Saturday, January 19, 2013

हर्ट एटार्क हुदा अपनाउने पर्ने साबधानी र उपाय तथा एईडिको प्रयोग

सरद डायरि । शनिबार, माघ ६, २०६९
आज मेरो कंम्पनिबाट खटाईएको एक दिने तालिम जुन मानिसहरु दुर्घटनामा पर्दा वा कुनै पनि बेलामा बिशन्तुलनको अबस्थामा आईपर्ने  हर्ट एटाक्ट भएको बिपत्तिको अबस्थामा अपनाउने पर्ने उपाय, सावधानी र बच्ने रणनितिको बारेमा टोक्यो फायर डेपार्टमेन्टमा(टोक्यो स्योबोच्यो) अध्ययन सहित प्रत्यक्ष अभ्यास पनि गर्ने मौका मिल्यो ।
मेरो काम गर्ने डेपार्टबाट २ जनाको नाममा टिपाईएको भएपनि भाग्यबश मेरो नाम पनि परेको रहेछ ।
आज शनिबार छुट्टिको दिन परेता पनि यस महत्वपुर्ण तथा ज्ञानबद्धक एवं अत्यावश्यक चिज भएकोले लागे बिहानको ७ बजे तिर नाकानोको टोक्यो फायर डेपार्टतिर... निर्धारीत समय भन्दा २५ मिनेट अघि पुगेकोले हलुका चियापान गरि पसे  नाकानो फायर डेपार्टको अभ्यासशालामा ।
अचम्मको कुरो त "एईडि" AED(Automated External Defibrillator-自動体外式除細動器-じどうたいがいしきじょさいどうき)
मेसीन अहिले बिभिन्न सार्वजनिक स्थलमा राखीएको देखेता पनि त्यति गहिरिएर भने सोचेको थिईन् ।
आज पहिलो पटक थाहा भयो कि, यस "एईडि" नामक मेशीन चलाउन अति नै सरल सुलभ र अटोमेटिक चल्नुका साथै निम्नतम कुरोको ज्ञान भएमा जस्ले पनि चलाउन सक्ने तर अति महत्वपुर्ण र मानीसको मृत्युलाई रक्षा गर्ने जिवन रक्षक मेशीन रहेछ भन्ने चुरो कुरा थाहा भयो ।
यो मेशिनको सहयोगले मानीसको अत्यन्तै महत्वपुर्ण पाटो वा मुटुको ढडकन रोकिएको अबस्थामा यस्को प्रयोगले एकपटक मुटुलाई बन्द गरि गरि पुन चलाउन मद्धत गर्दो रहेछ, जस्को बिस्तृत बिवरण र प्रयोग गर्ने बारेमा समेत एकदिन भरि लगाई अध्ययन गरियो । अध्ययन पुरा गरे पश्चात  २ हप्ता पछि उत्त कक्षाको  अध्ययन पुरा गरेको सर्टिफिकेट आज हात पारेकोले गौरान्वित छु । प्राप्त सर्टिफिकेट सहित केहि झलकहरु तलतिर जस्ताको तस्तै...




 

सधै ज्युनार हुने खुराकहरुको झलक (लन्च र डिनरहरु, नाकानो, टोक्यो)....

सरद डायरि । शुक्रबार, माघ ५, २०६९
जापानको जागिर हुने दिनमा प्रत्येक दिन खाने गरेको रेष्टुरेन्टका परिकारहरुको (लन्च तथा डिनर) बारेमा याद आयो ।
जुन कहिले काहि संम्झीएको वेला वा जागर चल्दा मेरो आफ्नो आईफोनमा कैद गरि राखेको फोटाहरुको बारेमा दिमागमा फुर्यो ।  उत्त झलकलाई आज आफ्नो ब्लगमा राख्ने प्रयास गरे, तर यो पहिलो पटक चाहि होईन होई, बिगत २००९ मेई २९ मा पनि केहि झलक अपडेट गरेको थिए......