Tuesday, May 27, 2014

भुकम्प जाँदा ख्याल गर्नुपर्ने कुराहरु

सरद डायरि । सोमबार, जेष्ठ १२, २०७१

गत मार्च महिनामा प्रकाशन भएको "भुकम्प जाँदा जोगिने उपायहरु" लिफ्लेट, नेपाली भाषाका अनुवादक र प्रकाशक (नेपाल जापान अनुसन्धान केन्द्र) नामक संस्थाले गरेको थियो ।  मेरो हितैषि मित्र भाईहरुको प्रकाशनमा म आवद्ध संस्थाले पनि यस प्रोजेक्टमा धेरथोर संलग्न हुन पाउने अवसर पाएकोमा खुशी ब्यक्त गर्दछु । साथै यस लिफ्लेट अनलाईनबाट डाउनलोड गर्न सकिने ब्यबस्थापन संगै कानागावा न्युजपेपरले यस कार्यको बारेमा समाचार छापेकोमा संम्बन्धितलाई हार्दिक बधाई तथा कोटिकोटि सलाम ।।।

भुकम्प जाँदा ख्याल गर्नुपर्ने कुराहरु
http://www.nepaljapan.com/bousai.pdf
神奈川新聞に私たちの取り組み[在日ネパール人のための地震対策マニュアル]紹介されています。

















भुकम्प तथा दैवि प्रकोपको बेलामा जापानबासी विदेशी केहि ब्यक्तिहरुले गरेका प्रशंसनीय कार्यको जानाकारिहरु

Monday, May 26, 2014

प्रिय भाईको शुभकार्य (स्वंयम्भर) सम्पन्न

सरद डायरि । आईतबार, जेष्ठ ११, २०७१
प्रिय मित्र  भाईको आज शुभ स्वंयम्भर कार्यक्रम, कावासाकि स्थित कावासाकि डाईसि नामक मन्दिरमा भब्यताकासाथ विधि पुर्वक सम्पन्न भयो । त्यस पश्चात सोल्टि डाईनिङ्ग कावासाकिमा टिका ग्रहण, आर्सिर्वाद प्रदान र प्रितिभोज सकेर वरको घरमा वधुलाई भित्य्राउने कार्य पनि भब्यरुपले सम्पन्न गरियो ।
उक्त शुभकार्यका केहि झलकहरु...


 
 



 

Tuesday, May 20, 2014

एमआरपि सम्बन्धि नयाँ सुचना प्राप्त

सरद डायरि । सोमबार, जेष्ठ ५, २०७१

आज टोक्यो स्थित नेपाली दुताबासबाट प्राप्त सुचना सहकर्मि मित्रहरुलाई सु-सुचित भयो ।


Dear President and all respected friends,
Namaste (HORCHE).
Please find the attached MRP notice.
Thank you.

Sincerely yours'
Sarad Kumar Gauchan
Patron of NPO Thasesa,Japan
---------------------------------------------------
NPO, Thakali Sewa Samiti
Tokyo,Japan

URL : 
www.thasesajapan.org
E-mail : thasesa@yahoo.com, skgauchan@hotmail.com

 
From: nepalembassy
To: skgauchan@hotmail.com
Subject: MRP Notice
Date: Tue, 19 May 2014 11:48:07 +0900


Dear Sarad Gauchan Jee,
Namaste.
          I have the honour to attach herewith the press release issued by the Embassy today.
With warm regards and respects.
Sincerely,
Tapas Adhikari
Deputy Chief of Mission
Embassy of Nepal,Tokyo 

Tuesday, May 13, 2014

कुचेष्टा निहेत र नैतिकताहिन जंगलीलाई के भन्नु र खै?

सरद  डायरि । बुधबार, बैशाख २९, २०७१
 
मौंका  ढोकेर चौका हान्ने निहेत त परो...खुरापातिहरुको धन्दा ...
 
@ "लगन पछिको पोटे" भन्या झै, महिनौं दिन पश्चात प्रश्न उठाउनेलाई के भन्नु र खै ?
@ सरल र बिस्तृत बिबरण सहितको उत्तर दिदा, ठुलो कुरा बनाईस् भन्नेलाई, के भन्नु र खै?
@ आफुले गरेको प्रश्नको अर्थ स्वयम आफैले नबुझ्नेलाई, के भन्नु र खै?
@ छलफल, बहस र तर्क संगत कुराबाट काँपेर.. मपाई , धम्कि र हैकमबाद लाद्न खोज्नेलाई, के भन्नु र खै?
@ ईमेल तथा सामाजिक सञ्जालको परिभाषा र महत्व नबुझ्नेले, दुईवटा नेपाली अक्षर टाईप गर्दैमा आकाशै टिपैझै गर्ने मुर्खलाई के भन्नु र खै?
 
के भन्नु र खै? के भन्नु र खै? ? के भन्नु र खै???
 
साथै, 
तपसिल विचार अति नै सान्दर्भिक लागेकोले उनैको भनाईलाई सापटि मागेर कोर्न मन लाग्यो ।
  समाज र राष्ट्र सेवा भनेको विना भिजन, गहिरो ईच्छा शक्ति बिना कुनै रंगशालामा गएर त्यत्तिकै कुर्लियर हुटिंग गरेजस्तो सजिलो छैन । आफु मैदानमा उत्रिदा खेल खेलेर देखाउन सक्नु पर्छ । आफु मैदानमा पर्दा क्षण भरमै स्याँ-स्याँ भयर भाग्न खोज्ने अनि दर्शक दीर्घामा गएर घाटी फुट्ने गरि अरुलाई गाली गर्ने नेपालको नेताहरुको जस्तो काइते प्रबृद्धि जोकसैले छोड्नु पर्छ । हैन भने मैदान छिरेपछि खेल अबधिभर अनुशासित भएर र डटेर खेलेर कुशल खेलाडी को परिचय दिन सक्नुपर्छ । चाहे हार होस् या जित । भागेर हुतिहारा बन्नेकी डटेर खेलेर कुसल खेलाडी त्यो आफ्नै विचार । यस्तै कुशल खेलाडीको अभाब मा तड्पीरहेछ आज हाम्रो समाज अनि देश...

Friday, May 2, 2014

एमआरपी संम्बन्धि सुचना

सरद डायरि । बिहिबार, बैशाख १८, २०७१

आज नेपाली दुतावास टोक्योबाट तपसिल सुचना प्राप्त भयो । हामी जापानबासी नेपालीको लागि आवश्यक र संम्बन्धित भएको कारण केहि सदस्यहरुलाई कमन मेल मार्फत सु-सुचित भयो ।
जुन तलतिर जस्ताको तस्तै....
केही समययता मेसिनले पढ्ने राहदानी (एमआरपी)को आवेदन गर्नेहरुले प्रयोग गरिरहेको राहदानी विभागको वेभसाइट www.dopmofa.gov.np मा हाल समस्या आएको हुँदा त्यहाँ संग्रहित विवरण विभागको पूर्ववर्ती रुप केन्द्रीय राहदानी कार्यालयको वेभसाइट www.cpo.gov.np मा समेत कायम रहेको जापानस्थित नेपाली दूताबासले जानकारी दिएको छ ।सूचनामा सो वेभसाइटमा राहदानी फारम भर्न वा डाउनलोड गर्न, फारम भर्ने जानकारी लिन, राहदानी फारम सही तरिकाले प्रिन्ट गर्ने जानकारी लिन, फोटोको मापदण्ड आदि समेत सबै जानकारी लिन सकिने उल्लेख छ ।
साथै राजदूताबासको वेभसाइटमा लिंक गरिएको राहदानी विभागको वेभसाइट समेत केही समयका लागि नखुलिरहेको सन्दर्भमा समेत केन्द्रीय राहदानी कार्यालयको वेभसाइटबाट राहदानी सम्बन्धी जानकारी यथावत रुपमा प्राप्त हुने जानकारी सबैमा गराइएको छ ।