Tuesday, February 18, 2014

थसेस केन्द्र (नेपाल) बाट आयोजित तारा गोल्डकप प्रतियोगिता

सरद डायरि । सोमवार, फाल्गुन ५, २०७०

आज, थकाली सेवा समिति केन्द्र(नेपाल) बाट आयोजना हुन गईरहेको तारा गोल्डकप प्रतियोगिताको नियमावलि लगायत विविध पत्रहरु औपचारिक रुपमा  प्राप्त भयो । साथै उत्त पत्रको ब्यहोरा सहित हाम्रो सहकर्मि संस्था नेपाल जापान सम्पर्क समितिबाट पनि केहि दिन अघि लिखित जानाकारि आएकोले प्रतिउत्तर पठाईसकेका थियौं ।
जेहोस, धेरै बर्षको अन्तरालमा केन्द्रबाट हामिलाई एक क्षेत्रको नाताले  यसरि पत्राचार हुदा खुशी र अन्यौल दुबैको समिश्रण भएको महशुष गरेको छु ।

 

Friday, February 14, 2014

नेजाससलाई पत्राचार

सरद डायरि । विहिवार, फाल्गुण १, २०७०

हाम्रो सहयात्री संस्था नेपाल जापान सम्पर्क समितिबाट विविध जानाकारि सहितको प्राप्त पत्रको प्रतिउत्तर तपसिल पठाईयो ।
तलतिर जस्ताको तस्तै.....

अध्यक्ष, श्रीमान पानस गौचन ज्यु
नेपाल जापान सम्पर्क समिति (नेपाल)
तथा
आम आदरणीय अग्रजज्युहरुमा,
हार्दिक नमस्कार (होर्छे) ।

उपरोक्त संम्बन्धमा त्यहाबाट प्राप्त पत्रको प्रतिउत्तर यसै मेलमा संलग्न गरिएको निवेदन गर्दछौं ।
कृपया दुई वटा फाईल (१पेज२ पेज) खोली पढिदिनुहुन हार्दिक अनुरोध गरिन्छ ।
यहाहरुको सधैब प्राप्त साथ र सहयोगको लागि हार्दिक धन्यबाद दिन चाहान्छौं ।


भवदिय,
शरद कुमार गौचन
अध्यक्ष, थकाली सेवा समिति जापान
फेब्रवरि १३, २०१४ (विहिवार)

पुनश्च : थसेस जापानले तोरन्ल्हको अबसरमा आउदो मार्च ३० तारीखमा अन्तरचन ताराखेल प्रतियोगिता र अप्रिल ६ तारीखमा १२ औं अधिवेशन तथा तोरन्ल्ह पार्टि को रुपमा  दुई दिने बृहत कार्यक्रम आयोजना  गर्न गईरहेको अबगत गराउदछौं ।

Friday, February 7, 2014

पाटनमा नेपाल र जापानका बालबालिकाको चित्रकला प्रदर्शनी कार्यक्रम हुने

सरद डायरि । विहिवार, माघ २३, २०७०

बिगत केहि अघि देखी जापानी संग गरिएको मेरो नितान्त ब्यक्तिगत प्रोजेक्टको बारेमा मेरो सहयात्री मित्रबन्धु तथा आम महानुभावहरुलाई तपसिल अबगत गराए ।



आदरणीय सम्पुर्ण अग्रज ज्युहरुमा,
हार्दिक नमस्कार (होर्छे) ।

जानाकारि सहित, तपसिल संम्बन्धित (नेपालमा हुनुहुने श्रद्धेय मित्रहरुलाई) सबैलाई अबगत गराईन्छ ।

नेपाल र जापानका बालबालिकाको चित्रकला प्रदर्शनी (एकहप्ते कार्यक्रम)
मिति: २०७० फाल्गुण ६ गते (मंगलबार)  / २०१४ फेब्रवरि १८ तारीख, पहिलो दिन बिशेष कार्यक्रम हुने
स्थान: सिंह आर्ट ग्यालरि, पाटन ईन्ड्रस्टियल स्टेट् लगनखेल, ललितपुर
समय : विहानको ९:०० बजे देखी 

माथी उल्लेखीत कार्यक्रम, पहिलो पटक नेपालमा जापानीहरुको समुहले बालचित्रकलाको माध्यमबाट नेपाल र जापानबिचको अन्तराष्ट्रिय सुमधुर संम्बन्ध, सहयोग, सदभाव तथा नेपालको बिकासलाई लक्षित गरि आयोजना गर्न लागेको बृहत कार्यक्रम हो ।
जापानबाट एनएचकेका पुर्व उपाध्यक्ष नागाई तायको को प्रतिनिधित्वमा दुई दर्जन बढि जापानीहरु यस कार्यक्रममा आउदै हुनुहुन्छ, यस प्रदशनीमा नेपाल र जापानका करिवन ३०० जना स्कुलका बालबालिकाले कोरेको चित्रकलाको प्रदशनी सहित, शिक्षा, बातावरण, सृजनात्मक कला शिक्षाको बारेमा कार्यशाला तथा गोष्ठिको पनि आयोजना हुने कार्यक्रम छ । मेरो समय नमिलेको उपस्थित जनाउन सकिन् ।

यहि कार्यक्रम नेपालमा सम्पन्न पश्चात जापानमा पनि मार्च १ देखी एक हप्ता हुने भएकोले म लगायत जापान स्थित नेपाली एम्बेसिले भाग लिने तय भएको छ ।
जेहोस, यो कार्यक्रम बिगत २००८ देखी चिन, थाईल्याण्ड, दक्षिण कोरिया, भारत र भेयतनाम हुदै यस बर्ष नेपाल हुन गईरहेको कार्यक्रम भएको अबगत गराउदछु । साथै बच्चाहरुले कोरेको चित्रकलाहरु सहित सम्पुर्ण कार्यक्रमलाई समेटेको पुस्तक पनि प्रकाशन हुदैछ, उत्त पुस्तकको अनुवाद तथा संम्पादनको लागि मलाई सौभाग्य मिलेको जानाकारि पनि गराउदछु ।
कृपा गरि, नेपालमा हुनुहुने आम महानुभावहरुलाई संम्भव भएमा यस कार्यक्रममा उपस्थित जनाएर सहयोग गर्नुहुन अनुरोध गर्दछु ।

यो मेरो जापानी साथीहरुको प्रयास र नितान्त ब्यक्तिगत कार्यक्रम भएको तथा थसेस जापान संग कुनै संम्बन्ध नरहेको भएपनि सबैलाई जानाकारि सहित अबगत गराउने अनुमति चाहान्छु ।


सधन्यबाद सहित,


भवदिय,
शरद कुमार गौचन
ताकामाचु टोक्यो, जापान
फेब्रवरि ७, २०१४ (शुक्रवार) / माघ २४, २०७०