Thursday, July 31, 2014

थसेस जापानको मैत्रीपुर्ण भलिबल प्रतियोगिता स्थगित

सरद डायरि । विहिबार, श्रावण १५, २०७१
थससे जापानको अध्यक्षबाट अनुरोध आएबमोजिम  तपसिल समाचार संम्प्रेषण गरे, बिभिन्न मेडियामा एकै प्रकारको ब्यहोरा प्रकाशानार्थ अनुरोध गरिएता पनि केहि संम्सोधन गरि प्रकाशन भएको रहेछ ।
थकाली सेवा समिति जापानले वर्षेनी आयोजना गर्दैआईरहेको मैत्रीपूर्ण भलिबल प्रतियोगिता यस बर्षदेखि स्थगित गर्ने घोषणा गरेको छ । उक्त कुरा सो संस्थाका अध्यक्ष बुद्धि गौचनले एक बिज्ञप्ती प्रकाशित गरी जनाउनुभएको हो ।
बिज्ञप्तीमा, जापानमा एउटै प्रकृतिको कार्यक्रम गर्ने होडबाजी बढ्दै गईरहेको र संघसंस्थाहरुबिच एकै दिनमा कार्यक्रम जुध्ने  गरेकोले पनि उक्त प्रतियोगिता स्थगित गर्नुपरेको जनाईएको छ । संस्थाहरु बिच हातेमालो, आपसी भाईचारा तथा सहकार्यको विकास हुनुपर्नेमा प्रतिस्पर्धात्मक तरिकाले एकै खालका कार्यक्रम एकै दिनमा आयोजना हुने स्थिति बढ्ने देखिकोले भविष्यमा अझ अस्वस्थ प्रतिस्पर्धा एवं असहज स्थिति नआओस भन्ने हेतुले संयमता अपनाई स्थगित गरिएको जनाइएको छ ।
जापानबासी नेपालीहरुको चाहना, आवश्यकता, अवस्था र समयानुकुल हेरि पुन: नौलो प्रकृतिको कार्यक्रम लिएर थसेस जापान उपस्थिति हुने कुरा पनि बिज्ञप्तीमा जनाईएको छ ।
यस मैत्रीपूर्ण भलिबल प्रतियोगिता स्थगित गर्नुपरेकोमा दु:ख ब्यक्त गर्दै यसबाट पर्न गएको असुबिधाका लागि आम नेपाली, जापानी, शुभचिन्तक, विशेषगरी खेलाडिहरु एवं खेलप्रेमी सम्बन्धित सबैप्रति थसेस जापान हार्दिक क्षमायाचना गर्दछ ।
बिज्ञप्तीमा उल्लेख छ  ।
स्मरण रहोस, थसेस जापानले हरेक वर्षको शरद याममा भलिवल प्रतियोगिताको आय़ोजना गर्दै आइरहेको थियो र उक्त प्रतियोगितामा उत्साहजनक सहभागिता र रौनकता रहंदै आएको थियो । यसैगरी आफ़्नो महान पर्व फ़ागुपूर्णिमाको अवसरमा नियमित आयोजना गर्दै आएको  सांगीतिक कार्यक्रम शुभकामना सांझ पनि थसेस जापानले तत्कालको लागि स्थगित गरिसकेको छ ।

Monday, July 28, 2014

बैठक,विच पार्टि र ओपनिङ्ग पार्टि

सरद डायरि । आईतबार, श्रावण ११, २०७१
हाम्रो संस्था थसेस जापानको सहयात्री संस्था तामाङ सेवा समिति जापानले आयोजना गरेको आउटडोर (विच पार्टि) कार्यक्रममा अध्यक्ष र मानार्थ सदस्य संगै सहभागि जनाईयो ।
त्यस पश्चात हाम्रै संस्थाको गत हप्ता २० तारिख आईतबारमा सम्पन्न समर वार्वेक्यु २०१४ को समिक्षा तथा आयब्यय प्रतिवेदन बैठक एवं हितैषि मित्र ज्युको थकाली भान्साघरको ओपनिङ्ग पार्टिमा निमन्त्रणा आएकोले सोहि ठाउकै पार्टिमा पनि सहभागि जनाई रमाईलो गरियो । संम्बन्धित झलकहरु..
 
 
 

 

 

Monday, July 21, 2014

थसेस जापानको वार्वेक्यु कार्यक्रम २०१४

सरद डायरि । आईतबार, श्रावण ४, २०७१
थकाली सेवा समिति जापानको २०१४ सालमा आयोजित वार्वेक्यु (बनभोज) कार्यक्रमका केहि झलकहरु

धन्यबाद ज्ञापन बिज्ञप्ति (थसेस जापान फेसवुक)
थसेस जापानको समर बार्बेक्युको सम्पूर्ण तयारी पुरा (वुईलभनेपाल डटकम)
थसेस जापानको समर बार्बेक्युको सम्पूर्ण तयारी पुरा (नेपालजापान डटकम)
थसेस जापानको समर बार्बेक्युको सम्पूर्ण तयारी पुरा (मिटेरिजापान डटकम)


















 

Friday, July 18, 2014

उरुतोरामान् हिरोको संम्झना

सरद डायरि । शुक्रवार, श्रावण २, २०७१
विगत केहि बर्ष अघि देखी मेरो अफिस सुरु हुने समयमा आफ्नै अफिस विल्डिङको अगाडिको बाटोमा बिहानपख सधै एउटा अनौठो भेषमा खँटिएका ब्यक्ति देख्दथे । उनि पुरूष, महिला तथा कस्ता ब्यक्तित्व हुन भन्ने पुर्ण जानाकारि नभएपनि उनको कार्यले भने महान हिरो भएको सहजै ठम्याउन सक्दथे ।
उनको भेष जापानका बालबालिका जो कसैले हिरोको रुपमा चिन्ने र चिनाउने उरुतोरामान् (हिरो क्यारक्टरका ब्यक्तित्व) को हो । सधै सोहि भुषामा उनि मेरो अफिस समय शुरु हुनु अगाडि करिवन विहानको ठिक ८:३० तिर घाम पानी, जाडो गर्मि नभनिकन प्रत्येक दिन बाटोको फोहोर मैला ठुलो प्लास्टिक कागजमा बटुल्दै हिड्थे । जो जस्ले जे भने पनि र जस्तो नजरले हेरे पनि उनले कसैलाई केहि नभनि मेसिन सहर आफ्नो  कार्य सम्पन्न गरि त्यहाबाट कता हो कता.. पलाएन हुन्थे ।
आज मैले उनै उरुतोरामान् हिरोलाई संम्झदै मेरो जापानमा हातमुख जोड्ने जापानको थलोको फोटो मार्फत जानाकारि गराउन चाहे ।
बाकि फोटो आफै बोल्नेछ...

 उनै हिरो उरुतोरामान् सदा झै आफ्नो कार्य गर्दै
 हिरो उरुतोरामान् बाटो सफा गर्दै
 हिरो उरुतोरामान् सदा झै फोहोर उठाउदै
 हातमुख जोड्ने थलोको बाहिर (पछाडि) को भाग
 प्रवेशद्धार 
३५ वर्षको गरुंङ्गो भारि छिटै बिसाउने श्रोतको (अगाडिको भाग)  
एलेवेटर मार्फत १६ तलाको आफ्नो हातमुख जोड्ने थलो तिर जादै

 

Summer Breeze Night at Nakano

सरद डायरि । बिहिबार, श्रावण १, २०७१
 
आज मेरो अफिस नजिकै एनिक (नाकानो अन्तराष्ट्रिय कमिनिकेशन सेन्टर) को आयोजनामा युउसुजुमि काई (समर ब्रिज नाईट) नामक कार्यक्रममा सहभागि जनाए ।
उत्त कार्यक्रममा ४० महिला र ३० पुरूषले युकाता (गर्मिको पर्वमा लगाउने लुगा) लगाएर जापानको गर्मियाम पर्वसंग रमाउदै कमिनेकेशन गर्ने र मनाउने महोत्सव थियो त्यो ।  जापानको गर्मि महिनाको पर्वमा खेलिने खेल, खाकि कोओरि (थरिथरिको गुलियो सस् राखेको आईस) खाने र खेलमा बिजयी भएमा बिभिन्न प्रकारका पुरस्कार सहित ६ वटा गेम सबै सम्पन्न गरेमा बिशेष प्रकारको पुरस्कार पनि पाईने रहेछ । साथै, ओकिनावा देखी आगमन प्रख्यात म्युजिक ग्रुपहरुको (मिन्यो, निनुफा बोसि नामक) स्टेज सांस्कृतिक कार्यक्रम र उनिहरु संगै नाचगान तथा खानपिनको ब्यस्थताले ३ घण्टा वितेको पत्तै नै पाईएनछ ।  स्वदेशका ३ जना मित्र भाईबहिनी हरुसंग पन चिनापर्चि एवं भलाई कुसारि गर्न पाउदा ज्यादै खुशी लाग्यो ।
उत्त कार्यक्रमको केहि झलक तलतिर...