Friday, January 24, 2014

निशुल्क स्वास्थ सिविर: २०७० फाल्गुण १६, १७ गते

सरद डायरि । बिहिबार, माघ ९, २०७०
गत बर्ष देखी नै आयोजना गर्ने भनिएको मुस्ताङ्ग जिल्लाको दुईदिने निशुल्क स्वास्थ सिविर अनन्त साईत जुरेको छ । थकाली सेवा समिति जापानको आयोजनामा स्वर्गिय डा. योगेन तुलाचनको स्मृतिमा हुने उत्त दुईदिने वृहत निशुल्क स्वास्थ सिविरको निमित्त टोक्यो जापानमा गत बर्षको डिसेम्वर १ तारीखका दिनमा  जापानी र नेपालीको बिच ऐतिहासिक रुपमा मैत्रीपुर्ण भलिबल प्रतियोगिता पनि सम्पन्न भईसकेको छ । सोहि कार्यक्रमबाट बचेको केहि रकममा थकाली सेवा समिति जापानले थपेर आउदो २०१४ फेब्रवरी २८ तारीख र मार्च १ तारीख, अर्थात वि.सं २०७० फागुन १६ गते (शुक्रवार) टुक्चे गाविस र १७ गते (शनिवार) ताग्लुङ गाविसमा आयोजना गरिने छ । आयोजित उत्त कार्यक्रमको पोष्टर लगायत विविध कार्यक्रम तर्जुमा भईसकेता पनि आज केहि झलक तलतिर राख्ने जमर्को गरिएको छ ।
 
नया परिमार्जित आयोजना हुने मिति र स्थान
१) २०१४ मार्च ३ तारीख  / २०७० फाल्गुण १९ गते (सोमवार) --- तुक्चे
२) २०१४ मार्च ५ तारीख / २०७० फाल्गुण २१ गते (बुधबार)--- ताग्लुंङ
 
 अनुमानित लागत र आयोजक तथा सहयोग विवरण
 
आयोजना हुने कार्यक्रम बिवरण (दुईदिने निशुल्क स्वास्थ सिविर)
 
 


जापानमा सम्पन्न श्रद्धाञ्जली कार्यक्रम

Tuesday, January 7, 2014

सहयात्री संस्थालाई हार्दिक बढाई ज्ञापनपत्र

सरद डायरि । मंगलबार, पौष २२, २०७०
 
हाम्रा सहयात्री संस्थाको गत सम्पन्न अधिवेशनबाट सर्वसम्मति निर्वाचित आम कार्यसमिति तथा सिङ्गो टिमलाई तपसिल हार्दिक बढाई ज्ञापन पत्र पत्राचार गरियो ।
साथै, बिगतको बढाई ज्ञापनपत्रहरु तपसिल जस्ताको तस्तै....
१) तमुधी जापान- २०११ जनवरि १५ तारिख,
२) मगर संघ जापान- २०११ जनवरि १५ तारिख
३) तामाङ समाज जापान-२०११ फेब्रवरि २८ तारिख
४) शेर्पा संघ जापान-२०११ मार्च १७ तारिख
५) नेपाल मगर संघ जापान- २०१२ जनवरि ५ तारिख
६) तमुधीं जापान - २०१२ जनवरि ५ तारिख
७) किरात याक्थुङ चुम्लुङ जापान- २०१२ सेप्टेम्वर २८ तारिख
८) तमुधीं जापान- २०१४ जनवरि ६ तारिख


मिति : जनवरि ०६, २०१४ (सोमबार)

 
श्रीमान, भीम गुरुङ्  ज्यु
अध्यक्ष, एनपीओ होजिन् तमु धीं जापान

 हार्दिक बढाई
सर्वप्रथम, अग्रेजी नयाँ बर्ष २०१४ को आगमन संगै  प्रत्येक बर्ष आयोजना हुदै आईरहेको गुरुङ् जातिहरुको महान पर्व ल्होसार (१८ औं ल्होसार), गत जनवरि २ तारिखमा भब्यरुपले सम्पन्न गर्नु भएकोमा हार्दिक शुभकामना टक्य्राउदछौं । 

जापानमा लामो समय देखि क्रियाशिल संगठनको रुपमा चीर परिचित तथा हाम्रा सहयात्री संस्था एनपीओ होजिन् तमु धीं जापानको अध्यक्ष जस्तो गरिमामय पदमा आगामि कार्यकालको लागि सर्वसम्मतिबाट निर्वाचित हाम्रा परम मित्र भीम गुरुङ् ज्यु र तपाईको नेतृत्वमा रहनु भएका सिंङ्गो  कार्यसमितिका टिमलाई हार्दिक बढाई ज्ञापन गर्न चाहान्छौं । 

तपाईको नेतृत्वमा गठित नयाँ कार्यकारिणी समितिको सम्पुर्ण कार्य अबधि सफलताको कामना संगै उत्तरो-त्तर प्रगतिको मंगलमय शुभकामना टक्य्राउदछौं, साथै तपाई र हाम्रो दुई संस्था बिचको रहि आएको सुमधुर संम्बन्ध अझै प्रगाढ एवं सुदृढ हुदै जाने बिश्वास समेत लिएका छौं ।
 
 
भवदिय,
शरद कुमार गौचन
अध्यक्ष, थकाली सेवा समिति जापान
जनवरि ६, २०१४ (सोमवार)

Sunday, January 5, 2014

स्व. विनोद गौचनको निधन प्रति भावपुर्ण समवेदना प्रकट

सरद डायरि । आईतबार, पौष २१, २०७०
हिजो मात्र नेपालमा दु:खद घडि आईपरेको समाचार प्राप्त भयो । यस दु:खद घडिमा दिवंगत आत्माको चिर शान्ति र शोकाकुल परिवार प्रति भावपुर्ण हार्दिक श्रद्धाञ्जली तपसिल ब्यक्त गरे ।
अनलाईन मेडियामा प्रकाशीत श्रद्धाञ्जलिका दुईशब्द तलतिर जस्ताको तस्तै....


थसेस जापानद्धारा लोकप्रिय गीतकार तथा साहित्यकार स्व. विनोद गौचनको निधन प्रति भावपुर्ण समवेदना प्रकट गरेको छ। मर्मस्पर्सी गीतका सर्जक तथा राष्ट्रिय कवि विनोद गौचनको जनवरि चार तारीख शनिबार, बिहानको ६:४५ बजे पोखराको गण्डकी अस्पतालमा उपचारको क्रममा असमायिक निधन भएको हो।
स्वर्गिय गौचनको निधन प्रति थकाली सेवा समिति जापानले गहिरो दुख ब्यक्त गर्दै मृतात्माको चिर शान्तिको कामना संगै भावपुर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। सो संस्थाको तर्फबाट अध्यक्ष शरद कुमार गौचनले एक शोक बिज्ञप्ती जारि गरि दिवंगत आत्माको चिरशान्तीको कामना गर्दै हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्नुका साथै शोकाकुल परिवारजनप्रति भावपुर्ण समवेदना प्रकट गर्नु भएको हो।
शोक बिज्ञप्तिमा अगाडि भनिएको छ, स्वर्गिय गौचनको निधनले नेपाली साहित्यिक तथा सांगितिक क्षेत्रमा महत्वपुर्ण भुमिका निर्वाह गर्नुहुने होनहार स्रष्टा गुमाउनु परेको र थकाली समाजमा मात्र सिमित नभई राष्ट्रलाई नै अपूरणीय क्षति पुगेको बताईएको छ। विसं २०१२ माघ १० गते पोखराको बागबजारमा जन्मेका गौचनका श्रीमति र एकछोरा सहित अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए। उनका ढुंगेसाँघुको मेलामा, पोखरामा फूल फुल्दैन, जस्ता कविताकृति प्रकाशित छन। त्यसैगरी पत्रपत्रिकामा कथा, कविता, गीत, गजल, लेख पनि प्रकाशित छन।
स्वर्गिय गौचनका जतिमाया लाएपनि , तगारोमा रुमाल राखी बाटो छेक्यौ तिम्ले, कस्तो ठाउँमा फुल्यौ तिमी, जस्ता गीत अति नै लोकप्रिय छन। थोरै तर गुणस्तरीय रचना गर्ने कवि गौचन कहिल्यै पनि सञ्चार माध्यम वा चर्चामा आउन चाहेनन। उनका लगभग तीन दर्जन गीत पनि रेकर्ड भएका छन। साहित्यकार सरुभक्तको समेत बालसखा रहेका गौचनले नाटकमा समेत अभिनय गरेका छन । सरुभक्तकै लेखन तथा निर्देशन रहेको नाटक डढेलोले खाएको वनमा अर्जुनजंग शाही, गौचन र सरुभक्तले एकसाथ अभिनय गरेका थिए।
उनको पहिलो रचना मनस्थिति शीर्षकको कथा विसं २०३५ मा मधुपर्कमा प्रकाशित भएको थियो, स्व.गौचनले विसं २०३९ र २०४४ मा नेपाल प्रज्ञाप्रतिष्ठानले आयोजना गरेको कविता महोत्सवमा तृतीय पुरस्कार प्राप्त गरेका थिए भने संरक्षण कविता आन्दोलनमा लागेका गौचनकै सक्रियतामा कास्कीको लुम्लेलाई कवितागाउँ घोषणा गरिएको थियो। सामाजसेवी स्वर्गिय गौचन पोखरेली युवा सांस्कृतिक परिवारका संस्थापक सदस्य तथा २०३८ सालमा उक्त संस्थाको अध्यक्ष समेत भएका थिए। एकान्तप्रेमी भावुक र आफ्नो दुःख अरूलाई नबताउने स्वभावका गौचनका ‘बिजुली हुँदासमेत उनी लालटिन बालेर सिर्जनामा घोत्लिने गर्दथे।
छातीको समस्या तथा पिसाबको खराबीबाट ग्रस्त गौचनलाई ५८ वर्षको उमेरमा पापी कालले टपक्क टिपेर लगेको छ। तिन महिना देखी थलिएका स्वर्गिय गौचन पाँच दिनदेखी उनको सघन उपचार कक्षमा उपचार भईरहेको थियो। स्वर्गिय गौचनको हिजो आईतबारका दिन श्रष्ट्रा, सर्जकहरु कलाकारहरु तथा शुभचिन्तकहरु एवं आफन्तजनहरुको बिच पोखराको रामघाटमा दाहसंस्कार भईसकेको छ।
http://www.welovenepal.com/?p=73189

http://www.nepalsandesh.com/2014/01/06/65553#.UspFPY3xvIU