Wednesday, November 20, 2013

संविधानसभा निर्वाचन

सरद डायरि । मंगलबार, मंसिर ४, २०७०
संविधानसभाका लागि आज बिहान ७ बजेदेखि देशभरिका १० हजार १३ वटा मतदान केन्द्रहरुमा एकसाथ मतदान शुरु भएको छ । देशभर १ करोड २१ लाख ४७ हजार ८ सय ६५ मतदाता रहेका छन् भने, यस दोस्रो संविधानसभामा निर्वाचित हुने प्रणालीबाट २ सय ४० र समानुपातिक प्रणालीबाट ३ सय ३५  र राजनितिक सहमतिका आधारमा मन्त्रीपरिषदबाट मनोनयन हुने २६ जनागरि ६०१ जना सदस्य हुने संवैधानिक ब्यबस्था रहेको छ । निर्वाचनमा प्रत्यक्षतर्फ १ सय २१ दलका ६ हजार १ सय २८ र समानुपातिक तर्फ १ सय २२ दलका १० हजार ७ सय ९ गरि जम्मा १६ हजार ८ सय ३७ जना उमेदवार प्रतिस्प्रधामा छन् ।
म संग संम्बन्धित जिल्लाको उमेदवारि बिवरण र बिगतको नतिजा सहित बिस्तृत बिवरण तल (साभार माई संसार) को ग्राफमा हेर्न सक्नुहुने छ । 
आछाम   अर्घाखाँचि  बाग्लुङ  बैतडी  बझाङ  बाजुरा  बाँके   बारा  बर्दिया  भोजपुर  चितवन  डडेलधुरा
 
जिल्ला: म्याग्दी
निर्वाचन क्षेत्रक्र.सं.उम्मेदवारको नामउमेरलिङ्गराजनैतिक दलको नाम / स्वतन्त्रचुनाव चिन्ह
नबराज शर्मा४४पुनेपाल कम्यूनिष्ट पार्टी (ए. मा. ले)सूर्य
लोकेन्द्र विष्ट मगर४८पुएकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)गोलाकारभित्र हँसिया हथौडा
लालकुमारी दमिनी (परियार)४०राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालगाई
खम बहादुर गर्वुजा (खमविर)४८पुनेपाली काँग्रेसरुख
दिल बहादुर श्रीपाली (दिलिप)३०पुनेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी)हँसिया र तारा
ताजमा बेगम३५सद्भावना पार्टीतीर
भिम प्रसाद गौचन७२पुराष्ट्रिय प्रजातन्त्र पार्टीहलो
इन्द्रध्वज बरुवाल३८पुमधेशी जनअधिकार फोरम, नेपाल(लोकतान्त्रिक)नमस्कार गरेको हात
गौरीशंकर चौधरी३५पुनेपाल परिवार दलसाँचो
१०टंक प्रसाद पुन४६पुराष्ट्रिय जनमुक्ति पार्टीघर
११छेम बहादुर बि.क.४०पुराष्ट्रिय जनमोर्चागिलास
१२डम्मर बहादुर बानिया६०पुअखण्ड नेपाल पार्टीध्वजा
१३यामकुमार किसान३०पुसङ्घीय समाजवादी पार्टी, नेपालगोलाकार भित्र छाता
१४योगेन्द्र बहादुर बानिया५५पुस्वतन्त्रस्कुटर
१५राम बहादु शाही५६पुस्वतन्त्रकारखाना
विगतको नतिजाः
1Myagdi1Govinda PaudelCommunist Party of Nepal (Maoists)M23102Elected
2Myagdi1Nar Devi PunCommunist Party of Nepal (UML)F14453
3Myagdi1Resham Bahadur BaniyaNepali CongressM7626

जिल्ला: मुस्तांग
निर्वाचन क्षेत्रक्र.सं.उम्मेदवारको नामउमेरलिङ्गराजनैतिक दलको नाम / स्वतन्त्रचुनाव चिन्ह
चन्द्रमोहन गौचन४६पुनेपाल कम्यूनिष्ट पार्टी (ए. मा. ले)सूर्य
ङुटुक गुरूङ४९पुएकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)गोलाकारभित्र हँसिया हथौडा
धोचिङ गुरूङ६१राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालगाई
रोमी गौचन थकाली५३पुनेपाली काँग्रेसरुख
सुवर्ण कुमारी हिराचन४९राष्ट्रिय प्रजातन्त्र पार्टीहलो
हिरामणी सुवेदी३५पुराष्ट्रिय जनमोर्चागिलास
प्रेम प्रसाद तुलाचन५२पुस्वतन्त्रताल्चा साँचो
विगतको नतिजाः
1Mustang1Chandra Bahadur GurungCommunist Party of Nepal (UML)M2456Elected
2Mustang1Sushil Man SherchanNepali CongressM2392
3Mustang1Satya Narayan SerchanCommunist Party of Nepal (Maoists)M989

Monday, November 18, 2013

मृगौला पिडित चित्र गौचनलाई थसेस जापानद्धारा सहयोग रकम हस्तान्तरण सहयोगिलाई धन्यबाद ।

सरद डायरि । सोमवार, मंसिर ३, २०७०
गत हप्ताको शुक्रवारमा हामिबाट बिरामिको लागि सहयोग संकलन गरिएको आर्थिक रकम बिवरण र सहयोगिदाताहरुको नामावलि बिवरण प्रकाशन गरियो, जुन तपसिल जस्ताको तस्तै बिस्तृत ब्यहोरा भएको र बिभिन्न अनलाईन मेडियामा संम्प्रेषण भएको सुचित गरिन्छ ।
 
थकाली सेवा समिति जापानले पोर्तुगलमा रहेका मृगौला रोगबाट पीडित चित्र प्रसाद गौचनको उपचारको लागि संकलन गरेको आर्थिक सहयोग हस्तान्तरण गरेको छ । समितिले केही महिना अगाडिदेखि सहयोग संकलन अभियान शुरू गरेको थियो ।
बाग्लुङ जिल्ला हिल गाविस वडा नं १ गल्कोट घर भई बिगत ५ वर्षदेखि पोर्तुगलको लिस्वोनमा बस्दै आएका २८ वर्षीय चित्र प्रसाद गौचनको दुवै मृगौला खराब भई बिगत तीन महिना अघिदेखि पोर्तुगलको करी काब्रो, लिस्वोन हस्पिटलमा उपचार गराइरहेका छन् । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार मृगौला फेर्न सकेमा मात्र उनको स्वास्थ्य राम्रो हुने भएको र सो को लागि ठूलो धनराशी आवश्यक पर्ने कारण नेपाल लगायत बिभिन्न मुलुकमा रहेका नेपालीहरुबाट सहयोग रकम संकलन भईरहेको थियो ।
पीडितको तर्फबाट उपचारको लागि पारिवारिक खर्चले मात्र धान्न नसक्ने अबस्था भएपछि जापानमा क्रियाशील संस्था थकाली सेवा समिति जापानलाई आर्थिक सहयोग रकम जुटाईदिन अनुरोध गरेको थियो । थसेस जापानका अध्यक्ष शरद कुमार गौचनका अनुसार थसेस जापानको समन्वयमा आर्थिक संकलन उपसमितिका संयोजकहरु, गिरि सेरचन, राजेश गौचन, महेश तुलाचन, रामु गौचन तथा अन्य थसेसका सदस्यहरुको बिशेष अग्रसरतामा रकम संकलन गरी विरामीको सहयोग संकलन एकाउन्टमा सबै रकम पठाईसकेको जनाईएको छ ।
साथै, सहयोगदाताहरुको नामावली संम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गर्दै यस अभियानमा संम्मिलित तमाम जापानबासी नेपालीहरु तथा जापानका संघसंस्था एवं अन्य सहयोगी महानुभावहरुलाई आर्थिक सहयोग गर्नु भएकोमा थकाली सेवा समिति जापानले हार्दिक धन्यवाद तथा आभार ब्यक्त गरेको छ ।
(सहयोगदाता र रकम येनमा)
(१) थकाली सेवा समिति, जापान : ३०,००० यन
(२) किरात याक्थुङ चुम्लुङ, जापान: २०,००० यन
(३) रमेश गौचन - ५०,००० यन
(४) हर्क बहादुर गौचन- ३०,००० यन
(५) सुरेश गौचन- ३०,००० यन
(६) राजेश गौचन- ३०,००० यन
(७) बुद्धि लाल खत्री- ५,००० यन
(८) टिका बहादुर खत्री- २,००० यन
(९) भविन्द्र बहादुर चोखाल- ३,००० यन
(१०) पारश खड्का- २,५०० यन
(११) बम बहादुर थापा - १,००० यन
(१२) शेख रहिम- १,००० यन
(१३) सिद्धार्थ श्रेष्ठ- ३,००० यन
(१४) अमर बस्नेत (गोविन्द)-१०,००० यन
(१५) गोवर्दन छन्त्याल (विकास)- १०,००० यन
(१६) श्याम गौचन (अन्जली)- ५,००० यन
(१७) लाल बहादुर कंडेल- २,१०० यन
(१८) महेश तुलाचन- ३०,००० यन
(१९) दिलिप गौचन - २,५०० यन
(२०) ईमोन शेरचन- २,५०० यन
(२१) सुकमाया शेरचन - ५,००० यन
(२२) जित प्रसाद शेरचन - ३,१०० यन
(२३) बिमल तुलाचन - ३,००० यन
(२४) झविन्द्र छन्त्याल - १०,००० यन
(२५) बिनोद छन्त्याल - ५,००० यन
(२६) चन्द्र पुन - ५,००० यन
(२७) दुर्गा गिरि - ५,००० यन
(२८) प्रकाश गुरुङ -१,००० यन
(२९) नन्द भुषाल - २,००० यन
(३०) राजेश कुमार - ४,००० यन
(३१) अशोक कुमार - २,१०० यन
(३२) उत्तम सिंङ - २,००० यन
(३३) जयप्रकाश सिंङ- २,००० यन
(३४) मोहम्मद सफ्दर अलि - २,१०० यन
(३५) अनिल भट्टचन-५,००० यन
(३६) दिपक गौचन- ५,००० यन
(३७) राजु शेरचन - ५,००० यन
(३८) घनश्याम भट्टचन - ३,००० यन
(३९) सन्जिव गौचन -५,००० यन
(४०) राजकुमार शेरचन - ३,००० यन
(४१) वकिल शेरचन - ३,००० यन
(४२) जिवन भट्टचन- २,००० यन
(४३) अरुण भट्टचन- ३,००० यन
(४४) केशव थापा-२,००० यन
(४५) राम, मञ्जिला गौचन- ५०,००० यन
(४६) सजना भट्टचन- ३०,००० यन
(४७) गिता गौचन- ३०,००० यन
(४८) देविना शेरचन- २०,००० यन
(४९) मिन, शान्ता गौचन- १०,००० यन
(५०) राजन गौचन- १०,००० यन
(५१) दिपक भट्टचन- १०,००० यन
(५२) मिन गुरुङ- ५,००० यन
(५३) बबि गौचन- ५,००० यन
(५४) दिपक बज्राचार्य- ५,००० यन
(५५) बिष्ट गुरुङ- ५,००० यन
(५६) बुद्धि गौचन- ५,००० यन
(५७) गोपि थापा- ५,००० यन
(५८) तिर्थ, प्रतिमा शेरचन- ५,००० यन
(५९) पार्वति केसी- ५,००० यन
(६०) सिद्धार्थ थापा- ३,००० यन
(६१) राजिव गौचन- २,००० यन
(६२) प्रेमिला गौचन- २,००० यन
(६३) अमुल गौचन- २,००० यन
(६४) सुरज शेरचन- २,००० यन
(६५) विनोद प्रधान- ५,००० यन
(६६) गिरि शेरचन- १२,००० यन
(६७) शरद कुमार गौचन- ११,१११ यन
जम्मा- ५९६०११(यनमा)
अनलाईन मेडियामा संम्प्रेषित समाचारहरु...
नेपालपोर्टुगल डटकम

सधन्यबाद सहित
 

Saturday, November 9, 2013

थसेस जापानद्धारा आयोजित दोस्रो मैत्रीपुर्ण भलिबल प्रतियोगिताको टाईसीट सार्वजनिक

सरद डायरि । शुक्रवार, कात्तिक २२, २०७०


थकाली सेवा समिति जापानले टोकियोमा हुन गइरहेको भलिवल प्रतियोगिताको टाईसीट सार्वजनिक गरेको छ ।
आगामी डिसेम्बर १ तारिक आईतबारका दिन हुन गइरहेको उक्त भलिवल प्रतियोगिताको टाईसीट, खेलमा सहभागी हुने टिमको प्रतिनिधीहरूको उपस्थितिमा सार्वजनिक गरेको हो ।
उक्त प्रतियोगिताको संयोजक लेलिन भट्टचनका अनुसार गोला प्रथाद्धारा तयार गरिएको टाईसीट बमोजिम "ए" खेल मैदानमा ६ टिम र "बि" खेल मैदानमा ७ टिमलाई एकैचोटि प्रतिस्पर्धा गराईने छ । "ए" खेल मैदानमा पाँचौ पटक  र "बि" खेल मैदानमा छैठौं पटक सहभागी टिमहरुले प्रतिस्पर्धा गर्नुपर्नेछ । निर्णायक खेलको रुपमा "ए" खेल मैदानको पहिलो टिम र "बि" खेल मैदानको पहिलो हुने टिमलाई फाईनल खेलको रुपमा प्रतिस्पर्धा गराई बिजयी घोषणा गरिनेछ ।
समाजका अध्यक्ष शरद कुमार गौचनका अनुसार सहभागीहरूलाइ निश्पक्ष, धाँधलीरहित तथा स्वच्छ प्रतिस्पर्धा गराउनको लागि एवं विवाद रहित प्रतियोगितालाई लक्षित गर्दै खेल हुने दिनमै प्रतियोगिताको निर्देशिका पनि सार्वजनिक गरिने बताउनु भएको छ । उक्त दिन भलिवल प्रतियोगिताको प्रमुख अतिथिका रुपमा जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराई तथा विशेष अतिथिका रुपमा टोकियो, नाकानो भलिवल एसोसिएसनका अध्यक्ष ईचिकावा मिनोरुको पनि उपस्थिति रहने जनाईएको छ । अध्यक्ष गौचनका अनुसार ठिक समयमा खेल शुरु गरिने भएकोले बिशेषगरी सहभागी टिमलाई अनिवार्य तोकिएको समयमा खेल मैदानमा उपस्थिति भई सहयोग पुर्याउन आब्हान गर्नुभएको छ ।
स्मरण रहोस उक्त दिन खेलको विचविचमा अन्य मनोरन्जनात्मक प्रस्तुतीहरू पनि देखाइने आयोजकले जनाएको छ ।

NEWS
समुद्रपारि डटकम
नेपालसन्देश डटकम
नेपालजापान डटकम


UPCOMMING EVENTS
डिसिनेपाल डटकम
वुईलभनेपाल डटकम

Friday, November 1, 2013

भलिबल प्रतियोगितामा १३ टिमले भाग लिने र टाईसीटको लागि गोलाप्रथामा भाग लिन आब्हान ।

सरद डायरि । शुक्रवार, कात्तिक १५, २०७०
दोस्रो मैत्रीपुर्ण भलिबल प्रतियोगितामा १३ टिमले भाग लिने गोलाप्रथामा उपस्थिति अनुरोध सहित तपसिल समाचार संम्प्रेषण ब्यबस्थापन सम्पन्न गरे ।
बिस्तृत तलतिर जस्ताको तस्तै....
भलिबल खेलको बिचबिचमा जापानी चिएर गर्लहरुको नृत्य प्रदर्शन हुनेछन
आगामी डिसेम्वर १ तारीख आईतबारका दिन टोकियोमा हुन गईरहेको दोस्रो मैत्रीपुर्ण भलिबल प्रतियोगितामा भाग लिनको लागि १३ टिमले आफ्नो नाम दर्ता गराएको कुरा आयोजक सँस्था थकाली सेवा समिति जापानले जनाएको छ।
सहभागिताको लागि तोकिएको अन्तिम नाम दर्ता मिति सम्ममा थुप्रै टिमले मनसाय ब्यक्त गरेता पनि प्रतियोगिता गर्न सकिने क्षमता र ब्यबस्थापनलाई मध्यनजर राखी बिधिबत रुपले १३ टिमलाई नाम दर्ता गराएको कुरा संयोजक लेलिन भट्टचनद्धारा जारि गरिएको बिज्ञप्तिमा जनाईएको छ।
बिज्ञप्तीका अनुसार, टोक्योको सागिनोमिया ताईकुकान (ईन्डोर खेल मैदान) मा जापानबासी नेपालीहरुबिच दोस्रो पटक हुन गईरहेको यस मैत्रीपूर्ण भलिबल प्रतियोगिताको टिम दर्ता प्रक्रिया समापन भईसकेको जानकारी गराउदैं प्रतियोगिताको लागि समयसिमा अघि नै निर्धारित टिमको दर्ता प्राप्त भएकोले दर्ता प्रक्रिया समाप्त गर्नुपरेको जनाईएको छ।
नाम दर्ता गराएका टिमहरुमा थकाली सेवा समिति, अन्तराष्ट्रिय नेपाली समाज, तमुधीं जापान, पुन युवा क्लव जापान,एभरेष्ट ईन्टरनेशनल स्कुल, नेपाल मगर संघ, गल्कोट समाज, जापान नेपाल युथ क्लव, म्याग्देली सञ्जाल, उई फर अल, गोल्डेन नेपाल युवा क्ल , कावासाकी युनाईटेड र नेपाली जनसम्पर्क समिति जापान गरी १३ टीम रहेका छन। प्रतियोगिताको बिजयी टिमलाई नगद १ लाख एन (१० मान) र दोस्रो हुने टिमलाई नगद ५० हजार एन (५ मान) ट्रफि, मेडल र प्रमाण-पत्र बितरण गरिनेछ।
त्यसै गरि सर्वोकृष्ट खेलाडि (एमभीपी) आदिको पुरस्कारहरुको पनि ब्यबस्था गरिएको जनाईएको छ। प्रतियोगिताको लागि नाम दर्ता हुन आएका टिमहरुबिच यहि आउदो नोभेम्वर ३ तारिख आईतबारका दिन ईकेबुकुरो स्थित मिराईकान डाईमेई ईन्डोर खेल मैदानमा गोला प्रथाद्धारा टाईसिट निर्धारण गरिने भएकोले उत्त गोला प्रथामा संम्बन्धित टिमका एक-एकजना प्रतिनिधिलाई उपस्थितिको लागि अनुरोध गरिएको छ।
प्रतिनिधिहरुको उपस्थिति नभएमा आयोजकको तर्फबाट निष्पक्ष ढंगले गोलाप्रथाद्धारा टाईसीट सार्वजनिक गरिने जनाईएको छ। आयोजक संस्थाका अध्यक्ष शरद कुमार गौचनका अनुसार यस भलिबल प्रतियोगिता, स्वर्गिय डा.योगेन तुलाचनको स्मृतिमा एवं मुस्ताङ्ग जिल्लामा हुन गईरहेको निशु:ल्क स्वास्थ शिविरको सहयोगार्थ रहेको बताउनुभएको छ। अध्यक्ष गौचनका अनुसार यस प्रतियोगिता पश्चात मुस्ताङ्ग जिल्लाको बिभिन्न क्षेत्रमा तिन दिने बृहत नि:शुल्क स्वास्थ शिविर सञ्चालन गरि ३,००० बढि स्थानियबासीलाई उपचार तथा औषधी बितरण गर्दै राहत प्रदान गरिने पनि जनाईएको छ।
साथै, यस प्रतियोगिताले जापानको मेशिनसरहको दिननचर्यालाई केहि हद भएपनि मनोरञ्जन प्रदान गर्न बिशेष प्रस्तुति सहित जापानमा पहिलो पटक प्रतियोगितामा चिआरलिडिङ्ग क्य्रु नामक चिआर गर्लहरुको पेशेवर सामुहिक खेलको बिचबिचमा नृत्यको प्रदर्शन गराईने प्रवन्ध मिलाईएको पनि जनाईएको छ। साथै जापानवासी नेपाली बिचको आपसी समझदारी, भाइचाराको भावना एवं नयां प्रतिभाहरुको चिनारी, अन्तरसंस्थाको बिचमा बिचारहरुका आदानप्रदान र परस्पर सम्बन्ध अझै मजबुत बनाउने अपेक्षा गरिएको पनि अध्यक्ष गौचनले बताउनु भएको छ।
बिदेशी भूमिको अत्यन्तै ब्यस्तता र अनेकौ समस्याका बावजुद पनि थसेस जापानले आयोजना गर्न गईरहेको यस “दोस्रो मैत्रीपूर्ण भलिबल प्रतियोगिता” लाई सफल बनाउन जापानबासी आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा आपसी सहयोग तथा सदभावनालाई ध्यानमा राखेर सहयोग गरिदिनुहुन र प्रतियोगितामा उपस्थिति जनाएर खेलाडिहरुलाई सहानुभुति एवं हौसला प्रदान गरिदिनुहुन पनि आयोजकहरुद्धारा हार्दिक अनुरोध गरिएको छ।
 
टोक्योनेपाल डटकम
 
वुईलभनेपाल डटकम
 
नेपालजापान डटकम
 
डिसिनेपाल डटकम
 
समुद्रपारि डटकम

नेपालसन्देश डटकम