Thursday, June 27, 2013

जापान सक्कर लिग (जेलिग) को २० वर्षका संम्झनामा ।

सरद डायरि । बुधबार, आषाढ १२, २०७०
जापानको प्रोफेसनल सक्कर लिग (जेलिग) शुरु भए यता यस बर्ष (२०१३ साल) ठिक २० वर्षमा प्रवेश गरेको छ, सन्दर्भ मेरो प्रियसी (धर्मपत्नी) संग विवाह बन्धनमा बाधिएको बर्ष पनि जेलिग शुरु हुने बर्षमै भएकोले यस बर्ष ठ्याक्कै २० सौं बर्षमा लागेछ, जिन्दगिको बिभिन्न चरण पार गर्दै लामो यात्रा सम्पन्न भएको पत्तो नै पाईएनछु । सायद अत्यन्तै ब्यस्थ जिवन र १,१ मिनेटको पनि हिसाब हुने जापानको समय अभावका कारणले पनि होकि???
जेहोस, कर्म घर जापानमा छदा नै प्रियसिलाई टोक्योको आफ्नो डेरामा भित्राएको अतितका दिन जुन मलाई अहिले पनि याद आउछ, उत्त दिन मेरो केहि जापानी र नेपाली साथीहरुसंग टोक्यो बेरुदि भर्सेस सिमिजु एसपारेसुको टिम बिचको पहिलो गेमको टिकट चिट्ठा पारेर हेर्न जाने सौभाग्य मिलेको थिए ।
गेम निकै प्रतिस्प्रधा भएकोले ढिला गरि आउदा प्रियसिलाई बाटोमै ३० मिनेट बढि पर्खाएको याद अस्ति भर्खरै जस्तो लाग्छ ।
जेहोस, गत जुन १ र २ मा सम्पन्न भएको हिरक महोत्सवको तयारिको लागि टोक्यो टावरको हलको नापजाँचको लागि जादा पो थाहा भयो, जेलिग शुरु भए यता यस बर्ष ठ्याक्कै २० औं बर्षमा टेकेको र त्यसकै उपलक्ष्यमा बिभिन्न जेलिगको संम्झनामा सरसजावट डेमो भएको रहेछ जुन मेरो क्यामेराले समेटेको फोटो र हिरक महोत्सवका केहि झलकहरु तलतिर जस्ताको तस्तै......


 हिरक महोत्सवमा थसेस जापानद्धारा थकाली भाषाको नृत्य
 

  जापान फुटवल लिग (जेलीग) यस बर्ष २० औं बर्षमा प्रवेश
 हिरक महोत्सवमा आयोजकबाट प्राप्त सम्मान पत्र
 हिरक महोत्सवमा "क्लाईम्व द टावर" प्राप्त सम्मान पत्र 

Sunday, June 16, 2013

प्रतियोगिताको लागि नाकानो भलिबल एसोसिएसन् संगको बैठक ।

सरद डायरि । शनिबार, अषाढ ०१, २०७०
गत बर्ष थकाली सेवा समिति जापानले जापानमा पहिलो चोटि आयोजना गरेको प्रथम मैत्रीपुर्ण भलिबल प्रतियोगिता वृहत रुपमा सम्पन्न गरेको स्मरण गराउदै, यस बर्ष पनि थुप्रै खेलाडि तथा सुभेच्छुकहरु एवं संम्बन्धित महानुभावहरुबाट आयोजना गर्न अनुरोध र धेरै पोजेतिभ प्रतिक्रिया प्राप्त भएकोले आयोजना गर्नै पर्ने माहोलको श्रीजना भएको छ । त्यसैको लागि गत बर्ष ठुलो सहयोग गर्नुहुने  नाकानो भलिवल एसोसिएसनलाई पुन अनुरोध सहित उहाहरुको बिचार संगै सरसल्लाहको लागि आज सानो बैठक बसियो ।
थुप्रै कुराहरुको समिक्षा सहित हामि नेपाली र जापानी बिचको ठुलो सोचको अन्तर, विविध कठिनाई परिस्थिति भएता पनि सक्दो उहाहरुले सहयोग गर्नुहुने बचन चाहि दिनु भएको छ ।
साथै हाम्रो तर्फबाट पुर्ण ब्यबस्थितका साथै एक उदाहरणीय प्रतियोगिताको रुपमा निरन्तरता दिने सोच सहित बैठक समापन गरियो ।
उत्त बैठकको केहि झलकहरु तलतिर जस्ताको तस्तै.....
 
 



फोटो : ओकामोतो युको मल्ल दिदी

Friday, June 14, 2013

थसेस जापानको समर वार्वेक्यु २०१३ को सुचना

सरद डायरि । बिहिबार, जेठ ३०, २०७०
थकाली सेवा समिति जापानको बार्षिकि कार्यक्रम अनुसार यहि आउदो जुलाई १४ तारीख आईतबारका दिन आयोजना गर्न गईरहेको समर वार्वेक्यु(बनभोज) कार्यक्रम को बिज्ञापन तथा लिफ्लेटहरु  सम्बन्धित मेडियामा प्रकाशन एवं बितरण गरियो ।
गत हप्तादेखी नेपालीहरुको बिभिन्न कार्यक्रममा र थकाली परिवारहरुलाई २०० प्रति चिरासिहरु बितरण गर्दै सामाजीक संञ्जाल तथा अनलाईनहरुमा आज बिज्ञापन दिईयो ।
जुन तलतिर जस्ताको तस्तै....

      
निमन्त्रणा । निमन्त्रणा ।। निमन्त्रणा ।।।
थसेस जापानद्धारा प्रत्येक बर्ष आयोजना हुने समर बार्बेक्यु (बनभोज) कार्यक्रम, यस बर्ष पनि टोक्योको समुन्द्र नजिकैको हरियाली मनोरम दृष्यालोवकन संगै उत्कृष्ठ र गुणस्तरिय मासुको परिकार तथा विविध खेलकुद एवं मनोरञ्जनात्मक कार्यक्रमका साथ तपसिल मिति, समय र स्थानमा हार्दिक स्वागत गर्दछौं ।
गुणस्तरिय एवं उत्कृष्ट मासुको परिकारहरु
 बिफ (, BEEF)
लोकल ज्यो कारुवि-国産上カルビ-Kalbiहोरुमोन-ホルモン- Hormon
रोस्-ロース-Roast हारामि-ハラミ-Haramiबारा-バラ-Bara आदि

पोर्क (, PORK)
बुटा बारा-豚バラ-Pork Bara
बुटा रोस्-豚ロース-Pork Roast
स्पेरिवु-スペリブ- Spareribs

चिकन (チキン,CHICKEN
टेबासाकि-手羽先-Chicken Wing
सुनागिमो-砂肝-Sunagimo
रेबा-レバー-Liver
नानकोचु-軟骨-Nankotsu आदि
कार्यक्रमको बिस्तृत बिवरण
मिति : जुलाई १४, २०१३ (आईतबार)समय : विहान ११:०० बजे देखी, दिउसो १६:०० बजे सम्म
स्थान : तोरिचु युमेनो सिमा कोएन (गत बर्षको स्थान)
स्टेशन : सिन्किबा स्टेशनबाट १० मिनेट मात्र (सवओए युराकुच्यो लाईन, जेआर केईयो लाईन, जेआर रिन्काई लाईन)
प्रवेश शुल्क : ,००० एन (महिला) ,५०० एन (पुरुष)
(पेय पदार्थको भरिपुर ब्यबस्थापन सहित निर्धारित समयमै शुरुवात गरि अन्त गरिनुको साथै प्राविधिक कारण परिकारहरुको थपघट हुन सक्ने )
 अनुरोधकर्ता
संयोजकअनिल: ०९०-१२५४-१६४३, सहसंयोजकहरुकियोहिको: ०७०-५५९२-३५२७, राजकुमार : ०८०-४२९०-३१९९, सञ्जिब: ०८०-६५९६-३५९३,  थप सहयोग सम्पर्कको लागि
 बुद्धि: ०९०-३५०६-३४११, दिपक: ०९०-५४३५-८७८९, हेमन्त: ०९०-२९११-९६७८, लेलिन: ०८०-६५८६-५००३, गिरि: ०९०-६४६९-८१०५,
 अरुण: ०८०-६५६३-३७३२
, तिर्थ: ०८०-३५२२-५३४४, वकिल: ०९०-९९१५-२०४४, अमुल: ०८०-६५२०-७७५९,
दिपक: ०८०-५४८६-८५५३, राजु: ०८०-५४८३-८५५३, शशि: ०८०-‍५४६४-५५८०
प्राथी
अध्यक्षशरद कुमार: ०९०-२३१९-००२७

आयोजक
एनपिओ होजिन थकाली सेवा समिति, जापान

VENUE

 

Monday, June 3, 2013

सगरमाथा हिरक महोत्सब सहयोगीलाई नेपाली दुताबास टोक्योले सम्मान गर्यो ।

सरद डायरि । सोमबार, जेठ २०, २०७०
जापान स्थित नेपाली दुताबास टोक्योले सगरमाथा आरोहण गरेको ६०औं बर्ष पुगेको उपलक्ष्यमा सगरमाथा हिरक महोत्सव, २०१३ जुन १ र २ तारीखमा  भब्यताकासाथ सम्पन्न गरेको छ । उत्त कार्यक्रम सम्पन्न गर्न जापानमा रहेका संघसंस्था तथा बिभिन्न ब्यक्तित्वहरुबाट अहम भुमिका निर्वाह गरेको एवं थुप्रै सहयोग प्राप्त गरेकोमा खुशि ब्यक्त गर्दै उत्त अबसरमा नेपाली दुताबास टोक्योले सहयोगी महानुभावहहरुको लागि एक डिनर रिसेप्सन र स-सम्मान गरेको थियो ।
सोहि अबसरमा मलाई पनि उत्त सम्मान प्राप्त भएकोमा थप सामाजिक सेवा गर्न तथा नेपाल र नेपालीको बृहत्तर बिकाशको लागि शसक्त रुपमा अघि बढ्को लागि प्रेरणा मिलेको छ । महामहिम राजदुत डा. मदन कुमार भट्टराई लगायत दुताबास परिवारका साथै नेपाल देखी यस कार्यक्रममा पाल्नु भएका प्रमुख अतिथि एवं पर्यटन मन्त्री राम कुमार श्रेष्ठ दम्पतिलाई पनि हृदय देखी नै हार्दिक कृतज्ञता ज्ञापन गर्दछु ।

 
 

 
फोटो : ओकामोतो युको दिदि (उहा पनि सम्मानित हुनु भएको थियो )


Sunday, June 2, 2013

टोक्यो टावरमा दुईदिने सगरमाथा हिरक महोत्सव सम्पन्न

सरद डायरि । आईतबार, जेठ १९, २०७०

हिजो र आज टोक्यो स्थित चर्चित पर्यटन स्थल टोक्यो टावरको १ तला र ४ तलामा लगातार दुई दिन सम्म सगरमाथा हिरक महोत्सव तामझामका साथ सम्पन्न भयो । नेपाली दुताबासको आयोजनामा सम्पन्न यस कार्यक्रम निकै गुणात्मक तथा नेपाल  र नेपालीको बारेमा  धेरै जापानीहरुलाई प्रमोशन गर्ने सौभाग्य मिलेको थियो ।
दुबै दिन बिहान देखी बेलुका सम्मै हामि पनि सह-आयोजकको नाताले सहभागि जनाई सक्दो सहयोग समेत गरेका थियौ ।
शनिबारका दिन निकै ठुलो समुहमा प्रवतारोहि तथा थुप्रै नेपाललाई अधिक माया गर्ने थुप्रै जापानीहरुको उपस्थिति रहेता पनि आईतबारका दिन भने अलि पातलो उपस्थित रहेको थियो ।
तर दुबै दिन भब्यताका साथ सम्पन्न भएकोमा नेपाली दुताबास टोक्योलाई कोटि कोटि धन्यबाद छ ।
सोहि कार्यक्रमको केहि लिन्क र फोटोहरु जस्ताको तस्तै...

नेपालजापान-१
नेपालजापान-२
समुद्रपारि
अनलाईनखवर

एनआरएनजापान-१ 
एनआरएनजापान-२