Saturday, March 30, 2013

थसेस जापानद्धारा आयोजना हुने तोरन्ल्ह पर्वको कार्यक्रम "सम्पुर्ण तयारि पुरा"

सरद डायरि । शनिबार, चैत्र १७, २०६९
भोलि र आगामि अप्रिल ७ तारीखमा आयोजना गर्न गईरहेको थसेस जापानको कार्यक्रमको बारेमा "सम्पुर्ण तयारि पुरा" नामक समाचार संम्प्रेषण गरे ।
जुन तपसिल अनुसार छ, साथै सम्पुर्ण सहकर्मि मित्रबन्धुहरुलाई पनि जानाकारि गराएको ब्यहोरा निम्न बमोजिम रहेको छ ।

http://www.dcnepalevent.com/news/news.php?nid=91303

http://samudrapari.com/2013033062196.html

http://www.nepaljapan.com/2013/03/30/38924/
 

आदरणीय बिशेष सल्लाहाकार ज्युहरु, सल्लाहाकार ज्युहरु तथा कार्य समितिका सहयात्री मित्रहरु एवं श्रद्धेय आम थकाली परिवारहरुमा,
हार्दिक नमस्कार (होर्छे) ।
भोलि र अप्रिल ७ तारीखको तपसिल समाचार संम्प्रेषण गरिएको जानाकारि गराउदै, केहि बाकि मेडियामा पनि प्रकाशनको क्रममा छ ।
साथै, भोलि अनुमानित मौसम राम्रो छैन भन्ने अबगत भएपनि सबै कार्यक्रम तर्जुमा भईसकेकोले कार्यक्रम बिगतमा जानाकारि गराए अनुसार नै भब्यताका साथ आयोजना गरिने नै छ । सबै साथीहरुलाई समयमै उपस्थिति जनाएर सहयोग गरिदिनुहुन पुन हार्दिक अनुरोध गर्दछु ।
सबैको लागि जानाकारि सहित, बिहानको ९:३० सम्ममा तोचुका स्टेशनमा सबै भेटेर जाने गरिएकोले तोचुका स्टेशनमा आउनुहोला । सँगै जम्मा भएर गन्तब्यस्थल तिर लाग्ने छौं । त्यस स्टेशनमा हाम्रा मानार्थ सदस्य श्री मोचिजुकि कियोहिको ज्युले अन्य आवश्यक जानाकारि सहित यहाहरुलाई गाईड गर्नुहुनेछ । केहि जानाकारि चाहेमा कृपया उहालाई सम्पर्क गर्नुहुन अनुरोध छ ।
मोचिजुकि कियोहिको ज्यु को सम्पर्क नंम्वर : ०७०-५५९२-३५२७ / 070-5592-3527
कार्यक्रम हुने स्थलको ठेगाना (३१ मार्च २०१३)
योकोहामासि तोचुकाकु सिमोकुराताच्यो 1627 / 横浜市戸塚区下倉田町1627
स्टेशन : तोचुका / 戸塚駅
 

Monday, March 18, 2013

शुभ-विवाह सम्पन्न (जित+शान्ता)

सरद डायरि । आईतबार, चैत्र ३, २०६९
 
आज भाई नव वर जित बहादुर गौचन तथा नव वधु शान्ता शेरचन बिच हुन गईरहेको शुभ‍-विवाहमा केहि जिम्मेवारि वरको दाजु बुद्धि भाईबाट बहन गर्न अनुरोध आएकोले सोहि बमोजिम आफ्नो कार्यभार ध्यान पुर्वक सम्पन्न गरे ।
कार्यक्रम अति नै सफलता पुर्वक धेरै समयको अन्तरालमा यत्रो ठुलो भिडका साथ भब्य शुभ-विवाह रात्रीभोज खान पाईयो ।
जेहोस, नव दम्पत्तिको सफल दाम्पत्य जिवनको लागि हार्दिक मंगलमय शुभकामना तथा बढाई दिन चाहान्छु ।

 
 

 



 

 

माथीको झलक मेरो आत्मिय मित्र मोचिजुकि कियोहिको ज्युको कमाल हो, उहालाई अन्तरआत्मा देखी धन्यबाद छ । 


हलुका जानाकारि सहित नव दम्पतिको परिवारको प्रोफाईल र सम्पन्न कार्यक्रम बिवरण तलतिर




शुभ-विवाह कार्यक्रम-結婚式進行表
समय तालीका-時間割
 
तयारि विवरण -(準備明細)
१:०० जम्मा हुने
1:00 - 全員集合
१:३० खानपिन गर्दै कार्यक्रमको बारेमा सरसल्लाह र तयारि कार्य बिभाजन
1:30 - ランチ食べながら打ち合わせ(担当割や役割分担)
२:३०  आ-आफ्नो जिम्मा अनुसार तयारि कार्य शुरु गर्ने
2:30  担当や役割分担通り自分の箇所に付いて作業開始
४:००  सबै तयारि पुरा गरि आमन्त्रीत पाहुनालाई स्वागत गर्ने
4:00 準備完了し、お客様を迎えられるような体制を取る

कार्यक्रम विवरण -(プログラム進行)
४:३० पाहुनाहरुको प्रवेश
4:30 - 来客
६:०० वर, वधुको पार्टि हलमा प्रवेश 
6:00 - 新郎と新婦入場
६:१५ बाचा कवुल तथा प्रतिवद्धता ब्यक्त गराउने शरद कुमार गौचनबाट
6:15 - 新郎新婦の約束事(サラドウ クマル ゴウチャンより)
६:३० औंठी लगाउने कार्यक्रम 
6:30 - 新郎、新婦の間で指輪交換
६:४५ केक् काट्ने कार्यक्रम 
6:45 - 新郎、新婦よりケーキーカット
७:०० कन्पाई - डा. योगेन तुलाचनबाट
7:00 - 乾杯 (医学博士・ヨゲン ツラチャンより)
८:०० आगन्तुक पाहुनाहरुलाई स्वागत तथा धन्यबादको दुई शब्द वरको दाजु बुद्धि गौचनबाट
8:00   両家家代表挨拶 (新郎兄・ブッディ ゴウチャンより)
८:३० सामुहिक नाचगान र रमाईलो कार्यक्रम 8:30 - 歌や踊り等 ९:३० कार्यक्रम समापन

9:30 - 終了 (1000時に完全撤退)
 (१०:०० हल छोड्ने)
 
वर तथा वधु - जित बहादुर गौचन, शान्ता शेरचन
(新郎:-ジツ バハドル ゴウチャン、新婦:-サンター セラチャン)
तथा च्योकि लमफोवे समस्त गौचन परिवार
स्थान : मन्दिर रेष्टुरेन्ट, हामामाचुच्यो टोक्यो जापान
मार्च १७, २०१३ (आईतबार)  平成25317日

बर तर्फ
वुवाको नाम : भिम प्रसाद गौचन
मुवाको नाम : उमा देवी गौचन
दाजुको नाम : बुद्धि गौचन
भाउज्युको नाम : हिरोमि उरामाचु
छोरा: रिउसे गौचन, छोरि: माया गौचन
तथा च्योकि लमफोवे समस्त गौचन परिवार

 बधु तर्फ
वुवाको नाम : ज्ञान बहादुर शेरचन
मुवाको नाम : सुकुल कुमारि शेरचन

Thursday, March 14, 2013

एमआरपि (मेसिन रिडियबल पासपोर्ट) राहदानीको सुचना

सरद डायरि । बिहिबार, चैत्र १, २०६९
जापानका लागि नेपाली दुताबास जापानद्धारा सुचित सुचना अनुसार नेपाली राहदानी आवेदन गर्नका लागि चाहिने आवश्यक कागजपत्रहरुको बारेमा जानकारी प्राप्त भएको छ । नेपाली राहदानीका लागि आवेदन प्रक्रिया अझ ब्यवस्थित गर्नका लागि आवश्यक कागजपत्रको बारेमा पुन आजको मितिमा जानकारी दिईएको दुतावासले जनाएको छ ।

नेपाली राहदानीका लागि पेश गरिएका कागजपत्र जाच गरि राहदानी छपाईका लागि राहदानी विभाग काठमाण्डौ पठाउने र त्यहा बाट छापेर आउदा सामान्यतया २ महिना लाग्ने हुनाले राहदानीको म्याद समाप्त हुने समय अगावै आवेदन गर्नका लागि राजदुतावास जापानले सम्पुर्ण सम्बन्धित महानुभावहरुलाई अनुरोध गरेको छ ।

प्राप्त सुचनाको ब्यहोरा तलतिर जस्ताको तस्तै...

 

Monday, March 11, 2013

नेपाली राहदानी नविकरण दस्तुर १५००जापानी एन लाग्ने

सरद डायरि । सोमबार, फागुण २८, २०६९



 
बिशेष श्रोतबाट प्राप्त सुचना अनुसार नेपाली राजदूतावास टोक्योले राहदानी निवकरण दस्तुरको नयाँ शुल्क सार्वजानिक गरेको छ। हालैका दिनमा जापानी एनको अमेरिकन डलरसँग भएको बिनियम दरको परिवर्तनलाई समायोजन गर्न मिति २०६९/१२/१ गते बुधवार तदनुसार १४ मार्च २०१३ देखि लागुहुने गरी नेपाली राहदानी नविकरण दस्तुर १५,००० जापानी एन  (पन्ध्र हजार) कायम गरेको छ ।
राजदूतावासको वेबसाईटमा प्रकाशित सुचना अनुसार, राहदानी नियमावली, २०६७ को नियम १७ (२) अनुसार पाना च्यातिएको, केरमेट भएको वा अन्य कारणले राहदानीमा क्षति पुर्याएको वा हराएको कारणले नयाँ राहदानी लिनुपर्दा दोब्बर दस्तुर तिर्नु पर्ने छ। राहदानी सम्बन्धी सम्पूर्ण बिबरण र जानकारी यस लिंकमार्फत हासिल गर्न सकिने छ ।
 

Saturday, March 9, 2013

थसेस जापानद्धारा "तोरन्ल्ह" को उपलक्ष्यमा देवताको पुजा तथा धनुषवाण खेल एवं बार्षिक साधारण सभा गर्ने

सरद डायरि । शुक्रबार, फागुन २५, २०६९  
थकाली सेवा समिति जापानले आउदो अप्रिल ७ तारीख आईतबारका दिन थकालीहरुको महान चाड फागुपुर्णिमा ”तोरन्ल्ह” को शुभ अबसरमा आफ्नो बार्षिक साधारण सभा (११ औं अधिवेशन) तथा विविध साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ साथै त्यसको एक हप्ता अघि अर्थात मार्च ३१ तारीख आईतबारका दिन थकालीहरुको देवता ईष्ट देव महागुरु नरिझ्यव र ४ चनको देवतालाई पुजाआजा गरि थकालीहरुको परम्परागत खेल धनुषबाण खेल्ने कार्यतर्जुमा सहित जापानमा पहिलो पटक यस किसिमको ब्यबस्थापन मिलाईएको कुरा कार्यक्रम संयोजक तथा सचिब हेमन्त शेरचनद्धारा हस्ताक्षरित बिज्ञप्तिमा जनाईएको छ ।
जस अनुसार पहिलो दिन थकालीको देवताको पुजा आजा र परम्परागत खेल धनुषवाण खेल्ने तथा अर्को दिन बार्षिक साधारण सभा एवं विविध सांस्कृतिक कार्यक्रमको लागि २ दिने "तोरन्ल्ह" पर्व भब्यताका साथ मनाउन गईरहको कुरा बताईएको छ ।
अध्यक्ष शरद कुमार गौचनका अनुसार थकाली सेवा समिति जापान २२ औं बर्षमा प्रवेश गरेको सहर्ष जानाकारि गराउदै, आफ्नो मौलिक सामाजिक संस्कारलाई बिशेष ध्यानमा राख्दै जापानमा पहिलो चोटि थकालीहरुको परम्परागत धनुषबाण खेल, बिशिष्ट आफ्नै खानपिनका परिकारले देवतालाई पुजा गर्ने संस्कार सहित महान चाड "तोरन्ल्ह" २ दिने कार्यक्रम गर्न गईरहेकोमा खुशि ब्यक्त गर्दै जापानबासी आम थकालीहरु तथा अन्य नेपालीहरुलाई कार्यक्रममा उपस्थितिको लागि हार्दिक अनुरोध गर्नु भएको छ ।
हाम्रो संस्थाले आफ्नो मौलिक सामाजिक संस्कारलाई बिशेष मध्य नजर राख्दै सधै नाचगान वा मनोरञ्जन कार्यक्रममा मात्र सिमित नरहि नया, नौलो, परिवर्तित समय अनुकुल एवं सदस्यहरुको चाहाना, भावना, रुची अनुसार गत बर्ष जापानबासी नेपालीहरु बिच दैवी प्रकोप र अध्यागमन संम्बन्धि १ दिने सेमिनार तथा प्रथम मैत्रीपुर्ण भलिबल प्रतियोगिता जस्ता तमाम नौलो र ऐतिहासिक कार्यक्रम बिगतमा सम्पन्न गरिसकेको छ । सोहि अनुरुप हालको जापानको माहोल र परिस्थिति अनुसार थसेस जापानले प्रत्येक बर्ष तोरन्ल्हको अबसरमा नेपालबाट चर्चित कलाकारहरुलाई आमन्त्रीत गरि आयोजना गर्ने गरेको शुभकामना साँझ यस बर्ष स्थकित गरिएको कुरा पनि जानाकारि गराउदछौं भन्नु भएको छ ।
साथै बिदेशमा छरिएर रहेका थकालीहरु तथा नेपाली दाजुभाई, दिदी बहिनीहरु बिचको पारस्परिक संम्वन्ध, स्वच्छ र मित्रता पुर्ण भावना तथा थकाली जातिको पहिचान, अस्तित्व एवं कला, संस्कृति र भेषभुषाको उचित संरक्षण, संम्वद्धन गर्ने यस समितिको मुल उदेश्य रहेको पुन स्मरण गराउदै यस कार्यको ब्यबस्थापन र कार्यान्वयनमा सधै दृढ सकल्प सहित अगाडि बढ्ने प्रतिबद्धता जनाउदछौ , यस पवित्र अभियानमा जुटेको थसेस जापानको आउदो अप्रिल ७ तारीखमा हुन गईरहेको ११ औं अधिवेशनमा आगामि कार्यकालको लागि समितिमा रहेर समाज सेवा जस्तो यस पवित्र कार्यमा समर्पित रहन ईच्छुक थकाली महानुभावहरुलाई हार्दिक स्वागत गर्दछौं, अध्यक्ष गौचनले बिज्ञप्तिमा उल्लेख गर्नु भएको छ ।
कार्यक्रमको बिवरण
१) थकाली देवताको पुजाआजा तथा धनुषबाण खेल - मार्च ३१, २०१३ (आईतबार)
२) बार्षिक साधारण सभा तथा विविध सांस्कृतिक कार्यक्रम - अप्रिल ७, २०१३ (आईतबार)
पुनश्च : समय स्थान अन्य आवश्यक बिस्तृत बिबरण अर्को सुचना संम्प्रेषण गरि जानाकारि गराईने छ ।