Saturday, August 31, 2013

नेपालको “र बार्ज” को र्‍याप ब्याटल भिडियोहरु...

सरद डायरि । शनिबार, भदौ १५, २०७०
 
नेपालको  “र बार्ज” को र्‍याप ब्याटल एक दुई वटा भिडियो हेरुञ्जेल गौरव लाग्यो, ल है ! आजका ठिटाहरुले युरोपेली र अमेरिकी र्‍यापर भन्दा नि दरो गरेछन भनेर-
वयस्क केटोहरुले र्‍याप गरेकोसम्म ठीकै हो जस्तो लागेता पनि र्‍यापको नाममा तथानाम गालिगलौज, आमा र बाको गाली, गुप्ताङ्गको गाली समेत.. अब बढी के भनम्, आफै हेर्नुस र आफ्नो विचार व्यक्त गर्नुस-
विकृति कहाँसम्म बढेछ भने अब हेटौडाका १० वर्षमुनिकाले समेत छाडा गाली दिँदै र्‍याप हान्ने, अनि दर्शक छन् ४-५ वर्से अबोध बालकहरु! ल हेर्नुस् र्याप ब्याटल :

http://www.youtube.com/watch?feature=player_embedded&v=TbrglxgMm30

http://www.youtube.com/watch?v=LyBxbo-8VTg&feature=player_embedded

http://www.youtube.com/watch?v=pu1kMSIPSyE&feature=player_embedded

http://www.youtube.com/watch?v=cOaHVuveqMk&feature=player_embedded

http://www.youtube.com/watch?v=79LzmtbaTgg&feature=player_embedded

http://www.youtube.com/watch?v=_EaS7y99TnA&feature=player_embedded

http://www.youtube.com/watch?v=V7QC39Ibpo8&feature=player_embedded

http://www.youtube.com/watch?v=nDvc7s9FBA4&feature=player_embedded

Friday, August 30, 2013

एनआरएन जापानका निर्वाचन आयोग द्धारा मतदाताहरुलाई धन्यबाद ज्ञापन

सरद डायरि । शुक्रवार, भाद्र १४, २०७०
आज गैर-आवासीय नेपाली संघ जापानको निर्वाचन समितिको निर्देशन अनुरुप तपसिल समाचार बनाएर बिभिन्न मिडियाहरुमा प्रकाशीत गरे ।
जुन तलतिर जस्ताको तस्तै....
सपथ ग्रहण र बुझबुझारथ एक सार्बजनिक समारोहमा गरिने
एनआरएन जापानको आगामी कार्यकालका लागि नयाँ कार्यसमिति गठन गर्न गठित निर्बाचन कमिटीले पोष्टल भोटिङका आधारमा भएको निर्बाचनको बाँकी प्रक्रिया समयतालिकाअनुसार नै अगाडि बढिरहेको जनाएको छ ।
सो कमिटीले एक बिज्ञप्ती सार्बजनिक गर्दै निश्पक्ष, धाँधलीरहित र पूर्ण प्रजातान्त्रिक तवरले निर्बाचन सम्पन्न गरी नयाँ कार्यसमिति चयनको नतिजा घोषणा गर्न प्रतिबद्ध रहेको जनाएको छ।
निर्बाचन कमिटीले क्षेत्रिय समितिहरुले पठाएको प्रतिनिधि सदस्यहरुको कुल सँख्या ५८५ लाई मतदाता मानेर निर्बाचनमा सहभागि गराएको थियो। जसअनुसार सबै मतदातालाई मतपत्र पठाईसकिएको हुँदा सबै मतदाताहरुले मतदान गरी आ-आफ़्नो परिचय र ठेगाना खुल्ने आवश्यक प्रमाणका कागजात सहितको मतपत्र प्राप्त हुने कुरामा आफ़ु विश्वस्त रहेको निर्बाचन कमिटीले जनाएको छ
निर्बाचन कमिटीले पूर्व घोषित नियमावली तथा आचारसंहिता एवं बिभिन्न समयमा जारी गरिएको सूचना र समयतालिका अनुसारनै निर्बाचन सम्बन्धि सबै कार्यसम्पादन भईरहेको जनाएको छ।
निर्बाचन परिणामको घोषणा भने एनआरएन जापानको होमपेज र जापानका नेपाली मिडियाहरुमार्फत सार्बजनिक गरिने बताईएको छ ।
यसैगरी निर्बाचनको परिणामबाट नवनिर्वाचित कार्यकारी समितिको सपथग्रहण र बर-बुझारथ कार्यक्रम भने सेप्टेम्वर महिनाको उपयुक्त दिनमा सार्वजनिक समारोहको आयोजना गरि सम्पन्न गरिने कुरा पनि सो कमिटीले जनाएको छ ।
एनआरएन अभियानमा पहिलोचोटी पोष्टल भोटिङको नयाँ प्रयोग गरिएको बताउँदै सँस्थापक अध्यक्षसमेत रहनुभएका प्रमुख निर्बाचन आयुक्त राजन प्रधानाङ्गले यस अभियानमा भाग लिनुहुने आम मतदाता, सहयोगी तथा शुभचिन्तकहरुमा बिज्ञप्तीमार्फत हार्दिक धन्यबाद ज्ञापन गर्नुभएको छ ।

NRN
Samudrapri
Tokyonepal

नेपालजापान
वुईलभनेपाल
 

Wednesday, August 14, 2013

नवजात शिशु आर्या भट्टचनको शुभ-नवअन्न प्राशन कार्यक्रम

सरद डायरि । आईतबार, श्रावण ४, २०७१
प्रिय  भाई घनश्याम तथा सोनि भट्टचन विचको नवजात शिशु आर्या भट्टचनको शुभ‍-नवअन्नप्राशन कार्यक्रम, टोक्योको हामामाच्यो स्थित मन्दिर रेष्टुरेन्टको सभा हलमा थुप्रै पाउना एवं ईष्टमित्र विच विधि पुर्वक धुमधामका साथ सम्पन्न भयो । सो कार्यक्रममा नव शिशु आर्या भट्टचनको उत्तरो-त्तर प्रगति, सु-स्वास्थ दिर्घायुको कामना समेत गर्दै सबै उपस्थित महानुभावबाट आर्यालाई टिका ग्रहण, आर्सिर्वाद प्रदान, प्रितिभोज र विविध रमाईलो कार्यक्रम समेत गर्दै भब्य रुपले सम्पन्न गरियो ।
उक्त शुभकार्यका केहि झलकहरु...