुरक्षा खोजेका हुन्छन्। शरणार्थीलाई आफ्नो भूमिमा सुरक्षा दिनुपर्ने अन्तर्राष्ट्रिय बाध्यकारी नियम भएकोले असालइम सिकर शरणार्थी हुन् कि हैनन् भन्ने निर्धारण गर्ने जिम्मा सम्बन्धित देशको हुन्छ।




श्रोत: माईसंसार