Friday, March 28, 2014

२०१४ को तोरन्ल्ह तथा फागुपुर्णीमा पर्वमा थसेस जापानले धमाका मच्चाउने

सरद डायरि । विहिबार, चैत्र १२, २०७०
 
आज म आवद्ध संस्थाका सहयात्री मित्रबन्धुहरुलाई तपसिल सुचना सुचित गरे ।
जुन तलतिर जस्ताको तस्तै.............
 
आदरणीय बिशेष सल्लाहाकारज्युहरु, सल्लाहाकारज्युहरु तथा कार्य समितिका सहयात्री मित्रहरु एवं श्रद्धेय आम थकाली परिवारहरुमा, हार्दिक नमस्कार (होर्छे) ।
 
तपसिल मेडियाहरुमा, आउदो हाम्रो कार्यक्रमको समाचार संम्प्रेषण गरिएको निवेदन गरिन्छ । 
 
साथै, पर्सि ३० तारीकमा आयोजना हुन गईरहेको अन्तरचन ताराखेल प्रतियोगिताको बारेमा सम्बन्धित सबैलाई उपस्थितको लागि अनुरोध गर्दै फेरि यसपाली पनि मौसमले पानी पर्ने देखाएको छ । तर पुर्व तयारि अनुसार नै केन्द्रिय अध्यक्ष ज्युको प्रमुख आतिथ्यमा कार्यक्रम तय भएकोले कार्यक्रम गरिने जानाकारि गराईन्छ । अध्यक्ष भोली मात्र जापान आईपुग्ने तय भएको निवेदन गर्दै, पर्सि उपस्थित जनाउनुहुने सबै साथीहरुलाई समयमै उपस्थिति जनाएर सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।
 सबैलाई जानाकारि सहित, बिहानको १०:०० बजेसम्ममा तोचुका स्टेशनमा सबै भेटेर जाने गरिएकोले तोचुका स्टेशनमा आउनुहोला ।  सँगै जम्मा भएर गन्तब्यस्थल तिर लाग्ने छौं । त्यस स्टेशनमा हाम्रा मानार्थ सदस्य श्री मोचिजुकि कियोहिको ज्युले अन्य आवश्यक जानाकारि सहित यहाहरुलाई गाईड गर्नुहुनेछ । कृपया उहालाई सम्पर्क गर्न परेमा ०७०-५५९२-३५२७ / 070-5592-3527 नंम्बर भएको अबगत गराईन्छ ।
 
कार्यक्रम हुने स्थलको ठेगाना तथा अन्य विवरण
मिति : ३० मार्च २०१४ (आईतबार)
समय : बिहानको ११:०० बजे देखी १७:०० सम्म
स्थान : योकोहामासि तोचुकाकु सिमोकुराताच्यो 1627 / 横浜市戸塚区下倉田町1627
स्टेशन : तोचुका / 戸塚駅
प्रवेश शुल्क : ५,००० पुरूष  र २,००० महिला
ड्रेस : दौरा, सुरुवाल र टोपी (पुरुष) नोकनचोलो सेठ(महिला) - उपस्थित सबैले सक्दो लगाउनुहुन अनुरोध छ ।
अन्तरचन ताराखेल
तपसिल धापन (टिम प्रमुख) लाई पुर्व सम्पर्क गरि नाम लेखाई आफ्नो सिट सुरक्षित गर्नुहुन अनुरोध छ । औपचारिक खेल पश्चात सबै उपस्थिति जनाउनु भएका सम्पुर्ण महानुभावहरुलाई पनि ताराखेल्नको लागि ब्यबस्था मिलाईने नै छ ।
गौचन - बुद्धि गौचन, ०९०-३५०६-३४११ (रातो)
शेरचन - राज कुमार, ०८०-४२९०-३१९९ (सेतो)
तुलाचन - गोविन्द तुलाचन, ०८०-३२०६-७७१७ (हरियो)
भट्टचन - अनिल भट्टचन, ०९०-१२५४-१६४३ (कालो) 
 
र बिशेष, आउदो अप्रिल ६ तारिक आईतबारमा तोरन्ल्हको अबसरमा हुन गईरहेको १२ औं अधिवेशन तथा विविध सांस्कृतिक कार्यक्रम धुमधामका साथ मनाउने तयारि भएको छ । उत्त दिन सहभागि सम्पुर्णलाई हाम्रो विशेष चाड भएकोले पनि चिनो स्वरुप बिशेष सोभिनियर प्रदान गरिने संगै सेल रोटि र थकाली परिकारले सत्कार गर्दै केन्द्रिय अध्यक्षज्युबाट आन्तरिक प्रशिक्षणको कार्यक्रम पनि हुनेछ ।
तसर्थ सम्पुर्ण जापानबासी थकाली परिवारलाई अनिवार्य उपस्थितीको लागि हार्दिक बिनम्र अनुरोध गरिन्छ । साथै बेलुकामा होली धमाका पनि मच्चाईने नै छ, पुन जानाकारि सहित, प्रवेश शुल्क: पुरुष-५,००० महिला-४,००० (सहयोग स्वरुप) तोकिएको संम्बन्धित सबैको लागि अनुरोध गरिन्छ । धन्यबाद ।
 
मेल लामो हुन गएकोमा क्षमा प्राथी सहित,
 
भवदिय,
शरद कुमार गौचन
अध्यक्ष, थसेस जापान
मार्च २८, २०१४ (शुक्रवार)

Tuesday, March 18, 2014

जापानमा नेपाली बिध्यार्थीहरुको गम्भिर त्रुटि

सरद डायरि । सोमबार, चैत्र  ३, २०७०
जापानको सन्दर्भमा अति नै सान्दर्भिक तथा समसामयिक बिषयलाई समेटिएको लेख एवं जानाकारि नेपाली पत्रिकामा पढ्ने मौका मिल्यो उत्त ब्यहोरा संम्बन्धित सबैको सार्वजनिक हितको लागि कोर्ने कोशिश गर्दैछु । जुन तलतिर साभार गरिएको केहि अंशहरु...
 
चेतनाको कमीले जापानमा नेपाली बिध्यार्थीहरुले गम्भिर त्रुटि गर्दै
जापानमा अध्ययन गर्न जानु अघि नेपाली बिध्यार्थीले त्यहा उपलब्ध हुने प्रवेशाज्ञा (भिषा) का प्रकार र तिनका प्रयोजनका बारेमा बुझ्न जरुरि भएको कुरा सर्वविदितै छ ।
आजकाल नेपाली बिध्यार्थीहरुको राम्रो गन्तब्य स्थल बनिरहेको जापानमा एउटा विकराल समस्या आएको तथ्य सार्वजनिक भएको छ । बिध्यार्थी भिषामा जापानमा अध्ययन गर्दै गरेका बिध्यार्थीहरु अरुहरुको लहैलहैमा लागेर शरणार्थी भिषाको आवेदन क्रममा आफ्नो परिवारको भबिष्य बर्बाद बनाउन लागिरहेको खवरहरु आईरहेका छन् । एक प्रकारको हल्ला र ज्ञानको अभावको कारण यस्तो भईरहेको कुरा जापानमा रहेका जानाकारहरु बताउछन् ।
के हो शरणार्थी भिषा? कसरि यो भिषा प्राप्त गर्न सकिन्छ? किन बिध्यार्थीहरुले यो भिषा प्राप्त गर्न प्राय असंम्भव छ? यसबारे सबैले राम्रोसंग बुझ्नु जरुरि भएको पाईएको छ ।
आफ्नो देशमा गृह युद्ध वा राजनैतिक संकटका कारण ज्यानको सुरक्षाका लागि जापानमा बस्नुपर्ने भएमा वा अन्य त्यस्तै बिशेष कारणले मात्र शरण परेर शरणार्थीको रुपमा बस्नुपर्ने बाध्यता भएकाहरुलाई यहा बस्नको लागि दिईने भिषालाई शरणार्थी भिषा भनिन्छ र त्यस्ता पिडितहरुलाई मात्र यो भिषा दिईने गरिएको हुन्छ । उत्त भिषा दिनु अघि संम्बन्धित निकायबाट राम्रोसंग जाँचबुझ गरिन्छ । बिध्यार्थीहरुको हकमा यहा नेपालमा प्रयाप्त कमाई र कमाईको स्रोत भएका ब्यक्तिहरु जाने भएकाले उनीहरुको  "शरणार्थी भई बस्न पाउँ" भन्ने निवेदनले भिषा पाउन सक्दैन र यसरि झुँठा विवरण दिई गलत कार्य गर्नुहुदैन ।
आजभोलि केहि बिध्यार्थीहरुले जापानको संम्बन्धित स्कुलबाट भागेर त्यहाँको अध्यागमन कार्यालयमा शरणार्थी भिषाको लागि निवेदन दिने गर्दछन र अध्यागमनले मानव अधिकारको सम्मान गर्दै उत्त निवेदन स्वीकृत नहुन्जेलसम्म बस्नको लागि अस्थाई अनुमति पत्र दिने गर्दछ । अनि यही अस्थायी अनुमति पत्रलाई नै शरणार्थी भिषा संम्झेर नेपाली बिध्यार्थीहरुले गम्भीर त्रुटी गर्ने गरेका छन । उनीहरुको निवेदन अस्वीकृत भएपछि अध्यागमन बिभागले उनीहरुलाई नेपाल नै फर्काई दिने प्रावधान रहेको छ । यदि तपाईहरु पनि वा तपाईका सन्तानहरुले पनि यही गलत कार्य गर्दैछन् भने तुरुन्त रोक्नुहोस् । भविष्यलाई अन्धकार नबनाउनुहोस् । बिध्यार्थी भएर गएकाहरुले ज्ञान हासिल गरी आफ्नो र परिवारको भबिष्य उज्वल पार्नुपर्नेमा अल्प ज्ञान र अरुको लहैलहैमा लागेर वर्वाद हुनबाट जोगिनुहोस् ।
 
(साथै जापानमा अन्य कुनै पनि तवरबाट गए पछि शरणार्थी भएर बस्न पाईन्छ भनेर मानव तस्करहरुबाट ठगिनबाट पनि जोगिनुहोस् र संम्बन्धित निकाय तथा परामर्श सेवा एवं अध्यागमन बिभागमा बुझेर मात्र कदम चाल्नुहोस् ।)
 
साभार: कन्सल्टेन्सी प्रा.ली 
 

Thursday, March 13, 2014

ग्यास्ट्रिक के हो ? साथै यसबाट बच्ने उपायहरु ।

सरद डायरि । बुधबार, फागुन २८, २०७०
अधिकांश नेपालीहरुलाई दु:ख दिने रोग तथा हाम्रो चिर परिचित रोग, ग्यास्ट्रिकको बारेमा तपसिल बिवरण पढेर सचेत होऔं एवं  उपयोग गरौं । सक्दो धेरैलाई जानकारी शेयर गरि सबैले केही ज्ञान पाओस भन्ने लक्ष्यसहित तपाईलाई काम नलागे पनि तपाइको साथीलाई तथा आफन्तलाई कामलाग्न सक्छ ।
 
ग्यास्ट्रिक के हो ? यसबाट बंच्ने उपाय के होला ? जानिराखौ
================================

डा. हेमराज कोइराला

पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि लक्षणयुक्त समस्याको चिकित्सकीय नाम ग्यास्ट्राइटिस हो। छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्नु, पेट पोल्नु, भोक हराउनु, अम्लपित बढ्नु, मुख बिग्रिनु, पेट भारी हुनु, आपन वायु बढ्नु, रिंगटा लाग्नु, टाउको दुख्नु, पेट फुल्नु गयास्ट्रिकका लक्षण हुन्। त्यसैगरी ग्यास्ट्रिकमा वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउ-ढ्याउ आउनु, वान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, पेट हुडेल्ने, तौल कम हुने लक्षण देखिन्छ।
आमाशयका भित्तामा भएको इन्फ्लायिसन (सुन्निएर रातो तातो भएर दुख्ने समस्या) भने आमाशयका भित्ताको श्लेष्म झिल्ली च्यातिएर घाउ भएको अवस्थालाई भने ग्यास्ट्रिक अल्सर भनिन्छ। ग्यास्ट्रिकको प्रारम्भिक अवस्था हो भने अल्सर त्यसैको विकराल रूप हो।
ग्यास्ट्राइटिसलाई तीव्र तथा दीर्घ /जीर्ण गरेर दुई समूहमा बाँडिएको छ। तीव्र ग्यास्ट्राइटिस पेटका भित्ताहरूमा भएका कोषहरूका लागी हानी गर्ने पदार्थहरूको सेवनले गर्दा हुन्छ। यी पदार्थहरूमा, दुखाइ कम गर्ने औषधी (एस्पि्रन, बु्रफेन, निम्स, नेप्प्रोक्सिन) जस्ता औषधी, विषसेवन, मसला, खुर्सानी र नुन ज्यादा हालेको खानेकुरा, जाँड-रक्सी, कोकिनजस्ता मादकपदार्थ पर्दछ। आमाशयमा एच. पाइलोरिक लगायत अन्य ब्याक्ट्रेरिया, भाइरस, कृमि वा फंगसको संक्रमणले पनि हुने गर्छ।
जीर्ण ग्यास्ट्राइटिस रोग हाम्रो जीवनशैली खानपान, शैली मानसिकता र शरीरको प्रकृतिसँग जोडिएको छ। जथाभावी खानपानले पनि ग्यास्ट्रिक बढाउँछ।
अनियमित जीवनशैली जस्तै भोक लागेको बेलामा नखाने, भोकभन्दा ज्यादा खाने, खाना निश्चित समयमा नखाने, पचाउन कठिन हुने खाना खाएपछि तत्कालै सुत्ने र शारीरिक श्रम गरेलगत्तै खानेहरूमा यो रोग ज्यादा देखिएको छ। व्यस्तता र भागदौडले भरिएको जीवन ज्यूँनेहरू, मानसिक तनावको चपेटामा परेकाहरू, मनोरञ्जन नगर्नेहरू, भय, चिन्ता, शोक उदासिनता र अनिद्राका रोगी, शारीरिक श्रम वा व्यायाम नगर्नेहरू पनि यो रोगका सिकार हुन्छन्। लामो समयसम्म जँाड-रक्सी, चिया, कफी,कार्बनिक पेय कोक, पेप्सी आदि खानेहरूमा पनि यो रोग ज्यादा देखिएको छ। ग्यास्ट्राइटिस आत्मघाती प्रतिरक्षा प्रणालीको कारणले पनि यो रोग हुने गर्छ। यसैगरी पेटको अपरेसन कलेजो, मिर्गौला, फियो तथा आन्द्राका रोग, एचआइभी/एड्स र विशेष मानसिक रोगावस्थामा पनि देखा पर्छ।
जटिलताहरूः
- यो रोगको समयमा नै उपचार नभए ग्यास्ट्रिक अल्सर तथा क्यान्सर हुन सक्छ। अल्सर हुँदा बारम्बार रक्तस्रावले गर्दा रक्तअल्पताका समस्या देखा पर्छ। यसैगरी भिटामिन बी-१२ को अवशोषणमा चाहिने तत्वहरूको उत्पादन हुन नसक्दा परनिसियस रक्तअल्पता, स्नायु तथा नाडीहरूको क्षय, अन्ननली सुन्निनु, दम बड्ने, मुखमा घाउखटिरा आइरहने, आन्द्रामा घाउ हुने, खानाको पाचन र अवशोषण सुचारु नहुने र मल निष्कासनमा जटिलता आई कब्जियतका लक्षण देखा पर्न सक्छन।
Gastric-Ulcer-4-300x296
उपचारः
- ग्यास्ट्राइटिस धेरै कारणले हुने रोग हो। तीव्र ग्यास्ट्राइटिस समयमै उपचार हुन सके रोग जीर्ण हुनबाट बचाई यसका अन्य जोखिम निवारण गर्न सकिन्छ। तसर्थः चिकित्सकको निगरानीमा रोगको निदा तथा उपचार गर्नतिर लागौं। दीर्घ/जीर्ण ग्यास्ट्राइटिसको ठूलो हिस्सा जीवनशैलीसँग सम्बन्धित भएकाले जीवनशैली परिवर्तन गर्न नितान्त जरुरी छ। जीवनशैली परिवर्तन भनेको भोजन, व्यायाम, विश्राम, विचार र व्यवहारलाई स्वस्थमैत्री हुने गरी समायोजन गर्नु हो।
हानिकारक मानिएका खाना छाडेर रेसा र चोकरयुक्त खस्रामोटा खानेकुराहरू, साग-सब्जी, सलाद-फलफूल र अंकुरित अन्न, फलको रस, ताजा मोही, लस्सीको सेवन ग्यास्ट्राइटिसमा उपयोगी छ। त्यसैगरी फ्लेवेनाइडयुक्त पदार्थहरू जस्तैः स्याऊ, स्ट्रबेरी, मेवा, लसुन, प्याज, हिङ, जीराजस्ता खाद्य पदार्थलाई भोजनमा समावेश गरौं। पानी प्रशस्त पिउनुपर्छ, यसो गर्दा ग्यास्ट्रिक एसिडले आमाशयलाई हानी पुर्या उन पाउँदैन।
व्यायाम तथा प्राकृतिक उपचारः
१) अंग व्यायाम, रिढ व्यायाम, शिथिलीकरण व्यायाम, प्रातः भ्रमण, दौडिने, कुद्ने, योगाभ्यास, सूर्य नमस्कार जस्ता व्यायाम ग्यास्ट्राइटिसमा उपयोगी हुन्छन्।
२) बज्रासन, पवनमुक्ताशन, सर्वांङआसन, मत्स्यन्द्र, भुजंग, उदारकर्श र धनुराशन, ताडाशन, त्रियकताडाशन जस्ता आसनविधि, अनुलोमविलोम, शीतली, सित्करी, वामनासिका श्वासन जस्ता विधिले पनि यस रोगमा फाइदा पुर्यााउँछन्, तर रोगको अवस्था गम्भीर छ भने यी विधिहरू पालना गर्नुसट्टा चिकित्सकको परामर्श लिनुपर्छ।
३) जलनेती (नाकको सफाइ) कुन्जल (पेटको सफाइ), एनिमा (ठूलो आन्द्राको सफाइ), शंखप्रक्षालन (सम्पूर्ण पाचन प्रणालीको सफाइ) जस्ता उपचार पद्धतिले ग्यास्ट्राइटिस समनमा ठूलो सहयोग पुर्यापउँछ।
४) पेटको मालिस, माटोको पट्टी, ग्यास्ट्रो-हेपेटिकप्याक, नौली तथा गणेश क्रियाको अभ्यास, अकुपन्चर तथा अकुप्रेशर जस्ता उपचार विधिले पनि ग्यास्ट्राइटिसमा राम्रो गर्छ।
विश्राम व्यवस्थापनः
१) ग्यास्ट्राइटिस तनावपूर्ण जीवन ज्यूँनेहरूलाई डर चिन्ता, खिन्नता, उदासिनता र अनिद्राका रोगीलाई हुने रोग हो। तसर्थ, तनाव व्यवस्थापन ग्यास्ट्राइटिस निवारणको कडी हो।
२) शारीरिक तथा मानसिक रूपले विश्राम लिनका लागि योगासन, योगनिद्रा, माइन्ड साउन्ड टेक्निक, ध्यान विधिको अभ्यास गर्नुपर्छ। सकारात्मक चिन्तनलाई जीवनको अभिन्न अंग बनाउनुपर्छ । ३) सातामा एकपटक सम्पूर्ण शरीरको मालिस तेल अभ्यंग, बाष्पस्नान, सउना, फोहरा स्नान, तैरनु, पौडनु र प्राकृतिक दृश्यमा रम्ने बानी बसालौं।
सावधानीहरुः
१) माथि उल्लेख भएका जीवनशैलीमा बाँच्ने कोशिस गरौं।
२) दुखाइ कम गर्ने तथा अन्य दबाइहरू चिकित्सकको परामर्शमा मात्र लिने गरौं।
३) माथि बताइएका लक्षण देखा पर्न गए चिकित्सकसँग परामर्श लिऔं
४) ग्यास्ट्रिकको उपचार गर्दा चिकित्सकले दिएको औषधी पूर्ण रूपले खाने गरौं।
५) कलेजो, मिर्गौला, फियो र आन्द्राका रोग भएकाहरूले रोगको उपचारमा सावधानी अपनाऔं।
६) पेट तथा छातीको अपरेसन गर्दा ग्यास्ट्रिक हुने सम्भावना ज्यादा रहने भएकाले सावधानी अपनाऔं।
____________________________________
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!

श्रोत: सर्लाहि डटकम

 

Friday, March 7, 2014

थसेस जापानले एमआरपी सम्बन्धि कार्यक्रम आयोजना गर्ने ।

सरद डायरि । शुक्रवार, फाल्गुण २३, २०७०
 
हार्दिक नमस्कार (होर्छे) ।

नेपाल सरकार मार्फत एमआरपी(MRP)मेशिन रिडियवल पार्सपोर्ट, आउदो २०१५ साल नोभेम्वर २४ तारीख सम्ममा विदेश बसोबास गर्नु भएका तथा विदेश जान चाहने नेपाली नागरिकहरुले अनिवार्य रुपमा लिईसक्नुपर्ने प्रावधान रहेको एवं सुचना जारि भईसकेको जानाकारि नै छ । यध्यपि, अन्तराष्ट्रिय मापदण्ड अनुसार हस्तलिखीत राहदानी उत्त दिनपछि प्रयोग गर्न नपाउने कुरा पनि सबैलाई अबगत नै छ ।
यसै सिलसिलामा एमआरपी(MRP) राहदानीको लागि, रितपुर्वक भरेको फाराम तथा निश्चित फोटो साईज एवं आवश्यक कागजात विवरण पेश गरेर मात्र प्राप्त गर्न सकिने प्रावधान भएता पनि अधिकांश हामि जापानबासी नेपालीको लागि प्राविधिक कठिनाई तथा अन्य विविध समस्या झेल्नु परेको  वर्तमान परिस्थिति र अबस्थालाई मध्यनजर गर्दै थकाली सेवा समिति जापानले एमआरपी (MRP) संम्बन्धित वृहत जानाकारि गराउने कार्यक्रम गर्न गईरहेको छ । थकाली परिवार लगायत ईच्छुक सम्पुर्ण नेपालीहरुलाई हलको निश्चित जापानी समय भएकोले समयमै उपस्थिति जनाई यस सुवर्ण अवसरको फाईदा उठाउन हुन सादर अनुरोध गरिन्छ । 
 
एमआरपी सम्बन्धि कार्यक्रम हुने मिति, समय र  स्थानको विस्तृत बिवरण
 ---------------------------------------------------------------------------------------------------------------------------
मिति : २०१४ मार्च २३ तारीख (आईतबार)
समय : बेलुका १७:३० देखि १९:३० सम्म
स्थान : टोक्यो केन्को ल्पाजा, हाईजीआ ११ तला
     २-४४-१, काबुकिच्यो, सिन्जुकु-कु टोक्यो १६०-००२१ जापान
सम्पर्क नं : ०३-५२९१-५१७१ (हल)
 प्रस्तोता- उपनियोग प्रमुख श्री तापस अधिकारि, नेपाली दुतावास टोक्यो, जापान
 ---------------------------------------------------------------------------------------------------------------------------
Date : 23rd March 2014 (Sunday)
Time : 17:30 to 19:30 PM (Sharp)
Venue : Tokyo Kenko Plaza Hygeia 11F
     2-44-1, Kabukicho, Shinjuku-ku, Tokyo 〒160-0021
Telephone: 03-5291-5171 (hall)
Haijia 11th fl. Tokyo-To Kenko Plaza(in the Shinjuku Tabunka Kyousei Plaza)
Mr,Tapas Adhikari- Deputy chief of Mission, Embassy of Nepal in Tokyo Japan
 --------------------------------------------------------------------------------------------------------------------------- 
 
सधन्यबाद सहित,
 
भवदिय,
शरद कुमार गौचन
अध्यक्ष, थसेस जापान
मार्च ७, २०१४ (शुक्रवार)

Thursday, March 6, 2014

श्रद्धेय सम्पुर्ण मित्रन्धुलाई विविध तपसिल सुचना सु-सुचित

सरद डायरि । विहिबार, फाल्गुण २२, २०७०
म संग संम्बन्धित संस्थाका श्रद्धेय सम्पुर्ण मित्रन्धुलाई विविध तपसिल सुचना सु-सुचित  भयो ।

 (क) जापानतर्फ
(१) तारा खेल र १२ औं अधिवेशन तथा विविध सांस्कृतिक कार्यक्रमको बारेमा,
विगतमा जानाकारि गराईए अनुसार नै सवै कार्यक्रमको तयारि कार्य गर्नु भएकै होला । कृपया कोषाध्यक्ष वुद्धि गौचन जी संग समन्वय गरेर सबै कार्य तर्जुमा पुन अनुरोध छ ।
बिशेष गरेर,
@संयोजक हेमन्त जी र राजकुमार जी,
# दुबै कार्यक्रमको खानपिन तथा अन्य आवश्यक सम्पुर्ण ब्यबस्थापन कार्य तर्जुमा अनुरोध छ ।
 
@सहसंयोजकहरु दिपक जी र सन्तोषी जी,
# अप्रिल ६ को अधिवेशेनको दिनमा आयोजना हुने विविध सांस्कृतिक कार्यक्रमको सम्पुर्ण सेट् मिलाउनुहोला ।
* नव कलाकार तथा नया प्रतिभालाई विशेष समेटदै आर्कषित नया, नौलो कार्यक्रम गर्ने ।
* थकाली कला, संस्कृतीलाई मध्य नजर राख्दै अधिकतम थकाली गीत,नृत्य तथा संम्बन्धित विधिका नाटक आदि संलग्न गराउने ।
* सक्दो थकाली कलाकारहरुलाई समेटदै अन्य नेपाली कलाकारलाई पनि सहभागि गराउने ।
* गत वर्षकै जस्तै पहिलो आईटम थकाली गीत र थकाली नाच अनिवार्य राख्ने ।
* महासचिव राजु(डिजे) जी संग सल्लाह गरि आवश्यक नृत्य, गीतका ट्याक अन्य विविधको सम्पुर्ण तर्जुमा गर्ने ।
* माथी उल्लेख गर्न छुटपुट तथा अन्य आवश्यक सांगितिक सम्पुर्ण ब्यबस्थापन गर्ने ।
 
(२) नितेश तुलाचन ज्युको निवेदन संम्बन्धिमा,
विगतमा पनि जानाकारि गराईए अनुसार सहयोग तथा अनुसन्धान समितिका संयोजक तथा हाम्रा कोषाध्यक्ष वुद्धि गौचन जीले कार्य थालनी गर्दै सम्पुर्ण ब्यबस्थापन तथा तर्जुमा मिलाउनु भएको खवर प्राप्त भएको छ । साथै धेरै कुरा अगाडि बढीसकेको र पोजेटिभ प्रतिफल प्राप्त भएकोमा समाजको तर्फबाट खुशी ब्यक्त गर्दछौं । कृपया, संयोजक जी लगायत सदस्य साथीहरुले निरन्तरता दिनुहुदै समितिलाई अन्तिम प्रतिवेदन प्राप्त पश्चात पछि टुंगो लगाईने नै छ ।
यस पटकको कार्यले समाजले आर्थिक सहयोगमा मात्र सिमित नरहि अन्य विविध प्रत्यक्ष सहयोग झन अति आवश्यक र बहुमुल्य तथा दिगो हुने कुरा छर्लङ्ग प्रष्ट्याएको छ । भविष्यमा पनि यसै किसिमले अघि बढ्ने प्रतिबद्धता ब्यक्त गर्दछौं ।
 
(३)एमआरपी(MRP)को बिषयमा,
बैठकमा निर्णय भए अनुसार र हाम्रा सदस्यहरुको वा जापानबासी तमाम नेपालीहरुको धेरै खालका समस्या भएका कारण र यस बिषयलाई बिशेष मध्य नजर राख्दै बिगतमा जानाकारि गराईए अनुसार नै यहि आउदो मार्च २३ तारीख आईतवारका दिन बेलुका ५:३० बजे कार्यशाला गोष्ठि तर्जुमा गरिएको छ, नेपाली दुतावासको प्रत्यक्ष उपस्थितिमा एमआरपीको बारेमा बिस्तृत बिवरण उपलब्ध गराईने छ । एमआरपीको बारेमा नबुझेका कुराहरु, प्राविधिक कठिनाईहरु लगायत आवश्यक आधारभुत कुराहरु एवं विविध समस्या संगै हामि नेपाली नागरिकको हकमा दुतावासबाट प्राप्त गर्न सकिने आवश्यक नेपालको वैधानिक कागजातहरु जस्ता संम्बन्धित सबै खालका बिषयमा अबगत गराईने छ ।
आशा छ, यस कार्यक्रमले हाम्रो थकाली समुदाय लगायत तमाम नेपालीहरुको समस्याको सामाधान गर्नमा सहयोग पुर्याउने छ र कृपया सक्दो धेरै हाम्रा सदस्यहरु, साधारण सदस्यहरु तथा आम नेपालीहरुलाई उपस्थिति गराई मौकाको फाईदा उठाउनुहुन पनि अनुरोध गरिन्छ ।
बिस्तृत विवरण फेरि अर्को मेलमा जानाकारि गराईने छ ।
 
साथै, जानाकारि सहित केहि हाम्रा सदस्य तथा नेपालीहरुको एमआरपी फाराम भरिदिने कार्यलाई निरन्तरता दिई राखेको साथै दुतावाससंग समन्वय गरि विविध आवश्यक सहयोग गरि रहेको पनि अबगत गराउदछु ।
 
(४) अन्य विविध जानाकारि मात्र,
#निमन्त्रणा पत्र प्राप्त- शेर्पा संघ, प्रवाशी मञ्च जापान, नेपाल महोत्सव तयारि वैठक, बुद्ध जयन्ति आदि..
多言語医療問診票-ネパール語ができました。अब अस्पतालजाँदा नेपालीमा नै डक्युमेन्ट बुझाउन सकिन्छ ।
*PDF Downloadगर्नुहोस र रोगको लक्षणहरुमा चिनो लगाउनुहोस।
*संगै लेखिएको जापानी अक्षरले तपाईको बिरामीको अवस्था डाक्टरले बुझ्‍न सक्नेछ ।
*जापानमा बढदो नेपालीहरुको संख्या  संगै विविध किसिमका समस्याहरुलाई केहि हद सम्म भएपनि यसले समाधान गर्न सहज हुनेछ। 
*बिस्तृत बिवरण यो दायाको पेजमा हेर्नुहोला http://www.kifjp.org/medical/nepal/index.html
#हामिले स्पन्सर गरिएको बुकलेट स्याम्पल र ईभरेष्ट नेपाली बिध्यार्थीको अक्षय कोष सहयोग आदि यसै मेलमा संलग्न छ ।
 
(ख) नेपाल तर्फ
 (१) निशुल्क स्वास्थ सिविर,
म्याग्दि मुस्ताङ्गको बाटो बिग्रिएर सवारि साधन चल्न नसक्ने वर्तमान अबस्था र करिवन १ महिना बाटो बन्द हुने भएको कारण हाल स्थगित गरिएको छ । वाटो खुल्न साथ समय परिस्थिति र अनुकुल बातावरण हेरि पुन संचालन गरिने छ, सोहि अबसरमै छात्रवृति तथा सम्मान कार्य पनि गरिने छ  ।
 
(२) केन्द्रको अध्यक्षलाई १२ औं अधिवेशमा निमन्त्रणा,
सबै पत्राचार सहित केन्द्र अध्यक्ष, नेजासस अध्यक्ष संग प्रत्यक्ष वार्तालाप  र केन्द्रका अध्यक्षको छोरा मार्फत भिषा प्रोशेश भईराखेको छ, हाम्रो कोषाध्यक्षले समन्वय तथा सहयोग गर्नुभएको जानाकारि पनि गराउदछु ।
 
(३) नेपालमा पत्राचार गरिएको,
केन्द्रद्धारा आयोजित गोल्डकप ताराखेल, विरामि आर्थिक सहयोग, छात्रवृति सम्मान सहयोग आदिको पत्राचार तथा टेलीफोन वार्ता सहित सबै कुरा नेपालमा सु-सुचित गरिसकेको जानाकारि गराउदछु ।
 
भवदिय,
शरद कुमार गौचन
अध्यक्ष, थसेस जापान
मार्च ६, २०१४ (बिहिबार)

Monday, March 3, 2014

जापानको अस्पतालमा रोगको उपचार गर्न उपयोगी तथा सहयोगी विस्तृत विवरणहरु

सरद डायरि । आईतबार, फाल्गुण १८, २०७०
आज कानागावा प्रिफेक्चरको अन्तराष्ट्रिय फाउण्डेशनले तयार पारेको अति नै उपयोगी तथा आवश्यक तपसिल ब्यहोरा आफ्नो ब्लगमा कोर्ने जमर्को गरे ।
जुन जापानमा विरामी हुदा  वा जापानको  अस्पतालमा चिकित्सकलाई आफ्नो लक्षण वा समस्याहरु जापानी भाषामा बताएर उपचार गर्न सहयोगी तथा उपयोगी बिस्तृत रोगको बिवरण संम्बन्धित सबैको लागि राख्ने कोशिस गरेको छु ।
यो पेजमा पिडिएफ फाराम वा प्रस्तुत विवरणहरु स्वयम आफै प्रयोगकर्ता नै जिम्मेवारि पुर्ण ढंगले प्रयोग गर्न सक्नुहुनेछ, ब्लगरले कुनै पनि समस्या वा जवाफदेहि बहन गर्ने छैन ।





लक्षण वा शारिरिक बनावट अनुसार शब्दहरु खोजौं
आफ्नो शारिरिक अवस्था हेरी उपचार गर्न जाने बिभाग खोज्न सकिन्छ, यो निम्नतम आधारभुत साधारण जानाकारिको लागि हो, यस बाहेकका लक्षण वा नजानेको कुराहरु छन भने अनिवार्य रुपमा अस्पताल तथा संम्बन्धित निकायमा सम्पर्क गरौं ।

टाउको
どうしましたか-तपाईको समस्या के हो?
頭が痛い(あたまがいたい)-टाउको दुख्ने                                めまい-रिंगटा                   
吐き気(はきけ)-वाकवाक                                                         嘔吐(おうと)-वान्ता
耳鳴り(みみなり)-कान बज्ने                                                   肩こり(かたこり)-कुम दुख्ने
しびれ-जिउ झमझम गर्ने                                                           歩きにくい(あるきにくい)-हिड्न गाह्रो  
聞こえにくい(きこえにくい)-राम्ररि नसुनिने                             意識がなくなる(いしきがなくなる)-बेहोस हुने
物が見えにくい(ものがみえにくい)-राम्ररि नदेखिने               手足のふるえ(てあしのふるえ)-हातखुट्टा काम्ने
手足の動きが悪い(てあしのうごきがわるい)-हातखुट्टा राम्ररि नचल्ने

どこをぶつけましたか-कहाँ ठोक्किएको हो?
前頭部(ぜんとうぶ)-निधारपट्टि                                            後頭部(こうとうぶ)-थाप्लोपट्टि
右横(みぎよこ)-दाँयापट्टि                                                   左横(ひだりよこ)-बाँया पट्टि
交通事故(こうつうじこ)-सवारि दुर्घटना                          
                 
                    
どのような痛みますか(いたみますか)-कस्तो खालको दुख्छ? 
ズキンズキン-टनकटनक                    ガンガン-एकदमै      
キリキリ-‍झ्यामझ्याम                      チクチク-घोचेको जस्तो
ガーンと割れるように(がんとわれるように)-घनले हाने जस्तो 

何時が一番痛いですか(いつがいちばんいたい)-कति बेला सबभन्दा दुख्छ?
朝(あさ)-विहान                         昼(ひる)-दिउसो
夕方(ゆうがた)-साँझ                     一日中(いちにちじゅう)-एक दिनभरी
                                                                   
अनुहार
どうしましたか-तपाईको समस्या के हो?
右眼(みぎめ)-दाँया आँखा                     左眼(ひだりめ)-बायाँ आँखा
両眼(りょうめ)-दुवै आँखा                     涙が出る(なみだがでる)-आँसु बग्ने
痛い(いたい)-दुख्ने                        目やに(めやに) -पिप बग्ने
ゴロゴロする-आँखामा के पसे जस्तो हुनु             はれもの-सुन्निने 
見えにくい(みえ)-राम्ररि नदेखिने                まぶしい-प्रकाशले आँखा खाने
物が二重に見える-एउटा वस्तुलाई दुईवटा देखीने


महिला
どうしましたか-तपाईको समस्या के हो?
妊娠(にんしん)-गर्भवति                          月経の異常(げっけいのいじょう)-महिनावारिमा समस्या 
おりもの-योनिक स्राव                       下腹部が痛い(かふくぶがいたい)-तल्लो पेट दुख्ने   
ポリープ-पोलिप                            卵巣のう腫瘍(らんそうのうしゅよう)-डिम्ब समस्या
性器のかゆみ(せいき)-गुप्तांग चिलाउने            子宮筋腫(しきゅうきんしゅ)-पाठेघरमा मासु पलाएको   
がん検診(けんしん)-क्यान्सरको जाँच                 ふにんしょう-बाँझोपन    
貧血(ひんけつ)-रगत कम हुने               不正性器出血(ふせいせいきしゅっけつ)-गुप्तांगबाट रगत बग्ने
生理(せいり)-महिनावारि                      整理は順調(せいりはじゅんちょう)-सामान्य महिनावारि
閉経(へいけい)महिनावारि बन्द


今までにかかった病気はありますか-पहिले कुनै रोग लागेको छ?
胃腸の病気(いちょうのびょうき)-पेटको रोग                 肝臓の病気(かんぞうのびょうき)-कलेजोको रोग
心臓の病気(しんぞうのびょうき)-मुटुको रोग                腎臓の病気(じんぞうのびょうき)-मृगौलाको रोग
結核(けっかく)-क्षयरोग                                                  糖尿病(とうにょうびょう)-मधुमेह
喘息(ぜんそく)-दम                                                        高血圧症(こうけつあつしょう)-रक्तचाप
エイズ-एड्स                                                                    甲状腺の病気(こうじょうせんのびょうき)-गलगाण
性病(せいびょう)-यौन रोग


घाँटी
どうしましたか-तपाईको समस्या के हो?


पेट
どうしましたか-तपाईको समस्या के हो?

वालबालीका
どうしましたか-तपाईको समस्या के हो?
熱がある(ねつ)-ज्वरो छ                           のどが痛い(いたい)-घाँटि दुख्ने
せき-खोकि                               ひきつけをおこす- ऐठन हुनु
元気がない(げんき)-स्फुर्तिलो नहुने               機嫌が悪い(きげんがわるい)- रिसाउने
むくみ-सुन्निने                             頭が痛い(あたまがいたい)-टाउको दुख्ने     
お腹が痛い(おなかがいたい)-पेट दुख्ने              胸が痛い(むねがいたい)-छाति दुख्ने    
胃が痛い(いがいたい)-पकास्थली दुख्ने            嘔吐(おうと)-वान्ता गर्ने
食欲がない(しょくよく)-खान रुची नहुने              吐き気(はきけ)-वाक् वाक् लाग्ने      
下痢(げり)-पखाला                        血便(けつべん)-दिसामा रगत देखीने
ミルクの飲みが悪い(のみがわるい)-दुध राम्ररी नखाने
体重の増加不良(たいじゅうのぞうかふりょう)-तौल राम्ररि नबढ्ने  

どんな種類の薬が飲めますか(しゅるいのくすりのみます)-कस्तो औषधी खान सक्छ?
シロップ-झोल                              粉薬(こなぐすり)-धुलो    
錠剤またはカプセル(じょうざい)-ट्याबलेट वा क्यापसुल

出産の時の様子(しゅっさんのときのようす)-बच्चा पाँउदाको अवस्था
赤ちゃんの体重(あかちゃんのたいじゅう)-वच्चाको तौल               母親の年齢(ははおやのねんれい)-आमाको उमेर      正常分娩(せいじょうぶんべん)-सामान्य डेलिभरी                   異常分娩(いじょうぶんべん)-असामान्य डेलिभरी   
帝王切開(ていおうせっかい)-अप्रेशन गरेर पाउने

接種済み予防接種(せっしゅずみよぼうせっしゅ)-लगाईसकेको खोप
ヒブ-हिब                                    肺炎球菌(はいえんきゅうきん)-निमोनिया    
ポリオ-पोलियो                                三種混合(さんしゅこんごう)-डीपीटी   
四種混合(よんしゅこんごう)-डीपीटी आईपिभी             BCG-धनुष्टंकार   
麻しん・風しん混合(ましん・ふうしんこんごう)-दादुरा          水ぼうそう(みずぼうそう)-ठेउला     
おたふく風邪(かぜ)-हाँडे                           日本脳炎(にほんのうえん)-जापानी ईन्सेफलाईटिस
タウィルス-रोटा भाईरस    

今までにかかった病気はありますか-पहिले कुनै रोग लागेको छ?
風しん(ふうしん)-जर्मन मिजेल                      水ぼうそう(みずぼうそう)-ठेउला    
麻しん(ましん)-दादुरा                            喘息(ぜんそく)-दम    
おたふく風邪(おたふくかぜ)-हाँडे                       百日咳(ひゃくにちぜき)-लहरे खोकी           
虫垂炎(ちゅうすいえん)-एपेन्डिसाईटिस                    川崎病(かわさきびょう)-कावासाकी रोग
突発性発心(たっぱつせいほっしん)-दादुरा जस्तो फोका आउने     日本脳炎(にほんのうえん)-जापानी ईन्सेफलाईटिस
熱性けいれん(ねつせい)-ज्वरोमा काँप्ने
पुरा शरिर
どうしましたか-तपाईको समस्या के हो?


 सामान्य चिकित्सा -内科 (ないか)



शल्य चिकित्सा -外科 (げか)
 हाड जोर्नी -整形外科 (せいけいげか)
 न्युरोलोजी -脳神経外科 (のうしんけいげか)
 मानसिक बिभाग -精神科 (せいしんか)
 छाला रोग -皮膚科 (ひふか)
 वाल रोग -小児科 (しょうにか)
 महिला तथा प्रसुती -産婦人科 (さんふじんか)
 आँखा -眼科 (がんか)
 नाक-कान-घाँटी -耳鼻咽喉科 (じびいんこうか)
 दाँत -歯科 (しか)



 

Sunday, March 2, 2014

नेपाल र जापानका बालबालिकाको चित्रकला प्रदर्शनी (सप्ताहब्यापी कार्यक्रम)

सरद । शनिबार, फाल्गुण १७, २०७०
केहि महिना अघि देखी मलाई जिम्मेवारि प्राप्त यस नयाँ प्रोजेक्ट, जुन पहिलो पटक नेपालमा जापानीहरुको समुहले बालचित्रकलाको माध्यमबाट नेपाल र जापानबिचको अन्तराष्ट्रिय सुमधुर संम्बन्ध, सहयोग, सदभाव तथा नेपालको बिकाशलाई लक्षित गरि आयोजना गर्न लागेको बृहत कार्यक्रम थियो ।
नेपालमा पहिलो पटक संचालित यस नयाँ कार्यक्रमको आज भने जापानमा उदघाट्न गर्ने दिन भएकोले बिहानको ५:३० मै उठेर म बास बसेकै ओनसेन् र्योकानमा रिफ्रेस हुन र मुख धुन तिर लागे ।
म यो कार्यक्रमकै लागि हिजै टोक्यो देखी "आसामा सिन्कान्सेन" नामक बुलेट रेलमा नागानो प्रिफेक्चरको उयदासीमा आईपुगेको थिए । अति नै सत्कार सहित नागानोकेनको बेस्सो ओनसेन नामक ट्रेन स्टेशनमा आयोजक टोलीका कार्यकारि प्रमुख हायासि ज्यु सहित केहि महानुभावहरुले कार लिएर मलाई स्वागत गर्नुभयो । स्टेशनबाट ५ मिनेटकै स्थानमा रहेको नागानोकै  पुरानो ऐतिहासिक तथा चर्चित नामुद "हानाया" नामक बृहत ओनसेन् संगै राम्रो ब्यबस्थापन भएको र्योकानमा मेरो लागि कोठा लिईएको रहेछ । उत्त र्योकानमै नागानोकेनका मेयर सहित अन्य वरिष्ठ ब्यक्तित्वहरु र आयोजकका चार दर्जन बढि सदस्यहरुले मलाई बिशेष अतिथिको रुपमा सत्कार गर्दै स्वागत कार्यक्रम सहित डिनर रिसेप्सन संगै भरपुर रमाईयो । जापानीहरुको चलन चल्ति अनुसार निजिकाई, सान्जिकाई गर्दा  गर्दै आधा रात भएको पत्तै भएन्, यध्यपि अवेर संम्मको भलाकुसारि र वियर, साके तथा वुईस्किको चुस्कि लिदै रमाईलो गर्दै गर्दा बिहान मात्र बेडमा गएपनि सवेरै छिटै निन्द्राले छोडिहाल्यो ।

स्मरण रहोस, यस कार्यक्रम  नेपालमा गत,
मिति: २०७० फाल्गुण ६ गते (मंगलबार)  / २०१४ फेब्रवरि १८ तारीख, स्थान: सिंह आर्ट ग्यालरि, पाटन ईन्ड्रस्टियल स्टेट् लगनखेल, ललितपुर , समय : विहानको ९:०० बजे देखी 
सप्ताहब्यापि कार्यक्रम संम्पन्न गरे लगत्तै सबै आयोजक जापानीहरु नेपालबाट फर्केर आज जापानमा तदअनुसार मार्च १ तारीखमा उदघाट्न गरिएको थियो ।

जापानकै चर्चित मेडिया एनएचकेका पुर्व उपाध्यक्ष नागाई तायको को प्रतिनिधित्वमा तिन दर्जन बढि जापानीहरु यस कार्यक्रममा नेपाल गएर बृहत रुपमा सफलताका साथ भब्य कार्यक्रम सम्पन्न गर्नु भएको थियो । यस प्रदशनीमा नेपाल र जापानका करिवन ३०० जना बढि स्कुलका बालबालिकाले कोरेको चित्रकलाको प्रदशनी सहित, शिक्षा, बातावरण, सृजनात्मक कला शिक्षाको बारेमा कार्यशाला तथा गोष्ठिको पनि आयोजना भएको थियो । दुबै देशमा साप्ताहब्यापि प्रदशनी कार्यक्रममा चित्रकला कोर्ने बालबालिका तथा उनिहरुका अभिभावकलाई पनि उपस्थित गराएर सम्मान तथा प्रमाणपत्र पनि हस्तान्तरण गरि जापान र नेपालमा गरि २ हप्ता उस्ता उस्तै किसिमको कार्यक्रम सम्पन्न गरिएको थियो ।
नेपालमा मेरो उपस्थित हुन नसकेतापनि जापानको यस कार्यक्रममा नेपाल र नेपालीको तर्फबाट मेरो प्रतिनिधिमा बिशेष  आतिथ्य गर्दै नागानोको मेयर र अन्य थुप्रै वरिष्ठ ब्यक्तित्वहरु संग लाईन बसेर अतिथिको रुपमा सामुहिक रिवन काटेर उदघाट्न गर्न पाएकोमा गर्व गर्दै यस कार्यक्रम मेरो लागि अबिस्मरणीय हुनेछ ।
जेहोस, यो कार्यक्रम बिगत २००८ देखी चिन, थाईल्याण्ड, दक्षिण कोरिया, भारत र भेयतनाम हुदै यस बर्ष नेपालमा जापानीहरुको समुहद्धारा आयोजित यस कार्यक्रम भएकोले भविष्यमा पनि नेपालमा निरन्तरताको लागि पहल गर्ने बिचार पनि गरेको छु । साथै बालबालिकाले कोरेको चित्रकलाहरु सहित सम्पुर्ण कार्यक्रमलाई समेटेको पुस्तिका पनि प्रकाशन गरिएको र  उत्त पुस्तकको सम्पुर्ण अनुवाद तथा संम्पादनको लागि पनि मलाई सौभाग्य मिलेको पनि ज्यादै हर्षित हुदै खुशि प्रकट गर्दछु ।
 
तलतिर जापानमा सम्पन्न कार्यक्रमको केहि झलकहरु....