Wednesday, August 20, 2014

समिपको जन्मदिन रक्षा नेपालमा

सरद डायरि । मंगलबार, भाद्र ३, २०७१

गत हप्ता अगष्ट १९ तारिख मंगलबारका दिनमा थकाली सेवा समिति जापानका संरक्षक तथा निवर्तमान अध्यक्ष शरद कुमार गौचनले आफ्नो पुत्रको शुभजन्मोत्सवको उपलक्ष्यमा रक्षा नेपालका तिस जना बालबालिकालाई कापी, कलम, किटाब, ज्यामित्रि बक्स र अन्य सामाग्रीको हस्तान्तरण सँगै एकदिने खाजा खुवाउने कार्य रक्षा नेपालकै आश्रलयमा भब्यता साथ सम्पन्न गरेको बताउनु भएको छ ।
जस अनुसार, काठमाडौंको लैनचौरमा प्रधान कार्यालय रहेको रक्षा नेपालको आश्रलयमा यौनजन्य हिंसा एवं बाध्यात्मक देहव्यापारबाट प्रभावित आमाद्धारा जन्मिएका दुई देखि बाह्र बर्षसम्मका तिस जना बालबालिकाहरु संगै बसेर एकदिने सुभजन्मोत्सव मनाईएको हो । रक्षा नेपालका बालबालिका हरुले एकएक गरि आफ्नो परिचय दिदै भ्रमण टोलीलाई स्वागत गित गाएर सम्मान गर्दै कार्यक्रम शुभआराम्भ भएको थियो । त्यस पश्चात, रक्षा नेपालका अध्यक्ष थापा सहितको टोलीले शुभ-जन्मोत्सवका समिप गौचन तथा सखिम गौचनलाई पुष्पगुच्छा, खाँदा तथा संस्थाको टोकन लगाएर भ्रमण टोलीलाई स्वागत गर्नुभएको थियो । उत्त अबसरमा बालबालीकाहरुले नृत्य प्रदशन गरेर मनोरञ्जन पनि दिलाएका थिए ।
भ्रमण टोलीको तर्फबाट शरद कुमार गौचनले आफ्नो पु्त्रको जन्मोत्सवको उपलक्ष्यमा रक्षा नेपालमा आश्रय लिइरहेका बालबालिकाहरुलाई सानो सदभाव सहितको सहयोग गर्न पाएकोमा खुशी ब्यक्त गर्दै र छोटो समय भएपनि बालबालीका संग अविस्मरणीय क्षण रहेको बताउनु हुदै रक्षा नेपालकी अध्यक्ष थापाले गर्दै आउनु भएको सेवा मुलक एवं पुण्य कार्यको अन्तरआत्मा देखी नै प्रसंशा गर्नुभएको थियो ।साथै गत महिनामा सम्पन्न ”बिश्व तेक्वान्दो कल्चरल एक्सफो-२०१४ ” मा रक्षा नेपालका बालबालिकाले तेक्वान्दो खेलमा उत्कृष्ट खेल प्रदशन गर्नु भएकोमा हार्दिक बढाई ज्ञापन गर्दै,आगामी दिनमा पनि सफलताको शुभकामना पनि दिनु भएको थियो ।
त्यसैगरि रक्षा नेपालका अध्यक्ष मेनुका थापाले आफ्नो संस्थालाई गत महिनामा आयोजित विश्व तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाउन समेत जापानबाट धेरै आर्थिक सहयोग उपलब्ध भएको र रक्षा नेपालको संचालन तथा ब्यबस्थापनमा अधिकतम जापानबाट र अन्य विदेशमा रहनु भएका नेपालीबाट नै बिशेष सहयोग हुदै आएको बताउनुहुदै भविष्यमा निरन्तरताको अपेक्षा गरिएको बताउनु भयो । साथै, समिप र सखिमको शुभजन्मोत्सवको उपलक्षयमा हार्दिक बढाई दिदै उपस्थित सबैलाई हृदयदेखि नै आभार व्यक्त गर्नुहुदै धन्यबाद स्वरुप संस्थाको दशबर्षे क्रियाकलाप समेटिएको किटाब र मायाको चिनो पनि भ्रमण टोलीलाई प्रदान गर्नुभएको थियो ।
स्मरण रहोस, काठमाडौंको लैनचौरमा प्रधान कार्यालय रहेको रक्षा नेपालको शिविरमा यौनजन्य हिंसा एवं बाध्यात्मक देहव्यापारबाट प्रभावित आमाद्धारा जन्मिएका २ देखि १२ वर्षसम्मका ३० जना बालबालिकाहरुलाई पालनपोषण, शिक्षादीक्षा र उनीहरुलाई समाजमा सम्मानित जीवन यापन गर्न सक्ने बनाउन र आत्मबल बढाउने खालका खेलकूद तथा तालिमहरु पनि दिदैं आएको छ ।
सोहि बमोजिम गत महिनाको जुलाई ४ देखी ७ सम्म आयोजना भएको ”बिश्व तेक्वान्दो कल्चरल एक्सफो-२०१४ ” मा रक्षा नेपालका तेक्वान्दो खेलाडीहरुले बिश्वका शक्तिशाली मुलुकका खेलाडीलाई पराजित गर्दै, रास्ट्रको लागि ३ वटा गोल्ड मेडल,५ वटा सिल्भर र ३ वटा ब्रंच मेडल सहित यो ऐतिहासिक सफलता प्राप्त गरेको थियो ।

अन्तमा, थसेस जापानका संरक्षक शरद कुमार गौचनको नेतृत्वमा थकाली स्वास्थकर्मी परिवारका अध्यक्ष विश्व शेरचन लगायतका भ्रमण टोलीलाई रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले संस्थाको सम्पुर्ण क्रियाकलाप, गतिविधि र हाल सम्म भए गरेका कार्यहरुको बिस्तृत जानाकारि गराउदै रक्षा नेपालको कार्यालय तथा सिविरहरुको भ्रमण पनि गराउनु भएको थियो ।
सो अवसरमा रक्षा नेपालको दशबर्षे क्रियाकलाप समेटिएको पुस्तक र मायाको चिनो श्री गौचनलाई प्रदान गरिएको थियो ।
छोराको जन्मदिन मनाउन रक्षा नेपाल रोजेका श्री गौचन हाल थसेस जापानका संरक्षक छन् ।









 




 


 
 बिभिन्न अनलाईन मेडियाम प्रकाशीत समाचारहरु.....

http://tokyonepal.com/2014/08/27/111472.html
http://www.dcnepal.us/news/news.php?nid=126055